Sunday, August 7, 2016

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान

झन्डा फहराईरहने लक्ष्मीनारायणको अभियान
प्रकशमान शिल्पकार
समाचारप्त्र १९ चैत २०७२
       राजधानिको पुरातात्विक हनुमाढोका दरवार क्षत्र लगायत संम्पदा क्षेत्रमा वर्षौ देखि आफू भन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रीय झन्डा फहराउँदै बस्ने व्यक्ती को हो ? भन्ने धेरैलाई खुड्डुली लागेको हुन सक्छ ।
०१३ सालमा भक्तपुर १३ लाछी टोलमा जन्मनु भएका निज लक्ष्मीनारायण शिल्पकार पिता लक्ष्मीभक्त र माता रत्नमाया शिल्पकारका माहिला छोरा हुन । निजको पुर्खौली पेशा काष्ठ शिल्पिकला हुन ।भक्तपुर बाट बसाईसरी काठ्माण्डौ १४ कालिमाटीमा घरवार हुने निजका दुई छोरा र एक छोरी छन । पत्नी मैयाँ शिल्पकारको सात वर्ष आगादी अल्पाअयुमा नै निधन भैसकेका छन । लक्ष्मीनारायण शिल्पकार भक्तपुर रेडक्रसका उपसभापती सम्म भै रेडक्रस अंतर्गतकै दैवीक प्रकोप उद्वार समिती भक्तपुरका संयोजक समेत भै काम गरिसकेका सच्चा सामाजिक कार्यकर्ता तथा नेकपा एमालेका पूर्वसक्रीय कार्यकर्ता हुन । हाल निज कुनै पार्टिमा लागेको छैन ।
सूर्य शाहि
०६२/६३ को राजनितिक परिवर्तन संगै नयाँ नेपाल बनाई देशको काँचुली फेर्ने भन्ने तातकालिन मुद्दामा चन्द्रसूर्य अंकित झन्डा नै फेरिनु पर्छ भन्ने राजनैतिक पार्टीका केही नेताहरुको भनाइ थियो । यो कुरा चर्चामा आएपछी धेरै स्वाभिमानी नेपालीहरुको चित्त दुखेका थियो । झन्डा फेरीने कुराले अति नै चित्त दुखाउनेमध्यका एक बृध्द व्यक्ती काठमाण्डौको बशन्तपुर नौतले दरवारको अगादी दुई सिह संगै राखिएका " चन्द फ्लायग हाउस " कासंचालक चन्द्र मिलन शाहीका पिता सूर्य शाही पनि एक थिए ।
चन्द फ्लायग हाउस "का संचालक चन्द्र मिलन शाही
चन्द्र मिलन शाहीको झन्डा पसलमा निज लक्ष्मीनारायण शिल्पकार , म पंक्तिकार लगायत अन्य धेरै युवा एवं बृध्दहरुको जमघत भै देशको परिवर्तित राजनितिक अवस्थाका बरेमा चासोका साथ आ-आफ्नो तर्क बितर्क गरि बिष्लेसन सहित कुराकानी हुने गर्दथियो । त्यस ठाउँमा मानिसहरु भेलाहुनुमा एउटा कारण र्हियो पत्र पत्रीका पढ्ने हेर्ने । चन्द फ्ल्याग हाउसका संचालक चन्द्र शाहीले आफ्नै निजि प्रयासमा राष्ट्रीय स्तरका सात आठवटा पत्र पत्रीकाहरु सार्वजनिक रुपमा नै सवैले पढ्न पाउने गरि राखी कुर्सी समेतको व्यवस्था गरेका थिए । हामी दैनिक रुपमा बिहान बेलुका आ-आफ्नो फुर्सदको समयमा त्यस ठाउँमा जमघत हुन्थियौ र पत्र पत्रीकाहरु पढेर प्रकाशित समाचार बारे तथा बदलिन्दो राजनितिक अवस्थाको बारेमा निकै चर्चा परिचर्चा हुने गर्थ्यो ।
      ७० वर्ष नाघेका सूर्य शाही झन्डा किन्न आउने आफ्नो ग्राहक लगायतलाई त्यहाँ पत्रीका हेर्न जमघत भएका सवैलाई राष्ट्रीय झन्डा फेर्ने भन्ने बिषयमा आफुलाई अति नै चित्त दु:खेको र त्यस्को गुनासो पोख्थे । साथै युवाहरुलाई चन्द्रसूर्य अंकित झन्डाको वकालत गरि झन्डा फेर्ने बिषयमा बिरोधको आवाज उठाउन उ टाँसिदिन्थिय ।
लक्ष्मीनारायण शिल्पकार एक चेतनशिल राजनितिक कर्ताका साथै एक सामाजिक कार्यकर्ता समेत थिए । स्वभावत: उनको पनि चन्द्रसूर्य अंकित राष्ट्रीय झन्डा प्रती ठूलो आस्था,विश्वास र सम्नान थियो नै । भरखरै मात्र आफ्नो जीवन संगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारजीलाई ब्रुध्दा सूर्य शाहीको चित्त दु:खाई र गुनासोले उनलाई पनि मनमा घच घचाई रहेको थियो । त्यसैले पनि उनले झन्डा पसलमारहेको आफू भन्दा ठूलो चन्द्रसूर्य अंकित झन्डा लियर फहराउँदै हनुमानढोका दरवार क्षत्रमा आएका बिदेशी पर्यतक लगायत नेपालीहरुलाई सो झन्डा सहित आफुलाई क्यामरामा कैड गराउन लालायित गराउँछन । पर्यटकलगायत नेपालीहरु पनि झन्डा पहउँदै गरेका लक्ष्मीनारायण शिल्पकारसंगै आफ्नी फोटी खिचाउँन लालायित हुने गर्छ्न ।
मलाई आज पनि संम्झना ताजै छ । त्यो के भने ने.सं. ११३२ को नव वर्षको उपलक्ष्यमा सदाझै बशन्तपुर बाट सुरु हुने शुभकाना( भिंतुना ) । त्यस ससंस्कृतिक र्यालिमा म लेखक पनि सहभागी थिएँ । शिल्पकार समाज नेपाल , कस्ठमाण्डौका संम्पूर्ण सदश्यहरु सहित हामी सवै यसै दुई सिंह रहेको स्थानमा भेला भै सांस्कृतिक र्यालीमा सहभागी हुन जाँदा निज लक्ष्मीनारायण शिल्पकार बिहान ७ बजे देखि नै झन्डा फहराउँदै फोटो खिच्न र खिचाउन बेस्त देखिन्थियो । त्यो दिन वहाँ र्यालीमा समेत सहभागी नभैकन नै साँझ सम्म झन्डा फहराउँदै पर्यतक तथा नेपालीहरुका साथ फोटो खिच्न खिचाउन नै ब्यस्त थियो । त्यस दिन मात्रै वहाँले आफ्नो हजारौ हजार फोटो खिचाए होलान ।
        जीवनसंगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारलाई चन्द्रसूर्य अंकित झन्डा फराउँदै पर्यतकहरु संग बसेर आफ्नो फोटो खिचाउँन रमाउँदा रमाउँदै बिदेशिहरुले त्यसरीफोटो खिचायर आफुलाई विश्वसामु चिनाउने महत्वकांक्षा जागेको पत्तै भएन । तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्तकोट, भादगाउँले टोपीमा सजिएर आफ्नो लुगाको छतीमा चन्द्रसूर्य अंकित सानो झन्डा सवैले देख्न सक्ने गरि सिलाएर आफू भन्दा ठूलो झन्डा फहराउँदै घाम पानी, हावा हूरी केही नभनी दिनहुँ यसरी सम्पदा क्षेत्रमा देखिन्छ्न । यसै क्रममा राष्ट्रीय झन्डा नचिन्ने नेपालीहरु पनि फेला पर्दा ज्यादै दु:ख मान्दै उनले एउटा अठोट गरे - " म सवै नेपालीलाई राष्ट्रीय झन्डा चिनाउने काम गर्छु " । यसै अठोट र भावनाका साथ दत्तचित भएर लक्ष्मीनारायण शिल्पकार आफ्नो ज्ञान र क्षमताले भ्याए सम्म चन्द्रसूर्य अंकित देशको राष्ट्रीय झन्डा समस्त नेपालीलाई मात्र चिनाउने होइन कि राष्ट्र र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउने जमर्कोका साथ देशव्यापी दौडाहामा हुनुहुन्छ । यो अठोट र अभियान बाट एक दिन उनको मह्त्वकांक्षा पुराहुने विश्वास गर्न सकिन्छ ।नेपाल र नेपालको राष्ट्रीय झन्डालाई विश्वसामु चिनाउन सफल हुने नै छ्न । उनको अभियान सफल होस यही नै हामी नेपालीको कामाना छ ।

No comments:

Post a Comment