कलंकी लामपाटीको इतिहास ...
राणाकलको अन्त्य समय सम्ममा पनि नेपालमा आवट जावट अहिले हामीले भोगचलन गर्दै आएको जस्तो सुविधायुक्त सडक बाटो र सवारी साधन थिएनन् । हुनत अहिले पनित देशका समस्त भूभागमा समुचतित बाटोघाटो पुल बन्न सकिरहेका छैनन् । हामी बेलाबेलामा मिडया र सामाजिक सञ्जालहरुमा दुर्गम क्षेत्रका भाइबहिनीहरु आफ्नो ज्यानको बाजि लगागर तुइनमा बसी नदी , खोला वारपार गरेर स्कुलमा जाने आउने गरेको तस्बिरहरू भाईरल हुने गरेको देख्दै नैआएका छौ। हालै मात्र पनि देशको एउटा दुर्गम क्षेत्रमा त्यस्तै तुइनबाट नदि पार गर्ने क्रममा दुर्घटना भएर केही ब्यक्तीहरुले ज्यान गुमाएको सममचार बाहिर आएको थियो । राणाकालको अन्त्य सम्म पनि काठमाण्डौ बाट बाहिर जान र आउन मानिसहरु हिडेर नै जाने गर्थे । हुनेखानेहरु भने कोही घोडा, खच्चर र उलिन्नकाठमा बसेर यात्रा गर्थे ।
उलिन्काठ भनेको त्यस समयमा मानिसले मानिसलाई बोकेर यात्रा गराउने प्राचीन प्रविधिबाट निर्मित काठको सवारी साधन हुन्। छत नभएको कसैलाई बसाएर दुईतिरबाट दुई वा तिनजनाले बोकि लैजाने सवारी साधन हुन् ।
तात्कालिक राणा श्री ३ प्रधानमन्त्री जुद्ध शमशेरका छोरी पुतली मैयाँसाव आफ्नो राणा रवाफ अनुसार काठमाण्डौ बाहिरको यात्रा गरि फर्कने क्रममा अस्वस्थय हुनु भई न्हेपंखाको ( हालको कलङकी क्षेत्रको) भौतिक अस्तित्व समाप्त भई सकेको लामपाटी रहेको स्थानमा विश्राम लिने क्रममा त्यहिँ नै निधन हुनु भएको।थियोरे । स्थानीय केही व्यक्तिहरुको भनाईमा पुतली मैयासाहबकि आमा आलुव महारानी भनिन्छन्। आलुव महारानीका बारेमा काठमाण्डौका नेवाःहरुको भनाईमा मरुटोलतिर कतै आलुव बेचिरहेका सुन्दरीमाथि जुद्ध शमशेरको कूदृष्टि परी उठाएर लगेर शारीरिक सम्बन्ध राखि महारानी बनाएको रे ।
श्री ३ जुद्ध शमशेरलाई आफ्नो छोरी पुतली मैयाँ साह्रै नै मन पर्ने रहेछन्। सायद त्यसै भएर होलान् छोरीले प्राण त्यागेकै स्थानमा अनि मृतक छोरी पुतली मैसाहवकै नाममा बटुवाहरुलाई विश्राम गर्न एवं वास बस्नका निम्ति आकार प्रकारमा चौडाको अनुपातमा लामो लगभग ६० - ७० फुट लम्बाई र २५ फुट चौडाई जतिको धर्मशाला पाटी बनाउन लगाएको भन्ने देखिन्छ ।
पुतली मैयासाहबको स्मृतिमा बनेको त्यो धर्मशाला पछि पुतली पाटीको नामले सबैले चिन्दै गए। पुतली पाटीमा कयौं बटुवाहरु विश्राम गरेर गए । समय बित्दै जाँदा जनसंख्याको चाप बढ्दै गयो र धर्मशाला, पौवा, पाटीहरुमा ब्यक्ति र समुहरुको कूदृष्टि पर्दै जान थाल्यो । पुतली पाटीमा पनि समूह र संस्थागतको कूदृष्टि परेर पाटीमा कहिले "कर चेकपोष्ट" कहिले स्काउटकाो कार्यालयत कहिले " कान्जीहाउस, नव ज्योति पुस्तकालय , कलङ्की गाउँ पंचायत भवन र गाउँ पंचायतको उपप्रधान पञ्चको निजि किनारा पसला हुँदै जनपथ स्कुल सम्मले त्यो पुतली पाटी नामको धर्मशालामा कब्जामा लिएर भोग गर्दै गए । पाटीमा गाउँ पञ्चायतको कब्जामा गए पछि स्काउटको कार्यालय, कान्जीहाउस र नव ज्योति पुस्तकालय भने श्री कलङ्की माताको मन्दिर परिसरको अहिले खाने पानाी लि.को ट्याङ्की भएको ठाउँमा रहेको पाटीघरमा सरेको कुरा स्थानीय कुमार अधिकारी भन्नू हुन्छ ।
स्थानीय शान्ताराम थापामगरज्यू, लक्ष्मण अधिकारीज्यू र श्रीपति सुवेदीज्यू लगायतले जानकारी दिनु भए अनुसार पुतली पाटीमा बसेको कान्जी हाउसले पहिला गाउँ टोलमा पशुपालकहरुले छाडा छोडेका गाई साँढेहरु नियन्त्रणमा लिएर कान्जीहाउसमा राखेर राख्ने गर्थ्यो अनि पशुधनीहरुले लिन आएमा दण्ड जरिवाना तिराएर दिएर पठाउने काम थर्थ्यो। पशुपालक धनीले खोजबिन गरि लिन नआएमा लिलाम समेत गर्थ्यो ।
थापामगरज्यू समेतको भनाईमा त्यस पाटीमा केही वर्षसम्म बोल्न समेत नसक्ने एक असहाय बसेर जीवन निर्वाह समेत गरेका थिएरे । यो पाटीलाई सडकले मिचेर पाटी भत्काएर सडक विस्तार नगरे सम्म पाटीको ठीक अगाडि जुद्धशमशेरले स्थापना गरेको धारा समेत रहका थिए । जुन धारा स्थापना गर्नुमा स्व. नारायण दत्त बिडारी (सुबेदार बाजे) अर्थात पुर्षोतम बिडारी काकाको पिताजीको ठुलो पहल थियो । सडक विस्तारमा परेर पाटी नभत्काए सम्म त्यही पाटीमा जनपथ स्कुल रहेका थिए ।
२००७ सम्म हिलामे हुने बाटोमा जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) चल्ने । त्यो पनि बिहान छ बजे पल्टन लिएर थक्वाः (रथानकोट) देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी आउने जाने भनेको । सर्वसाधारण मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो । पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्न थाले पछि यश क्षेत्रबाट भएर सार्वजनिक बसहरु बिस्तारै थप्दै गए अनि यसै पुतली पाटी अगाडि पनि बस विसौनीले स्थान पायो । बसको सहचालकले बस विसौनीलाई पुतली पाटीको लामो स्वरुप हेरेर यात्रुहरुलाई पुतली पाटी स्थितको बस विसौनी आयो भनेर जानकारी दिन लामोपाटी ... लामोपाटी भन्दा भन्दै पुतली पाटीको नाम " लामपाटी " भनेर नामकरण गर्न थाले , पछि हुँदा बसको सहचालककै भनाईलाई सबैले अनुसरण गर्दै गए । यसरी न्हेपंखा स्थितको पुतली पाटी लामपाटीमा परिणत भएर गए । पुतली मैयाँसाहवको स्मृतिमा निर्माण भएको धर्मशाला पुतली पाटीको नाम लामपाटी नामाकरण हुनुमा बुद्ध दर्शन, सुवर्ण,लक्ष्मी र हारती बस लगायत र त्यसका सहचालकहरुको ठुलो भुमिका रहेको छ भन्ने शान्तराम थापामगर ज्यूको भनाई रहेको छ ।
कलङ्कीथानको श्री कलङ्कीमाई मन्दिर भित्र रहेको ठूलो घण्टा झुण्ड्याएको खम्बाको निदालमा लेखिएको विक्रम सम्वत १९६४ सालको शिलालेखमा लेखिए अनुसार अहिलेको कलङ्कीको नाम र कलङ्कीथानको श्री कलङ्कीमाईको नाम पनि कलङ्की र श्री कलङ्कीमाई हैनन् । कलङ्की क्षेत्रको वास्तविक मौलिक नाम " न्हेपंखा " हुन ।
पहिला पहिला यश क्षेत्रमा न्हायपं कच्छि( नर्कट घारी) रहेकाले नेवार भाषाबाट न्हेपंखा भनि्थ्यो । पछि यश न्हपंखा क्षेत्रको स्वामिनि( अधिस्थात्री देवी) कल्खु बालकुमारी अजिमाको मौलिक नाम अपभ्रंश हुँदै हुँदै कलङ्की हुन गए पछि यश क्षेत्रकै नाम कलंकी रहन गएको हो । यसरी यश क्षेत्रको मौलिक नाम न्हेपंखा हुन् भने श्री कलङ्कीमाईको मौलिक नाम कल्खु बालकुमारी हुन् भन्ने प्रस्त देखिन्छ । घण्टा झुण्ड्याए शिला अम्बाको निदालको शिरमा " श्री कलंषु बालकुमारी ।। श्री ३ चन्द्रकी जय ।। लेखिएको छ भने शिलालेखको व्यहोरमा " न्हेपंखा" बस्ने डिठ्ठा मान बहादु अधिकारीेेले घण्टा चढाएको भनेर लेखीएको छ ।
बिकाशका नाममा हाम्रो कयौं सम्पदाहरुको भौतिक संरचनाहरु अतिक्रमण हुँदै नासिन्दै गइसकेका छन् । केही सम्पदाहरु ननासिए तापनि सम्पदाको मौलिकता मौलिक नामह र पहिचानहरु नासिन्दै गएका छन् । यहाँका सम्पदा र सम्पदाका पहिचान भनेको हाम्रो र देशकै पहिचान हो । अतः भएरहेका सम्पदाहरुको समुचित संरक्षण गर्नु, मासिसकेका सम्पदाहरुको भएसम्म पुनःनिर्माण गर्ने नसके सम्पदा रहेको स्थान सम्पदाको पहिचान झल्काउने संकेत सहित नाम सबैको दृष्टि पर्ने गरि लेखेर राख्नु पर्छ । ताकि भविष्यका नयाँ पुस्ताले समेत त्यहाँ यस्तो विशेषताको यो सम्पदा रहेको थियो भनेर जानकारी पाउन सकियोस् ।
#प्रकाशमानशिल्पकार
No comments:
Post a Comment