Wednesday, July 13, 2016

तिज र ऋषिपञ्चमी


 

तिज र ऋषिपञ्चमी-
नारीहरुको महान दुई पर्व हरितालिका तीज  र ऋषिपञ्चमि  
           
प्रकाशमान शिल्पकार
 
          नेपाली हिन्दू नारीहरुको महान पर्व तथा नारी स्वतन्त्रताको पर्वका रुपमा रहेको हरितालिक तीज पर्व र ऋषिपञ्चमी पर्व सनातन नेपाली हिन्दू समाजमा स्त्री जातिका लागि गरीने संस्कारहरुका रुपम नै अंगाली आएको देखिन्छन् । यी दुबै पर्व भाद्र मासको शुल्क पक्षमा तृतियाका दिन र पञ्चमिका दिन सौभाग्यका प्रतीक रातो चुरा, पोते र रातै वस्त्र लगाएर नाचगान गरि शिव पार्वती तथा अरुन्धती सहीत सप्त्ऋषिको पुजा अर्चना गरि छुट्टा छुट्टै उद्देश्य तथा छुट्टा छुट्टै फल प्रप्तिका लागि विवाहित तथा अविवाहित महीलाहरुले  गरीने दुई छुट्टा छुट्टै व्रत उपासनाको पर्व हो ।
 हरीतालिका तीज पर्व -
        भाद्र तृतियाका दिन  विवाहीत महीलाले आफ्ना पतिको दिर्घायुको कामना गर्दै तथा अविवाहीत महीलाहरु सुयोग्य बरको आशाराखी निराहार रही ब्रत बसी शिव पार्वतीको पुजा आराधना गरि नाचगान र मनोरञ्जन गरी मनाउने पर्वलाई हरितालिका तीज भनिन्छन् । समग्ररुपमा भन्नू पर्दा नेपाली हिन्दू महीलाहरु कहिलै बिधवा नहुन र सदैव सौभाग्यवती रहीरहन यो हरीतालिका तीजको व्रत बस्ने गर्दछन् । यो पर्व नेपाली महीलाहरुले मनाउने सबै भन्दा ठूलो पर्व  हो ।      
       भाद्र शुल्क तृतियाको अघिलो मध्यरातमा मीठो मीठो परीकारहरु बनाई दर खाई प्रातकाल स्नान् गरि शिव मन्दिरमा गै शिवको पुजा गरि पानी सम्म पनि नखाई महीलाहरु व्रत बस्ने परम्परा रहेको छ । तर आज भोलि कतिपय ब्रतालु महीलाहरु मन्दिरिमा गै शिव पार्वतीको पुजा आराधना पश्च्यात फलफुल, दूध तथा मिस्री काडा ग्रहण गर्छन् । ब्रतको समयमा तीजको कथा सुन्ने र भोलि पल्ट चौठीको दिन स्नान् गरि ब्राम्हण बाट वैदिक मन्त्र उचारण गराई अगस्त ऋषिको पुजा गरि गोदान र पूर्ण पात्र गरि अर्घमा सालीग्रामको जल, तुलसी पत्र, द्रव्य, फल आदि हालेर परायण गरि वचन अनुसार मैले गरेको व्रत परिपूर्ण होस मैले गरेको यस निराहार ब्रतमा विधि, व्रत कृयामा, श्रध्दामा, दक्षिणा आदिमा अपूर्ण भएको भए पनि त्यो पूर्ण होस भनी प्राथना सहित कायन वाचा गरि ब्राम्हण बाट प्रशाद लिएर ग्रहण गरे पछि  व्रत पूर्ण हुन्छ ।    
        पौराणिक कथा अनुसार महादेवका अर्धाङ्गनी सतीदेवीले आफ्नो बाबू दक्षप्रजापतीको घरमा योगशक्तिले देह त्याग गर्नु पूर्व शिवजीलाई हरजन्ममा पतिका रुपमा पाउने संकल्प गरेका थिए । देवी सतीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भ:बाट पार्वतीका रुपमा जन्म लिनु भए पछी देवी पार्वतीले बाल्य अवस्था देखि नै महादेव पति पाउन जप ध्यान एवं विभिन्न व्रत उपासना गर्दै श्री स्वस्थानी व्रत साउन महीनामा कथोर शिवको व्रत उपासना तथा तप गरि आफ्नो तपस्याले पूर्णता पाई सकेको अवस्थामा पनि पिता पर्वतराजले पार्वतीको इच्छा बिपरीत विष्णुसंग विवाह गरीदिन खोजे पछि चिंतितरहेकी पार्वतीलाई सखीहरुले पर्वतराजले फेला पार्न नसकिने गरि हरण सैलीमा अनकन्तार थाऊँमा लगेर लुकाएर राखे पछि पार्वतीले पानी सम्म पनि नखाई निराहार बसी व्रत उपासना गरि महादेवलाई प्रसन्न पारी वरको रुपमा प्राप्त गरेको र पार्वतीलाई सखीहरुले हरण गरेको दिन भाद्र शुल्क तृतियाको दिन भएकाले त्यसै कारण त्यसै समय देखि नै सनातनी नेपाली महीलाहरुले यो हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको हो भन्ने शास्त्रीय मत रहेका छन । संस्कृत शब्द " हरित " र " आलिका " दुई शब्द मिलेर हरितालिका शब्द बनेको । हरितको अर्थ हरण र आलिकाको सखी भन्ने भएकाले नै यो व्रत उपासनालाई हरितालिका तीज भनेको हो यसलाई तीज पनि भन्ने गरिन्छ ।          
        सनात हिन्दू नै भएतापनी नेवार समुदायका महीलाहरुले तिजको यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन । किन कि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुबर्ण कुमार ( हिरण्य गर्भ: )संग बैदिक-तन्त्रनिर्देशन अनुसार  इही( इहीपा, विवाह ) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन । यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महीलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले सनातन हिन्दू नै भरतापनी  नेवार महीलाहरुले तीजको यो व्रत लिईदैन तर आजकाल केही नेवार महीलाहरु रहरले यो व्रत बसेको देख्न पाउँछौ जुन नेवार परम्परा, संस्कृत र धर्म संस्कार  बिपरित छ ।  
        नारी स्वतन्त्रताको प्रतिक्का रुपमारही आएको यस तीजको पर्वमा ब्रतालु महीलाहरुले " तीजको रह र आयो बरि लै " भन्दै तीजको भाकामा आफ्ना वर्षभरीका पीडा पोख्ने परम्परास्वरुप शिव मन्दिर्हरुमा पुजा गरि नाचगान एवं मनोरञ्जन गरि आफ्नो मनको बह पोख्ने गर्दछन । 
ऋषिपञ्चमि - 
        सनातन हिन्दू महीलाहरुको तीज पछिको दोस्रो ठूलो पर्व ऋषिपञ्चमी पर्व हो । रजस्वला भएका भखतमा जानी नजानी गरे भएका छुवा छुतका समस्त पापको प्रायश्चित गर्न गरीने व्रत उपासना नै ऋषिपञ्चमी पर्व हो । सप्तऋषिलाई पुजा गरि व्रत उपासना गर्ने पर्व भएकाले नै यो पर्वलाई ऋषिपञ्चमी पर्व भनेको हो ।  
        पौराणिक कथा अनुसार देवराज इन्द्रले विस्वरुपको शिरलाई तीन टुक्रा पारेर ब्रम्ह हत्याको पाप भोग्न परेकाले चतुरमुखी ब्रम्हा कहाँ पुगि सबै बृतान्त सुनाउनु भयो । तब ब्रम्हाजीले इन्द्रको ब्रम्ह हत्यापाप निवारण गराउनका निमित्त ब्रम्ह हत्याको दोषको पाप मध्यको एक वर्ष सम्म इन्द्रले भोग गरि बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्री गरि चार भाग लगाई चार स्थानमा फ्याकी दिनु भयो । पछि त्यही नै उषरभूमी वृक्ष बाट निस्केको खोटो बुदबुद फेन जल र स्त्रीको रजमा त्यो पाप देखिन्छन । यसै कारण महीनै पिच्छे रजस्वला हुने रजोवती महीलालाई तीन दिन सम्म छुनै हुन्न भन्ने शास्त्रीय मान्यता रहेका छन । त्यस तीन दिनमा महीलाले जानेर होस वा नजानेर हुने भए गरेका छुवाछुट बाट भएका सबै पाप नाश  यो ऋषिपञ्चमिको व्रतले गर्छ भन्ने शास्त्रीय मान्यता रहेका छन् ।            त्यसैले शास्त्रीय मान्यता अनुसार सनातनी नेपाली महीलाहरुले प्रायश्चितका निमित्त भाद्र शुल्क पञ्चमिका दिन नित्य स्नान गरि सकेपछी सरिरमा गोबर  र माटो लगाई ३६५ वटा   अपमार्गल-दतिवान( जदिबुतिका रुपमा प्रयोग हुने एक घाँस प्रजाति) ले ३६५ पटक नै दतिवन लगाई सप्तऋषिको मन्दिरमा गैइ पुजा आराधना गरि अथवा अपरान्ह दुई बजे भित्र ब्राम्हणको उपस्थितिमा दियो बाली आचमन गरि पवित्र धारण गरि बिधिवत कर्म पात्र बनाई प्रतिज्ञा संकल्प गरि कलश स्थापना गरि गणेश पुजनको पश्चात् कलशमा मन्त्र उचारणका साथ तिर्थको जल, सर्वौषधी(मुरा, जटामसी, बोझो,कोट, चांपो, मोथे, बेसार, चुत्रो, सर्स्यू, श्रीखण्ड, शिलाजीत र तुलसिपत्र सहित बार्ह किसिमका जदिबुतिका मिस्रन) ), पञ्चरत्न, फल, चन्दन,जौ, दूबो, सप्त मृत्तीका(हात्तीको पाईलाको माटो, घोडाको टापको माटो, धमिराको दिबल्को माटो,तुलसिको फेदको माटो,गङ्गाजीको माटो,गाई गोठको माटो र चौबाटोको माटो समेतगरी सात ठाउँको माटो), पञ्चपल्लव (वर, पिपल, आँप, डुम्री,र पाखरी  आदिको पात ) हालेर वस्त्र चढाई  ऋषिपत्नी अरुन्धती सहित सप्तऋषिको आवाहान गरि वैदिक विधि अनुसार पुजा आराधना गरि अर्घ दिई गोदान, पूर्ण पात्र लगायत गरि ब्राम्हण ब्राम्हणीलाई यथासक्य दान दक्षिणा दिई कायन बाचा गरि ब्राम्हण बाट प्रशाद लिई ग्रहण गरि व्रत बिसर्जन गरीन्छ ।  
        नेवार समुदायका महीलाहरु सनातनी हिन्दू नै भएतापनी ऋषिपञ्चमिको यो व्रत बसी रजस्वला हुंदाको छुवाछुतको  प्रायश्चित गरिरहनु पर्दैन । किन भने नेवार सनुदायका कन्याहरुको बाल्य अवस्था नै  रजस्वला हुनु पूर्ब नै अथवा पहिलो रजस्वला हुना साथ बार्ह दिन सम्म सूर्यको किरण सम्म पनि नदेखाई कुनै पुरुष्ले नदेख्ने गरी गुप्तवास याने बा:र्हा: (गुफा) राखी बैदिक-तन्त्रनिर्देशन अनुसार बिधिवत प्रकृया पुर्याई सूर्यदेवलाई साक्षीका रुपमा राखी गुप्तवास बाट निकाली सूर्य दर्शन गराई रजस्वला हुँदाका बखत हुने र हुन सक्ने छुवाछुटको समस्त दोष बाट मुक्त हुने अर्थात कुनै दोष नलाग्नेगरि धर्म शास्त्रीय नितिगत रुपमा नै संस्कार सम्पन्न भै सकेको कारणले ऋषिपञ्चमिको व्रत उपासना गरि पुन: प्रायश्चित गर्न नपर्ने शास्त्रीय मान्यता अनुसार नेवार सनातनी महीलाहरुले यो ऋषिपञ्चमिको व्रत बस्दैन र बस्न पनि संस्कारले दिदैन ।  
        शास्त्रीय मान्यता अनुसार दतीवन लगाई ऋषिपञ्चमिको व्रत बस्ने ब्रतालु महीला रजस्वला हुँदाको बखतको तीन दिन मानीने भएकाले यो दिन  ब्रतालु महीलाले सप्तऋषी बाहेक अन्य कुनै देव देवीको पुजा गर्न नहुने भन्ने मान्यता समेत रहेका छन् ।  
        नेपाली सनातनी हिन्दू महीलाहरुको महान धार्मिक तथा नारी स्वतन्त्रताको पर्वका रुपम मानी आएको हरितालिका तीज र ऋषिपञ्चमी पर्वलाई तडक भडक र बिसंगती बाट सुर्क्षित गर्दै केका लागि हामीले यो पर्व मनाउउँदै छौ भन्ने बुझेर पर्व मनाएर आफ्नो सनातनी पर्व संस्कारलाई बचाई राख्नु पर्ने हामी सबै सनातनी नेपालीको कर्तव्य नै हो ।प्रकाशमान शिल्पकार

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
अपमार्ग ( दतिवन)

        ऋषिपञ्चमिमा ब्रतालु महीलाहरुले स्नान गरि अनिवार्य रुपमा ३६५ पटक लगाउने दतिवनलाई संस्कृतिमा अपमार्ग भन्न्छ भने यस्को   बैज्ञानिक नाम Achyranthes aspera हो

दतिवन एक किसिमको जङ्गली बोट हो। यो वर्षा याममा उम्रने गर्दछ। यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो। दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ। दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ।

छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ। यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउामा मलहमको रूपमा लगाउन सकिन्छ। कुकुर, सर्प र बिच्छीले टोकेको ठाउामा दतिवनको पातको रस तुरुन्तै लगाइदिदा विष शरीरभित्र छिटो फैलन पाउदैन। उपचार केन्द्र लैजादा गर्दा यो घरेलु उपाय प्रयोग गर्न सकिन्छ।

दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ। त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ। मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स-साना टुक्रा पारी पिसाबबाट निकाल्ने क्षमता दतिवनमा हुन्छ। त्यसरी पत्थरी हटाउन दतिवनको ताजा जरा छ ग्राम जति पानीमा पिाधेर छान्नुपर्छ र नियमित पिउने गर्नुपर्छ। आखामा फुलो परेमा दतिवनको सफा जरा महमा घोटेर बनाइएको लेप गाजलझै लगाउन सकिन्छ।

दतिवनमा 'एकारिन्थीन' नामक तत्त्व पाइन्छ। उक्त तìवमा रक्तचाप कम गर्ने गुण हुन्छ। दतिवनको बोटबाट तयार पारिएको धूलो औषधि मधुमेहमा अति लाभदायक हुन्छ। दतिवनको जराबाट निकालिएको तेल दम रोगीका लागि साह्रै उपयोगी सिद्ध भएको छ। यसको जराबाट निकालिएको इथानोलले बाझोपन हटाउन सहयोग गर्नसक्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। आयुर्वेदमा दतिवनबाट क्षार, तेल, आसवजस्ता विशेष किसिमका औषधि तयार पारिन्छ। दतिवनको पातमा कीटाणु नाश गर्ने शक्ति हुन्छ। दतिवनबाट निकालिने मिथानोलले अर्बुद्ध रोगसँग लड्न मद्दत गर्दछ।

शोधकर्ताहरू दतिवनको बीउबाट निकालिने स्यापोनिन नामक तत्वले मुटुरोगीलाई के कस्तो फाइदा पुर्‍याउँछ भनेर परीक्षण गर्दैछन्। यसरी विदेशतिरका मानिसहरू वनस्पतिबाट फाइदा लिन थुप्रै लगानी गरेर विभिन्न शोध-अनुसन्धान गर्दैछन्। यता हामी नेपालीहरूले भने परम्परा धान्ने नाममा दतिवनजस्ता उपयोगी वनस्पतिलाई जीवनमा सजिलै समावेश गर्ने सौभाग्य पाएका छौ। ऋषिपञ्चमी पर्वले पनि नेपाली समाजलाई हरेक साल दतिवनको उपयोगितासाग परिचित तुल्याउने अवसर प्रदान गर्दै आएको छ। ऋषिपञ्चमका दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजीकैको नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास छ।

औषधोपचार        

काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
खोकी लागेमा
दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहान/बेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
कण्ठमाला भएमा
दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।
औलोको ज्वरो आएमा
दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।
काला ज्वरो आएमा
दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।
शरीर सुन्निएमा
दतिउनको चार/पाँच वटा पात एक ग्लास पानीमा मिश्री हालेर पकाएर बिहान/बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।
दतिवनलाई अपमार्ग पनि भनिन्छ । दतिवन एक किसिमको जङ्गली बोट हो । यो वर्षा याममा उम्रने गर्दछ । यसको जरा र डाँठलाई दात माझ्न प्रयोग गरिने भएकाले यसलाई दतिवन भनिएको हो । दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरा राम्ररी सफा गरेर दात माझ्ने गरिन्छ । दतिवनको पात, फूल, जरा, बीउ, डाठलगायतका सम्पूर्ण अङ्ग नै औषधीय गुणले भरिएको हुन्छ ।

छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ । यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउामा मलहमको रूपमा लगाउन सकिन्छ । कुकुर, सर्प र बिच्छीले टोकेको ठाउामा दतिवनको पातको रस तुरुन्तै लगाइदिदा विष शरीरभित्र छिटो फैलन पाउँदैन । उपचार केन्द्र लैजादा गर्दा यो घरेलु उपाय प्रयोग गर्न सकिन्छ ।

दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ । त्यस्तै पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ । मूत्रथैली र मृगौलाको पत्थरीलाई विस्तारै स–साना टुक्रा पारी पिसाबबाट निकाल्ने क्षमता दतिवनमा हुन्छ । त्यसरी पत्थरी हटाउन दतिवनको ताजा जरा छ ग्राम जति पानीमा पिाधेर छान्नुपर्छ र नियमित पिउने गर्नुपर्छ । आखामा फुलो परेमा दतिवनको सफा जरा महमा घोटेर बनाइएको लेप गाजलझै लगाउन सकिन्छ ।

दतिवनमा एकारिन्थीनु नामक तत्त्व पाइन्छ । उक्त तत्वमा रक्तचाप कम गर्ने गुण हुन्छ । दतिवनको बोटबाट तयार पारिएको धूलो औषधि मधुमेहमा अति लाभदायक हुन्छ । दतिवनको जराबाट निकालिएको तेल दम रोगीका लागि साह्रै उपयोगी सिद्ध भएको छ । यसको जराबाट निकालिएको इथानोलले बाझोपन हटाउन सहयोग गर्नसक्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन् । आयुर्वेदमा दतिवनबाट क्षार, तेल, आसवजस्ता विशेष किसिमका औषधि तयार पारिन्छ । दतिवनको पातमा कीटाणु नाश गर्ने शक्ति हुन्छ । दतिवनबाट निकालिने मिथानोलले अर्बुद्ध रोगसँग लड्न मद्दत गर्दछ ।

No comments:

Post a Comment