Sunday, February 5, 2023

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर

 (एक टिपोट)

✍️ प्रकाशमान शिल्पकार

* पृष्ठभूमि

       संघीय गणतान्त्रिक नेपालको केन्द्रीय राजधानी काठमाण्डौ महानगर प्रवेशको पश्चिम प्रवेशद्वारका रुपमा रहेको कलंकी क्षेत्र र कलंकी मन्दिर( कलंकीस्थान) हाल विश्वभर झन झन् प्रख्यात हुँदै गएको छ । पृथ्वी राजमार्ग , त्रिभुवन राजमार्ग (राजपथ) र नारायणगढ मुग्लिन मार्ग भई केन्दिरय राजधानी प्रवेशष गर्ने मूल द्वारका रुपमा कायम भई आएका कारण यश कलंकी क्षेत्र दिनहुँ विश्वभर प्रचार प्रसार हुँदै जानुनै हो । यसरी कलंकी नामले विश्वर प्रचार हुँदै गए पछि यस क्षेत्रका स्वामिनी देवी श्री कलंकी माता ( माई) समेतको पनि दिनहुँ जस्तो श्रीवृद्धि भइ प्रचार हुँदै गएका छन्। बागमती प्रदेशको ८ नं चुनाव क्षेत्रमा परेको यो कलंकी क्षेत्र काठमाण्डौ महानगरपालिकाको १४ नं वडा भित्र पर्दछ।

 * भौगोलिक अवस्था-

       कलंकी क्षेत्रको भौगोलिक स्वरुप - पूर्व तर्फ यसै वडा अन्तर्गतको मनमती खोला र बिष्णुमति खोलाको संगम स्थल ज्ञान तिर्थ, कुलः अजिमा(श्री झम्केश्वरी देवी), कुलेश्वर महादेव र १३ वडा क्षेत्र पश्चिमतर्फ यसै वडा भित्रको खड्का गाउँ, हालको नागार्जुन नगरपालीका अन्तर्गतको स्यूचाटार क्षेत्र र चन्द्रगिरि नगरपालिका अन्तर्गतको ढुङ्गाअड्डा तीनथाना क्षेत्र उत्तर तर्फ पुरानो कालीमाटी, मनमती खोला( कर खुसी) ताहाचल र दक्षिण तर्फ बल्खु खोला( डाङ्ग्रा खुसी) चक्रपथ, त्रिभुवन विश्वविद्यालय( टेकुसी) र हालको किर्तिपुर नगरपालीका अन्तर्गतको च्याङ्ग्राफाँट क्षेत्र समेतले घेरीएको क्षेत्र राजधानीको पश्चिम प्रवेशद्वार कलंकी चक्रपथ चोक देखि पूर्व पट्टि यसै वडाको मध्यभागमा अवस्थित काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा - कलंकी-त्रिपुरेश्वर सडक गणेशमानसिंह पथ रहेको छ ।

* कलंकी क्षेत्रको प्राचीन नाम " न्हेपंखा " -

       कलंकी क्षेत्रमा पहिला पहिला नरकटै नरकटक‍ो घारी थियो । नरकटलाई स्थानीय नेपाल भाषामा( तात्कालिक राष्ट्रिय भाषामा) न्हेपं कछि भनिन्छ भने नरकट घारीलाई न्हेपंखा भन्ने गरेको देखिन्छ । यसरी नरकटै नरकट रहेको क्षेत्र भएर यश क्षेत्रको नामनै न्हेपंखा भन्ने गरीएको थियो । प्राचीन कान्तिपुर नगरको विष्णुमती पारी पश्चिम भेगको उचाईमा विराजमान रहेर नेपालमण्डलको तान्त्रिक सुरक्षा घेरामा रहनु भएका तान्त्रिक देवी अष्टमातृका गणहरु मध्यकी माता कौमारी( यहाँ लोकमान्यतामा कुमारीको बाल रुप बालकुमारी) रहेको यश क्षेत्रको नाम न्हेपंखा रहेको थियो । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

* कलंकी नामकरण कसरी भयो ?

       प्राचीन काल देखिनै नेपालमण्डल प्रवेशको पश्चिम द्वारकोरुपमा कायम भई आईरहेको कान्तिपुरनगरको विष्णुमती पारी डाङ्ग्रा(बखुं) खुसी/ बल्खु खोला र करखुसी/ मनमती खोलाको बिच उचाईमा अवस्थित घना नरकट घारी न्हेपंखा क्षेत्रका स्वामिनी कलह र कलंक नासिनि तान्त्रिक देवी कल्खु बालकुमारी (शास्त्रीय मान्यतामा अष्टमातृका गणकी देवीहरु मध्यकी एक कौमारी देवी भएतापनि नेपालमण्डलका लोक मान्यतामा बालकुमारी कायम भई आईरहेको देवी ) अजिमाको नाम समयान्तर पछि कल्खुबाट अपभ्रंश हुँदै कलंखु, कलंकीथान र अन्त्यमा कलंकी माता ( कलंकी माई) नामबाट सर्वत्र प्रचार हुँदै गएपछि कलह र कलंक नासिनि भगवती कलंकी माता बिराजमान रहेको क्षेत्रकै नाम कलंकी रहन गएको हो ।

* कलंकी क्षेत्रको प्राचीन अवस्था

       गोरखाका राजा पृथ्वीनाराण शाहले ललितपुर राज्यको अधीनस्थ किर्तिपुर( किपु)नगरलाई आक्रमण गर्न ढुङ्गाअड्डा, पुरानो नैकाप र यश न्हेपंखा क्षेत्रमा समेत छाउनीको रुपमा प्रयोग गरीएको यश क्षेत्रमा प्राचीन युद्ध कालमा हतियारका रुपमा प्रयोग हुन सक्ने साना ठूला ढुङ्गाहरु रहेका अवशेषहरु अहिले पनि उत्खन गर्दा देख्न सक्छौ । पृथ्वी नारायण शाहले किर्तिपुरमा बिजय प्राप्त गर्न नुवाकोतबाट ल्याएका कोत भगवती समेत यश क्षेत्रको तासिंडोल( हालको कुमारीथान गल्लीमा स्थापना गरि दैविक शक्ति संचय गरेको थियो भन्ने यहाँका जेष्ठहरुको भनाई रहेको छ ।

       राणा प्रधानमन्त्री विर शम्सेरका शासनकालमा काठमाण्डौको थानकोट जाने मुलसडक बनेपछि राणाकालको अन्तसम्म शासकहरु र उच्च वहदामारहेका व्यक्तिहरु देश बाहिर जाँदा र फर्कदा यस अजिमाको मन्दिर परीसरमा भाई भाइदारहरु लाई उर्दी भई भेला हुने र स्वागत तथा बिदाई गर्ने परम्परारहेको थियो भन्ने कुरा स्वः सदार भिम बहादुर पाण्डेज्यूको नेपाल ग्रन्थमा उल्लेखित गरेको छ भन्ने सुनिन्छ ।

 * २००७ साल सम्म र अहिलेको कलंकीको अवस्था

       २००७ साल सम्मको कलंकी -

        २००७ साल सम्म पनि हालको कलंकी चोक देखि कलंकी मन्दिर(कलंकीथान) सम्म जम्मा तीन घर धुरी मात्र रहेको थियो भन्ने जानकारहरु बताउने गर्छन्। यश "विषयमा राम बहादुर मानन्धरया आदर्श जाःगु सरल जीवन" भन्ने नेपाल भाषाको एक पुस्तकमा " उगु ईया कलंकी " शिर्षकमा लेखकले ८४ वर्षका भवानी मान्नधरको संझनालाई उदृत गर्दै लेखेका छन् - वि.सं. २००७ सालमा मलाई बिवाहा गरि पठाएको समयमा - आजको कलंकी चोकदेखि कलंकीथान(कलंकी मन्दिर) सम्म जम्मा तीन घर धुरी र कालिमाटी सम्म जम्मा दस घरघुरी मात्र छ । यहाँ अहिले बसोबास गरि रहेको घर भएको(कलंकी चोक कलंकी देगल रहेको ठाउंको दायाँ १०० मिटर) त्यो बेलामा पंकथि हे पंकथि( नरकट नै नरकट) रहेको भएर हाम्रो घरलाई " नरकट बाँस झांग" भन्ने गर्थे । यहाँ साँझ भयोकी स्याल( ध्वंचा) कराउथ्यो । बिहान कुचो लगाउन जानेबेलामा कुकुर होला भन्थे तर कुचो उचाल्यकी खुरुरु भाग्ने बेलामामात्र स्याल भनेर थाहा हुन्थ्यो । स्यालले पाली राखेको कुखुरा जिउदै दिउँसो नै लगेर कायल गर्थ्यो ।

       त्योबेलामा बाटो साँगुरो , हिलामे बाटो, जम्मा एउटा लहरी( त्योबेलाको ट्रक) बिहान छ बजे पल्टन लिएर थक्वाः( थानकोट)देखि तिन्ख्यः(टुंडिखेल) जान्थ्यो , अनि साँझ पाँच बजे पल्टन फर्काएर लगिन्थ्यो, त्यति नै हो यहाँको गाडी आउने जाने भनेको । सर्वसाधारण मान्छेको साधन थिएन, पैदल नै हिड्नु पर्थ्यो । पछि तीन वटा बस थक्वाः(थानकोट) देखि शहिदगेट सम्म चल्यो । बस स्टप हाम्रो पसलघर (पसःछेंया)कोअगाडि नै हो । अनि हाम्रो हामीहरुको पसलमा सामान किनेर बसमा बसेर जाने गर्थे । बस घण्टाको (घौछिया छक) एकपटक मात्र आउने भएर बसमा सधैं जसो भरीभराउ नै देख्थ्यो ।

      कलंकी र साथ‌ै टोल, गाउँबासीले पिउने पानीको स्र‍ोत बःखु खुसि( बःखु खोला) हो । बलम्बुको बःखु खोलाबाट बगेर आएको खोला भएर त्यो खोलाको नाम नै बःखु खोला रहन गय‍ो । पछि बाहिरिया मानिसहरु धेरै पेवेश पछि र खस भाषा बोल्नेहरुले अपभ्रंश गर्दै बःखु खुसीको नाम बल्खु खोला नाम रहन गयो । त्यही खोलाको पानी पिउने हो । घरका लागि गाग्रीमा पानी लिएर आउने हो । सबै घरको लुगा धुन जाने, नुहाउन जाने पनि त्यहि खोलामा गएर हो । आकाशबाट पानी परेर खोला बग्नु अगाडि पानी वसारेर त्यप(घ्याम्पो), गाग्री, अन्य भाँडाकुँडा भरीभराउ गरेर राख्नु पर्थ्यो । पानी पिउने त्यति पवित्रको बःखु खोला अहिले पापिहरुले मलमूत्रको ढल बनाई दियो । खै खोला ?.

       लेखकले बृद्ध आमा भवानीको सानो छोरा राजेशले संझेको कुरालाई समेत उदृत गर्दै सो पुस्तकमा लेखेका छन् - पछि हामी ससाना हुँदा पिउने पानी गाङ्गखेल भन्ने ठाउँमा लिन जाने हो , त्यहाँको पानी मीठो हुने भएर २० मिनटजति हिँडेर पानी गाग्रीमा भरेर ल्याउने गर्थें । त्यस्तै अगाडि परेको रवि भवन, सुनार गाउँमा पनि गएर पानी लिन जाने गर्थें । लुगा धुनत बःखु खोलाको पानी वसारेर ड्रम भरेर राख्ने हो ।

       स्व. राम बहादुर मानन्धरको दुई वर्षको पूण्य तिथिमा ससुरा/ पिताको स्मृतिमा प्रा.डा.ई. भगवान दास ममनन्धर र शारदा मानन्धर द्वार लिखित तथा भवानी मानन्धर प्रकाशक भएको भएको सो पुस्तकको उल्लेखित " उगु ईया कलंकी" शिर्षकको स्मृति लेखको अन्त्यमा आमाले संझेको कुरालाई यसरी लेख्नु हुन्छ - त्यो बेलामा बिजुलि बत्ती थिएनन् । मतच्याःथल( तुकि बत्ती) मतितेल(मचिंक) राखेर बाल्ने हो । हाम्रो घरमा प्रतिदिन एकमाना मतितेल राखेर घरभरी बत्ती बाल्नु पर्थ्यो । घरको कोठा कोठामा तुकि बत्ती राख्न खोपा( ग्वाखंप्वाः) बनाएर राख्थे । पछि बिजुलि बत्ती २०१८ सालमा जडान गरेका थिए ।

अहिले २०७९ साल सम्मको कलंकी -

       कलंकी क्षेत्र १४ वडा को अहिलेको जनसंख्या काठमाण्डौ महानगरपालीको आधिकारिक वेभसाईटमा उल्लेखि भए अनुसार समग्र वडा भित्रको जनसंख्या ५८,४९५ रहेको देखिन्छन् । कलंकी चोक देखि सोल्टीमोड करखुसि (मनमति खोला) सम्म सडकको दायाँबायाँ लहरै एकनास घरधुरी देख्न सकिन्छ । सडकको दायाँबायाँको पछाडि देखि भित्र भित्र सम्म असंख्य घरघुरीहरु रहेका छन् । पटकपटक स्थानीयहरुको घर घरमा बुल्डोजर लगाएर फराकिलो बनाएको सडकमा अनुशासित भए सावारी चलाउने हो भने चार लाईनमा मजाले सवारी साधन चल्न सक्ने क्षमताको फराकिलो बाटो छ तर पनि यश क्षेत्रमा अक्सर ट्राफिक जाम भई नै रहन्छन् । सडक दुर्घटना पनि त्यतिनै भईरहेको हुन्छ । सडक पेटीले कलंकी मन्दिर र यहाँका स्थानीहरुको घर मिच्दै मिच्दै आएको छ । पैदल हिड्नु पर्ने र सवारी चल्ने बाटो छेउछाउमा फुटपाथ पसल र ठेला पसलेहरुको अस्तव्यस्त छ ।

 * श्री कलङ्की माई र कलङ्कीमाईको मन्दिर -

         काठमाडौं उपत्यका पश्चिम प्रवेश द्वारको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक गणेशमान सिंह पथ निर्माण हुँदा मूल सडकमै पर्न गई सडकले मिच्द‌ै गएको मन्दिर कलङ्की चोक र रविभवन क्षेत्रको मध्यभागस्थित मूल सडक सतहबाट करीब १० फिट तल अमूर्त अवस्थामा विराजमा रहेकी पूर्व मुखाकृत एवं दक्षिण मुखाकृत अवस्थामा लहरै रहेका विभिन्न ५६ देवीदेवताहरुको मूल देवीका रुपमा पूर्व मुखाकृति गरि विराजमान रहेको कलह र कलंक नासिनि भगवती श्री श्री श्री कालकुमारी माता नै श्री कलङ्कीमाई हुन् । श्री बालकुमारी माता विराजमान रहेको सो मन्दिर नै कलङ्की मन्दिर हुन् । अनि कलङ्कीमाई थान पनि ।

         श्री कलङ्की मन्दिर साविक कलङ्की पञ्चायत वडा नं. ४(ग) नक्शा सिटको कित्ता नं. ३८,३९ र ४० को क्षेत्रफल ०-७-१ जग्गा नयाँ नापीमा काठमाण्डौ महानगरपालीका वडा नं. १४ नक्शा सिट नं. १०२ - १०४२ - ०८ को कित्ता नं ५ वर्ग मि ...........( क्षेत्रफल) कायम भई मन्दिरकै नाममा नाप नक्शा भई ........ दर्ता कायम छ ।

 * श्री कलङ्कीमाईको उत्पत्ति (ऐतिहासिक पृष्ठभूमि )

        यश श्री कलङ्कीमाईको उत्पत्तिका बारे यकिनका साथ कसैले यहिनै हो भनि भन्न नसके तापनि मन्दिर शताब्दीअौ पुरानो हुन् भन्ने जनविश्वास रहि आएको छ । जानकार गुरुहरुका आशय अनुसार शक्ति स्वरुप कालिमाताको रुप भएर कलि युगको अन्त्यमा दुःख, कष्ट, भयबाट मुक्त गराउन नै बालकुमारीका रुपमा माता उत्पत्ति भएको भन्ने धारणा रहेको देखिन्छ ( श्री कलङ्कीमाई प्रवाह २०५९) । श्री कलङ्कीमाई बालकुमारी हुन भन्ने लिखित प्रमाण मन्दिर भित्र रहेको ठूलो घण्टा झुण्ड्याएको निदालमा कोरीएको वि.सं. १९६४ सालको शिलालेख नै हुन् । यो शिलालेख बाहेक अन्य कुनै पुरातत्वका सामाग्रीहरु आज सम्म भेट्न सकिएको छैन ।

*श्री कलङ्कीमाईको नामकरण -

* कलङ्की माताको मौलिक नाम " कल्खु अजिमा" हुन् -

       प्राचीन कान्तिपुर नगरको विष्णुमती पारी पश्चिम भेग न्हेपंखामा बसेर तान्त्रिक सुरक्षामा बसेर नेपालमण्डलको सुरक्षामा बसेकी अष्टमातृका पिठको मूलदेवी बालकुमारी (कौमारी)को स्थानीय मौलिक नाम कल्खु अजिमा हुन् । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

 कलङ्कीमाईको नामकरण -

       न्हेपंखा क्षेत्रको स्वामिनी भएर बसेकी यस तान्त्रिक देवी भगवती कल्खु बालकुमारी अजिमा लाई पुजा अर्चना गरीएमा व्यक्ति विशेषको घर परिवारमा कुनै किसिमको कलह भई अशान्ति भईरहेको भए सो कलह र कलङ्क समाप्त भई घर परिवारमा शान्ति कायम हुने एवं कलङ्कबाट मुक्त हुन्छन् भन्ने बुढापाकाहरुको विश्वास र आस्था रहेको पाइन्छ । यसरी घर परिवारको कलह र कलङ्क नास गर्ने अजिमा भएका कारण र दुई खोलाको बिच मध्य भागमा बिराजमान रहनु भएका अजिमा भएकै हुनाले प्राचिन नेपालको तत्कालीन राष्ट्रभाषा नेवार भाषा मा खोला (नदी) लाई खुसी भन्ने भई कलह र खु समायोजन भई अजिमाको नाम कल्खु अजिमा रहन गएको वा हुन गएको हुन सक्ने दिखिन्छ ।

         पछि “कल्खु” शब्दबाट अपभ्रंस हुदै कलंखु भई कालान्तारमा कलंखु शब्द बाट पनि अपभ्रंश भई कलंकी हुन गई कलंकी माईका नामले प्रख्यात हुन गएको र पछि अजिमा बिराजमान रहेको यस न्हेपंखा भन्ने ठाउँको नामनै कलंकी रहन गएको हो भन्ने प्रस्ट देखिन आउँछ । यस कुराको पुस्टि यस अजिमाको मन्दिर भित्र वि.सं. १९६४ वैशाख जेष्ठ २ गते अक्षेय तृतियका मिति उल्लेखित गरी न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारीजीले २२ धार्नीको ठूलो घण्टा एक, १७ धार्नीबराबरको ढलौटको ४८ वटा डल्लु र ढलौटकै दुईवटा सिंह अजिमालाई चढाएको भन्ने उल्लेखित ठूलो घण्टाको खम्बाको निदालमा उल्लेखित गरिएको शिलापत्रमा श्री कलंखु बालकुमारी लेखि शिलापत्र लेखनी गरीएबाट प्रमाणीत हुन आउँछ । १९६४ साल वैशाख सम्म यस अजिमालाई कलंखु बालकुमारी नाम बाटै सम्बोधन र प्राथना गरीने गरीएबाट त्यस उपरान्त बाट मात्रै अजिमालाई कलंकी माई भन्ने गरिएको प्रस्ट हुन आँउछ ।

        कुनै व्यक्ति विशेषलाई अनाहकमा कुनै दोष लागि कलंक लाग्न गई समाजमा अपमानित हुन गएमा स्वचित तन मनले यस अजिमालाई पुजा अर्चना गरीएमा दोष मुक्त हुन गई आफुलाई लागेका कलंक मेटिने जनविश्वास र आस्था भए बाटनै यस अजिमाको नाम कालान्तरमा कलंकी माई अथवा कलंकी देवी हुन गएको हुन सक्ने देखिन्छन् ।

* कलंकी माता( कल्खु बालकुमारी अजिमा) / कलंकीस्थान पंचकुमारीको घेरामा

         नेपाल मण्डलको परम्परामा कुमारी संस्कृति सूक्ष्म रूपमा भिजेको छ । हरेक टोल टोलमा कुमारीहरू स्थापित हुन्छन्, प्रत्यक्ष बोल्ने नै नभए पनि गण सहित अमूर्तरूपमा स्थापित हुन गरेका हामी देख्न सक्छौ । पूर्व तर्फ दृष्टि गरि बस्नु भएकी न्हेपंखाकी स्वामिनी कलंकी माता(कल्खु अजिमा) लाई उत्तर र दक्षिण तर्फबाट पंचकुमारी घेरीएर विराजमान रहेको हामी देख्न सक्छौ । अजिमालाई घेरिए बसेका कुमारीहरुमा उत्तर तर्फ हाल बुद्ध मार्गको१ कुमारी, गितापान्चायन मन्दिर संगै, मार्गको २ कुमारी र कलंकी मन्दिरको अगाडि सडकको बायाँ तर्फ भित्र रहेको ३ कुमारी भैरब त्यस्तै दक्षिण तर्फ तासींण्डोलको हाल कुमारीथान गल्ली पूर्व नसस पृथु रिजालको घर पछाडिको ४ कुमारी र रविभवनबाट बिद्दुत प्राधिकरण जाने .... मार्गमा रहेको लिङ्कन स्कूल र पर्यटन .....भवन पछाडि रहेको ५ कुमारी समेत पाँच कुमारी रहेको हामी देख्न सक्छौ । त्यस्तैनै यश न्हेपंखा क्षेत्रको हाल लामपाटी मार्ग भित्र दैविक शक्ति रहेको सुँडेकुवा र रविभवन चुन्नेपाखामा चुन्ने भैरब र तासिंण्डोल कुमारीथान गल्लीको कोट भगवती समेत प्राचीन कन्दिरहरुरहेको हामी देख्न सक्छौ।

        कलंकि क्षेत्रमा रहेका गणसहित बसेका नदेखिएका अन्य श्री कुमारीहरुमा सुनारगाउँ सामाजिक मार्ग गल्ली भित्रको श्री कुमारी र लामपाटी मेघा बाक्वेत पछाडि हुँदै सुनारगाउँ निस्कने सानो गल्लीका रहेको श्री कुमारी त्यर्तै पणराचीन बोक्सदह( बासुकी चौर)मा हेको बासुकी नाग मन्दिर , गितापान्चायन मन्दिर, पितृभक्त श्री राम धाम भागवत सेवाश्रम तथा श्रीराम मन्दिर, श्री कृष्ण मन्दिर, शन्तोषीमाताको मन्दिर र मनमती (करखुसी) खोला किनारमा नव निर्मित लक्ष्मिनारायणको मन्दिर समेत मन्दिरहरु हुन्।

* कलंकी माताका बारेमा केही भ्रम-

१.कलंकी माताको नाम र मन्दिरका बारेमा भ्रम -

१-१ ~ माताको नामको बारेमा-

       कलंकी क्षेत्रमा रहेकी यहाँकी स्वामिनी देवी भएरनै यहाँकी अधिष्ठात्री देवीको नाम पनि कलंकी माता वा कलंकी माई रहन गएको हो भन्ने यश क्षेत्रका नयाँ आगन्तुकहरुमा भ्रम रहेको देखिएको छ । वास्तवमा यहाँकी अधिष्ठात्री देवीको मौलिक नामबाट कल्खु अजिमा अपभ्रंश हुँदै हुँदै कालान्तरमा आएर कलंकी माता वा कलंकी माईको नामले प्रचार हुँदै सबैको जनजिब्रोमा कलंकी माता रहन गए पछि यश क्षेत्रकै नाम माताकै नामबाट कलंकी रहन गएको हो । यश कुराको लिखित तथा आधिकारिक आधार प्रमाण भनेको कलंकी मन्दिर भित्र रहेको विक्रम संवत् १९६४ सालको शिलालेख हुन्।

१-२ ~ माताको मन्दिरको बारेमा -

         २०४५ सालमा मन्दिरको जिर्णद्वार गरि मन्दिरको सरसजावत गर्ने क्रममा मातालाई चार नागपासले छत्र ओढाएर सजावत गरि मन्दिरको शोभा बढाए पछि यहाँका नयाँ आगन्तुकहरुले माताको छत्रका रुपमा रह्को सो चार नागपास हेरेर माताको मन्दिरलाई नाग मन्दिर हो भन्ने भ्रम रहेको समेत देखिएका छन् ।

१- ३. भगवान कल्कीको शक्तिस्वरपि पत्नीका रुपमा श्री कलंकी माता रहेको भन्ने भ्रमित भनाइ

       कल्खु बालकुमारी अजिमाको प्रचलित प्रख्यात नाम श्री कलंकी देवी भएबाट यस देवीलाई कसै कसैले विष्णु भगवानको प्रमुख दश अवतारहरु मध्य अन्तिम अवतार मानिने भगवान कल्की को शक्तिस्वरुप पत्नी भगवतीका रुपमा पनि माानि आएको समेत देखिन्छन् । कल्की पुराण हेर्ने हो भने भगवान कल्कीका दूई पत्नीहरु (लक्ष्मी) स्वरुपमा शक्ति र रमा (वैष्णवी) संहारिणी शक्ति गरी दुई स्त्रि शक्तिहरु (पत्नीहरु) मात्र रहेका देखिन्छन् । यसरी कल्की पुराणमा कल्की भगवानको कलंकी देवी नामको कुनै स्त्रि शक्ति देखिन्दैनन् । त्यस्तै हिन्दु धर्मका देवीहरुको बारेमा विविध पुराणमा कतै कलंकी देवीको बारेमा उल्लेखित गरेको समेत पाइदैनन् ।

१-४.भगवतीका दश अवतार मध्य कलंकी देवी पनि एक देवी हुन भन्ने भ्रम -

       ०५७ सालमा प्रकाशित श्री कलंकी माई प्रवाहमा इतिहाकरकार वाशुपासाले श्री कलंकी माईको स्थापना भन्ने लेखमा भगवानको दश अवतार रहे जस्तै भगवतीका पनि दश अवतार छन् । भगवतीका दश अवतारहरुमा शक्ति स्वरुपिणिहरु मध्य कलंकी देवी पनि एक देवी हुन भनि लेखिएको तर्क सान्दर्भिक देखिन्दैनन् । भगवतीका दश अवतार भनेको दशमाहाविद्या भित्र पर्ने वा दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणी देवीहरु हुन् । दशमाहाविद्या भित्रका शक्तिस्वरुपिणीको नामावलीमा कलंकी देवी पर्दैनन् ।

* कल्खु अजिमा( श्री कलंकी माता)को मन्दिर एक शक्ति पिठ हुन्

        काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका अन्य शक्ति पिठमन्दिरहरु जस्तै य‍ो पनि एक शक्ति पिठ हुन् । श्री कलङ्कीमाईको यस शक्ति पिठको प्राचीनता बारे आज सम्म कुनै लिखित आधार प्रमाणहरु फेला नपरे तापनि यहाँ जेष्ठनागरिहरुले भनाईमा पौराणिक कथामा उल्लेखित माता सती देवीको अङ्ग पतन भएर उत्पत्ति भएका करोडौं शक्ति पिठहरु मध्य यो पिठ पनि एक हुन भन्ने मान्यता रहि आएका छन् । माता सतीदेवीको कुन अङ्ग पतनभई उत्पन्न भएको शक्तिपिठ हो भन्ने चाहिँ कसैले एकिनका साथ भन्न सकिएको देखिन्दैनन् ।

*श्री कलंकी माई शक्ति पिठ( कल्खु अजिमा पिठ) उपत्यकाकै सबै भन्दा बढी अमूर्त देवीदेवताको मूर्तिहरु रहेको मन्दिर -

       उपत्यकाका अधिकांश अष्टमातृका शक्ति पिठहरुमा अष्टमातृका गण देवीदेवताहरुका मूर्त अमूर्त मूर्तिमा सामान्यतया शक्ति पिठ)को देवीदेवता गणहरुमा हुने गणपूरक देवीगणहरु –१४ गणपूरक देवीगणहरु देवीलेवताका मूर्तिहरु रहेका हुन्छन् । १४ गणपूरक देवीगण मूर्तिहरुमा १. गणेश,२. सिहिनी, ३. ब्याघिनी, ४. भैरब, ५. क्षेत्रपाल, ६. कुमार, तथा आठमातृकाहरु- ७. ब्रम्हायणी( ब्राम्ही), ८. माहेश्वरी( रुद्रायणी), ९. कुमारी( कौमारी), १०. वैष्णवी( भद्रकाली)(नारायणी),११. वाराही, १२. इन्द्रायणी(एन्द्री), १३. चामुण्डा (महाकाली) र १४. महालक्ष्मी समेत रहेका हु्छन् । तर कलंकी माताको शक्ति पिठमा भने मन्दिर भित्र मात्रै पनि ५७ देवीदेवताकाअमूर्त मूर्तिहरु रहेको देख्न सक्छौ भने मन्दिर बाहिर पछाडि कमल भैरबको र मन्दिरको ढोका अगाडि पिखालखुद्यको अमूर्त मूर्ति रहेको छ । ५७ अमूर्त मूर्तिहरु मध्यमा श्री गणेश, श्री कलंकी माता, श्री संकटा, श्री महाँकाल, श्री मनकामना र श्री दक्षिणकाली माताको मात्र पहिचान हुन सकिरहेको छ भने अन्य अमूर्त मूर्तिहरु मध्यमा कलंकी माताको मूर्ति पछाडि तर्फ लाईनै रहेका पाँच मूर्तिहरुमा बेताल र भैरब देवताहरु रहेको भन्ने श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यझ श्री लक्ष्मण अधिकारी ज्यू तथा अन्य जानकार भक्तजनहरुको भनाई रहेका छन्।

मन्दिर परिसरमा रहे भएका अन्य देवदेवीहरु :-

      

(क) देव बृक्ष पिपलबोट :- श्री कलङ्की देखि दक्षिण पूर्व .....कोणमा शनिदेवताका प्रतिक तथा विष्णु भगवानको अवतार पीपलबोट रहेको छ । प्रत्येक शनिवार यस पीपलबोटमा जल चढाएर शनिदेवताको पूजा अर्चना गर्ने भक्तजनहरुको भिड लाग्ने गर्छ । यश देवबृक्षको प्रत्यारोपन लगभग ०३०-३५ साल तिर स्थानिय कुमार अधिकारीको सकृयतामा भएका थिए भन्ने स्थानीय जानकारहरुको भनाई रहेका छन् । पीपलबोट रहेको स्थानमा पहिला पहिला काँईयोको बोट सहितको चौटारा रहेको थियो भन्ने गरिन्छ । यसै चौटाराका श्री कलङ्कीमाई विश्राम गर्नु हुन्थ्यो भन्ने किम्वदन्ती समेत रहेको छ ।

(ख). श्री कपिलेश्वर महादेव :-

        श्री कलङ्कीमाईको मन्दिर दक्षिण तर्फ अवस्थित शिवलिङ्ग रुपी महादेव रहेका छन्। यो शिवलिङ्ग २०४९/३/२७ मा आफ्ना स्व. माता पिताको स्मृतिमा श्री रामशरण थापाबाट प्रतिस्थापन गरि २०५८ सालका सरसजावट गरिएको हो ।

(ग) श्री सूर्य नारायण भगवान :-

       श्री कलङ्की मन्दिरकै श्री कपिलेश्वर महादेवको दक्षिण तर्फ पारीजातको बोटको फेदमा चक्राकार मूर्ति सहितको सूर्य नारायण भगवानको मूर्ति रहेको छ। सो मूर्ति ....... विदारीबाट स्थापना गरीको भनाई रहेको देखिन्छ ।

       (घ) श्री सरस्वती, श्री विरातस्वरुप र श्री लक्ष्मीनारायण :-

        श्री कलङ्कीमाई मन्दिरकै दक्षिण तथा कपिलेश्वर महादेवको पश्चिम तर्फ श्री सरस्वती, श्री विरास्वरुप र श्री लक्ष्मीनारायण भगवानका प्रस्तरमूर्ति रहेका छन् । सो मूर्तिहरु २०५३ सालमा श्री त्रिरत्न डंगोल र श्रीमती सपना मानन्धरबाट संपुक्त रुपमा स्थापना गरि पछि २०५८ सालमा सन्तमाया तण्डुकारबाट सरसजावट गरिएको मा विरात स्वरुपको मूर्ति कुनै एक पागलले तोडफोड गरीएकाले सो टुट्फुट मूर्ति हताई सोही स्थानमा स्थानीय श्री लक्ष्मण अधिकारी र श्रीमती सानू म‌याँ अधिकारी दम्पतीबाट २०७३ बैशाख १ मा पुनः नयाँ मूर्ति निर्माण गर्न लागाई विधिवत पुनः स्थापना गरिएको हो ।

(ङ) अरुन्धती सहित श्री सप्त ऋषि :- 

         श्री कलङ्की मन्दिरकै दक्षिण तर्फ श्री अरुन्धती सहित सप्त ऋषिहरुको मूर्ति २०५१ सालमा श्री धीरबहादुर अधिकारीबाट प्रतिस्थापित गरि पछि २०५८ सालका श्रीमती छल कुमारी अधिकारीबाट सरिजावट गरिएको हो । सप्त ऋषिहरुको बिचमा विराजमान रहेकी अरुन्धती र सप्त ऋषिहरु १. वशिष्ठ, २. कश्यप, ३. अत्रि, ४. जमदग्नि, ५. गौतम, ६. विश्वामित्र र ७. भारद्वाज महर्षि हुन् । 

सप्त ऋषिहरुको बिचमा रहेने अरुन्घन्ती को हो ?

      सनातन हिन्दू महीलाहरुको तीज पछिको दोस्रो ठूलो पर्व ऋषिपञ्चमी पर्व हो । यश दिन ब्रतालु महिलाहरुले अपरान्ह पछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र सहित सप्त महर्षिहरुको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । सप्त ऋषि संगै पूजा गरिने अरुन्धतीका बारेमा धेरैलाई भ्रम रहेको देखिएको छ । अरुन्धती सहित सप्त ऋषिको पूजा गराउने ब्राम्हणहरुले समेत कसैले अरुन्धतीलाई सप्त ऋषिको आमा त कसैले सातै ऋषिहरुको एउटै पत्नी भन्ने गरेको पनि पायीयो ।

वास्तवमा अरुन्धती को ह‍ो त ?

       वास्तवमा अरुन्धती सप्त ऋषिहरु मध्यका महर्षि वशिष्ठको पत्नी हुन् । अन्य महर्षिहरु मध्यमा गौत्तम ऋषिको पत्नी अहिल्या,अत्रि ऋषिको पत्नी अनुसूया र जमदग्निको पत्नी रेणुका(परशुरामको आमा) हुन्। सप्त ऋषिहरु मध्यका महर्षि भारद्वाजको पिता बृहस्पति र माता ममता भन्ने कुरा जानकारहर भन्छन् । त्यस्तैनै विश्वामित्र क्षेत्रीय राजा हुन् पछि मात्र महर्षि बनेका हुन् ।

       सप्त ऋषिहरुको समुहमा वशिष्ठकी पत्नी अरुन्धती मात्र हुनु र अन्य महर्षिहरुको पत्नी नहुनुको कारणमा श्री स्वस्थानी कथामा उल्लेखित शिव पुत्र कुमार कार्तिकेको जन्म कथाले पुस्त्याछ । कुमार कार्तिकेको जन्म कथा अनुसार - महादेव पार्वति संग विवाह भए पछि महादेव पार्वती भोगविलासमा दुबेर बाहिर नआए पछि देवराज इन्द्रको आदेशानुसार महादेवलाई बाहिर ल्याउन अग्निदेव भिक्षुको भेषमा महादेव पार्वति एकान्तमा बसेर कामक्रिदामा लिन भएको अवस्थामा पुग्नु भएछ र भिक्षु देखेर क्रोधीत भएका महादेवले पार्वतीले भने अनुसार आफ्नै बिर्य भिछ्यादान दिनु भयो र भिक्षुरुपि अग्नीदेवले पनि भिक्षा ग्रहण गरि खानु भए छ ।

       महादेवको बिर्य खायका कारण अग्नीदेवको पेटमा जलन भए पछि नदीकिनारमा गए ओकलेर जानू भए छन् । अग्नीदेवले ओकलेको बिर्य आगोकोरुपमा बले छन् । यसै समयमा सप्त ऋषिका सातैजना पत्नीशहरु गंगामा स्नान गर्न आउँदा जाडोयाम भएकाले स्नान पछि गंगा किनारमा बलीरहेको आगो देखेर तप्न थालेछन् । तर एक ऋषि पत्नीले भने अरुले बालेर राखेको अग्नि ताप्नु हुन्न भनेर तापेन छन् । आगो तापे पछि आगोकरूपमा दन्कीरहेको महादेवको विर्य छजनै ऋषिनीहरुमा सरेर गर्भ बस्न पुगेछन् । आफनु शारीरिक संसर्गबिनानै आफ्ना ऋषिनीहरुको गर्भ बसेको देखेर ऋषिहरु संसकित भइ रिसाएर ऋषिनीहरुको चरित्रमा दोष देखाए पछि छजनै ऋषि पत्नीहरुले पुनः गंगा किनारका गएर विर्य ओकलेर आकाशमा तारा भएर बस्न गए छन् । पछि छ जना ऋषिनिहरुले ओकलेको विर्यबाट छमुख भएका बालकको रुप लिएर जन्मेछन् र सो बालकलाई माता गंगाले पालेछन् । स्वस्थनाीमा कुमारको जन्म कथा अनुसार सप्त ऋषिहरुका सात जना पत्नीहरु मध्य आगो नताप्ने एकजना ऋषिनी मात्र पृथ्वीमा रहेको र बाँकी छ जना ऋषि पत्नीहरु आकाशमा गएर तारा बनेर बसेको भन्ने छ । यसरी पृथ्वीमा सप्त ऋषिको पूजा गर्दा वशिष्ठको पत्नी अरुन्धती मात्र रहेको भन्ने कुमारको जन्म कथाले प्रस्त पारेको छ।

(च) श्री कमल भैरब :- 

        श्री कलङ्कीमाईको मन्दिरको ठिक पछाडि पश्चिम तर्फ प्राचीन श्री कमल भैरब नाथ भगवानको अमूर्त मूर्त रहेको छ । यश भैरबनाथलाई श्री रत्न बहादुर खड्काबाट २०५८ सालमा सरसजावट गर्नु भएको हो ।

(छ) श्री कलङ्कीमाई मन्दिरको द्वार अगाडिको पिखालखु द्यः ( श्री कुमार तथा श्री भैरब र श्री गंगा माता समेतको प्रतीक) । 

* कलंकी क्षेत्रको स्थान गणेश कलंकी मन्दिर भित्रको कल्खु गणेश -

       नेपाल मण्डलको संस्कार र संस्कृति अनुसार नेवाः समाजको पितृ कार्य होस् अथवा अन्य कुनै धार्मिक, सांस्कृति , संस्कार एवं चाडपर्वमा स्थान गणेशको पुुजा गर्नु पर्ने परम्परा रहि आएको छ । साविक न्हेपंखा क्षेत्रका अधिकांश नेवाःर समुदाय्को स्थान गणेश यसै मन्दिर भित्रकै गणेश हुन् । दक्षिणाभिमुख गरी कल्खु अजिमा पिठमा विराजमान रहनु भएका पिठगण गणेश समेत भएरनै यो गणेशलाई स्थानी जेष्ठ नेवाःहरु कल्खु गेश भन्ने गरेको पाईन्छ ।

* कलंकी(न्हेपंखा) क्षेत्रको च्छ्वास अजिमा र कलःगाः

  ✡ च्छ्वास देवता( च्छ्वास अजिमा )

       हेरक परम्परागत नेवाः बस्तीहरुमा एउटा एउटा ईलाकाको छुट्टाछुट्टै एउटा एउटा च्छ्वास देवता हुने गर्छ । च्छ्वास देवीलाई च्छवास अजिमा पनि भनिन्छ । च्छ्वास अजिमालाई कसै कसैले यहाँ मातङ्की वा धुमावती महादेवीका रुपमा समेत लिएको देखिन्छ । ईलाका भित्रका मानिसहरुको घरपरिवार भित्रमा कुनै नवजात शिशु जन्मिएको र परिवार सदस्यको मृत्यु भएको लेखाजोखा राख्ने देवी च्छ्वास अजिमाका रुपमा रहनेले गरेको देखिन्छ । शिशु जन्मन्दा शालनाल र धरको सदश्य मर्दा मृतकको लुगा, काँचो इटा र सानो सुकुल सहित च्छ्वासमा च्छ्वास वाये गरिन्छन्। यसो गर्दा कुन घरमा शिशु जन्म्यो र कुन घरमा को मृत्यु भयो भन्ने स्थान देवीलाई जानकारी दिएको र देवीले पनि सोको लेखाजोखा गर्ने गर्छन भन्ने सामाजिक मान्यता रहेको छ

✡ कलःगाःमा कलःवाये गर्ने -

         आफ्ना ईलाका भित्रका घर परिवारले वर्ष दिन भित्रका विभिन्न साना ठूला चाडपर्वहरुमा अष्टमातृका पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरी सिकाःभू भोज खाए पछि सिकाःभू भोजको उच्छिष्ट ( खाएर बाँकि भएको जुठो खानेकुरा सहित सबैलप्तेहरु एउटै बाटामा राखी विशेष तान्त्रिक विधि अपनाई बाटामा बलेको बत्ती राखी कलःगाःमा लगेर विसर्जन ( कलःवाये )गरिन्छ । यसरी कुन कुन घर वरिवारले बली पुजागरी सिकाःभु गरीएको छ छैन सोको लेखाजोखा राख्न समेत कलःगाः द्यःले गर्ने गर्छ ।

       [ सिकाःभू के हो ? - अहिंसा परम धर्म भनी हिंसालाई पाप कर्म भनीए तापनि तन्त्र शक्ति उपासक प्रधान नेपालमण्डलमा देवी देवतालाई पशुपन्छि बलि दिने कार्यलाई पाप कर्म नभनि धर्म नै मान्यता दिईराखेको छ । तन्त्र प्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्तिका लागि तान्त्रिक विधि सहितको बलिपूजा गर्नै पर्छ । अनि देवीदेवता पूजा गर्दा तान्त्रिक विधिबाट थापिराखेको कालोमोसो जसलाई नेवाः भाषामा याने नेपाल भाषामा मोहनी सिन्हः भनिन्छ र बलि दिएको पशु पन्छि( नेवाः भाषमा बलि दिएको पशु पन्छिलाई बाहाँ )को रक्त तिलक लगाएर चढाएको रातो कपडाको लामो बाला( क्वखा) गलामा लगाएर फुल प्रशाद ग्रहण गरि सम्हय् खाई राती भोज खान्दा सी( प्राणीको पञ्चज्ञानेन्द्रिय अङ्गहरु- १.दुई आँखा, २.दुई कान, ३.थुतुनो, ४. जिब्रो र ५. दुई बङ्गरा समेत गरि बलि दिएका पशुको शरिरको आठ अङ्गहरुलाई जेष्ठता क्रम अनुसार थकालीलाई दायाँ आँखा, त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो, जिब्रो, दायाँ बङ्गरा र अन्त्यको आठौ जेष्ठलाई बायाँ बङ्गरा हस्तान्तरण गरिने पशुका अङ्गहरु) लिएर सिकाःभू गर्नु पर्ने नेवाः संस्कार र संस्कृति रहेको छ । यश भोजलाई मूःभ्वय् वा सिकाःभू भनिन्छ । 

        नेपालमण्डलमा बलि पूजा गरिने विभिन्न मन्दिरहरुमा बलीदिएका पशुपन्छिको टाउको नेवाः समुदायलाई घर लान दिनुक‍ो कारण पनि यहिन‌‌ै हो । नेवाः बाहेक अन्य कुन‌ै पनि समुदायका व्यक्तिलाई बलि दिएको पशुपन्छीको टाउको दिने चलन यहाँ छैनन् ।

✡ थाय्भूु वाय् गर्ने

       नेवाः समाजमा नयाँ दुलही भित्र्याए पछि नेवाः रिति थिति अनुसार भौमचा ( दुलही ) घरमा भित्रिय पछि ह्वङ्के( दुलहि अनमाउने) संस्कार सम्पन्न गर्दै थाँय्भू (दुलाहा दुलहि समेतलाई एकै थाली( भु)मा ख्वाएको जुठो(उच्छिष्ट) सहितको थालीमा विशेष बत्ती बालेर खानेकुरा) कलःगाःमा लगेर विसर्जन गरिन्छ । यसलाई नेवाः भाषामा "थायभु वायेगु" भन्छ । यसरी थायभु वायेगुको अर्थ हाम्रो घरमा दुलहिका रुपमा नयाँ सदश्य थपियो भनेर स्थान देवतालाई जानकारी दिने र जानकारी लिने स्थान देवताका रुपमा रहेको परम्परागत संस्कार रुपमा मानिन्छ ।

         कलंकी( न्हेपंखा) क्षेत्रको च्छ्वास अजिमा र कलःगाःकारुपका कलंकी मन्दिरको ठिक दक्षिण तासिंडोल वरालो झर्ने स्थान मन्दिर परिसरकै सिमानामा रहेको पारीजात फूलको बोट मुनीको बाटोलाई मान्दै आऐको छ ।

* श्री कलंकी माता संग सम्बन्धित केही किंवदन्ती -

  १. असनबाट बसाइँ सरेर यश न्हेपंखामा विराजमान हुन आएको किंवदन्ती -

          श्री कलंकी माईका बारेमा विभिन्न किम्बदन्तीहरु सुन्न पाइन्छ । इतिहासकार बासु पासाले संकलन गरिएको किंवदन्ती र भनाई अनुसार यो कल्खु अजिमा कुनै समयमा एक ठाउँ बाटल्याई कान्तिपूरको असनमा रहनु पर्नेबाचागराई बिराजमान गराई राखेको तर अजिमालाई भने असनमा रहीरहन इच्छा नभएकाले एकजना तान्त्रिक निपूर्ण गथु (श्री मालाकार) लाई सपनामा आई आफ्नो परीचय दिई आफु असनमा बस्न नचाहेको हुँदा आफुलाई र आफ्ना सम्पूर्ण गणहरुसमेत तन्त्रशक्तिेले विष्णुमती पारी लैजान आज्ञा भईअजिमाको आज्ञामुताविक गथुले आफ्नो तन्त्र शक्तिले असनमा बिराजमान भइरहनु भएका बालकुमारी अजिमा र अजिमाका सबै गणहरुलाई बोकी विष्णुमती पारी बल्खु खोला र करखुसी (कालीमाटी खोला को बिच घना जङ्गलको बाटो हुदै जादाँ हाल अजिमा रहेको मन्दिर रहेको न्हेपंखा (न्हेपँकछि नरकट) को झाङ्गरहेका ठाँउमा पुगेपछि अजिमाले मलाई यहि राख्नु भनि आज्ञा भई आज्ञामुताविक त्यसै ठाँउमा अजिमा र देवगणहरुलाई बिराजमान गराईएको भन्ने भनाई रहेको देखिन्छ ( श्री कलंकी माई प्रवाह २०५७ र भगवतीका सहस्र नाम चन्द्र बहादुर थापा) ।

२. मध्यपुर ठिमी भक्तपुरको क्वालखु बालकुमारी संग सम्बन्धित किंवदन्ती -

       यश न्हेपंखाका स्वामिनी देवी कल्खु बालकुमारी अजिमालाई परपूर्व कालमा मध्यपुर ठिमी भक्तपुरका केही तान्त्रिक समुहले तन्त्रसाधना गरि ठिमीमा लगेर स्थापना गरिएको भन्ने किंवदन्ती सहितको जनश्रुर्ति समेत रहेको पाइन्छ( कसै कसैको भनाईमा भने मध्यपुर ठिमीबाट बालकुमरी मातालाई यहाँ ल्याएको भन्ने पनि छ) । त्यसैकारण केहि दशक अघि सम्म पनि प्रत्येक वर्षको अक्षय तृतियाका दिन ठिमीबाट यहाँ आई श्री कलंकी माताको तान्त्रिक पूजा गर्न आउने चलन रहेका थिए भन्ने यहाँका जेष्ठ रैथानेहरुको भनाई रहेको छ ।

💢 थिमि तलेजु भवानीको स्थापना पूजाको विधान अनुसार तलेजु भवानीकै शक्तिस्रोतबाट आविभार्व भएकी शक्तिका,रुपमा देखिएको भन्ने मान्यताका मध्यपुर थिमि क्वालखु टोलमा विराजमान रहेकी देवी श्रीश्रीश्री क्वालखु बालकुमारी र काठमाण्डौ कलंकी( न्हेपंखा)मा विराजमा रहेकी श्रीश्रीश्री कल्खु बालकुमारी( कलंकीमाई) संग सम्बन्ध रहेको देखिएका केही स्पष्ट तथ्य -

👉️

क. 💥 नरकट घारी

 थिमि बालकुमारी - किंवदन्ती अनुसार अन्य कतैबाट मातालाई कुनै तान्त्रिकले लिएर आउने क्रममा थिमि क्वालखु टोल स्थित मसान रहेको नरकट घारीमा विराजमान हुन रुचाएको र माताकै आदेशानुसार त्यस मसान संगैको नरकट घारीमा विराजमान गराएको ।

 यस न्हेपंखाको बालकुमारी - यहाँ अधिस्थाति देवी बालकुमारी रहेको स्थान नै नरकटै नरकटको घारी भएर नै यस ठाउँको प्राचिन नाम न्हेपंखा रहेको देखिएको ।

ख. 💥 त्रिकोण आकारको तिन ख्वपा(भित्तामा रहेको प्वाल)

 थिमि बालकुमारीको मूर्तिको ठिक पछाडि नासःद्यका रुपमा तिन त्रिकोण खोपा रहेको छ । थिमिबासी यस खोपालाई नासःद्यःका रुपमा पुज्दै आएको छ । 

 न्हेपंखाको बालकुमारी अजिमाको मूर्ति पछाडिको भित्तामा नासःद्यका रुपमा मान्ने त्रिकोणाकार तिन खोपा रहेको छ । यद्यपि न्हेपंखाको यस खोपालाई नासःद्याका रुपमा मानेको भने देखिएको छैन ।

ग. 💥क्वालखु र कल्खु शब्द

 थिमि बालकुमारी रहेको ठाउँको प्राचिन नाम क्वालखु भन्ने गरेको र मातालाई क्वालखु बालकुमारी भन्ने गरेको देखिन्छ ।

 न्हेपंखाको बालकुमारीलाई कल्खु बालकुमारी अजिमा भन्ने गरेको पायीएको छ ।

३. श्री कलंकी माता ( कल्खु बालकुमारी अजिमा) असन केलटोलको बालकुमारीको आमा रहेको भन्ने किंवदन्ती —

        यहाँ न्हेपंखा कलंकीका बयोवृद्धहरुको भनाई अनुसार यो कल्खु अजिमा यहीँ नै उत्पति भएको हो । परापूर्वकालमा नेपालमण्डल कान्तिपूरको पूर्वभेगका मध्यपूर थिमिका केहि मानिसहरुबाट यस बालकुमारी अजिमा र अजिमाका गणहरुलाई तन्त्रसाधना गरी स्थानान्तर गरी थिमिमा लाने कार्य गर्दा कारणबश असन केलटोलमा एकरात बास बस्न परेको र बास बसी भोली पल्ट त्यहाँबाट थिमि जाने क्रममा यस बालकुमारी अजिमाको एक प्रतिबिम्ब त्यही बास बसेको ठाँउमा नै शिद्ध भइगएको र अजिमा सहित अन्य देवदेवीहरु थिमिमा लगी प्रतिस्थापन गराई बिराजमान गराइएको किम्बदन्ति सुन्न पाइन्छ । त्यस्तै अर्को किम्बदन्ति अनुसार थिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरु वर्षका एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पुजा गर्न आउने परम्परा रहेको र यहाँ अजिमालाई पुजागरी असन केलटोल स्थित हाल बालकुमारी अजिमारहेको स्थान अगाडी पार्टी भएकोठाँउमा बसी समयबजी खाने परम्परा गरी आएको अवस्थामा एकसाल मानिसहरु (थिमिबाट आउने खलकहरु)बिचमा एउटा के बिचार उत्पन्न भएछ भने हामी वर्षमा एक पटक न्हेपंखा पुगी कल्खु बालकुमारीअजिमालाई पुजागरी यसरी यहाँ आई बसी समयबजी खानु पर्छ । किन यहाँ कल्खु बालकुमारी अजिमाको प्रति बिम्बको रुपमा एक बालकुमारी अजिमा प्रतिस्थापन नगर्ने भन्ने विचार उत्पन्न भई सो बिचारमाथी सबैले सहमती जनाई तन्त्र विधा पुरा गरी एक बालकुमारी त्यही प्रतिस्थापना गरी समयबजी एक भाग (द्यःब्वः) चढाई समयबजी खाने परम्परा चलाएका थिए भन्ने किम्बदन्ति सुन्न पाइन्छन् । सायद त्यही किम्बदन्तिकै आधारमा न्हेपंखा कलंकीमा यस कल्खु बालकुमारी अजिमालाई केलटोलको बालकुमारीको आमा भन्ने गरेको पनि एदाकदा सुन्नमा पाइन्छन् । यसरी यस कल्खु बालकुमारी (कलंकी माई) को असन केलटोलको बालकुमारी र थिमिको बालकुमारीसँग परम्परागत सम्बन्ध रहेको किम्बदन्तिहरु सुन्न पाइन्छन् । थिमिका बालकुमारी प्रख्यात चार बालकुमारी मध्यका एक हुन् ।

४.  कलंकी माता अन्यत्र कतै परिक्रमा गरि फर्किन्दा माता मन्दिर अगाडिको चौतारीमा एकछिन विश्राम गरेर मात्र कन्दिर भित्र प्रवेश गर्नु हुन्थ्यो भन्ने जनश्रुति रहेको छ ।

५.   कलंकी मन्दिरको उत्तर तर्फ अहिलेको पिच सडक निर्माणपरेको इनारमा कलंकी माता स्नान गरि अहिले बुद्ध मन्दिर स्थापना भएको साविकको ढिस्कोमा बसेर घाम ताप्ने गर्ने गर्थ्यो भन्ने जनश्रुति रहेको छ ।

* कलंकी माता( कल्खु अजिमा) को सांस्कृतिक पक्ष -

१.   ठिमिमा बिराजमान रहनु भएका बालकुमारी अजिमा खलकहरु वर्षको एकपटक अक्षेतृतियाका दिन गुप्तरुपमा यस न्हेपंखाको कल्खु बालकुमारी अजिमालाई पुजा गर्न आउने परम्परा रहेको तर हाल केही दशक देखि भने आएको नदेखिएको ।

२.   पचली भैरबको १२ वर्षे गणनाच जात्रामा ६ वर्षको भद्रकालीको खड्ग सिद्धि जात्रा समेतको गणनाच जात्रा गर्न गणनाचका केही मालाकारहरु गुप्त रुपमा यहाँ आई श्री कल्खु बालकुमारी अजिमालाई तन्त्रसाधना गरि लगेर त्यहाँ गणनाच प्राम्भ स्थलमा विधिवत पूजा गरेर मात्र भद्रकालीको गणनाच हुने सांस्कृतिक परम्परा रहेको भन्ने रहेको छ तर यस्को आधिकारिक पुस्ति भने हुन सकेको छैन।


३.  अधिकारी परिवारक गुठी पूजा - स्थानिय अधिकारी गुठी परीवार बाट प्रत्येक वर्षको अक्षयतृतियाको पूर्व सन्ध्यामा रात्रि पूजा, पुतिङ पाठ तथा दिपावलि गरि अक्षय तृतियाका दिन बिहान छाग बली सहित विशेष पूजा गरि आउने गरेको छ । यो वार्षिक पुजा विक्रम सम्वत १९६४ अक्षय तृतियाका दिन न्हेपंखा बस्ने डिठ्ठा मान बहादुर अधिकारी बाट माताको चरण कमलमा ढलौटको दई सिंह, २२ धार्निको काँसको घण्टा र धलौटकै ठूला ४८ वटा दियो काठको खतमा जडान गरि वर्षेेनी आलोपालो पुजा गर्न आयस्ता स्वरुप केही खेत समेतको ब्यवस्था गरे देखि अहिले सम्म वार्षिक गुठी पूजाको निरन्तरता कायम छ । 

४.  स्थानीय एक नेवाः समुह बाट प्रत्येक वर्षको कल्की जयन्तीका दिन विशेष तान्त्रिक पूजा गर्ने सांस्कृतिक परम्परा रही आएको छ ।

५.   स्थानीय जनस्तर बाट वर्षेनि विभिन्न समुहबाट वार्षिक क्षमा पूजा हुने सांस्कृति परम्प रहेका छन् ।

५.१. स्थानीय न्यौपाने खत्री परिवारबाट प्रत्येक वर्षको दशैको महाअष्टमीका दिन छाग बली सहित वार्षिक पुजा गरीन्दै आएको छ ।

५.२. स्थानीय अधिकारी परिवार, रायमाझी परीवारको दुई समूह लगायत विभिन्न समुहबाट समेत असार महिनामा प्रत्येक वर्ष छाग बलि सहित क्षेमा पुजा गर्ने परम्परा रहि आएका छन्।

६.    विभिन्न पर्वहरु दशै, श्रावन सोमवार, तिज र ऋषि पँचमीमा तथा जनैपूर्णे लगायत पर्वहरुमा कलंकीमा भक्तजनहरुको निकै भिड हुने गरेको छ ।

७.    * दशैको घटसथापनाका दिन मन्दिरको दशै कोठामा विधिवत स्थापना गरीएको घटसथापनाको जमरा प्रशाद बिजया दशमीका दिन सर्वसाधारणहरुलाई बितरण गरिने परम्परा रहि आएको छ ।

८.    कलंकी माता( कल्खु अजिमा) लाई विभिन्न जातीय समुदायबाट कुलदेवीका रुपमा कुलायन पूजा गरी देवाली पुजा गर्ने परम्परा -

८.१.  श्री कलंकी मातालाई आफ्नो कुलदेवीका रुपमा वर्षेनी किर्तिपुरका भैरब परियारका(कार्किढली)का सन्तति परिवारबाट आज सम्म पनि पौषकृष्ण पञ्चमीका दिन र सुनारगाउँका सुनार परिवारबाट बैशाक शुक्ल पूर्णे /चण्डीपूर्णि/बुद्ध जयन्तीका दिन वर्षेनी मातालाई आफ्नो कुल देवीका रुपमा कुलायन पूजा गरि देवाली पर्व मानि आएका छन् । त्यस्तै काठमाण्डौ उपत्यका बाहिर रहेका विभिन्न समुदायले पनि कलंकी मातालाई आफ्नो कुलदेवीका रुपमा वर्षेनि देवाली पर्व मान्दै आएको भन्दै कलह र कलंक नासिनि भगवती कलंकी माताको मन्दिर ख‍ोज्दै खोज्दै यश मन्दिरमा आउने समुहरु पनि वृद्धि हुँदै गएका पनि छन्।

९.    सुनारगाउँका सुनार परिवारबाट कुलायन पूजा - प्रत्येक वर्षको बैशाख पूर्णेे् / चण्डिपूर्णिमा / बुद्धजयन्तीका दिन सुनारगाउँका रैथाने सुनार परिवारहरुबाट कलंकी मातालाई कुलदेवीका रुपमा देवाली पूजा गर्दै आएको छ ।

१०.    कलंकी माताको मन्दिर संरक्षण समितिको वार्षिक पूजा कार्तिक २५ गते -

        श्री गज बहादुर क्षेत्रीको अध्यक्षतामा श्री कलङ्की मन्दिर जिर्णोद्वार तथा सरसजावट समित २०४६ गठन भई मन्दिरको जिर्णोद्वार सम्पन्न भए पछि मन्दिरको संरक्षणको दायित्व पूरा गर्न २०५४ सालमा श्री चन्द्र बहादुर थापाको अध्यतामा श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०५४/७/२५ मा दर्ता नं. ३२४/०५४/५५ मा विधिवत दर्ता भए पछि श्री कलङ्की मन्दिरको संरक्षणको दायित्व बहन गरि संस्था दर्ता भएको दिनलाई श्री कलङ्कीमाई मन्दिरको विशेष दिन मानेर प्रत्येक वर्षको कार्तिक २५ गतेको दिनलाई श्री कलङ्की माताको वार्षिक पूजा पर्वका रुपमा मान्द‌ै आएको छ ।

* कलंकी माता( कल्खु बालकुमारी अजिमा)को विषेशता -

       माताको श्रद्धा भक्तिले घर परिवारमा हुने कलह र अशान्त नास होस् भन्ने कामना सहित भाकल तथा पूजा अर्चना गरीएमा भक्तजनको मनोकामना पूरा गरि कलह र अशान्त नास गरि शान्त बनाइलिने माताको विशेताहरु मध्यको यो प्रमूख विशेषताहुन् । त्यस्तैनै अर्को प्रमुख विशेता भनेको कसैलाई अनाहकमा कुनै दोष वा कलंक लागेमा पनि श्रद्धा भक्तिले माताको पुकार गरीएमा आफुले कुनै गल्ती नगर्दै लागे दोष तथा कलंक बाट मुक्त गरीदिनु हुने विशेषता हुन् ।

       संस्कृति अनुसन्धान कर्ता डा . जगमान गुरुङले जानकारी दिनुभए अनुसार कलंकी माताको अर्को एक विशेषता भनेको अमेरीका लगायत पश्चिमि मुलुकमा यात्रा गर्न भिसा( प्रवेशाज्ञा)का लागि पटक पटक आबेदन गर्दा पनि असफल भयो भिसा पाएन भने कलह र कलंक नासिनी कलंकी माता( कल्खु अजिमा)को मन्दिरमा गएर मातासंग श्रद्धा भक्तीले भिसा पाउने कामना सहित पुकार गरी पूजा अर्चना गरीएमा भिसा प्राप्त हुने वहाँको अनुसन्धान बाट देखिएको र सो अनुभव समेत रहेको भन्ने भनाई रहेको छ । वहाँले भन्नू भए अनुसार भिसा पाउने कामना लिएर माताको पूजा गर्न जाँदा माताको पूजा गरि फर्कने क्रममा पहिला जुन बाटो बाट आएको हो सोही बाटो भएर नफर्किकन अन्य बाटो भएर फर्केर गएर सिधा भिसा आबेदन गर्ने कार्यालयमा गएर पुनः भिसाका लागि आबेदन गर्नु पर्छ तब कलंकी माताको प्रभावबाट निश्चितरूपमा भिसा प्राप्त हुनेछ । माताको कृपाबाट भिसा प्राप्त भए पश्च्यात पुनः माताको पाउमा कृतज्ञताको पूजा गर्न जानभने बिर्सनु हुन्न भन्ने डा. जगमानको भनाई रहेकोछ ।

 कलह र कलङ्क नासिनी कलङ्की माताको अन्य विशेषताहरुमा -

      आकाशबाट पानी नपरी खेतवारी बाँझो भएमा श्री कलङ्की माताको मन्दिरलाई सफा गरि मन्दिर भित्रको पानी बाहिरीने निकासलाई केही बेर बन्द गरी घर घरबाट पानीको धारो बगाउँदै आई मातालाई पानी चढाउँद‌ै माता र अन्य देविदवताको मूर्तिहरु सबै पानीले चुर्लुम्म डुबान पारेर हर हर महादेव ! भनी पानी मागे पछि आकाशबाट वर्षा हुने गरेको भन्ने यहाँका जेष्ठहरुको अनुभव रहेको छ ।

      माताको अर्को विशेषतामा धेरै अगावै काठमाण्डौ उपत्यकामा हैजा तथा बिफरको महामारी रोग फैलिन्दा स्थानीयहरुले श्री कलङ्की मातामा क्षमापूजा गर्दा अन्यत्र भन्दा यश क्षेत्रमा महामारीको प्रभाव खासै नपरेको भन्ने यहाँका स्थानीय जेष्ठहरुको अनुभव समेत रहेको छ । सोही अनुभव र मातामा अतल आस्था अनि विस्वास भएकै कारण प्रत्येक वर्षको असार महिनामा त्यो महामारी फैलीएको समय देखी आज सम्म पनि स्थानीयहरुले मातालाई छाग बली सहित सामुहिक वार्षिक पूजा गर्दै आएका छन् ।

* कलंकी मन्दिरमा हुने दैनिकी -

       कलंकी मन्दिर बिहान ४;३० बजे देखि मध्याह्न १२ बजे सम्म र साँझ ५:०० बजे देखि राती ७:३० बजे सम्म खुल्ला हुनेछन् । मन्दिर बन्द भएको समयमा कुनै विशेष पूजा गर्न परेमा मन्दिर रेखदेख तथा द्यःपालालाई सम्पर्क गरेर ढोका खोल्न लगाएर पुजा गर्न सकिने छन् । बिहानको नियम पूजा १०:३० बजे हुनेछन् भने सन्ध्याकालिन आरति साँझ ६:३० गर्ने गरिन्छ । कलंकी माता ( कल्खु अजिमा) तान्त्रिक देवी भएक‍ो हुँदा तान्त्रिक नियम पूजा हुनु पर्ने भएता पनि हाल सम्म दिक्षित ब्यक्ती बाट नियम पूजा गर्ने व्यस्था हुन नसकिरहेको देखिन्छ ।

       भागवत रेणु अर्जुन प्रशाद रिमाल ज्यूले दुई दशक देखि कलंकी मन्दिरको भजन कोठामा प्रत्येक महिनाको एकादशी तिथिमा एकादशी महात्म्य तथा प्रत्येक वर्षको पूर्श्वत्तम महिनाभर चतुरमास महात्म्य कथा वाचन गरि आएकोमा कोभिड १९ कोराना महामारीका कारण लकडाउन भए पछि हालसम्म रोकि रहेको छ ।

        ॐ वैदिक धर्म संस्था नेपाललको खैजडी भजन टोलीले ०७२ साल देखि दैनिक रुपमा मन्दिर परिसरमा साँझ ५:०० बजे देखि ७:०० बजे सम्म ख‌ैजडी भजन गरि बृद्धबृद्धाहरुलाई नचाएर आरोग्य लाभ दिई आईरहेको छ ।

* श्री कलङ्कीमाईको मन्दि रहेको यश वडा भित्र परेका अन्य धार्मिक स्थल तथा नयाँ तथा पुराना मन्दिरहरुमा -

१. श्री बुद्ध मन्दिर :- श्री कलङ्की मन्दिरबाट उत्तरपश्चिम सडक पारी भित्र सविक जमिनको थुम्को रहेको ठाउँमा २०५२ सालमा सनातनी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको संयुक्त प्रयासमा निर्माण गरिएको हो । यश मन्दिरमा प्रत्येक महिनाको पुर्णेको दिन बिहान एक घण्टा सामुहिक तुतः बौद्ध स्तोत्र पढ्ने गरिन्छ भने बुद्ध दयन्तीका दिन विशेष पूजा आरधना गरिन्छ । यश मन्दिरको संरक्षण सम्बर्द्धन मन्दिर निर्माण समितले गर्दै आएको छ।

२. श्री कृष्ण मन्दिर :- श्री कलङ्की मन्दिरको उत्तर तर्फ बुद्ध मार्ग प्रवेश द्वार हुँदै रायमाझी टोलको गल्ली भित्र २०५५ सालमा निर्माण गरिएको हो । यश मन्दिरमा कृष्णा अष्टमीका दिन श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

३. ️✴️ श्री गणेश मन्दिर :- खड्का गाउँको ...... टोलमा प्राचीन काल देखीनै भइ आएको यो मन्दिर किम्बदन्ती अनुसार यश मन्दिरमा रहेको गणेश भगवानको मूर्ति माथीबाट बगेर पस स्थानमा विराजमान भएको भन्ने रहेको छ । यश मन्दिर परिसरमा २०५८ सालमा मन्दिर जिर्णोद्वार गर्दा महादेव, बुढानिलकण्ठ, सप्त ऋषि लगायत प्रतिस्थापन गरि पूजा गरि आएको छ । ️✴️

४. ️✴️श्री भलुभैरब :- खड्का गाउँको .............टोलमा पौराणिक काल देखीने रही आएको भनी मान्यता छ । ️✴️

५. श्री सुवर्ण विणायक :- यो मन्दिरदेखि पश्चिम तर्फ ........ मार्गको माउते दोबाटोमा २०४९ सालमा स्थापन भएको ।

६. ️✴️ श्री भैरब मन्दिर :- प्राचीन काल देखीको यो मन्दिर कलङ्की मन्दिर देखि पश्चिमतर्फ ...... मार्ग .... टोलमा छ । ️✴️

७. ️✴️श्री भुटनदेवीको मन्दिर :- कलङ्की मन्दिर देखि दक्षिणपूर्व तर्फ बोक्सदह(बासुकी चौउर) मा रहेको छ । यो पौराणिक काल देखिको भन्ने मान्यत रहेको छ । ️✴️

८. ️✴️श्री बासुकी नागमन्दिर :- बोक्सदह(बासुकी चौर) मा पुर्व तर्फ एक छेउमा रहेको यो नाग मन्दिर पौराणिक काल देखिकै मानिन्छन् ।

९. ️✴️श्री गणेश मन्दिर :- बल्खु टेकु सिमाना क्षेत्रको ................टोलमा अवस्थित यो मन्दिर परापूर्वकाल देखिनै रहेको भन्ने मान्यता रहेको छ । ️✴️

१०. ️✴️ कुलेश्वरको श्री गणेश मन्दिर :- यो गणेश मन्दिर प्राचीननै मानिन्छ । ️✴️

११. ️✴️श्री कुलेश्वर महादेव :- ज्ञान तिर्थ क्षेत्रमा अवस्थित यो महादेव स्वस्थानीमा उल्लेखित कुण्डलेश्वर महादेव हुन् भन्ने मान्यता रहेको छ । कुण्डलेश्वरबाट अपभ्रशं भएर कुलेश्वर महादेव भएको भन्ने मान्यता रहेको छ। स्वस्थानी कथा अनुसार यहाँ श्री विश्वकर्माले तपस्या गरेको थियो भन्ने रहेको छ। ️✴️

१२. ️✴️ कुलः अजिमा/ कुलेश्वर अजमा( श्री झम्केश्वरी देवी) मन्दिर :- कुलेश्वर महादेव रहेकै परिसरमा रहेको यश अजिमा अमूर्त मूर्तिको छेपु तल कलश आकार अंकित रहेको छ । यो मन्दिर अष्टमातसकाको शक्ति पिठ हो । ️✴️

१३. श्री कुमारी मन्दिर :- यो मन्दिर २०५४ सालमा स्थापनाा गरिएको कुलेश्वर हाइटमा रहेको छ ।

१४. ️✴️श्री भगवती मन्दिर :- कुलेश्वर हाइट बजार एरियामा रहेको यो मन्दिर पौराणिक काल देखिको मानिन्छ । ️✴️

१५. ️✴️श्री पञ्चकन्या दवीको मन्दिर :- कुलेश्वर आवास क्षेत्रको पूर्व तर्फ खरीक रूखमुनि विराजमान रहेको यो पञ्चकन्या पौराणिक काल लेखिकै मानिन्छ । ️✴️

१६. श्री गणेशको मन्दिर :- कुलेश्वर आवासको पूर्व तर्फ ..................टोलमा पञ्चकन्या मन्दिर नजिकै रहेको यो मन्दिर नयाँ स्थापना भएको देखिन्छ ।

१७. श्री कुलेश्वर चारधाम :- कुलेश्वर आवास क्षेत्रमा रहेको यो धाम ( रामेश्वर,द्वारिका, बद्रीनाथ र जगनाथ धाम) २०५७ सालमा स्थापना गरिएको देखिन्छन् ।

१८. श्री कुलेश्वर ...... ........टोलमा रहेको भैरब मन्दिर :- २०४२ सालमा स्थापना गरिएको यो मन्दिर कुलेश्वर आवास क्षेत्रमा पर्दछ ।

१९. श्री कृष्ण मन्दिर :- कुलेश्व आवास क्षेत्रमा रहेको यो मन्दिर २०५८ सालमा स्थापना गरीएको देखिन्छन् ।

२०. श्री सरस्वती मन्दिर :- २०५४ सालमा स्थापना गरिएको यो मन्दिर कुलेश्वर हाइटको खुल्ला चौरमा रहेको छ ।

२१. श्री कुलेश्वर भगवती :- २०५५ सालमा स्थापना भएको यो मन्दिर कुलेश्वर आवा क्षेत्रको ........टोलमा अवस्थित रहेको छ ।

२२. श्री कार्यविनायक मन्दिर :- यो मन्दिर चुन्ने पाखामा नयाँ स्थापना गरेर राखेको देखिन्छ ।

२३. श्री कालीका मन्दिर :- सुनारगाउँको ...... टोलमा रहेको यो मन्दिर २०३५ सालमा स्थानीय पदमबहादुरले आफ्ना स्व.आमा सानीका स्मृतिमा स्थापना गरेको देखिन्छन् ।

२४. श्री राधाकष्ण मन्दिर :- यो मन्दिर २०५३ सालमा सुनार गाउँमा बासुकी चौर वारि चौरमा स्थापना गरेको भन्ने देखिन्छ ।

२५. श्री सर्वेश्वर महादेव :- सुनारगाउँ माछागेट अगाडि अवस्थित यो मन्दिर २०५२-५६ सालमा स्थापना गरिएको भन्ने बुझिएको छ । यश मन्दिर परिसरमा श्री गणेश, सरस्वती, सप्तऋषउ र बासुकी नाग देवता समेत रहेको छ ।


२६. ️✴️श्री देवी मन्दिर :- कलङ्की मन्दिर देखि पश्चिमतर्फ ........ ...........मार्गमा अवस्थित यो मन्दिर परापूर्वकाल देखि नै रहेको भन्ने बुझिएको छ ।️✴️ यो मन्दिर विशेषगरी खत्री खलक र गोदार थापा खलकले संरक्षण गर्दै आएको भन्ने रहेको छ ।

२७.️✴️ श्री गणेश मन्दिर :- सुनार गाउँ माछा गेट नजिक अवस्थित यो गणेश मन्दिर पौराणिक कालकै मानिन्छन् । ️✴️

२८.️✴️ श्री कुमारी मन्दिर :- यो मन्दिर कुलेश्वर हानागुलु टोलमा छ । जमिन भन्दा माथि ढिस्कोमा रहेको यो मन्दिर पौराणिक कालको रहेको भन्ने मान्यता रहेको छ । ️✴️

२९. श्री हनुमान मन्दिर :- कुलेश्वर फलफुल बजारमा रहेको यो मन्दिर २०४ सालमा हेक्ताराम अग्रवाल परिवारले स्थापना जरेको भन्ने रहेको छ ।

३०. श्री हनुमान मन्दिर र सर्वेश्व र महादेव - नागमार्रग माछागेेट रविभवन -  शिलापत्रमा ल्खिए अनुसनर २०५२ /२/२८ भिमराज धिमिरेको सक्रृयतामा सर्वेश्वर महादेव र २०५९/८/२३ मा नन्दलाल गौत्तम समेतले १४ वडा कामपा रविभवन माछागेट सडक पारी नागमार्गको बायाँ किनारमा स्थापना गरीएको  हो ।

 ३१. श्री कुमारी मन्दिर :- कलङ्की मन्दिर देखि पश्चिमतर्फ ......... .....टोलमा रहेको यो मन्दिर पौराणिक कालकै रहृको भन्ने रहेको छ ।

३२. ️✴️खड्का गाउँको ..............टोलमा खड्काहरुको कुलदेवता भिमसेन रहेको छ ।️ ३३.✴️ कलंकी मन्दिर पछाडि करिब दुईसय मिटर पर दायाँ साइडका पिनाकल स्कूल जाने निजी बाटोमारहेको प्राचिन काली नागथान ।

( श्री कलङ्कीमाई प्रवाह- २०५९ क‍ो काठमाण्डौका १४ वडाभित्र स्थापना भएका देवी देवताहरुको एक छोटो चिनारी समेतबाट लिएको)

* कलंकी मन्दिरको जिर्णोद्वार

१. प्रथम जिर्णद्वार - २०४६

      गज बहादुर खत्रीको अध्यक्षतामा २०४६ सालमा गठित श्री कलंकीस्थान मन्दिर जिर्णद्वार तथा सजावट समितिबाट मन्दिरको प्राचीन अवस्थाको रुपलाई स्थानीय भक्तजनहरुबाट प्राप्त आर्थिक सहयोगमा कलंकी मन्दिरको जिर्णद्वा तथा सजावट गरि अहिलेको स्वरुपको अवस्थामा ल्याएक‍ो थिए ।

        २०४६ सालमा भएको जिर्णद्वार पूर्व मन्दिरको स्वरुप र अवस्थाका बारेमा श्री कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका उपाध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार कलंकी कन्दिर सडक भन्दा १० फिट तल खोविल्टो परेको स्थानमा अवस्थित यस मन्दिरको स्वरुप हेर्दा खेतमारहेको एउटा साधारण कुवाको स्वरुप अवस्थामा रहेको थियो । मन्दिरभित्र साविक देखि हाल सम्म प्राकृतिक अवस्थारुपमा अवस्थित अजिमा लगायत सबै देव देवीहरुको अमूर्त मूर्तिहरु र ठूलो घण्टा रहेका खम्बा साविक देखि हालसम्म यथावत अवस्थामारहेको भएता पनि अजिमाको अमूर्त मूर्तिको अगाडि बिचभागमा गोलाकार अमूर्त क्षेत्रपालदेवको मूर्तिको रुपमा (हाल ठूलो घण्टा मूनी रहेको) गोलाकार शिलारहेको थियो ।

       उपाध्यक्ष श्री लक्ष्मण अधिकारी ज्यूको भनाई अनुसार हाल मन्दिरको ढोकारहेको स्थानबाट खुत्किलाहरु झर्दै तल झर्दा अन्तिम खुड्किलाको दायाँ बायाँ आफ्नो स्व. पिता डिठ्ठा मान बहादुर अधिकारी ज्यूले १९६४ सालमा अजिमामा समर्पण गरीएको अजिमा तर्फ मुखादृष्टि गरीबसीरहेका ढलोटका दुईसिंह, २२ धार्निका काँशका ठूलो घण्टा, चतुरभूज आकार मन्दिरको खोबिल्टोमा काठको खटराखी जडान गरीराखेको जम्मा १७ धार्निका ४८ गोता ठूलो डल्लुचाहरु मध्य ४३ गोता पहीला नै चोरी भइसकेको । यस अजिमायुक्त शक्ति पीठमा टाढा टाढाबाट पुर्जा गर्न आउनेहरुले समेतको सुव्यवस्थाका लागि मन्दिर परिसर क्षेत्रमा पहिला पहिला दुईवटा पाटी दाताहरुबाट सर्मपण गरी व्यवस्था गरी राखेकोमा हाल सबै पाटी सडक विस्तारमा परी पाटी मासिसकेका छन् ।

२. दोस्रो जिर्णद्वार - २०७९

       काठमाण्डौको लगन टोलमा घरभै हाल यश कलंकी( न्हेपंखा) मा बस्नुहुने पुर्व मेयर बिद्यासुन्दर शाक्य ज्यूका सोकिय सचिव समेत रहनु भएका राजेश्वर स्थापित र मन्दिर संरक्षण समितिका सचिव स्व. बाशु वाग्लेकोज्यू समेतको सकृयतामा तथा ।सहजीकरणले श्री कलङ्कीमाईको मन्दिर जिर्णोद्वार(पुननिर्माण) गरी मन्दिरको भित्रि संरचनालाई संरक्षण तथा मन्दिरको बाहीरी सजावट समेत गरी मन्दिरको स्वरुपमा प्राचीतना झलकाउने उदेश्यका साथ काठमाण्डौ महानगरपालीकाको तात्कालिक मेयर श्री बिद्यासुन्दर शाक्यको कार्यरकालमा बजेत निकासा गराउन सफल भएको छ ।

 * जिर्णोद्वार पछिको मन्दिर स्वरुप

         श्री कलंकी माताको पुरानो मन्दिरको स्वरुपमा रहेको मन्दिर भित्र र बाहिर चारै तर्फ रहेको मार्वल हताएर डाँछि इँटा रहने । मन्दिरको चारैतर्फ रहेको फलामको बार हताएर काठको आँखीझ्यालको बार रहने । मन्दिरको चारकुनामा कलात्मक काठको खम्बा रहने । मन्दिर खुल्ला आकाश मुनि रहेकोमा अब बिच भाग खुल्ला गरि चारै तर्फ पितलको छाना छाउने छ । चार नागपास छाना भित्र रहनेछन् जसले गर्दा कलंकी माता ( कल्खु बालकुमारी अजिमा)को मन्दिरलाई चार नागपास हेरेर नाग मन्दिर भन्नेहरुको भ्रम हट्ने छन् ।

* केमिकल युक्त अबिर केशरीबाट मूर्तिहरु असुरक्षित हुँदै

        भक्तजनहरुले पूजा गर्ने केमिकलबाट निर्मित अबिर केशरीका कारण मन्दिरमा रहेका अधिकांश अमूर्त मूर्तिहरु छिया छिया परिसकेका छन् । मूर्तिहरुको स्वरुप बिग्रन नदिन अब भक्तजनहरु बाट मूर्ति टाढा राख्नै पर्ने अवस्था आईसकेको छ । अब पनि यश विषयमा भक्तजनहरुले ध्यान नपुर्याएमा पछि गएर आस्थाका मूर्तिहरुको अवशेष मात्र बाकी रहन जाने निश्चितनै छ । अतः अहिले नै मन्दिर संरक्षण समितिले मूर्तिहरुको सुरक्षाका लागि भक्तजनाबाट टाढा राख्न घेरा लगाएर सर्वसाधारणले पूजा गर्न घेरा भन्दा बाहि माता लगायत अन्य सम्पूर्ण देवीदेवतालाई आह्वान गरी सबै देवीदेवताको प्रतिकका रुपमा पादुका स्थापना गरेर त्यसमा सबैले पूजा गर्ने व्यवस्था गर्न आवस्यक छ । द‌ैनिक नियम पूजा र परम्परागरुपमा चलि आएको वार्षिक सामुहिक क्षेमा तथा गुठि पूजा मात्र घेरा भित्रको प्राचीन मूर्तिहरुमा अबिर केशरी कम प्रयोग हुनेगरी पुजा गर्न पाउने व्यवसथा हुन आवस्यक छ ।

* कलंकि माताको मौलिकता र विशेषताको संरक्षण गर्नुनै मातामा श्रद्धा भक्ति अर्पण गरेको ठहरिने

       कलंकी माताको र माता विराजमान रहेको कलंकीथानको मौलिक नाम, मन्दिर र मन्दिर क्षेत्रमा कहिं कतै उल्लेख नहुँदा माताको मौलिक पहिचान र वहाँका विशेषता बारे भक्तजाहरु अनभिज्ञ हँदै गएको छ । यश विषयमा मन्दिर संरक्षण समितिले ध्यान पुर्याइ माताको मौलीक नाम " कल्खु कालकुमारी अजिमा" र माता विराजमान रहेको मौलीक नाम " न्हेपंखा " नाम मन्दिर र मन्दिर क्षेत्रमा उल्लेखित गरि कलह र कलंक नासिनाी कलंकी माता र कलंकीथानको मौलिकता र विशेषता बारे भक्तजनहरुलाई जानकारी दिएर माताको इतिहासलाई जिवन्त पारिराख्नु राख्नुनै मातामा श्रद्धा भक्ति अर्पण गरेको ठहरिने छन् ।

* कलंकी मन्दिरमा हुने बली पूजालाई समय अनुकुल व्यवस्थित गर्नु पर्ने

       कलंकी मन्दिरभित्र भइ आईरहेको बली अब उपरान्त सम्भव भए सम्म मन्दिर अगाडि जहाँ अहिले अस्थायी पूजास्थल बनाईएको छ त्यसैस्थानमा तान्त्रिक विधिवत मौलो स्थापना गरि बलि पूजा स्थल कायम गर्नु उपयुक्त देखिन्छ । मौलोमा बली दिन्दा अन्य व्यक्तिको दृष्टि नपर्ने गरि सम्भव भएसम्म स्थायी नभए अस्थायी भए पनि घेरा हाल्नु भने आवस्यकनै हुन्छ । यसरी मौला मन्दिर बाहिर राखेर सर्वसाधारणको लागि बलि पुजा स्थल बनाए पनि स्थानीय कुनै समूह उपसमुहको गुठीले परम्परा देखि मन्दिर भित्र माताक‌ै सामु गरि आएको बली पूजा भने साविक परम्परा अनुसार नै मन्दिर भित्रनै गर्नु र गर्न लगाउन पर्छ। मन्दिर बाहिरको मौलोमा वा मन्दिर भित्र जहाँ बली दिए पनि बली तान्त्रिक प्रकृया अनुसारन‌ै हुनु पर्छ । मार हानेर बलि दिनु हुन्न । बली सकिए पछि बलिबाट भएका रगतहरु तुरुन्त सफा समेत गर्नु पर्छ । बली पछिको सफाको लागि भक्तजन र गुठी संग छुट्टै सफाई शुक्ल समेत लिन सकिन्छ । यसो गरीएमा बलीदिएको हेर्न नस्कने भक्तजनहरुको दृष्टिबाट सुरक्षित हुन्छनै साथै मन्दिर मूर्ति पनि सुरक्षित हनेछन्।

* कलंकी मन्दिरले सामना गर्नेु पर्ने चुनौतीहरु -

       १. कलंकी मन्दिरमा पूजा गर्न आउने भक्तजनहरुको सुविधाका लागि दाताहरुले व्यवस्था गरि राखेको दुईवटा पाटी( फल्चा) सडक विस्तारमा परी मासी सकेको छ । कलंकी मन्दिरको दक्षिण तर्फ सुनार गाउँ हुद‌ै टेकु मसानघाट जाने तात्कालिक मूर्दा लाने गोरेटोलाई मोटरबाटोमा फराकिलो गर्दा कलंकी मन्दिरले आफ्नो जग्गा मात्र पनि हैन मन्दिरलाई छत्रकारुपमा रहि स्वभायमानरहेको अनि श्रद्धालु भक्तजनहरुले अति आस्थाका साथ शनिबार शनिवरा जल चढाई शनिदेवताका रुपमा पुज्दै आएको देव बृक्ष पिपलको केही जरा सहितको चौतारीको भाग काट छाट छाँट गरी मोट आवट जावट गर्न सक्ने अवस्थाको बाटो भोगचलन गरीरहेकोमा केही वर्ष अगाडि मात्र तासिंण्डोल र सुनार गाउँ तर्फ बस्न आउने नयाँ बासिन्दालाई बाटोको फराकिलो पुगेन भनेर भक्तजनले पुज्दै आएको देव वृक्ष पिपलको बोट हटाउन हठात् प्रयास गरेर मन्दिरलाई चुनौती दिन्दै आएको छ ।

      २. काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा-कलंकी-त्रिपुरेश्वर सडक विस्तारले कलंकी मन्दिर मात्र हैन कलंकी मन्दिरमा पूजा अर्चना गर्न आउने भक्तजनहरु असुरक्षित हुँदै गएको छ । बाहिरबाट आउने जनसंख्याको र सवारी साधनको बढ्दो चापले काठमाण्डौ उपत्यकाको मठ मन्दिरहरुलाई धमाधम विस्तारित सडकले मिच्दै आएका छन् । विस्तारित सडकले कलंकी मन्दिर पनि धमाधम मिच्दै आएका छन् । बढ्दो सवारी चापका कारण हुईकिएर आउने सवारी साधनले कलंकी मन्दिर र भक्तजनहरु जोखिममा पर्दै गएका छन् । सवारी चापका कारण मन्दिर र भक्तजनहरुमा बढ्दै गएको असुविधा र असुरक्षाको स्थितिबाट फाईदा उठाउँदै मन्दिर भित्र पसेर कहिले पूजा अर्चना र दर्शन समेत नगर्ने तल्लो दायाँबायाँ भेगका नयाँ बासिन्दाहरु भक्तजनको सुरक्षाको हवाला दिन्द‌ै कलंकी मन्दिर यताउता सार्ने वा मन्दिर प्रवेश द्वार यताउता सार्ने माग गरेर आफ्नो सवारी आवट जावटको सुविधा बढाउन मन्दिर जिर्णद्वारको समय पारेर धमिलो पानीमा माछा मार्ने प्रयासरत रहेको समेत देखिएका छन् ।

       ३. कलंकी मनदिर अगाडि केही ब्यक्तिहरुबाट राती लुकिछुपि घरको फोहर थुपारेर मन्दिरलाई चुनौती दिने काम गर्ने गरेको छ।

      ४. मन्दिर अगडि र पछाडि फुटपाथे तथा ठेला पसलेहरुले अव्यवस्थित पसल राखेर मन्दिर मन्दिर अगाडि सावरी साधन आवतजावतमा असुविधा पुर्याउने काम हुने गरेको छ।।

      ५. त्यस्तैनै बाईकवालाहरुले स्थानी पसल, फुटपाथ लगायत पसलमा सामान खरिद गर्न र अन्यत्र कतै नजिक बसेर गफगाफ गर्न बाईक पार्किङ गर्न निषेध मन्दिर परिसमा पार्किङ गरेर मन्दिरलाई बाधा पुर्याउने काम गर्ने गरि आएको छ ।

      ६. कलंकी मन्दिरमा पूजा अर्चना तथा दर्शन गर्न आउनेहरुको बाईक सुरक्षित पार्किङको व्यवस्था मन्दिर संरक्षण समितिले गर्न सकिरहेको छैन।

* मन्दिर संरक्षणको दायित्व -

       गज बहादुर खत्रीको अध्यक्षतामा २०४६ सालमा गठित श्री कलंकीस्थान मन्दिर जिर्णद्वार तथा सजावट समितिबाट मन्दिरको प्राचीन अवस्थाको रुपलाई स्थानीय भक्तजनहरुबाट प्राप्त आर्थिक सहयोगमा कलंकी मन्दिरको जिर्णद्वा तथा सजावट गरिएको थियो । त्यस पछि श्री कलङ्कीमाईथानको संरक्षणको दायित्व बहन गर्न चन्द्र बहादुर थापाको अध्यक्षतामा २०५४ सालमा श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था गठन भई मिती २०५४/७/२५ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता भए देखि समितिले मन्दिर संरक्षण गर्द‌ आएका छन् । मन्दिर संरक्षण समितिले मन्दिरको संरक्षण मात्र हैन बल्खु खोला छेउमा समाितिले आफ्नै एक भवन बनाई श्री कलंकी माई समाज सेवा सदन संचालन गरी समाजिक कार्य समेत गर्दै आएको छ । श्री कलंकीमाई समाज सेवा सदनको चार कोठमा कसैको आफन्तहरुको मृत्यु हुँदा वैदिक सनातन धर्म संस्कार अनुसार क्रियाुत्री बस्न ठाउँ नहुनेहरुका लागि निशुल्क क्रियापुती रहेने व्यवस्था समेत गरिएको छ । सदनमा रहेको क्रियापुत्रीको लागि क्रियापुत्री कक्षकोठा नं. १,२, ३ र ४ मा क्रियापुत्रीको लागि दाताहरुबाट प्राप्त कब्ल, झारी, भाँडाकुँडाहरु निःशुल्क उपलब्ध गराउँदै आएको छ । . * वैदिक देवी कलङ्की देवी छोटो चिनारी

वैदिक देवी कलङ्की  देवी  छोटो चिनारी 


      हामी वैदिक सनातनीहरुले पुज्दै आएका कतिपय देवी देवताका बारेमा धर्म ग्रन्थहरुमा उल्लेख गरेको पाईदैनन् । तर पनि हामी ती देवी देवताकोहरुलाई आस्था र विस्वासले पूज्दै मान्दै आएका छौ । धर्म ग्रन्थहरुमा उल्लेखि भएको नदेखिए  तापनि स्थानीय महात्म्य कथाहरुका आधार र विस्वासलाई लिएर पुज्ने धार्मिक मान्यता रहि आएका देखिन्छन् । स्थानीय महात्म्य भन्नाले स्वस्थानका धार्मिकहरु हुन् । महात्म्य भन्नाल कुनै दिव्यभूमिको गौरब, महत्वको बखान, , कुनै दैवीदेवताको गुणगान सहितको बर्णन  अथवा प्रशंसा गरिएको ग्रन्थ नै महात्म्य हो । 


✡   स्वस्थानका धार्मिक कथा वा नेपाल महात्म्य

          हिमवत खण्ड नेपला एक तपोभूमि हुन् । यहाँ प्राचीन पौराणिक कालखण्डमा असंख्य ऋषिहरुले तप गरि सिद्धि प्राप्त गरि गएको पवित्र भूमि हो । देवादीदेव महादेवको कैलाश धाम कैलाश पर्वत अनि महादेवी पार्वतीको जन्मभूमि हो नेपाल । त्यसैले पनि नेपालको महिमा अपरम्पार छ । नेपालभित्रका धार्मिक स्थल र यहाँका देवीदेवताहरुको बर्णित ग्रन्थहरुमा उल्लेखित सबै पौराणिक  कथाहरु स्वस्थानका कथाहुन् जसलाई नेपाल महात्म्य भनिन्छ । 

 ✡  कलङ्की महात्म्य

      नेपाल महात्म्य भित्रको एक महादेवी श्री कलङ्की  पनि एक हुन्। काठमाण्डौ महानगर १४ कलंकी क्षेत्रका स्थानीय  स्व. शम्भु प्रशाद रिजाल ज्यूले नेपालीमा रुपान्तरण गरिएको भनी कलङ्की  प्रवाह - २०५९ मा प्रकाशित ।। कलङ्की महात्म्यको नेपाली रुपान्तरण ।। प्रस्तुत लेख अनुसार - कलियुग प्रारम्भ भएको  सय वर्षभित्रमा हिमवत खण्ड नेपालको एक भूभागमा एक कलङ्कासुर नाम गरेका अति बलसाली असुरले यहाँका लोकजनलाई त्राहि त्राहि गरेको देखेर लोकजनको रक्षार्थ देवाराजको नेतृत्वमा देवताहरुले कलङ्कासुर संग एक वर्ष सम्म घमासान युद्ध गर्दा पनि  असुरलाई पराजित गर्न नसकेर देवताहरु त्राहिमाम त्रमहिमाम भन्दै भागे छन् । 

      कलङ्कासुर बाट युद्धमा पराजित भएर भयभित हँदै देवताहररु भागेको देखेर माता पार्वतीको सरिरबाट महाकाली, महासरस्वती , महालक्ष्मी स्वरुपिनि अति जाजुसमान तेज भएकी महादेवी प्रकट भईन्।। धपधप बलेको जस्तो भान हुने ।सोह्रकला र वत्तीस  लक्षणले युक्त भएकी । प्रसन्न मुद्रा देखिने । पहेंलो र सेतो वस्त्र अनि बाघको छाला लगाएकी, त्रिशूल, चक्र, कमण्डलु लिएकी । मुण्डमाला लगाएकी । रजहाँस, सिंह र बाघ वाहन भएकी सृष्टि स्थिति र रौद्र रुपमा अति शोभामान भएकी  तेजस्वी३२ हात भएकी देवी अविभूर्त भई कलङ्कासुर संग महासंग्राम गर्नु  भयो  र अन्त्यमा  महादेवीको त्रिशूल प्रहारबाट वसन्त ऋतुको चैत शुक्ल पक्षको अष्टमीका दिन पापीस्त कलङ्कासुरको अन्त्य भयो । कलङ्कासुरको बध गर्ने उनै महादेवी  कलङ्की देवीका नामले प्रख्यात हुनु भयो।


✡   खस आर्यहरुको कुलदेवी महादेवी श्री कलङ्की

      प्राचीन काल देखि नै शक्ति पुुजक खस आर्यहरुले शक्ति प्राप्तिका लागि मस्टो देवतालाई कुलदेवताका रुपमा पुजेर बोका पाठा पाठीको बलि दिने परम्परा रहि आएको छ । नेपालको विभिन्न स्थानमा बस्ने केही खस आर्यहरुले भने कलङ्कासुर मर्दिनि श्री कलङ्कीलाई कुलदेवीका रुपमा वर्षेनी  बोका तथा पाठा पाठी बलि दिएर कुलायन पुजा गर्दै आएको देखिन्छ  । महादेवी कलङ्कीलाई खस आर्यहरुले कुलदेवीका रुपमा पुज्ने परम्परा रहेता पनि महादेवी श्री कलङ्कीको कहिंकतै मन्दिर स्थापना गरेको भने देखिन्दैनन् ।


✡  वैदिक श्री कलङ्की देवी र तान्त्रिक श्री कलङ्कीमाई (कल्खु अजिमा) नाम उच्चारणले एउटै देखिए तापनि देवीको साधना गर्ने पद्धति, संस्कार, चलन र मान्यतामा भने  फरकफरक  देवी -

     

 कलङ्की नासिनी महादेवी श्री कलङ्की तथा कलह र कलङ्क नासिनी श्री कलङ्कीमाईको नाम उच्चारण एउटै देखिए तापनि देवीको साधना गर्ने पद्धति, संस्कार, चलन र मान्यतामा भने  फरकफरक  देवी देखिएको छ ।  एउटै शब्दले नाम उच्चारण हुने यी देवीहरुमा पहिलो   वैदिक साधना पद्धति, संस्कारका देवी हुन् भने अर्की तान्त्रिक पद्धति, संस्कारका देवी हुन् ।

     श्री  कलङ्की देवी -  कलङ्कासुर मर्दनी महादेवी रजहाँ , सिंह र बाघ आसन गर्नु हुने। त्रिशूल, चक्र, कमण्डलु लिएकी । मुण्डमाला लगाएकी वैदिक पद्धति, संस्कार, चलन र मान्यताका महाकाली, महासरस्वती अनि महालक्ष्मी कै रुप हुन ।

      श्री कलङ्कीमाई( कल्खु बालकुमारी अजिमा)-  देवी कौमारी भगवान  कुमारको  आत्मशक्ति हो ।  यी देवी मयूर बाहिनी हुन। चतुर्भुज भएकी, प्रत्येक भुजामा परशु,भाला, धनुष र रजत मुद्राकी तान्त्रिक देवी हुन् । यी कौमारी  अष्मातृका मध्यकी तथा तान्त्रिक साधना पद्धतिका नवदुर्गा मध्यकी एक दुर्गा हुन् ।


✡ फरकफरक साधना पद्धति र मान्यताका यी कलङ्क नासिनि महादेवी श्री कलङ्की र श्री कलङ्कीमाई(कल्खु अजिमा)को नाम उच्चारण शब्द एउटै देखिए जस्तै विशेषता पनि एउटै नै  छ ।


* अन्त्यमा

           राजधानीक‍ो पश्चिम प्रवेशद्वारका रुपमा प्रचार हुँदै गएको यश कलंकी क्षेत्रमा बढ्दै गईरहेको जनसंख्याको चाप र सवारी साधनको चाप तथा सडक पेटीमा अव्यवस्थित रुपमा मौउलाउँदै  गएका फुटपाथ एवं ठेला पसलेहरुलाई समुचित नियन्त्रण गरी यहाँका कलंकीमाई(कल्खु बालकुमारी अजिमा) लाई घेरीरहेका पंकुमारी तथा  र अन्य प्राचीन धार्मिक स्थलहरुको संरक्षण तथा सुव्यवस्थीत क्षेत्रका रुपमा बिकाश गर्ने तर्फ सम्बन्धित सरोकारवाला सबैको ध्यान जानू आवस्यक छ ।

          

    

     .                                ~०~

       

Wednesday, September 21, 2022

सुधार र विकाशका कार्य गर्दा !

          सुधार र विकाशका कार्य गर्दा प्रचलित नियम कानून अनुसार प्रक्रियागत गर्दा मात्र ठीक हुन्छ है ! पावरको दण्डा हातमा छ भन्दैमा निर्माण सम्पन्न प्रमाण समेत प्राप्त गरि सकेका र तिरो तिरान गरी लगत समेत कायम भएका तथा व्यवसायीक कर समेत नियम पूर्व तिर्दै आएका ठाउँमा काननू बमोजिमको प्रक्रिया पूरा नगरी डोजर चलाउनु वा हटाउनु दादागिरि नै हो ।

Wednesday, March 23, 2022

अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः

अतिथि सत्कारको पर्व पाहाँचःह्रे नखः        


 
       नेपालमण्डलवासीले परापूर्वकाल देखि वर्षको विभिन्न तिथि मितिमा विभिन्न पर्व विशेषहरु मनाउँदै आएका छन् । यहाँका नेवाःहरुको पर्व संस्कृति नियालेर हेर्ने हो भने महिनाको हरेक तिथिहरुमा एउटान एउटा सानाठूला चाडपर्व परेकै हुन्छन् । नेपाली समाजले मान्दै आएको प्रचलित पञ्चाङ्ग अनुसार सौरवर्ष र चान्द्रवर्ष हुन्छन् । सौरमान अनुसार सौरवर्षमा ३६५ दिन हुन्छ भने चान्द्रमान अनुसार चान्द्रवर्षमा ३५४ दिन मात्र हुने गर्छन् । मिति सौरमान अनुसार गणनागरी दिनतोकिन्छन् भने तिथि: चान्द्रमानका गणना अनुसार तोकिन्छ । यसर्थ मिति सौरमान अनुसार गणना पर्ने दिनत तिथि: चान्द्रमानका गणना अनुसार आउने तथा घटबढ हुने शृुक्लपक्ष र कृष्णपक्षका कुनै पनि दिन; परेवादेखि औँसी वा पूर्णिमासम्मका दिन हुन् । यसरी सौरवर्ष सौरमान अनुसारत तिथि चा्द्रवर्ष चान्द्रमान अनुसार दिन, घडि,पला र विवपला गणना गरि निकालीएको वर्ष हो । चान्द्रमान अनुसार गणना गरिने चान्द्रवर्षका विभिन्न तिथिहरुमा शास्त्रगत तथा परम्परागत रुपमा मान्दै आएका चाड पर्वहरु वर्षेनी फरक फरक मितिमा अघि वा पछि पर्नुका कारण पनि सौरवर्ष तथा चान्द्र वर्षमा दिन गणनामा फरक भएकै कारण हुन् । नेपाली समाजले मान्दै आएका अधिकांश चाडपर्वहरुमा विक्रम संवतको नव वर्ष तथा भक्तपुरको विस्का पर्व बैशाख संक्रान्ति (खाईसन्हु) र माघे संक्रान्ति( घ्यःचाकुसनहु / हाम्वसन्हु ) बाहेक अन्य सबै चाडपर्वहरु चान्द्रमान अनुसारको दिनमा अर्थात तिथिमा मनाईन्छन् । शक्ति उपासक सनातनी शाक्ततन्त्र र बौद्धतन्त्र परम्पराका अनुयायी नेपालमण्डलवासी नेवाःहरुमा तिथिहरु मध्यमा पून्हि(पुर्णे) र चःह्रे तथा आमै(अौंसी)तिथिको अति विशेष महत्वरहेको छ । चान्द्रमासको (महिनाको) शुक्लपक्ष १५ अौं दिन( तात्कालिक अवस्थामा राष्ट्रिय मान्यता सहित प्रचलनमा रहेको चान्द्रवर्ष अनुसारको नेपाल सम्वतको महिनाको "थ्व" पक्षको अन्तिमदिन)लाई पुन्हि(पूर्णे), तथा महिनाको कृष्णपक्षको १४ दिनलाई याने कृष्णपक्ष चतुर्थिलाई ( नेपाल सम्वतको महिना(ला) को "गा पक्षको १४ अौं दिनलाई)" चःह्रे र चान्द्र महिनाको अन्तिम दिन याने कृष्णपक्ष अौंसीलाई "आमाइ" भनिन्छन् ।                                                      नेवाःहरुले मान्दै आएको पुन्हि र चःह्रेको पर्व संस्कृति अनुसारको छुट्टाछुट्टै नाम समेतरहेका छन् । जस्तोकि - पुन्हि( पूर्णे) १. सकिमनापुन्हि, २. यःमरीपुन्हि, ३. मिला(छ्याला)पुन्हि, ४. सिपुन्हि, ५. होलीपुन्हि, ६. ल्हुतिपुन्हि, ७. स्वाँयापुन्हि (चण्डिपुर्ण), ८. ज्याःपुन्हि, ९. दिल्लापुन्हि (गुरुपुर्णे/ गुरुपुन्हि), १०. गुंपुन्हि((जनैपूर्णे), ११. येँयाःपुन्हि र १२. कतिंपुन्हि/ सिघःपुन्हि(कोजाग्रत पुर्णे) तथा अधिक मासको अनलापुन्हि । चःह्रे (कृष्णपक्ष चतुर्थि) - १. बालाचःह्रे, २. दिशीचःह्रे, ३. लैचःह्रे, ४. सिलाचःह्रे, ५. पाहाँचःह्रे , ६. मातातिचःह्रे, ७. सिथिचःह्रे, ८. दिल्लाचःह्रे, ९. गथांमुगःचःह्रे, १०. जुगःचःह्रे, ११. नलास्वनेचःह्रे र १२. स्वन्तिचःह्रे तथा अधिकमास(मलमास/ पूरुषोत्तम महिना)को अनलाचःह्रे । वर्षको यी बाह्र चःह्रे तिथिहरु मध्यमा मंसीर कृष्ण चतुर्दशी (बछलागा )को बालाचःह्रे, फागुण कृष्ण चतुर्दशी(सिल्लागा ) को सिल्ला चःह्रे र चैत्र कृष्ण चतुर्दशी( चिल्लागा)को पाहाँचःह्रे समेतका तिन तिथिहरुलाई विशेष पर्वका रुपमा नेवाः समुदायले मान्दै आएको छ । चान्द्र वर्षको तिथि क्रम अनुसार चिल्लागा चःह्रे(चैत्रकृष्ण चतुर्दशीको दिनलाई केन्द्रविन्दु मानेर नेपालमण्लको कान्तिपुर नगरवासी नेवाः समाजले मान्दै आएको सांस्कृतिक पर्व हो " पाहाँचःह्रे" नखः । पाहांचःह्रेलाई पासाचःह्रे र लाभाचःह्रे समेत पनि भन्ने गरेको छ । प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई–दुई महिनाका दरले फेरिने वातावरणिक स्थित बसन्त ऋतु मौसमको धुलोका कणहरु मिस्रित हुरी बतासाका कारण किटाणुहरुबाट हुन सक्ने संक्रमणबाट समाज जोगाउन रोगप्रतिघात्कम शक्ति दिने लसुन सेवन गर्न पर्वका रुपमा समेत चलिआएकाले नै यश पर्वलाई " लाभाचःह्रे" पनि भन्ने गरेको हुनु पर्दछ । मूलत यश पर्वमा अतिथिहरुलाई बोलाएर सत्कार गर्ने भएर नै यो चाडको नाउँ नै पाहांचःह्रे भनेको हुनु पर्छ किनकि पाउनालाई नेवाः भाषामा "पाहां" भनिन्छ । पाहांचःह्रे नखः भन्नासाथ काठमाण्डौको प्राचीन शहर कान्तिपुरभित्रको पर्व भन्ने बुझिन्छ । काठमाण्डौं उपत्यका र उपत्यका बाहिरका सबै नेवाःहरुको वर्षको प्रमुख चाड पर्व म्वहनी नखः भएतापनि स्थानिय प्रमुख नखः भने आआफ्नै रहेका छन् । जस्तै भक्तपुरवासिको स्थानिय प्रमुख पर्व विस्का जात्रात ललितपुरको बुङ्गद्यः खःजात्रात काठमाण्डौ भित्रै पनि किर्तिपुर,पाङ्गा र मच्छेगाउँको "न्हेगांजात्रा", ग्वलँको ( देवपाटन पशुपतिको "दुरु च्याँच्याँजात्रा" नरदे हाडिगाउँको "गहना खोज्ने जात्रा" आदि सबै स्थानिय प्रमुखजात्रा पर्वहरु हुन् । चैत्रकृष्ण चतुर्दशीदेखि चैत्रशुक्ल प्रतिपदासम्म(चिल्लागा चःह्रेदेखि चौलाथ्व पारु सम्म) विभिन्न किसिमले (चिल्लागा) को पाहाँचःह्रेदेखि प्रतिपदासम्म पहाँचःह्रे विभिन्न किसिमले मनाउने यो पर्व नेवाः समुदायका विभिन्न चाडपर्वमध्ये रमाइलो र ठूला चाड हो पाहाँचःह्रे । नेवाः जातिको विशेष संस्कृति भएको पाहाँचःह्रे चाडले धेरै नै रमाइलो वातावरण प्रदर्शन गरेको हुन्छ । नेवाः संस्कृतिमा पाहुनालाई ठूलो स्थान दिइन्छ । पाहुनालाई पनि देवतालाई जस्तै मान्ने नेवाः संस्कार अनुसार पाहाँचःह्रे चाडमा आफन्त र साथीभाइहरूलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ । बिल्कुल प्राकृतिक वातावरण, खाद्य सामग्री र रहनसहनसँग सम्बन्ध रहेको र जीवनमा व्यावहारिक अस्तित्व समायोजन गर्ने चाड पनि हो पाहाँचःह्रे नखः। नेपाल भाषामा पाहुनालाई पाहाँ भनिन्छ भने चतुर्दशीलाई चःह्रे भनिन्छ । जाडो सकिने र गर्मी सुरु हुने समयमा हावा हुरी आउने र विभिन्न किसिमले लाग्ने रोगलाई रोक्न धार्मिक तथा सांस्कृतिक उपायअनुसार नेवाः समाजमा पाहाँचःह्रेलाई लिने गरिन्छ । पाहाँचःह्रेमा मकलमा आगो बालेर इकापःका(.....) राखी त्यसको धुँवा घरमा लगाउने परम्परा छ । यसले भूतप्रेत, रोग, शोक र बोक्सीजस्ता नकारात्मक तत्वले छुन सक्दैन भनिन्छ । गाजल ..... यश दिन विहान देखि यहाँका शक्ति पिठ तथा गणेश मन्दिर लगायमा शक्तिउपासकहरुको घुईचो लाग्छ । टोल टोलमा रहेका विभिन्न देवताहरूलाई कुखुरा, हाँस, बोका, राँगा आदिको बली समेत दिएर अलिबलि सहित पूजागरी चाड मनाउने चलन छ पाहाँचःह्रेमा काठमाण्डौको थनेत्वाः(माथिलो टोल) र क्वनेत्वाः( तललो भेगको टोल)मा रहेका विभिन्न देवीदेवताहरु समेतको खत जात्रा हुने भएतापनि जात्राका मूल देवीहरुमा विष्णुमती किनार कंकेश्वर टोलको चामुण्डा कङ्ग अजिमा, वतु टोलको भद्रकाली अजिमा र तेबहाः(टेबहाल)को लुँमरी भद्रकाली अजिमा नै हुन् । त्यस्तै नै जात्रा गरिने अन्य देवीेदेवताहरुमा - टंकेश्वरटोलको निलवाराही तकति अजिमा, जनबहाल बाहिर केलटोलको लुँचुभुलु भ्द्रकाली अजिमा, न्हाय्‌कंतलाको उग्रतारा, अजिमा, न्हाय्कंतला प्यङ्गथांका नारसिंह अजिमा वा नरसिंआजु, गणेश, त्यङ्घःको गणेश लगायतको खत जात्रा हुने गर्दछ । पाहाँचःह्रेको खतजात्रामा नायः(खड्ग) समुदायको नायःखिं बाजा बजाउनै पर्ने परम्परा रही आएको छ ।    
       
  पाहाँचःह्रे जात्रा आयो भन्दै पूर्वसूचना दिने "दुदु च्याँय् च्याँय् निमन्त्रणा यात्रा "जात्रा -          
        ग्वलँदे(देउपाटन)का वत्सलाअजिमा (माजु)(वत्सलेश्वरी) लाई अष्टमातृकाका आमा भनी मान्ने गरिन्छ । वत्सला अजिमा अन्य अष्टमातृका अजिमाहरुको जेष्ठ मातृशक्ती भएकीले वत्सला अजिमाको जात्रा शुभारम्भ गरे पश्चात् मात्र कान्तिपुर नगर र उपत्यकाका अन्य अष्टमातृका अजिमाहरुको जात्रा गर्ने प्रचलन रहेको पाइन्छ । त्यसैले पाहाँचःह्रेको सात दिनअघि चैत्रकृष्ण शितला अष्टमीका दिन वत्सलामाजुले आफ्ना चेलीबेटी छोरीहरूलाई बोलाउन जाने भनी ग्वलँ (देउपाटन)देखि झ्याली बाजा बजाउँदै काठमाडौंमा ") दुदु च्याँय् च्याँय् जात्रा हुन्छ । ") दुदु च्याँय् च्याँय् – जात्रा"को अर्थ च्यान्हु अर्थात् आठ दिन भनेको हो भनिन्छ । झ्यालीको बोल नै ‘) दुदु च्याँय् च्याँय् भएकोले यो जात्राको नाम नै ) दुदु च्याँय् च्याँय् हुन गएको हो । छोरीहरूलाई भोज भन्न (निमन्त्रणा दिन) जाने क्रममा गरीने यो दुदु च्याँय् च्याँय् जात्रा परम्परा अनुसार भुवनेश्वरी गुठीयारले भुवनेश्वरी मातृकालाई तान्त्रिक विधि अनुसार पूजा गरि गरीने यो निमन्त्रणा यात्रामा भुवनेश्वरीको पूजा सम्पन्न गरे पश्चात् भुवनेश्वरी गुठीबाट शुद्धि तयार पारिएको चौरासी व्यञ्जन फलफूल रोटी समेत राखी अराध्यदेव श्री पशुपति महादेवलाई चढाइन्छ । तत्पश्चात पिचा (बाँसको चोयाबाट बनेको शुद्ध भाँडो)जुन मसानघाटमा पालो पर्ने हरिजन टोलका हरिजनहरुले पशुपत मसानघाटमा पालो पर्ने हरिजन टोलका हरिजनहरुले पशुपति मसानघाटशमा दाह संस्कार गर्न लास बोकी ल्याएको हरियो बाँशबाट बुनिएका भाँडाहरु पालोवाला हरिजनले मसानघाटबाट गरेको आम्दानीको कर स्परुप तयार पारीएको पिचामा भोग राखी भगवानलाई चढाइसकेपछि श्री पशुपतिनाथको नेतृत्वमा श्री वत्सला अजिमा( वत्सलेश्वरी)को दुदु च्याँए च्याँए निमन्त्रणा यात्रारुपी जात्रा शुभारम्भ हुन्छ । दुदु च्याँए च्याँए जात्रा श्री पशुपति मन्दिर प्रदक्षिणा पश्चात् पशुपति प्राङ्गण लगनलाछी टोल, भुवनेश्वरी, भकुंटोल, पशुपति बालकुमारी मन्दिरलाई दायाँ पारी प्रदक्षिणा गरि इटापाखा, जयबागेश्वरीलाई प्रदक्षिणा गरि, नवाटोल ताम्रेश्वर महादेव, भण्डारेश्वर कहादेव, चलँपाटोल,(सानो गौचरण), ज्ञानेश्वर महादेव, नक्शालभगवती, नक्शाल चारढुङ्गा, नागपोखरी, हात्तीसार लालदरवार, तीनधारा पाठशाला, जमल,कमलाक्षी स्थित झङ्गठकुहिटीको पूर्वपटिको पाटी अगाडि यात्रा पुग्दा नरदेवीको ङ्यतमरु अजिमा( स्वेतकाली मन्दिर) को कुमारी, भैरवी, वाराही आदि तथा नायःखीं बाजा, धिरमे बाजा, आदि सहितको टोलीले लिन गई शहर भित्र्याउन स्वागत पूजा गरि ( स्वागत पूजा भने दुदु च्याँए च्याँएको नेतृत्व गर्नु हुने भट्टज्यूलेनै गर्ने परम्परा रहेको।छ) कमलाछीबाट सि लँ( मलामी बाटो) हुँदै , अ‌संभुलु अजिमा (अन्नपूर्ण मन्दिर).परिक्रकमा गरि, बालकुमारी, इन्द्रचोक, मखन, हनुमानढोका, कुमारीघर,चिकंमुगल, जैशीदेगल(न्हूघः), लगन, यंगाल, मजिपाट, चिकंमुगल सिंह सतल, मरुसतल परिक्रमा गरि मरु गणेश, प्याफल, यटखा हुँद‌ै नरदेवी पुगेर ङ्यतमरु अजिमाबाट गरिने पूजा भट्टज्यूबाट सम्पन्न गरि केही स्थानीय भक्तजनहरुको समेत पूजा ग्रहण गरीन्छ । तत्पश्चात दुदु च्याँए च्पाँए त्यङ्ल न्ह्यखा, न्ह्याकंतला, असन हुँदै अघि आको बाटो हुँदै श्री पशुपतिनाथाको परिक्रमा गरि वत्सला अजिमा( वत्सलेश्वरी) पिठमा पुगेर यात्रा सम्पनझ गरीन्छ । दुदु च्याँय् च्याँय् जात्रालाई पाहाँचःह्रे आयो, अब पाहाँचःह्रे एकहप्ता मात्र बाँकी छ । पाहाँचःह्रेको लागि आवस्यक जोरजाम गर भनी सूचना दिइने लगायतको जात्राको रूपमा पनि लिइने गरिन्छ । यसरी पहाँचःह्रे अगाडि दुदु च्याँए च्याँए जात्राले कान्तिपुर देश र ग्वलदेशको निकट सम्बन्ध रहेको समेत देखउछन् । यश दुदु च्याँय् च्याँय् जात्राको नेतृत्व पशुपतिनाथ मन्दिरकको भुगर्भमा रहेको सानो सिवलिङ्गले गर्ने मान्यता रहेता पनि सोसरिरमा भने श्री पशुपतिनाथ ज्योतिर्लिंग को पुजारी भट्ट बाजे र राजभन्दारी पूजारीहरुले पैदल हिंडेर यो जात्रा को नेतृत्व गरिने परम्परा रहेको लिच्छवि राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा कान्तिपुर देशको निर्माण गर्ने क्रममा देशको रक्षा गर्ने उद्देश्यले तन्त्रसाधानाबाट अष्टमातृकाहरुको आह्वानगरी कान्तिपुर देशको चारैतिर १.लुमधी अजिमा (भद्रकाली), २. कंगः अजिमा (कंकेश्वरी), ३. म्ह्येपी अजिमा (ज्ञानेश्वरी), ४. मैती अजिमा (मैतीदेवी), ५. तख्ती अजिमा (नीलबाराही), ६. न्यतमरु अजिमा (नरदेवी), ७. लुँती अजिमा (इन्द्रायणी) र ८. वत्सला अजिमा लगायत अष्टमातृकागण सहित कान्तिपुर देशको खड्गकार सिमाना तथा बस्ति भन्दा अलि पर बाहिर सथापना गरेका अष्टमातृकाहरु मध्यमा कान्तिपुर देश भन्दाको सिमाना क्षेत्र भन्दा अलि धेरै पर ग्वलँदेश(देवपाटन) बागमती नदि किनारमा पिठ रहेका वत्सला अजिमा अन्य सातजना अजिमाहरुको आमा हुन् भन्ने यहाका लोकजनको मान्य रहेको छ । अष्टमातृका अजिमाहरु मध्यका म्हयपि अजिमा, लुति अजिमा, ङ्यत अजिमा, कङ्ग अजिमा,तख्ती अजिमा, र लुँमरी अजिमाका द्यःछें(देवगृह)हरु कान्तिपुर देश भित्रै परिरहेको हामीले देखिनै रहेका छौं । कान्तिपुर देशको सिमाना भन्दा अलि परै रेहको धोवीखोला( हिज्याः/ ध्वब्याखुसी) किनारमा अवस्थित पिठ(पिगं) रहेको मैती अजिमाको हाल हामीले देखिरहेका बिशालनगर मालिगाउँ (माग:) स्थित द्यःछें(देवगृह)रहेको देखिए तापनि मैती अजिमा द्यःजात्रा गुठी खलकका मुनकर्मि(मूः) समुदाय सवै गुठियारहरुको प्राचीन मूल बस्ती भने कान्तिपुर देश भित्रको यटखा दमाईटोलको मूगः गल्ली र भोटाहितीको मागःमा र द्यःपालाहरुको बसोबास आज सम्म पनि ढलकोमा रहेको समेत देखिएको अवस्थामा मैति अजिमाको द्यः छें नै पहिल पहिला यटै भोटाहिती मागतिर नै भएको हुन सक्ने देखिएको छ । त्यस्तैनै हाल जयबागेश्वरीमा द्यःछें रहेका वत्सला अजिमा द्यःखः जात्राका गुठीयारहरुको मूल प्राचीन बस्ती पहिला कान्तिपुर देशको सिमाना भित्रै परी द्यःछें पनि यतै रहेको हुन सक्ने सम्भावना देखिन्छ । त्यसोत बछला अजिमाका गुठियारहरुको प्राचीन मूल बस्ती पहिला पहिला कान्तिपुर देश भित्रै थियो भन्ने आजसम्म कोहि पनि भेटीएको भने छैनन । खड्गाकार सिमानाका कान्तिपुर देशको सुरक्षाका रुपमा गुणकामदेवले स्थापना गरिएका भनी बंशाबलीमा लेखिएका अष्टमातृका अजिमाहरु निश्चयनै आठै अजिमाहरुको पिठ अथवा द्यःछें(देवगृह) देशको सिमाना नजिक वा देश भित्रनै रहेको हुनुपर्ने निश्चित देखिन्छ । यदि त्यसो नभएको भएतापनि मैति अजिमा र बछला अजिमा र अजिमाखलको कान्तिपुर देश र यहाँ अजिमाहरु संग सम्बन्ध थियो र छ प्रमाणित ग्वलँ देश(देवपाटन)को दुदुं च्याँय् च्याँय् जात्राले गरेको छ । पाहाँचःह्रेको ठीक आठ दिन अघि नै कान्तिपुर देश सुरक्षामा बसेका अष्टमातृका अजिमाहरुको आमा मानियका लत्सला अजिमाले दुरु च्याच्या जात्रा गर्दै नखःया पाहाँ ब्वलाउने जात्रा समेत संग यो पाहाँचःह्रे जात्राको सम्बन्ध समेत रहेको देखिन्छ । अलौकिक देवीदेवताहरुलाई मात्र पुज्ने हैनकि , मानव कल्याणकारी उल्लेखनिय कार्य गरि सिद्ध भई गएका आफ्ना पूर्खाहरु समेतलाई आजु र अजिमा सम्बोधन गरी देवीदेवताकै मान्यतादिई पुज्दै मान्दै आगमको शक्ति उपासक सनातनी शाक्ततन्त्र तथा बौद्धतन्त्र अनुयायी नेवाः हुन् । त्यसैले यहाँका लोकजनले मानी आएका अष्टमातृका लगायतका अजिमाहरु पनि पहिला पहिला मानव नै हो वा हुनसक्ने समेत देखिन्छ । र आफ्ना विवाहभई गईसकेका छोरीहरुलाई नातिनातिनी सहित पर्वसमयको नखःत्याः बोलाएर ख्वाउनु पर्ने नेवाः समाजको संस्कृतिरहि आएको छ । पाहाँचःह्रेको यो पर्व र जात्रा त्यसै संस्कृति अन्तरगत नै अजिमा बनी देवीत्व प्रप्तगरी सिद्ध भई गएकाहरुकै समय देखिनै चलिआएको हुनसक्ने समेत देखिन्छ । वंशावलीमा लेखिए अनुसार खड्कार कान्तिपुर भूमिमा सुरक्षाका लागि स्थापना गरीएका माथि उल्लेखित अष्टमातृकाहरुमा १.लुमधी अजिमा (भद्रकाली), २. कंगः अजिमा (कंकेश्वरी), ३. तख्ती अजिमा (नीलबाराही), ४. न्यतमरु अजिमा (नरदेवी - स्वयटकाली) समेत चार अजिमाहरुको जात्रा पाहाँचःह्रेमा, चैत्रशुक्ल चिल्लागा ( चैत कृष्णपक्ष परेवाका दिन चिपालु ( निमन्त्रणा ) पूजाबाट शुभारम्भ भएको वत्सला अजिमाको जात्रा पाहाँचःह्रेको लगतै पछि चैत्रशुक्ल द्वितियन(चौलाथ्व दितिया) का दिन वत्सला अजिमाको( वत्सलेश्वरीको) जात्रा हुन्छ, म्हयपि अजिमाको जात्रा चैतशुक्ल पूर्णे( ल्हूति पुन्हिका )दिन, लूँति अजिमाको जात्रा बालाचःह्रेमा( बालाचतुर्दशिका दिन) र मैति अजिमाको जात्रा कार्तिक कृष्णचतुर्दशि कुकुर तिहारका दिन (स्वन्तिमा) गरिन्छन् ।        

   पाहाँचःह्रेको पहिलो दिन / लुकुमहाद्यःक पुजा -   
       चैत्रकृष्ण चतुर्दशी(चिल्लागा चःह्रे)का दिन सध्याकालमा जमिनमुनि लुकेर बसेका महादेव "लुकुमाहाद्यः"लाई वहस्वाँ(.....) र लुस्वाँ (तोरीको फुल)ले सजाएर मध्यमास समेत चढाई पुजा गरिन्छ । फोहरकसिंगर भएको जमिनकुनि लुकेर बसेको लुकुमहाद्यः पुजा गर्न बिहानै खनेर सफागरी महादेव देखिने गरि राखेको हुन्छ । साँझ लुकुमहाद्यःको पुजागरी भोज खाईन्छ ।         
              
  देवगृह(द्यःछें)बाट अजिमाहरु गमय्मा लगेर राख्ने -  
        चःह्रे( चतुर्दशिकै राती पाहाँचःह्रे जात्राका मूलदेवीहरु जात्राकालागि चामुण्डेश्वरी मातृका कङ्ग अजिमा, वटु भद्रकाली र तेबहाः लुँमरी भद्रकाली अजिमाका लगायतका अजिमाहरु द्यःछें (देबगृह)बाट खतमा राखेर जात्रा गर्ने अजिमाका मूर्तिहरु पिठ( पिगंय्/ गमय्) मा लगेर राखिन्छ । वतु भद्रकाली अजिमाको छुट्टै पिगं भने छैनन् त्यसैले तेबहाः लुमरी भद्रकाली अजिमाको पिगं तुंडिख्यः स्थित पिठमै लगेर राखिन्छ । त्यसोत वतु भद्रकाली अजिमाद्यः खलकहरुले वतु भद्रकालीलाई पनि लुमरी अजिमानै भन्दै आएको छ र यसको पिगं पनि टुंडिखेलकै पिठ हो भन्दै मान्दै आएको छ । वतु भद्रकाली र तेबहाः भद्रकाली अजिमाको पिगं एउटै कसरी हुन गयो ? ती दुवै अजिमा एउटै हो भन्ने हो भने दुवैको छुट्टाछुट्टै खतजात्रा कसरी हुन गयो ? त्यो पनि टुंडिखेल र असनको खत जुडाउने जात्रामा समेत दुबैखत अनिवार्य किन रहन गयो ? यश विषयमा जेष्ठनेवाःहरुको भनाईमा भने पहिला तेबहाःको लुमरी भद्रकाली अजिमा मात्र थियो । कुनै समय पाहाँचःह्रेमा जात्रा गर्ने क्रममा तेबहाःको लूँमरी भद्रकाली अजिमाको खत जात्राकै क्रममा दुर्भाग्य बंश लूँमरी अजिमाको खतमारहेको मूर्ति हराए छ । अजिमाको मूर्ति हराएर फेला नपरे पछि नयाँ मूर्ति बनाएको । र हाराएको अजिमाको मूर्ति वतु टोलका ज्याःपु समुदायले फेला पारेको । आफुहरुले फेलापारेको अजिमाको मूर्ति तेबहालका अजिमा द्यःखललाई जिम्मा नलगाईकन आफ्नै क्षेत्रमा द्यःछें बनाई पाहाँचःह्रे जात्रामा द्यःखत बनाई जात्रामा सहभागी हुनपाउनु पर्ने भन्ने मत राखेर तेबाहा भद्रकाली खल तथा कङ्ग अजिमा खलः समेतको समझदारीमा वतु भद्रकालीलाई समेत धार्मिक तथा सामाजिक मान्यता दिएर जात्रामा सहभागी गराएर खत जुटाउने जात्रामा समेत पहिलो खत जुताउनेमा वतु भद्रकाली खत संगत असनको दोस्रो खत जुटाउने जात्रामा तेबहालको खतसंग बलेको मसाल साटासाट गर्ने परम्परा बसाली आएको हो भन्ने केही लोकमत छ भने केहीको मत अनुसार भने वतु र तेबहाःका ज्यापू खलःले संयुक्तरुपमा जात्रा चलाउने गर्दै आएको थियो । तर पछि कुनै समयमा तेबहाःका अजिमाखलः ज्यापू खलः र वटुका ज्याःपु खलः बिच एक आपसमा मनमुटाव हुन गई वतु खलःले छुट्टै भद्रकाली अजिमा प्रतिस्थापना गरेको भन्ने भनाई रहेका छन् । त्यसैले टुंडिखेल र असनमा लुँमरी भद्रकाली र कङ्ग अजिमाको खत जुटाउने जात्रामा वतु र तेबहाको भद्रकाली अजिमा संगसंगैरहने गरेको र टुंडिखेलमा वतु भद्रकाली संगत असनमा तेबहाः भद्रकाली अजिमा संग कङ्ग अजिमाको खतले मसाल साट्ने गररे पुरानो र प्रतिस्थपित अजिमा दुवैलाई समान व्यवहार गरेको हुनु पर्छ । वतु भद्रकाली र तेबहाल लुँमरी भद्रकाली अजिमाको सम्बन्धका बारेमा यो एउटा अध्ययनको विषय हन सक्छ ।
  दोस्रोदिन मरः जा नकेगु -                            
         देवगृहबाट लगेका अजिमाहरुलाई रातभरी पीठमै राखेर त्यससको भोलिअौसी(आमै)का दिन ठाउँठाउँमा ईहि नगरेका कन्या र ब्रतबन्धन नगरेका कुमारहरुलाई मरः जा ख्वाउने परम्परा छ । " मरः जा" का रुपमा रहेको तन्त्रपुजित प्रशाद केटाकेटीलाई ख्वाएमा स्वस्थय हुने आस्था अनि विस्वास रहेको छ ।   

   ङ्यतमरु अजिमा(स्वयतकाली) देवीगणनाच समेत -  
   
       पाहाँचःह्रेकै दिन नरदेवीको मन्दि, अगाडिको डबलीमा ङ्यतमरु अजिमाको देवीगणनाच हुने गर्दछ । देवीगणनाचमा १. गणेश सेतो मुकुटमा २. सिङ्घिनी सेतो मुकुटमा ३. ब्याङ्घिनी रातो मुकुटमा ४. भैरव निलो मुकुटमा ५. कुमार रातो मुकुटमा ६. चण्डेश्वरी गाडा रातो मुकुटमा ७. सुथः माजु रातो मुकुटमा ८. माहादेव सेतो मुकुटमा ९. दैत्य पहेँलो मुकुटमा १०. ध्वं रातो मुकुटमा ११. खिचा रातो मुकुटमा अष्टमातृका लगायत देवीहरुमा १२.१- श्वेतकाली सेतो मुकुटमा १३.२- कुमारी (कौमारी) गाडा रातो मुकुटमा १४.३- बाराही गाडा रातो मुकुटमा १५.४- महालक्ष्मी गाडा सुन्तलतत मुकुटमा १६.५- नारायणी हरियो मुकुटमा १७.६ - इन्द्रायणी सुन्तलाङग मुकुटमा १८.७- रुद्रायणी सेतो मुकुटमा १९.८- ब्रम्हायणी पहेँलो मुकुटमा       

  तिंख्यलय् द्यः ल्वाकिगु / टुडिंखेलमा देवीखत जुटाउने -                       पाहाँचःह्रे जात्राकै क्रममा आमै( अौंसी)का दिन राती सैनिक मञ्च टुंडिखेलमा अजिमाहरुको खत जुटाउने सांस्कृतिक परम्परा रहेको छ । अजिमाहरुको खत जुटाउने क्रममा वतु भद्रकाली र तेबहा लुमरी भद्रकाली अजिमा पहिलानै बाजागाजा सहित पुगेर संगै बसेका हुन्छन्। त्यसपछि चामुण्डेश्वरी कङ्ग अजिमा पुगेर दुवै खतलाई कङ्ग अजिमाको खतले परिक्रमा गरी वतु भद्रकाली अजिमाखत संग कङ्ग अजिमा र वतु भद्रकाली अजिमाको खतले एक आपसको मिप्वाः(मसाल) साटासाट गरि द्यःखः ल्वाकेगु( खतजुटाउने) संस्कृति सम्पन्न गरिन्छ । खत जटाउन सकिए पछि तीन वटै अजिमाको खत जात्रा गर्दै आआफ्नै पिठमा लगिन्छन् ।

  असनय् द्यःखः ल्वाकीगु / असनमा खत जुटाउने -
      चैत्रशुक्ल प्रतिपदा(चौलाथ्व पारु)का दिन अपरानन्ह पछि पाहाँचःह्रे जात्राकै क्रमअनुसार असनमा वतु भद्रकाली, तेबहाः लुँमरी भद्रकाली अजिमा र कङ्ग अजिमाको खत जुटाउने जात्रा हुन्छ । वतु र तेबहाः भद्रकाली अजिमालाई कङ्ग अजिमाले परिक्रमा गरि तेबहाः लुँमरी भद्रकाली अजिमा संग कङ्ग अजिमाले मसाल साटासाट गरि खत जुटाउने जात्रा सम्पन गरि तिनवटै खत अन्य टोल टोल हुँदै राती सवै अजिमाको आआफ्नो देबगृह(द्यःछें) मा प्रवेश गराईन्छ । द्यःछेंमा प्रवेश गराउँदा विशेष पूजा गरि लसकुस गरि प्रवेष गराई पाहाँचःह्रे जात्रा सम्पन्न गरिन्छ । जात्रा सम्पन्न भएतापनि हप्तादिन सम्मनै यहाँ पाँचःह्रेको नखःत्या (पाहुना बोलाएर सत्कार गरि भोज ख्वाउने) बोलाएर सत्कारगरी भोज ख्वाउने संस्कृति रहेको छ । #प्रकाशमानशिल्कार स्रोत -

Thursday, December 30, 2021

भुइँदेवता

 भुइँदेवता 


 ✡ पृष्ठभूमि


       

तान्त्रिक देवी श्री कुमारीको राज्य भनेर राजनैतिक मान्यता पाएको प्राचीन नेपाल नेपालमण्डल तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण छ । त्यसैल पनि शैवतन्त्र र बौद्धतन्त्रका अनुयायीहरुको यो नेपाल मण्डलका हरेक घर घरमा, गाउँ गाउँमा टोल टोलमा तान्त्रिक देवीदेवताहरुले भरिपूर्ण रहेको मान्यता छ यहाँ । नेपालमणडमा पौराणिक देवीदेवता भन्दा पनि तान्त्रिक देवीदेवताको बढीनै महत्व भएकाले पनि यहाँका प्राचीन नेवाः वस्ति गाउँ शहरका एक ईलाका गणेश( थान गणेश) एक अषणटमातृका पिथ(पिगं) तथा केही भुइँदेवताहरु अनिवार्य रहेका हुन्छन् । बाटोहरुमा  भुइँदेवताका रुपमा पुज्दै आएका विभिन्न देवदेवीका प्रतिकका रुपमा विभिन्न आकार प्रकारका ढुङ्गाहरु देख्न सकिन्छ । यसरी भुइँमारहेका ढुङ्गालाई पुज्दै आएका भुईदेवदेवीहरुमा -  ✡ क्षेत्रपाल,✡ भैरब, ✡ बेताल भैरब,✡  कलःगाः, ✡ च्छास अजिमा , ✡ लुकुमहाद्यः, ✡आकाशबाट खसेको माछा देवता र ✡ पिखालखु द्यःहरु हुन् । भुइँदेवताहरु मध्यका पिखालखु द्यः बाहेक  अन्य सबै भुईदेवताहरु सार्वजनिक देवदेवीका रुपमा यहाँका रैथानेहरुले सर्वमान्यका रुपमै पुज्दै आएका छन् ।

         सबै भुइँदेवताहरु मानिस आवटजावट गर्ने बाटैमा परेका हुन्छन् । यी भुइँदेवताहरुले नेवाः समाजको रक्षा गर्नुका साथै पारिवारिक  तथा  सामाजिक संस्कार समेतको रेखदेख गर्दै आएको भन्ने आस्था र विस्वासका साथ मान्यता दिई आएको देखिन्छ । नेवाः भाषामा देवतालाई द्यः भन्ने गरिन्छ । कान्तिपुर नगरको माथिलो एक टोलमा भेडाको टाउकोको रुपमा एक तान्त्रिक देवता समेत सडकै भुईमा रहेको छ त्यसैले त्यो टोलको नामकरणनै भेडासिं वा  भ्याँचात्वा रहेको छ । भुइँदेवताका रुपमा रहेका यहाँका ती देववताहरुको नेवाः समाजमा आ-आफ्नै विशेष भुमिका रहेको छ । यहाँको सामाजिक र सांस्कृतिक मान्यता तथा धार्मिक आस्था र विस्वास अनुसार  भुईदेवताहरु मान्यता निम्न अनुसार रहेका देखिन्छन् ।


✡ इलाका क्षेत्रपाल भैरब


         भुइँदेवताहरु मध्यका  क्षेत्रपाल ईलाका टोल रक्षक देवता । यश भैरबले आफ्नो ईलाका भित्रका टोलहरुका बासिन्दाहरुको रक्षा गर्ने गर्छन् भन्ने यहाँ आस्था र विस्वास रहेको पाईन्छ ।


✡ भैरब


       यश भैरबले टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने  धार्मिक मान्यतारहेको छ ।


✡ बेताल भैरब


       यश भैरबले पनि टोल भित्रका आफ्ना श्रध्दालु भक्तजनहरुको रक्षा गर्छन् भन्ने  धार्मिक मान्यतारहेको छ ।


✡ कलःगाः


        यहाँका परम्परागत वस्तिहरुको आ-आफ्नो ईलाकाको एक एक वटा कलःगाः देवता रहेको हुन्छ । 

कलःगाः देवताक‍ो काम -

१.यश कलःगाःको देवताको काम आफ्नो ईलाका भित्रका नेवाःहरुको घर परिवारमा भौमचा( दुलही) भित्रिएको लेखाजोखा राख्ने, २-१. आफ्ना ईलाका भित्रका घर परिवारले पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरीएको लेखाजोखा राख्ने, २-२. पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायतको लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । हाल कलःगाःको अस्तित्व  समाप्त हुँदै गएकाले परम्परागत नेवाः बस्तीमा कलःगाः नदेखिकै कारण कलःगाःमा गरिने नेवाः संस्कारहरु च्छ्वासमा गर्ने गरेको छ ।


️✴️ १. कलःगाःमा थायेभु वाय गर्ने -


      नेवाः समाजमा नयाँ दुलही भित्र्याए पछि नेवाः रिति थिति अनुसार भौमचा ( दुलही ) घरमा भित्रिय पछि ह्वङ्के( दुलहि अनमाउने) संस्कार सम्पन्न गर्दै थाँय्भू (दुलाहा दुलहि समेतलाई एकै थाली( भु)मा ख्वाएको जुठो सहितको थालीमा विशेष बत्ती बालेर खानेकुरा) कलःगाःमा लगेर विसर्जन गरिन्छ । यसलाई नेवाः भाषामा "थायभु वायेगु" भन्छ । यसरी थायभु वायेगुको अर्थ हाम्रो घरमा दुलहिका रुपमा नयाँ सदश्य थिपियो भनेर स्थान देवतालाई जानकारी दिने र जानकारी लिने स्थान देवताका रुपमा रहेको परम्परागत संस्कार रुपमा मानिन्छ ।


️✴️ २. कलःगाःमा कलःवाये गर्ने - 


               २-१. आफ्ना ईलाका भित्रका घर परिवारले  वर्ष दिन भित्रका विभिन्न साना ठूला चाडपर्वहरुमा अष्टमातृका पिगं(पिथ) लगायत देवस्थलहरुमा पशुपंछिको बलि पुजागरी सिकाःभू भोज खाए पछि सिकाःभू भोजको उचेष्ठ (  खाएर बाँकि भएको जुठो खानेकुरा सहित सबैलप्तेहरु एउटै बाटामा राखी विशेष तान्त्रिक विधि अपनाई बाटामा बलेको बत्ती राखी कलःगाःमा लगेर विसर्जन ( कलःवाये )गरिन्छ । यसरी कुन कुन घर वरिवारले बली पुजागरी सिकाःभु गरीएको छ छैन सोको लेखाजोखा राख्न समेत कलःगाः द्यःले गर्ने गर्छ । 


            [ सिकाःभू के हो ? - अहिंसा परम धर्म भनी हिंसालाई पाप कर्म भनीए तापनि तन्त्र शक्ति उपासक प्रधान नेपालमण्डलमा देवी देवतालाई पशुपन्छि बलि दिने कार्यलाई पाप कर्म नभनि धर्म नै मान्यता दिईराखेको छ । तन्त्र प्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्तिका लागि तान्त्रिक विधि सहितको बलिपूजा गर्नै पर्छ । अनि देवीदेवता पूजा गर्दा तान्त्रिक विधिबाट थापिराखेको कालोमोसो जसलाई नेवाः भाषामा याने नेपाल भाषामा मोहनी सिन्हः भनिन्छ र बलि दिएको पशु पन्छि( नेवाः भाषमा बलि दिएको पशु पन्छिलाई बाहाँ )को रक्त तिलक लगाएर   चढाएको रातो कपडाको लामो बाला( क्वखा) गलामा लगाएर फुल प्रशाद ग्रहण गरि सम्हय् खाई राती भोज खान्दा सी( प्राणीको पञ्चज्ञानेन्द्रिय अङ्गहरु- १.दुई आँखा, २.दुई कान, ३.थुतुनो,  ४. जिब्रो र ५.  दुई बङ्गरा समेत गरि बलि दिएका पशुको शरिरको आठ अङ्गहरुलाई जेष्ठता क्रम अनुसार थकालीलाई दायाँ आँखा, त्यसपछि क्रमशः बायाँ आँखा, दायाँ कान, बायाँ कान, थुतुनो,  जिब्रो, दायाँ बङ्गरा र अन्त्यको आठौ जेष्ठलाई बायाँ बङ्गरा हस्तान्तरण गरिने पशुका अङ्गहरु) लिएर सिकाःभू गर्नु पर्ने नेवाः संस्कार र संस्कृति रहेको छ । यश भोजलाई मूःभ्वय् वा सिकाःभू भनिन्छ ।

         नेपालमण्डलमा बलि पूजा गरिने विभिन्न मन्दिरहरुमा बलीदिएका पशुपन्छिको टाउको नेवाः समुदायलाई घर लान दिनुक‍ो कारण पनि यहिन‌‌ै हो । नेवाः बाहेक अन्य कुन‌ै पनि समुदायका व्यक्तिलाई बलि दिएको पशुपन्छीको टाउको दिने चलन यहाँ छैनन् । यसरी बलि दिएको पशुपन्छिको टाउको गैह्र नेवारलाई नदिनु मुख्य बारणनै उनिहरुको सिकाःभू गर्ने परम्परा र संस्कार नभएरनै हो । 


       तान्त्रिक विधिवत् बलिपूजा गरीए पछि सिकाःभू गर्नै पर्ने नेवाः संसकार र संस्कृति रहेको छ । यसरी सिकाःभू गर्दा बलिदिएका पशु पन्छि(बाहाँ) पशुपन्छि जन्मबाट मुक्त भै स्वर्गलोकमा जान्छन् भन्ने धार्मिक आस्थ र विस्वास रहेको छ । ]


     २-२. घर परिवार सदश्यहरुको मृत्यु भएको वार्षिक पुण्य तिथिमा गरि श्राद्ध भोजमा खाएको उचेष्ठिको कलःगाःमा विसर्जन(कलःवाये) गर्ने । यसरी पितृहरुको वार्षिक पुण्य तिथि लगायत विशेष भोजखाएको लेखाजोखा राख्ने लगायत कार्यहरुको कलःगाःले लेखाजोखा राख्ने गरेको यहाँका संस्कार र संस्कृतिदे देखाउछ । कलःगाः द्यः छुट्टै नभएको ईलाकामा भने उलेखित थायेभु वाये गर्ने र कलः वाये गर्ने कार्य ईलाका च्छ्वास अजिमा कहाँ गर्ने गरेको छ ।


✡ च्छ्वास देवता( च्छ्वास अजिमा ) 


       हेरक परम्परागत नेवाः बस्तीहरुमा एउटा एउटा ईलाकाको छुट्टाछुट्टै एउटा एउटा च्छ्वास देवता हुने  गर्छ । च्छ्वास देवीलाई च्छवास अजिमा पनि भनिन्छ । च्छ्वास अजिमालाई कसै कसैले यहाँ मातङ्की वा धुमावती महादेवीका रुपमा समेत  लिएको देखिन्छ ।  ईलाका भित्रका मानिसहरुको घरपरिवार भित्रमा कुनै नवजात शिशु जन्मिएको र परिवार सदस्यको मृत्यु भएको लेखाजोखा राख्ने देवी च्छ्वास अजिमाका रुपमा रहने गरेको देखिन्छ । शिशु जन्मन्दा शालनाल र धरको सदश्य मर्दा मृतकको लुगा, काँचो इटा र सानो सुकुल सहित च्छ्वासमा च्छ्वास वाये गरिन्छन्। यसो गर्दा कुन घरमा शिशु जन्म्यो र कुन घरमा को मृत्यु भयो भन्ने स्थान देवीलाई जानकारी दिएको र देवीले पनि सोको लेखाजोखा गर्ने गर्छन भन्ने सामाजिक मान्यता रहेको छ ।


✡ लुकुमहाद्यः


      काठमाण्डौ उपत्यकाको कान्तिपुर र ललितपुर नगरमा चैत्रकृष्ण चतुर्दशी(चिल्लागा चःह्रे)का दिन सध्याकालमा सडक चोकको जमिनमुनि लुकेर बसेका महादेव "लुकुमाहाद्यः"लाई वहस्वाँ(.....) र लुस्वाँ (तोरीको फुल)ले सजाएर मध्यमास समेत चढाई पुजा गरिन्छ । फोहरकसिंगर भएको जमिनमुनि लुकेर बसेको लुकुमहाद्यः पुजा गर्न बिहानै खनेर सफागरी महादेव देखिने गरि राखेको हुन्छ । यसरी पाहाँचःह्रेको पहिलो दिन  साँझ लुकुमहाद्यःको भ्वयेब्व, माछा, मासु जाँड रक्सि समेत चढाइ पुजागरी  पाहाँचःह्रेको पहिलो भोज खाईन्छ ।


✡ आकाशबाट खसेको माछा


       कान्तिपुर शहरको असन चोकमा कुनै समयमा आकाशबाट ज्योतिषाचार्यले निश्चित तोकिएकै समयमा खसेको माछालाई समेत भुई देवताका रुपमा यहाँका बासिन्दाले पुज्दै आएका छन् ।


✡ पिखालखु


      अधिकांश नेवाःहरुको घरको मूल ढोका अगाडि भुईमा मण्ड आकारको एउटा ढुंगा गाडिएको हुन्छ । सामान्यत यश ढुंगामा फुल बुट्टा( कमलको फुल -पलस्वाँ बुट्टा) कुदिएको हुन्छ । कसै कसैको घरको ढोका अगाडि राखीएको फुल बुट्टा नकुदिएको ढुंगा पनि देख्न सकिन्छ । नेवाःहरुको घरको ढोका अगाडि  रहेको कलात्मक मण्डकार वा सामान्य गोलाकार ढुंगालाई नेवाः समाजले अग्रजपूजा अधिकारी श्री गणेश पछि दोस्रो अग्रज पूजाअधिकारीका रुपमा श्रीकुमार, गंगा तथा क्षेत्रपाल भैरबका प्रतिकका रुपमा समेत पुज्ने गर्दछन् ।  ढोका अगाडिको यो पूजनिय देवतालाई पिखालखु वा पिखालाखी भनिन्छ । नेवाः संस्कृति अनुसार नयाँ घर बनाउदा ढोका अगाडि पिखालखु द्यःकारुपमा मण्डकार ढुंगाराख्नु अघि केही तामाका सिक्का राख्ने परम्पर रहेतापनि यश ढुंगाको प्राणप्रतिस्था गर्ने संस्कृति भने देखिन्दैनन् । 


️✴️ पिखालखुको परिभाषा


      पिखालखु वा पिखालाखी शब्द नेवाः( नेपाल भाषा)को भाषिक शब्द हो । पिखा + लखु = पिखालखु वा पिखा + लाछी = पिखालाखी हुन्छ । नेवाः शब्द ( नेपाल भाषा) मा "लखु" भन्नाले लाछि( सार्वजनिक स्थल, बाहिर वा चोक) भन्ने जनाउछ। "खु" शब्दले  नेवाःभाषा शैली( नेपाल भाषा) मा नदी खोला समेत जनाउछन्। त्यस्तै नै नेवाः भाषा शैली (नेपालभाषा) मा लुखा, पिखा तथा ध्वाखा इत्यादि सबै शब्दको मूल अर्थ ध्वाखा( ढोका) नै हुन् । यसरी "पिखालखु" नेवाः शब्द पिखा(ढोखा) र लखु ( सार्वजनिक स्थल वा नदी खोला याने गंगा) समायोजन भएर बनेको शब्द हो भने पिखालाखी भक्तपुरका स्थानिय नेवाः भाषा शैलीमा भनिने पिखालखुकै पर्यावाचि शब्द हुन् । यसर्थ पिखालखुको अर्थ घर( निजि) र सार्वजनिक स्थल छुत्याउने सिमाना समेत दर्शाउछन् ।  त्यसैले होला घर परिवारमा वा घरबाहिरका कुनै मानिस घरमा आएर कुनै विवाद गर्न आएमा पिखालखुइ च्वना खँ ल्हायेनु भन्ने गरेको नेवाः समाजमा रहेका देखिन्छन । 


      अपवादका रुपमा केही नेवाः प्रोहितको पिखालखुको परिभाषा फरक रहेको पनि देखिन्छन् । फरक मत विचार राख्ने नेवाः प्रोहितको भनाई हनुसार यथार्थमा पिखालखु द्यः घरको ढोका अगाडि नभएर मूल ढोकाको माथिल्लो चौकोसमा जहाँ त्रिकोणाकार किल्ला ठोकिएको हुन्छ त्यहि नै वास्तवमा पिखालखु द्यः बिराजमान रहेको भने मत रहेको समेत देखिन्छ । नेवाः संस्कृतिमा घरबाट पूजा बाहिर गएको बेलामा घरको मूल ढोकाको माथिल्लो चौकोसको बिच भाग जहाँ त्रिकोणाकार किल्ला ठोकिएको स्थानमा पूजा गरेर पूजा बाहिर जाने परम्परा नदेखिए तापनि  बाहि अन्यत्र पूजा सकाएर  पूजाथाली, कोतः वा कलः(कलाली) लिएर घरको ढोका प्रवेश गर्नु अघि त्यहाँ पूजा गरेर मात्र प्रवेश गर्ने परम्परा भने छ । फरक मत मध्यमा 👉️ # पनि संस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायको भनाईमा पिखालखु द्यः र कुमार द्यः अलग अलग देवता भएको भनाइ समेतर रहेको छ। # 👈️।


️✴️ पिखालु रहने स्थान


       नेवाः समुदायको अधिकांश घरको मूल ढोका देखि एक हात देखि झन्दै २० हात परसम्म पनि पिखालखु द्यःका रुपमा भुईमा मण्डकार ढुंगा वा कुनै मण्डकार ढुंगा नभए तापनि पिखालखु द्यःका रुपमा पुजा स्थल रहे कै हुन्छ । त्यस्तै नै हरेक मन्दिर को मूलढोमा अगाडि समेत रहेको देखिन्छन् ।


️✴️ पिखालखु त्रिदेव देवीका रुपमा


(क) श्री कुमार देवता


     पिखालखुलाई सनातनी धर्ममा अग्रज पूजाधिकारी देवता मध्यका शिव र गंगा पुत्र श्रीकुमार(कार्तिके) देवताका रुपमा समेत पुज्ने गरिन्छ । अग्रज पूजाधिकारी मानेर नै सनातनी नेवाः समाजले घरबाट  साधारण पूजा बाहिर जाँदा यश कुमार देवता रुपि पिखालखु  द्यः लाई पूजा गरेर मात्र अन्य कुनै मन्दिरमा पूजा गर्न जाने गरिन्छ । तर कुनै विशेष पूजा घरबाट निस्कन्दा भने श्री कुमार देवता रुपि पिखालखूलाई छुट्टै पूजाभाग सानो द्वना वा सानो तपरीमा राखेर चढाए पछि मात्र मूल विशेष पूजा(क्वतः तथा कलः ) बाहिन्छन् ।


(ख) घरको रखवाला क्षेत्रपाल देवता


      पिखालखुलाई नेवाः समाजले घरको रखवाला देवता क्षेत्रपालका रुपमा समेत पुज्ने गरेको समेत पाइन्छ । क्षेत्रपाल कडा स्वभावका हुन्छन् । उनलाई रिसाउन दिनु हुन्न। धर परिवारमा कुनै अनिष्ट, विपत्ति  आईपर्यो भने पिखालखुको क्षेत्रपाल पुज्ने क्रममा वा भाग पन्छाउने क्रममा कुनै तलमाथि परेको हुन सक्छ भन्ने नेवाः समाजमा विस्वास रहेको पाईन्छ । क्षेत्रपाललाई शिवको अनुचर तथा बिघ्नपाद भैरबका रुपमा मान्ने तान्त्रिक पद्धति समेत रहेको छ ।


(ग) घर अगाडिको नदी वा गंगामाता


      पिखलखुलाई नेवाः समुदायले घर अगाडि रहेको जलासय, नदी वा श्री गंगामाताका रुपमा पनि पुज्ने संस्कार रहेको देखिन्छ । सायद त्यहि कारणले हुन सक्छन् म्वःनी(मोहनी) नखःमा दस दिन सम्म नव दुर्गाकारुपमा साधना गरि पूजागरीएको जमरा सहित घटस तथा अन्य फुलपाटीहरु म्वःनीको अन्तिम दिन कतिंपुन्हि(सिघःपुन्हि/ कोजाग्रत पूर्णेका दिन जलासय, नदी सम्झेर पिखालखुमा विसर्जन गरेर सेलाउने संस्कृति रहेको देखिन्छ ।


      नेवाः समुदायले म्वःनी नखः मनाएकै तिथि मितिमा पृथक पूजा विधि तथा मान्यता अनुसार दशदिन सम्म नव दुर्गा भवानीमाताको पूजा आराधना  गरिएको जमरा सहितको दशैको घटस तथा फुलपाटी सबै  गैह्र नेवाः समुदायले कुलो वा नदीमा नै गएर विसर्जन गरि सेलाउने परम्परागत संस्कृति देखिन्छ ।


️✴️ पिखालखुमा कुँदिएका कमलफुल पत्र तथा बुट्टाको अर्थ-


     कतिपय पिखालखु ढुंगामा कुँदिएका कमलपत्रको संख्या तथा बुट्टाहरु भिन्न भिन्न किसिमका देखिएका छन् । कतिपयमात कुनै धर्को वा बिन्दू समेत पनि भेटिन्दैन । कतिपय नेवाःको घरको ढोका अगाडि भुईमा पिखालखु द्यःको कुनै निशान सम्म पनि देखिन्दैनन् । तापनि पिखालखु द्यः हुनुपर्ने स्थानमा इनार, कुवा वा धाराबाट चोखो पानी लिएर घर प्रवेश गर्दा पानी चढाउने, पुजा बाहिर जाँदा पुजा गर्ने तथा नेवाः तजिलजि अनुसार पिखालखुमा गर्नु पर्ने विभिन्न संस्कारहरु भने यथावटै गर्दै आएको भने देखिन्छ नै ।


      पिखालखुमा कुँदिएका कमलफुलका पत्र( पलस्वाँहःया ल्याः)को स्ख्या र अन्य बुट्टाहरुका बारेमा शिल्पी शिलाकारहरु (लोहँकःमि) को भनाईमा ६ वटा कमलको फूलको पत्रले श्रीकार्तिकेय कुमार, ७ वटा कमलको फूलको पत्रले सप्तऋषि, ८ वटा कमलफुल पत्रले अष्टमातृका, ९ वटा कमलफुल पत्रले नव दसर्गा, १२ वटा कमलफुल पत्रले 👉️#सूर्यदेवता तथा १६ वटा कमलफुल पत्रले चन्द्रमा प्रतिपदा देखि पुर्णे र अौसी गरी चन्द्रमाको कला भन्ने # 👈️ बुझाउछन् । त्यस्तै नै विखालखुको मण्ड भित्र कुँदिएको षट्कोणले शिवशक्ति, अष्टकोणले अष्टमाततृका एवं षट्कोणको यन्त्र भित्रको पाँच बिन्दूले पञ्चपाण्डव भन्ने दर्शाउन्छन्।


️✴️ पिखालखु द्यः र नेवाः संस्कार 


      नेवाः संसकारमा पिखालखु द्यः संग निकै घनिष्ठ सम्बन्ध रहेका देखिन्छ । नेवाः समुदायको जिवनको जन्म देखि मृत्यु र मृत्यु उपरान्त सम्मको विभिन्न संस्कारहरु सम्म पनि जति छ्वास अजिमा संग सम्बन्ध छ त्यसरी नै पिखालखु द्यः संग पनि जन्म मरण दैनिक देखि विभिन्न संस्कार तथा चाड पर्व देखि लिएर  विशेष पूजाआजामा समेत त्यति घनिष्ठ सम्बन्ध रहेका छन् । 


️✴️ नेवाः समुदाय्ले पिखालखुमा गरिन्दै आएका  


     संस्कारहरु :-


१. नवजात शिशुको च्वख्याउने(मचाबु ब्यङ्के गर्दा) कार्य गर्दा पिखालखुमा चिःपालु पन्छाउने,


२. छोरी चेलीको इहि गर्दा इहि यज्ञमा काम सक्यार घर प्रबेष गर्दा घरको ढोका अगादी बिराजमान पिखालखु द्य: को अगादी कन्यालाई उभ्याई सल:पा: समाउन लगाई त्यसमा घरको मूलीबाट भिक्षा दिइन्छ । यस भिक्षा दिने कार्यलाई   फँ बारा छुयेगु भन्छ । यसरी इही संस्कर कार्य सम्पूर्ण  हुन्छ । 


३. कन्यालाई इहिपा(बिबाह) गरि बिदाई गर्ने कार्य यसै  पिखालखु अगाडि बसेर बिदाई कार्य सम्पन्न गरिन्छ ।


४.छोराको इहिपा(बिवाह) पनि दुलही (भौमचा दुकायेगु) भित्र्याउने कार्य पनि यसै पिखालखुमा बसेर घरको नकिंले  भोटेताल्चाको साँचो एकातर्फ र अर्कोतर्फ दुलहिलाई समाउन लगाएर दुलहीलाई सुस्वागत(लसकुस) गरी भित्र्याइन्छ ।


५. घर परिवार सदश्यको मृत्यु हुँदा मृतकलाई कुतः(बाँसको खट)मा राखेर सबयात्रा( सिथँयङ्केगु) गर्ने कार्य पिखालखु अगाडि नै गरिन्छ ।


६. मृतक आफन्तलाई दागबत्ती दिएर फर्कने र मलामी गएर  फर्कने आफन्त समेतलाई यसै पिखालखु अगाडि बसेर  घरका बिबाहित चेलीले निल:(चोखोपानी) छर्केर पहिला च्छास वाये गर्ने र पिच्चा वाये गर्नलाई, लासबोक्ने( सिम्ह    कोबिउपिंत), आफन्तजनलाई र अन्त्यमा दागबत्ती   दिनेलाई समेत हात धुनलगाई बलिंपि गरि मसिनुचिउरा  (च्वकाबजी)  दायाँ बायाँ छर्कने, सर्स्यू(ईकापःका) बालेर  त्यसको धुंवाँ  फिजाएर त्यसपछि क्रमशः एकले अर्कोलाई नछोइकन भोटे टाल्चा हस्तान्तरण गरेर बलिंपिगु संस्कार सम्पन्न गरेर लसकुस गरी घरमा प्रवेश गर्ने गर्छ । यश  संस्कारलाई बलिंपिगु संस्कार भन्ने गरिन्छ ।  अन्य नेवाः संस्कार जस्तै यो बलिंपिइगु संसकार पनि नेवाः  समुदाय  भित्र पनि जातिय समूह र ठाउँ  अनुसार केही केही फरक  पनि हुन सक्छन् 

७. न्हेन्हुमा वा पेन्हुमा दिने - घरको सदस्य मृत्यु भएको  सात वा चार दिनमा गरीने संस्कार घरको छोरीचेलीले चोखोनित्य भई मृतकका नाममा पकाएको विशेष भात भुइँदेवताका रुपमा रहेको पिखालखुमा राखेर न्हेन्हुमा वा पेन्हुमा दिने संस्कार सम्पन्न गरिन्छ ।


७. दैनिक रुपमा पानी चढाउने - पहिला पहिला अहिले जस्तो घर घरमा धाराको व्यवस्था नहुँदा घर बाहिरको ईनार वा सार्वजनिक  धारा, ढुंगेधाराबाट पानी लिएर आउँदा पिखालाखुलाई चोखो पानी ( निलः/ निनाः) चढाएर मात्र घर भित्र प्रवेश गर्ने चलन रहेको छ ।


८. घरबाट दैनिकरुपमा नजिकको मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुलाई पुजा गरेर बाहिर पुजा गर्न जाने ।


९. चाड पर्वहरुमा विभिन्न मन्दिरहरुमा पूजा गर्न जाँदा पिखालखुको पूजाभागाका रुपमा दुनामा राखेर पिखालखुलाई चढाएर मात्र पूजा बाहिर गइन्छ ।


१०. विशेष पूजा जस्तै पञ्चली पूजा, लक्षबत्ती दिप  प्रजोलन पूजा वा अन्य कुनै विशेष पिठ पूजाहरु   बाहिरिन्दा समेत पहिला थान गणेशको पूजा जाँदा पिखालखु द्यःलाई छुट्टै पुजाभाग राखेर थान गणेश पूजा सम्पन्न गरि घर फर्केपछि विशेष पूजा बाहिरिन्दा पहिला घरका एक व्यक्ति पिखालखुमा पानी भएको करुवा लिएर बसी विशेष पूजाका लागि मूल पूजा कोतः लिएर तथा अन्य पुजाका सरसामान लिएर जाने सबैलाई घरको ढोकाबाट निस्कने क्रममा सबैलाई क्रमशः हातमा निलः(निनाः) दिएर चोख्याउदै पिठ पूजा तथा अन्य मन्दिरको गन्तव्यमा पूजामा प्रस्थान गर्नु पर्ने संस्कार रहेको छ । 


११. नेवाः समुदायमा गुरूबाट तन्त्र दीक्षा लिने क्रममा सर्व प्रथम गुरु र दीक्षा लिने चेला पिखालखुमा बसेर द्वारमा बसेर दियो कलश स्थपना गरि द्वार पूजा गरि पहिलो दीक्षा लिने दिने संस्कार समेत रहेको कुरा सुन्नमा आउछन् ।


️✴️ पिखालखुमा चाड पर्वको मृतकको भाग ( सिकेब्व)भ्वयेब्व पन्छाउने ।


      


      नेवाः समुदायले हरेक चाडपर्वमा पर्व अनुसारको पुजा सम्पन्न गरिसके पछि आफुले प्रशादका रुपमा वा सम्हे तथा भ्वय् खानु अघि आफ्ना पितृहरुका नाममा एक भाग पन्छाउने संस्कार रहि आएको छ । यसरी पितृका नाममा पन्छाएको भागलाई सिकेब्व भनिन्छन् । सिकेब्वलाई छेंभाग पनि भन्ने गरेको देखिन्छ । सिकेब्वलाई एकरात त्यसै राखि भोलि झिसमिसे बिहान पिखालखुमा लगेर राख्ने परम्परगात संस्कार रहि आएको छ। 


️✴️ पिखालखुमा सुन्ति(स्वन्ति) नखःमा/ तिहार पर्व मनाउने -


        सुन्ति नखःमा यमपञ्चक अवधिभरी  नसंचामा र साँझ बेलुका (बिहान र बेलुका) पिखालखुमा रातो माटोले पोटेर बत्ती बालेर दिपावली गर्ने संस्कृति रहेको छ । लक्ष्मी पूजाका दिन पिखालखुमा मण्ड बनाएर पूजा गरि नेवाः संस्कारको ख्याक्क, कुबेर सहितको श्री लक्ष्मीमातालाई स्वागत पूजा गरिन्छ । त्यस्तै नै म्हपूजाको दिन पनि मण्ड बनाई मण्डमा पूजा गर्ने संस्कृति रहेको छ ।


      यसरी नेवाः समुदायमा  नेवाः संस्कार तथा संस्कृतमा पिखालखु द्यः( देवता)को ठूलो महत्व रहेको देखिन्छ । गैह्र नेवाः समुदायमा पिखालखु द्यः घरको दैलोमा रहने संस्कार र संस्कृत नदेखिए तापनि दैलोमा र घरको मूल ढोकाका चौकोसमाथि पूजा गर्ने संस्कृति भने रहेको देखिन्छन् ।


💎अन्त्यमा


      यहाँका अन्य सम्पदाहरु जस्तै विभिन्न आकार प्रकारका ढुङ्गाका भुईदेवताहरु पनि सम्पदा नै हन् । ती भुईदेवताहरुलाई यहाँका नेवाःहरुको आस्था र विस्वासको धरोहर हुन् । यहाँका प्राचीन बस्तीका गल्ली बाटो र सडकमा नयाँ ढुङ्गा बिच्छ्याउने तथा अलकत्रा पिच गर्ने क्रममा कयन स्थानका कयन भुईदेवताहरु छोपीएका छन् भने केही स्थानमा भने भुईदेवताहरुको संरक्षण गरि सम्पदाहरु बचाएको पनि छ । यहाँका सभ्यता र संस्कार संस्कृतिका पहिचानका रुपमा रहेका ती भुईदेवताहरुलाई संरक्षण  तथा सम्पदाहरुका बारेमा नयाँ पुस्तालाई जानकारी सहित नासोका रुपमन सुम्पिनु सबैको दायित्वनै हो ।

          

#प्रकाशमानशिल्पकार