Saturday, May 31, 2025

नेपाली मौलिकता बोकेको सुकुन्दा

 

ससानो - सुकन्दा
ठूलो - मुकुन्दा

नेपाली मौलिकता बोकेको सुकुन्दा

– प्रकाशमान शिल्पकार  

विषयप्रवेश

नेपाल उपत्यका तन्त्रागमको अभ्यास हुने शास्त्रहरूले महिमागान गरेको परमपावन स्थल हो जहाँ सदियौँदेखि अविच्छिन्नरूपमा देवीदेवतालाई तन्त्रविधिबाट रिझाएर यहाँका साधकहरूले धर्म, अर्थ, काम र मोक्ष (पुरुषार्थ चतुष्टय) सिद्ध गर्दै आएका छन् । तन्त्रको मानसोपचार र बाहृयोपचारका माध्यमबाट आत्माको कल्याण र संस्कारजन्य कृत्यहरू दुवैमा समानान्तर वैशिष्ट्यको प्रतीति महसुस गराएका छन् । यहाँनेर मानसोपचारको सम्बन्धमा चर्चा गरिएको छैन, बाहृयाचार अर्थात् संस्कारगत कृत्यमा केन्द्रित हुने प्रयास गरिएको छ । संस्कारको पनि अत्यन्त लघुतम प्रयोगमा अर्थात् तन्त्रप्रधान नेपालमण्डलका रैथाने नेवारहरूको हरेक संस्कारमा प्रयोग हुने मङ्कलताको प्रतीकका रूपमा रही धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको सामग्री सुकुन्दाको चर्चा गरिएको छ र यससँग सम्बन्धित विभिन्न पक्षहरूको बारेमा विषय उठान गरेर यहाँ केलाउने चेष्टा गरिएको छ ।  

परिचय

ॅसुकुन्दा’ तन्त्रसाधक नेवारहरूको हरेक शुभकार्य, पूजा तथा पितृकार्य समेतमा अनिवार्य प्रयोग हुने विशेष कलात्मक सामाग्री वा पूजाभाण्ड हो  । मङ्कलताको प्रतीक ॅसुकुन्दा’लाई पञ्चतत्त्वको समष्टिस्वरूपमा, गणेश, भैरव, सूर्यनारायण आदिको रूपमा समेत लिने गरिएको पाइन्छ । तोरीको तेल राखेर बत्ती बालिने सुकुन्दाको कलापक्ष र यसको सांस्कृतिक महत्तालाई दर्शाउन यसको पृष्ठभूमिको तादात्म्य प्राचीन नेपालको उत्पत्तिको ऐतिहासिक किंवदन्तीसँग जोडेको पाइन्छ ।  

सुकुन्दा ॅसु’ र ॅकुन्द’ को संयोजनबाट बनेको शब्द हो । शाब्दिक अर्थ हेर्ने हो भने  प्राचीन नेपाल भाषामा ॅसु’ अर्थ खाने तोरीको तेल  अथवा तिलको तेल हो । अहिलेको प्रचलित नेवाःभाषामा तेललाई ॅचिकं’ भन्ने प्रचलन भएता पनि  प्राचीन नेपाल भाषाले चिकंलाई ॅसु’ भन्ने गरिएको पाइन्छ । अहिले पनि बौद्धधर्म अनुसार सम्यक् दानमा दान दिनका लागि तयार पारिएको तेलमा पकाएको रोटीलाई नेवारहरूले सूमढी भन्ने गर्दछन् । त्यस्तै नै खाना पकाउने प्रक्रियाअन्तर्गत तेलमा तरकारी झ्वाँईँ गरी पकाउने बेलामा तेल डढेको गन्धलाई नेवारहरूले ॅसूनवः’ भन्ने गर्दछन् । त्यस्तै नै नवजात शिशु जन्माउन सुत्केरीलाई तेल लगाउन पुगेन भने ॅबुयसुये मगाम्ह’ भन्ने भाषिक बोली छ ।  सुकुन्दाको गर्भमा राखिएको  तेलमा डुबाईराखेको सानो डाडु, चम्चा वा आचमनी जस्तोलाई नेवाः भाषामा सुमिचा भन्ने गरिन्छ ।

       तेल राख्ने भाँडोलाई चिकंथल र पूजा सामाग्री राखेर पूजा गर्ने थालीलाई नेपालभाषामा पुजाभू भने जस्तै यसलाई पनि त सुथल वा मतच्याःथल भन्नु पर्ने हो तर त्यसो नभनिकन सुकुन्दा नै भन्नुको ठूलो महत्त्वपूर्ण अर्थ रहेको छ । ॅसु’ अर्थ प्राचीन नेवाःभाषाको तेलबाट आएजस्तै ॅकुन्द’ संस्कृत भाषाको कुण्ड (गोँसाईकुण्ड, सरस्वतीकुण्ड, यज्ञकुण्ड आदि) बाट आएको शब्द हो । ॅकुन्द’ शब्द संस्कृतको ॅकुण्ड’ शब्द अपभ्रंश भइ निर्माण भएको प्रतीत हुन्छ । तेलको पवित्र कुण्डको रूपमा सुकुन्दा रहेको छ । हुनतः सुकुन्दामा अङ्गित इतिहास एवं कला र दर्शनले सुसम्पन्न सुकुन्दा सनातनी धर्म, संस्कृत एवं नेवाः दर्शन आदिले सम्पन्न पवित्र सुकुन्दालाई पवित्र तीर्थका रूपका आत्मसात् गरेरै हाम्रा पुर्खा, गुरु वा आचार्यहरूले सामाजिक, सांस्कृतिकरूपमा अति सुहाउँदो शुभ नामकरण गरिदिए ।

     कुण्डको रूपमा सृजना गरिएको सुकुन्दा प्राचीन नेपालको उत्पत्तिस्थल कालीदहको रूपमा सर्जकहरूले परिकल्पना गरिए अनुसार यसमा राखिने तेललाई कालीदहको जलाशय रूपमा लिएको देखिन्छ । प्रतीकात्मक रूपमा नेपालमण्डलको स्वरूपमा यसलाई तयार पारिएको प्रतीत हुनजान्छ । यसरी हेर्ने हो भने यसलाई पूर्णकलशको रूपमा पनि मान्न सकिन्छ । सुकुन्दा पूर्ण कलशकै रूपमा मान्य भएतापनि यसमा पानी राख्न आवश्यक छैन, आवश्यक मात्र हैन यसमा पानी हाल्नै हुँदैन । सुकुन्दामा बत्ती बालिने भएकाले यसमा पानीको प्रयोग गरिदैँन । पानी र आगो विपरित शक्ति हुन्, यी दुई शक्ति कुनै पनि अवस्थामा सँगै बस्दैनन् ।  

सुकुन्दाको पृष्ठभागमा नागको छत्र रहेको हुन्छ । कलात्मकता देखाउनको लागि सुकुन्दामा छत्रको प्रयोग गरिएको पाइन्छ । नागहरूको संख्या पाँचदेखि एघारवटासम्म हुने गर्दछ, संख्यामा त्यो भन्दा माथि पनि हुन सक्दछ । नागलाई जलस्रोतको रक्षकको रूपमा पूजा गर्ने चलन नेपाल उपत्यकामा प्रचुर मात्रामा चलिआएको पाइन्छ ।  सुकुन्दामा नागहरू हुनुको अर्थ पानी हो । कलशमा पानीको प्रतीकका रूपमा नै छत्रको रूपमा नाग राखेर सुकुन्दाको सृजनाकारले सुकुन्दाको शोभा बढाएको हो ।

नेपालमण्डलको भूगोल प्रतीक

      सुकुन्दाको कलात्मक स्वरूपको गुहृयतालाई सूक्ष्मरूपमा गहिरिएर हेरिएमा सुकुन्दाको प्रतीकात्मक अर्थ धार्मिकदृष्टिले नेपालमण्डलको भूगोल हो भन्ने आशय दर्शाउँछ । यस विषयमा अध्ययन गर्नुहुनुे अध्ययनकर्ताहरूको भनाइमा अझ यसको संक्षिप्त रूपमा भनेको स्वयम्भूपूराण अनुरूप मानिएको छ ।  

नेपाल उत्पत्ति किंवदन्ती विषयको परिचायक

      अध्ययनकर्ताहरूको मतअनुसार सुकुन्दाले प्राचीन नेपाल उत्पत्ति किंवदन्ती विषयको प्रतिनिधित्व गर्छ । नेपालमण्डल उत्पत्तिबारे स्वयम्भूपुुराणमा लेखिएको विषयवस्तुलाई आत्मसात् गरेर कुशल एवं भावुक कलाकारले सुकुन्दा सृजना गरेको देखिन्छ । पुराणकथामा तथागत गौतम बुद्धले यस धर्तीमा अवतरण गर्नुभन्दा धेरै कालअघिका बुद्धहरूमध्ये विपश्वी बुद्धले रोप्नुभएको कमलको बिउबाट दिव्य कमलको फूल हालको स्वयम्भूमा फुलेको खबर सुनेपछि ल्हासामा विराजमान रहनु भएका बोधिसत्व महामञ्जुश्री (प्राचीन नेपाल निर्माता) आफ्‌ना अनुयायी र पत्नीहरू मोक्षदा र वरदाका साथमा अलौकिक ज्योति दर्शन गर्न गोप्य मार्ग हुँदै ल्हासाबाट प्राचीन नेपालमा आगमन भएको प्रस· छ । भक्तपुरस्थित थाकलमठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) हालको चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालस्थित सुरुङ्कको द्वार गुफामार्गबाट नेपालमा आगमन भएको कुरा पौराणिक साहित्यका जानकारहरूले बताउँछन् ।  

ज्योतिरूप श्रीस्वयम्भूको दर्शन गरि कालीदहको पानी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँबायाँ रहेको पहाडमा वरदा र मोक्षदालाई राखी चोभार गल्छीलाई महामञ्जुश्रीले आफ्‌नो अस्त्र चन्द्रहाँस खड्गले प्रहार गरी पानी बाहिर जाने मार्ग खोलेको कुरा विभिन्न वंशावली र अनुश्रुतिमा समेत अत्यन्त व्यापक रहेको छ । यस अगाडि यहाँको विशाल दहको बिचमा सहस्रदलको कमलको फूल माथि अखण्ड बलिरहेको अलौकिक दिव्य ज्योतिरूपमा श्रीस्वयम्भू भगवान र नवनागराजाहरू समेतको वासस्थान रहेको भन्ने जुन पौराणिक घटनाको यथास्थिति यसै सुकुन्दाभित्रको गुᳮतामा देखिन्छ ।

        कालीदहको र चन्द्रहाँस खड्ग प्रहारबाट दहको पानी जाने निकास खोलेको कथा विषयलाई आकर्षित गर्दै कलाकारहरूले सुकुन्दाको तलको भाग सहस्रदलको प्रतीकमा कमलपत्रको बुट्टा अङ्गित गरे अनि यसको अग्रभागमा रहेको दलुपा अर्थात् दीयो राखिदिएको पाइन्छ । यो हो सहस्रदलपद्मको माथि अलौकिक ज्योतिरूप तेज छरिरहेको भन्ने अर्थ हो । यसै सुकुन्दामाथि नवनागराजहरूको मूर्ति अङ्गित गरी छत्रको रूपमा सुकुन्दाको शोभा वृद्धि गराइयो । हुन त यी नवनागहरूको मूर्ति सुकुन्दा भित्रै राख्नु पर्ने हो, तर पनि कलाशिल्पीहरूले व्यावहारिक रूपमा समाएर हिँड्न सहजता होस् भन्ने हेतुले दलुपाको पछाडि छत्र ओढाएर  सुकुन्दाको शोभावृद्धि गरिदिएको हुनसक्दछ । सुकुन्दाभित्र रहेको तेल निकालेर दलुपा राख्न एउटा सानो आचमनीजस्तो सुमिचा सुुकुन्दाको गर्भमा रहेको तेलमा डुबाई राखेको हुन्छ । सुकुन्दाको अभिन्न अङ्कको रूपमा रहेको यो सुमिचालाई वासुकीनागका रूपमा लिएको देखिन्छ ।

सुकुन्दा चन्द्रसूर्यको प्रतीक


     तन्त्रमा सुकुन्दालाई चन्द्रमा र सूर्यको प्रतीकको रूपमा पनि लिने गरिएको पाइन्छ ।  शैवतन्त्र र बौद्धतन्त्रको समन्वय रहिआएको नेपालमा धार्मिक सांस्कृतिक परम्पराअनुसार बच्चा जन्मेको सुतक चोख्याउने, इहि राख्ने, बाह्रा (सूर्यदर्श गराउने) राख्ने, चुडाकर्म, इहिपा (विवाह) संस्कार तथा यज्ञयागादि कर्म (यज्ञकर्म) एवं दीक्षाकर्म, पितृकार्यकर्म धर्मोत्सव कार्य लगायत विविध उत्सव कार्यमा समेत पूजा संकल्प गर्न सर्वप्रथम यहि सुकुन्दालाई अघि राखेर  हाम्रो कृत्य सम्पादन हुँदै आएका छन् । चन्द्र र सूर्यको प्रतीक मानिने सुकुन्दामा बालिने अग्निलाई सूर्यको अंशका रूपमा लिइन्छ भने तेललाई सोमको अंशका रूपमा लिने गरिएको पाइन्छ ।  

गणितशास्त्रको प्रमाणअनुसार अग्नि तीन प्रकारको देखाएको छ, यही तीन प्रकारको अग्निको संकेतरूपमा बत्ती बाल्ने दलुपाको आकार त्रिकोणकार गरिएको पाइन्छ । तन्त्रमा त्रिकोण भनेको योनिको प्रतीक हो ।  त्यसकारण कुनै पनि पूजा गर्नु अगाडि सुकुन्दालाई प्रतिष्ठापन गरि पूजा गरिएको हुन्छ । पोताय् (रेखी)ले त्रिकोण आसन बनाई सुकुन्दालाई राखिने गरेको पाइन्छ । यसरी त्रिकोणात्मक रेखाचित्रले र दलुपाले सुकुन्दाको प्रत्यक्ष सम्बन्ध तन्त्रसँग राख्दछ । यही त्रिविन्दुले इच्छाशक्ति, ज्ञानशक्ति र क्रियाशक्तिको प्रतिबिम्बन, सृष्टि–स्थिति–संहारको समेत प्रतिबिम्बन गर्दछ ।

अर्धनारीश्वरको प्रतीक  

सुकुन्दाको दलुपासँगै श्रीगणेशको मूर्ति रहेका कारणले वज्रयानको मतानुसार प्रज्ञा र उपायको (वज्रपद्मसमायोग) र शिववशक्तिस्वरूप अर्धनारीश्वरको प्रकृति र पुरुषको चिहृनका रूपमा राखेको हो । यसरी श्रीगणेश पुरुषको प्रतीक हो भने त्रिकोणाकार दलुपा (दियो) स्त्रीरूप हो । अगाडि त्रिकोणयन्त्राकृत दलुपा(दियो) र पछाडि नवनागमूर्ति रहेको सुकुन्दा कलशकै रूप हो । अर्को अर्थमा कलशाकृतिको अगाडि त्रिकोणायन्त्राकृति दलुपा नै श्रीगुᳮेश्वरी र त्यसको अगाडि आदिबुद्ध ज्योतिरूपको तेज जाज्वल्य भइरहेको प्रतीक स्वरूप दलुपामा बलेको दीप हो भन्ने मान्यता बौद्ध विद्वान्‌हरूले अगाडि सारेका छन् ।

पञ्चतत्त्वको परिचायक

सुकुन्दाको भित्री भागले जल, बाहिरी फूलेको भागले पृथ्वी, दियोले अग्नि, नागले वायु र गणेश स्वयंले आकाशको प्रतिनिधित्व गरिरहेको हुन्छ । जल, पृथ्वी, वायु, अग्नि र आकाशलाई पञ्चतत्त्व मानिन्छ ।

श्रीगणेशको अग्रपूजा


     सुकुन्दामा रहेको श्रीगणेशको मूर्तिले सबैलाई कुनै पनि कार्य थालनी गर्दा श्रीगणेशलाई अनिवार्य अग्रपूजा गर्नु पर्ने सन्देश प्रवाह गरिरहेको छ । श्रीगणेशलाई अग्रपूजा नगर्दा एक धुरन्धर तान्त्रिकलाई विघ्नबाधा आएर आपत् परेको आख्यान यहाँ वर्णन गर्नु उपयुक्त भएकाले  यहाँ स्मरण गराउँदैछु –

      ७ औँ शताब्दीतिरका मानिने ओट्ठियानचार्य नामक एक धुरन्धर तान्त्रिक कहीँकतैबाट हिमवत्‌खण्डको तपोभूमि नेपालमण्डलमा तीर्थयात्रा भ्रमणमा आएका रहेछन् । त्यस बेला उहाँले सूर्यासनविहार सन्निकर्षस्थल कच्छपालगिरि चोभार क्वयना चखुंतीबखुंति गुफाभित्र  बसेर  हेवज्रनैरात्माको पुरश्चरण गर्नुभएको रहेछ । उहाँले अनुष्ठान गर्दैगर्दा उहाँलाई भयङ्गर विघ्नबाधा वा मार आइरहृयो  । आफू स्वयं निपुण तान्त्रिक हुँदाहँुदै पनि आएका विघ्न मारलाई निराकरण गर्न असमर्थ सिद्ध भएपछि तान्त्रिक ओट्ठियानाचार्यले विघ्नविघ्नान्तभैरवको आराधना गर्नुभएछ । तान्त्रिक आचार्यको प्रार्थनानुसार भैरव प्रसन्न हुनुभई प्रकट भएर ओट्ठियानाचार्यसँग  आफूलाई आराधना गर्नुको कारणको सोध्नुभएछ । प्रसन्न भएका भैरवनाथले  विघ्नबाधा आउनुको मूल कारण ओट्ठियानचार्यले आफ्‌नो अनुष्ठान सिद्धिका लागि समस्त देवदेवीलाई अनुष्ठान स्थलमा आहृवान गरेको तर त्यहीँ रहेका स्थान गणेश जलविनायकलाई भने आहृवान गर्न छुट्टाएको कुरा बताएछन् । त्यसकारण जलविनायक रिसाउनु भएर कोप हुनुभई आफ्‌ना गणहरू द्वारा गुफाभित्रको अनुष्ठान स्थलमा भयङ्गर विघ्नबाधा उत्पन्न गराउनु भएको हो भन्ने पत्तो लागेपछि  विघ्नविघ्नान्तक भैरवले जलविनायकलाई आफ्‌नो पिठ्यूँमा आसन गरेर मालिकका रूपमा बोक्नुभएछ । आफ्‌ना नायक गणेशलाई सो अवस्थामा देखेपछि भैरवले सवार गरेको अवस्था अनुष्ठानमा विघ्नबाधा गर्न आएका जलविनायकका सबै गणहरू त्राहित्राहि भई भागेछन् । ओट्ठियानचार्यलाई विध्नबाधा गर्नहरूको स्वरूप अहिले पनि गुफाभित्रको भित्ताहरूमा देखिन्छ भन्ने भनाई रहेको छ । विघ्नविघ्नान्तक भैरवको आसनमा बसेको भएर जलविनायकलाई क्वइना गणेश हुन गएको भन्ने भनाइ  छ । त्यस घटनाको उपरान्तदेखि आजसम्म पनि सबैले आफ्‌नो कार्यसिद्धिका प्राप्तिकालागि सर्वप्रथम श्रीगणेशलाई अग्रपूजा गर्नुपर्ने परम्परा र संस्कृति कायम भइ चल्दै आयो । यसै घटनाक्रम वा आख्यानकै कारण कलाकारले सुकुन्दामा श्रीगणेशको मूर्ति राखेर जनमानसलाई कुनै कार्य शुभारम्भ गर्दा गणेश पूजन गर्न अनिवार्य छ भन्ने सन्देश प्रदान गरेको हुनसक्छ ।  

        संस्कार र संस्कृतिमा प्रयोग हुँदै आएको सुकुन्दाको प्राचीनस्वरूप अलि फरक रहेको बुझिन्छ । नेपालमण्डलमा महामञ्जुश्रीको आगमन भएपश्चात् नेपालको प्रतीकका रूपमा सुकुन्दाको विकास भएको भन्ने संस्कृति अध्येताहरूको भनाइ रहेको पाइन्छ । अहिले प्रयोग हुँदै आएको कलशमा सुमिचासहित भएको सुकुन्दा भने जयस्थितिमल्लले बनाएको प्रारूप हो भन्ने पनि यदाकदा सुनिन्छ । सुमिचा विशेष गरेर टुप्पोमा एउटा मानव शिर आकारमा बनाइएको हुन्छ त्यसैकारण यो सुमिचालाई  जयस्थितिमल्लको प्रतीक भन्ने मान्यता  रहेको भन्ने भनाइ समेत छ ।

उग्रगणेश

      सुकुन्दामा दुई सिंहसहित रहेका गणेश प्राचीन पौराणिक कालमा अनेकौँ युद्ध लडाइँ लडेका उग्रगणेश हुन् । युद्ध लड्ने सुँड बायाँतिर घुमेको वा फर्केको अवस्थामा रहेको सुकुन्दाको यो गणेश नेपालमण्डलवासी नेवाःहरूले पूज्दै आएको अलिबलि पूजा ग्रहण गर्ने तान्त्रिक गणेश हुन् ।

सुकुन्दा र मुकुन्दा

        सुकुन्दा विभिन्न ठूलासाना आकारको  पाइन्छ  तर सामान्य आकारभन्दा धेरै ठूलो आकारको अनि एउटा हातले समान गाह्रो हुने, दुवै हातले समाउनु पर्ने ठूलो सुकुन्दा जुन केही मानन्धर, उदाय समुदायको विवाहमा जन्तीको जाने बेलामा अग्रपंक्तिमा बोकेर लाने प्रज्वलित ठूलो सुकुन्दालाई ॅमूसुकुन्दा’ भनिन्छन् ।

      अहिलेको जस्तो पहिले विद्युत्‌को झल्मल्ल बत्तीको व्यवस्था नभएको समयमा नेवाः समाजमा नयाँ ज्वाईँलाई बत्ती देखाएर भित्र्याउने संस्कारमा प्रयोग गरिने सुकुन्दा आकार प्रकारकै तर अष्टनाग रहने स्थानमा कुनै सिंहकार मूर्ति भएको सुकुन्दालाई ॅमुकुन्दा’ भनिने गरेको रहेछ । अहिले धेरैलाई मुकुन्दाका विषयमा थाहा नभएको मात्र हैन मुकुन्दाको नामनै नसुन्ने धेरै नेवाःहरू पनि पाइन थालेका छन् । सुकुन्दा र मुकुन्दा अलकापुरीका राजा देवराज इन्द्रको ढुकुटीमा रहेको, धनका स्वामी कुबेर महराजको अमूल्य नौ निधिमध्यको एक निधि मुकुन्दा रहेको अनुश्रुति पाइन्छ ।

सुकुन्दाको प्रयोजन र संस्कारसँग सम्बन्ध

      नेपालमण्डलवासीहरूको विविध पूजाआजामा अनिवार्य भइरहेको सुकुन्दा† जन्म, मृत्यु तथा विवाह आदि विभिन्न संस्कार र यज्ञ आदि धार्मिकोत्सवमा अनिवार्य रहेको छ । एवम्‌प्रकारले यहाँ संस्कृतिको अस्तित्वको रूपमा यसले आफ्‌नो दिगो स्थान ओगटेर आएको छ, यसैले विविध संस्कारसँग सुकुन्दाको घनिष्ठतम सम्बन्ध रहेको छ । सांस्कृतिक तथा सामाजिक प्रयोजन दुवैमा समानान्तर महत्त्व रहेको सुकुन्दाको विशेष स्थान रहिआएको छ । शाक्तोपासक नेवाःहरूको हरेक शुभकार्य, पूजा तथा पितृकार्य समेतमा अनिवार्यताका साथ नभई नहुने यो सकुन्दा सामाजिक कार्य र सांस्कृतिक र्‍यालीदेखि अहिले विभिन्न मञ्चहरूमा समेत देख्न थालेका छन् । छोरी चली विवाह गरी पठाउँदा दाइजोमा सुकुन्दा दिने परम्परा छ यहाँ । आजभोलि उत्सवपर्वहरूका सुकुन्दा र्यालि गर्ने चलन चल्दै गएको छ । कुनै पनि किसिमको कार्यक्रममा कार्यक्रमको उद्घाटनमा पानसमा बत्ती बाल्न कलात्मक सुकुन्दा बालेर गर्ने परम्परा  चलेको छ ।

उपसंहार  

     तन्त्रप्रधान नेपालमण्डलको नेवाः सभ्यताको  मौलिक पहिचान तथा सभ्यताको अन्वेषण सुकुन्दाको मौलिकतालाई कहिँकतैबाट असर पर्न दिनुहुन्न र यसको मौलिकतालाई कालान्तरसम्म यथास्थितिमा राख्नुपर्छ । यसतर्फ नेपाली संस्कृतिप्रेमी समग्रले सचेत रहनुपर्ने देखिन्छ । अस्तु ।  

सन्दर्भ सामग्रीसूची

१. हेमराज शाक्य, नेपाल – संस्कृतिया मूलुखा

२. विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखरचनाहरू

Monday, March 10, 2025

क्षमा पुजा तथा पञ्चकुमारी पुजा सम्पन्न ।

 

क्षमा पुजा तथा पञ्चकुमारी पुजा सम्पन्न ।



हे दुर्गे कलङ्के मम किमपि न कर्तुं शक्तिरस्ति
त्वं कर्त्री कारयित्री च भवसि सदा मे गतिश्च।
त्वद्भक्तिं याचमानो विनयपरतया त्वां नमामि
त्वत्कृपया सर्वमेतत् तव चरणयुगे चार्पयामि॥
(हे दुर्गे कलंकी ! मसँग केही गर्ने शक्ति छैन ।  तिमी नै कर्ता र कारक हौ, सधैँ मेरो गति पनि। तिम्रो भक्ति माग्दै विनयपूर्वक तिमीलाई नमस्कार गर्छु । तिम्रो कृपाले यो सबै तिम्रै चरणमा अर्पण गर्छु।)

श्री ३ कलङ्की माई (श्री ३ कल्खु अजिमा) भगवती र पूज्य आगम गुरुदेवका चरणमा सहस्र वन्दना गर्दछु ।
       
क्षमा पूजा र क्षमा पुजा  गर्नुको कारण
         २०८१ माघ १० गते बिहिवारको मध्यराती १२:४९ बजे मन्दिरको दक्षिणपट्टी  रहेको घण्टीसँगैको काठको बार भत्काएर मानसिक सन्तुलन गुमाएको जस्तो हुलिया देखिने एक अपरिचित qव्यक्तिले मन्दिर भित्रको सानो दानपेटिका फुटाएर मन्दिरभित्र माताकै सामु बसेर अनेक किसिमका हर्कत गरेको घट्नालाई लिएर श्री कलंकी मन्दिर समिति तथा समाज सुधार संस्था एवं समस्त भक्तजन परिवार कलंकी मन्दिरको आयोजनामा यहि फागुन ७ गते बुधबार फागुन कृष्ण सप्तमी  (नेपाल सम्वत ११४५ सिल्लागा सप्तमी) का दिन  मन्दिरकै ढोका सामुने विशेष तात्रोक्त हवन गरि क्षमा पुजा एवं पञ्चकुमारी पुजामा  सम्पन्न भएको छ ।


माघ १० गते राती  भएको घटनाको सविस्तार
         मन्दिरमा  माघ १० गते राती भएको त्यो घट्नाबारे सविस्तार हेर्दा -
      म पंक्तिकार  मन्दिरमा मेरो दैनिक पुजा कर्म ( न्हिकं) गर्न जाने क्रममा प्रातःकालको ठीक २:५५  बजे  मन्दिरको ढोका उघार्दा मन्दिर भित्र दानपात्र फोडिएको दानपात्रको पैसा भुइँमा छरपस्ट अजस्थामा देखिएको । भित्रको अवस्था देखे।पछि म भित्र प्रवेश नगरी तत्काल मन्दिर समितिका अध्यक्ष लगायत पदाधिकारी एवं प्रहरीलाई खबर गरेर ३:२० सम्ममा सबै भेला भए पछि मात्र प्रहरीको उपस्थितिमा हामी भित्र प्रबेश गरेको। हामी भित्र पसेर भित्रको अवस्थााई चारैतर्फ अवलोकन गर्दा  सानो दानपात्र फुटालीएको ठूलो दानपात्रको बाहिरको ताल्चा फोडिए पनि भित्रि ताल्चा फोड्न सकिएको भने देखिएन ।  दानपात्र मन्दिरभित्र राख्ने गरेको पानी खोल्ने रडसाँचोले फोडेको देखिन्थ्यो । ठूलो घण्टा अगाडि मानव मल देखिन्थ्यो तर पनि देवीदेवताको शिला मूर्तिर गहणामा भने कुनै क्षति गरेको देखिन्दैथ्यो ।
       भि‍त्र मानव मलमूत्र देखिएर मन्दिर  बिटुलोअवस्थामा देखे पछि   बिटुलो अवस्थाको मन्दिरलाई  पानीले नपखाले सम्म मन्दिरमा पूजा गर्न कुनै भक्तजन प्रवश गर्न नदिन तत्काललाई मन्दिरको ढोका बन्द राख्ने निर्णय हुन्छ । 
        बिटुलो अवस्थाको मन्दिर सफागर्न  वडा अध्यक्षलाई भनेर काठमाण्डौ महानगरपालिका बाट जेट मगाउने कुरा हुन्छ । जेटनै मगाएर मन्दिर  सफा गर्ने कुरा भए पछि म लगायत हामी भित्र रहेका सरसामानहरु बाहिर उसार्न थाल्यौं । उपस्थित केही प्रहरी भने मेरो मोबाइलमा सिसि क्यामराको फुटेजमा मन्दिर फोड्ने ब्यक्तिको पहिचान गर्ने प्रयासमा व्यस्त थिए । तर मोबाईलमा देखिने  फुटेजमा ब्यक्तिको पहिचान थर्न नसिएको र सि.सि. क्यामराको मनिटर चलाउन नजानेकाले बिहान ९ बजेतिर सिसि क्यामराको प्राविधिक जानकराई बोलाएर राम्रो संग हेरौला अहिले हामी जान्छौ भन्दै एउ्टा प्रहरी भ्यान र एउटा घुमुवा प्रहरी बाईक फर्केर गयो । एउटा  प्रहरी भ्यान र त्यसको दुई प्रहरी जवन भने गएको थिएन ।


मन्दिरको काठको झ्याल फोडेर भित्र गएर उत्पात मचाउने भित्रै लुकेर बसैको थियो तर एक घण्टा सम्म पनि उसलाई कसैले देखेन !
      म पंक्तिकारले भित्रको सामान बाहिर ओसार्ने क्रममा ठूलो घण्टा पछाडिको कुनामा एउटा कालो झोला देखेर यो झोला मैले राखेको हैन कसले राख्यो होला भन्दै जब मैले झोला निकाल्न मेरो हात त्यसमा  स्पर्श जब भयो मैले आफ्नो हात कुनै नागको शरिरमाथी परेकोको जस्तै महसुस गरें । म झस्कें राम्रो,संग नियाल्ने प्रयास गरें , पहिलो प्रयासमा मैले मानीसको अनुहरा मात्र देखें मेरो आङ सिरिङग भयो । पुनः राम्रो संग हेर्ने प्रयास गरेै  मानिस नै त्यहाँ लुकेर बसकेो रहेछ , म चिच्या ए .. यहाँ मानिस लुकेको छ !
        म चिच्याएको सुनेर मन्दिरको ढोका बाहिर भए रहेका दुई प्रहर समेत ह्वारर भित्र तल झरेरे हेर्न आए । सब‌ै अचम्मित भए ! करीब एक घण्टा सम्म पनि हामी कसैले त्यहाँ कोही लुकेको नदेखेकोमा सबै अचम्म नै भए । प्रहरीले ती लुकेको युवालाई बाहिल आउन भने तर उ आएन सैन्दिप सापकोटा भाईले बल गरेर तानेर घिसारेर निकालेर एकलाट हानी हाले  ।  त्यसलाई समातेर बाहिर लगेर प्रहरी लगायत सबैले नियालेर हेर्दा उनको शरीरमा मानव मल देखीएको अनुहार लट्ठ देख्थ्यो  उनको अवस्था हेरेर प्रहरी लगायत उपस्थित सबैले यस्तालाई के कार्वाहि  गर्ने छाडिदिनु  भन्नथाले नभन्दै त्यसै छाडिदिए पनि ।
     म पंक्तिकार , मचाकाजी महर्जन दाइ  र सन्दिप सापकोटा भाई भने मन्दिर सफा गर्दै थिएँ । जेट आएर कहिले सफा गर्ने ढिलाइ हुन्छ भक्तजनहरुलाई पूजा गर्न रोक लगाउन हुन्न मन्दिर समितिका अध्यक्ष श्री लक्ष्मण अधिकारीजीले भन्नथाले  । अहिले नै सबै मिलेर पानील सफा गर्ने अनि सानो क्षमा पुजा गर्ने भन्दै पूजारीलाई नरिवल लगायत प्रशाद चढान श्री कलंकी पूजा सामाग्री पसल खोल्न फ‍ोन गर्न थाले । त्यतिबेला सम्म  मन्दिर समितिका उपस्थिथत अन्य सबै पदाधिकारीहरु घर फर्किसकेका थिए त्यसैले सबैलाई पुनः फोन गरेर तत्काल क्षमा पूजा हुने जानकारी दियो।  करीब ६:०० बजे अध्यक्षज्यूबाट क्षमा पुजा संकल्प गराई पूजारीबाट क्षमा पुुजा सम्पन्न गरीयो तत्पश्चात म पंक्तिकार र संजिजिव भाईले पनि आफ्नो तान्त्रिक विधिबाट सरल क्षमा पूजा गरि अन्य भक्तजनहरुलाई पुजा गर्न खुल्ला गरियो।
        करीब ८:००.बजेतिर महानगरबाट पनि मन्दिर सफा गर्न जेट आई पुग्यो। मन्दिर हामी आफैले सफा गरि क्षमा पजा समेत गरीसकेकाले  मन्दिर बाहिरी भाग मात्र पानीको फोहराले हान्नलगाई सफा गर्न लगायौं ।
सि.सि. क्यामरामा कैद भएको दृष्यमा जे देखियो
        राती फुर्सदमा मन्दिर भित्रको र मन्दिर अगाडिको सिसि क्यामरामा कैड भएका दृष्यहरुको फुटेजमा हेर्दा  बिहान २:५५ बजे अगाडिको र पछाडिको फुटेज हेर्दै जान्दा म पंक्तिकारको शरीर।सिरिङ्ग हुँदै गए थियो ।  सिसि क्यामरामा कैड दृष्य अनुसार रातको ठिक १२:४८ मा ढुङ्गाले हानेर काठको आँखीझ्याल फोडेर १२:५० को समय मा त्यो युवक मन्दिर प्रवेश गरेको देखिथ्यो ।
       भित्र पसेर सानो चन्दा बाकस धाराको पानी खोल्ने साँचोले फोडेको , ठूलो चन्दाबाकसको बाहिरको साँचो फोडे पनि भित्रि ताल्चा खोल्न नसकेको । सानो बाकसको पैसा सबै भुइँमा छरपस्त गरेर पाँचको नोट बाहेकका ठूला नोट गोजीमा राखेको, छरपस्ट नोटमाथी मज्जाले सुतेको,   पटकपटक पल्टनबाजी खेलेको, ठूलो घण्टा अगाडि  मलमूत्र त्याग गरेको, माताको सामुने नै उभिएर अस्लिल हर्कत गरेको तथा तथा माताकै अगाडि  सुतेर अस्लिल हर्कत गरेको  ।
           जब म पंक्तिकारले बिहानको प्रथम प्रहरको २:५५ बजे मन्दिरको ढोकाको साँचो खोल्ने क्रममा आवाज सुनेर ठूलो घण्टा पछाडि  लुक्न गएको ,  प्रहरी एवं मन्दिर समितिका पदाधिकारीहरु ३:२० मा भेला भए पश्च्यात हामी भित्र पसेर चारै तर्फ सबैले अवलोकन गर्दा, बाकस फोड्न प्रयोग गरेर त्यहिं छाडिएको पानी खोल्ने साँचो मचाकाजि दाईले ठूलो घण्टा पछाडि  यथास्थान राख्दा, खरेटो र बाल्टी झिक्दा राख्दा, मन्दिर समितिका सचिव गोविन्द सरले चारै तर्फ मोईबालबाट फोटी खिच्दा, अध्यक्ष लक्ष्मण अधिकारीबाट निउरे ठूलो घण्टा कुनि हेर्दा समेत त्यहिं लुकेर बसेको त्यो युवकलाई देख्न नसकेको , त्यसलाई तान्ने क्रममा मचाकाजी दाई र प्रहरीले समेत मोबाइलको बत्ती बालेको देखिएको जबकी त्यो स्थानमा रात्रीको अन्य समयमा राम्रै उज्यालो हुने,स्थान थियो तर पनि त्यस समपमा त्यहा अलि अन्ध्यारो नै देखिन्थ्यो।।
        माताकै सामु त्यसरी अस्लिल हर्कत गर्दा पनि माताले हामी सबैको आँखा छोपेर  उत्पातीलाई  माताले लगभग  एकघण्टा हाम्रो रिस नथामे सम्म संरक्षण गरेको देखिन्थ्यो ।
क्षमा पुजाको प्रस्ताव
       मन्दिरको काठको आँखीझ्याल फोडेर भित्र गएर मल मूत्र त्यागेको माताकै सामु बसेर अस्लिल हर्कत गरेको सुन्दा सबै भक्तजनहरुको मनमा बेचैन थियो । सामाजिक मार्ग तर्फका रोमा श्रेष्ठ( चन्दा)  नाम गरेकी माताको एक भक्तले  आफ्नो बेचैनतालाई शान्त गर्न त्यस्तो उपद्रो गरेको छ।,  एउटा हवन  गर्नु पर्ने भन्ने आफ्नो मनसाय हामीलाई पोख्नु भयो ।  यदि हवन गर्ने हो भने तान्त्रिक लिधिवत क्षमा पुजा सहित गर्नु पर्छ । यस विषयमा अन्य भक्तजनहरु संग विचार बुझ्छु भनेर पठाएँ ।  हामीले यश विषयमा अन्य भक्तजन दिदिबहिनीहरु संग कुरा गर्दा हुन्छ गरौ  हवन सहित क्षमा पूजाको तयारी गर हामी सहयोग गर्छौ भन्ने सबैको सकरात्मक विचार पाएँ । सबै भक्तजनहरुले हवन सहित क्षमा पूजा गर्ने सहमती भएपछि हामीले त्यसको तयारी गर्न।थाल्यौं।

तान्त्रिक पूजा व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवार

         हवन सहितको क्षमा पुजामा पञ्चकुमारी समेतको पूजा गरि पञ्चकुमारीबाट जात्रा गर्ने वा नगर्ने भन्ने पर्चा गोलाप्रथाबाट  निकाल्न लगाई  माताको आज्ञा लिने तयारी सहित हामी क्षमा पूजाको तयारीमा लाग्यौ । पूजा मन्दिर समितिको तथा समस्त भक्तजन परिवारको आयोजनामा गर्ने  तथा पुजा तान्त्रोक्त विधिबाट सम्पन्न गर्न तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवारलाई दियौ । 

क्षमा पूजामा पञ्चकुमारी पूजा र पञ्चकुमारीबाट श्री कलंकी माताको खत जात्रा गर्ने वा नगर्ने भन्ने निर्णय समेत

    श्री कलंकी शक्ति पिठ प्राचीन पीठ हुँदा हुँदै पनि माताको कुनै जात्रा चलेको नभएका कारण अन्य पिठ देवीहरुको जस्तै माताको पनि एउटा खत जात्रा चलाउन पाए हुन्थ्यो भन्ने आधा दशक अगाडि देखि भक्तजनहरुको मनमा लागि रहेको थियो तर पनि कहिले नगरेको नभएको खत जात्रा गर्दा केही अनिष्ट पो हुने होकि भन्ने मनको एक कुनामा त्रास पनि थियो ।  त्यसैले पनि कसैले पनि   यसै विषयलाई लिएर कोहि पनि अघि सरेर नेतृत्व लिन  हिचकिचाई रहेको अवस्था थियो ।



       गएको पुस २० गतेको श्री कलंकी मन्दिर संरक्षण  तथा समाज सुधार संस्थाको नियमित बैठकमा माताको खत जात्रा चलाउने विषयको  आधिकारिक  प्रस्ताव समेत पेस भएर यश माताको खत जात्रा चलाउने वा नचलाउने भन्ने विषयमा आवश्यक प्रतिवेदन पेश गर्ने गरि एउटा समिती समेत गठन गरेको थियो तर पनि नेतृत्व लिन्दा अनिष्ट हुने होकि भन्ने त्रास मनमा।रहेकाले समितिको बैठक समेत बस्न सकिरहेको थिएन ।


         माताको खत जात्र गर्न हुने नहुने भन्ने विषयमा कसरी  निर्णय गर्न उपयुक्त  हुन्छ भनेर हामीले तन्त्र साधक गुरुहरु संग आवश्यक परामर्श लिने क्रममा गुरुहरुबाट यस्तो अवस्थामा कुमारी पूजा गरेर कुमारीको हातबाट खत जात्रा गर्न हुन्छ वा हुँदैन भन्ने गोला निकाल्न लगाई  निर्णय गर्न गराउनु शास्त्रगत उपाय रहेको भन्ने परामर्श पाएका थियौ । गुररुहरुबाट आएको सुझावलाई खत जात्रा विषयमा प्रतिवेदन पेश गर्न गठित समितिका पदाधिकारीहरुमा राख्दा एकल कुमारी बाट हैन पञचकुमारीबाट गराउने भन्ने कुरा हुन्छ तर कहिले गर्ने भन्ने आधिकारी निर्णय नआउदै  माघ १० गते मन्दिरमा त्यो घट्ना  घट्न गएको थियो । त्यसैले हवन सहितको क्षमा पुजामा पञ्चकुमारी समेतको पूजा गरि पञ्चकुमारीबाट जात्रा गर्ने वा नगर्ने भन्ने पर्चा गोलाप्रथाबाट  निकाल्न लगाई  माताको आज्ञा लिने तयारी सहित हामी क्षमा पूजाको तयारीमा लाग्यौ । पूजा मन्दिर समितिको तथा समस्त भक्तजन परिवारको आयोजनामा गर्ने  तथा पुजा चान्त्रोक्त विधिबाट सम्पन्न गर्न तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थापनको जिम्मा तन्त्र चर्चा परिवारलाई दियौ । 
         काठमाडौं उपत्यकाको शक्तिपीठहरूमा तान्त्रिक पूजा गर्ने परम्परा आचाजु(कर्माचार्य)हरूबाट हुने परम्परा अनुसार नै  उक्त क्षमापूजा  तीन जना आचाजुहरूबाट तन्त्रोक्त पञ्चकौमारीपूजा र  होम कर्म आयोजना हुने  तयारी सहित हाम्रो तयारी भएको थियो ।



पञ्चकुमारीहरुको छनोट
       पञ्चकुमारी पूजाको लागि हामीले सकेसम्म पाँचै वर्ग समुदायबाट कन्याहरु लिने तयारीका साथ आस्ना महर्जन, रिडिमा सुवेदी,   सुबु   थापा,  श्वभ्या श्रेष्ठ र फूलमाया तामाङ् छनोट गर्यौ सबै कन्याको अभिभावकले आफ्ना छोरीलाई कुमारी पूजा गरेमा हन्छ पनि भने तर पछि श्वभ्याको अभिभावकले कुमारी पूजामा आफ्नो छोरी नपठाउने जानकारी दिएका कारण पुनः अर्को कन्या  पिन्सिका श्रेष्ठलाई छनोट गरीयो । पूजा तीन दिन अगाडि छनोट पञचकुमारीहरुको वस्त्र सिलाउन नाप पनि लियौ । पञ्चकुमारीहरुको बस्त्र डिजाइन  अनिता खड्का रायमाझीले गर्नु भएको थियो ।

फागुा ७ गते बुधबार फागुन कृष्ण सप्तमि( ने.सं. ११४५ सिल्लागा सप्तमी)मा   क्षमा पूजा सम्पन्न


     पूर्व निर्धारित समय अनुसार ागुन ७ गते बिहान ९ :०० बजे देखि हवनका लागि मन्दिरकै ढोका अगाडि  हवनकुण्ड तयार  गरीयो । पञ्चकुमारीहरुलाई श्रृङ्गार गराउन छनोट भएका कन्याहरु कलंकी ब्यूटि पालवरमा उपस्थित हुने क्रम भयो फूमाया तामाङ समयमा पस्थित भएको नदेखिएकाले बसेको् डेरा कोठमा लिन गयो तर डेरा अन्यत्र सरेर गएको रहेछ । कन्या फूलमाया बाहेक अन्य छनोटभएका सबै  कन्याहरु श्रृङ्गारी सक्दा पनि फूलमाया आएन र सम्पर्क विहिन भएकाले  उसमको सट्टामा अन्य कन्याको खोजी गर्ने क्रममा प्रनिसा मानन्धरको कन्या व्यस्था भयो र श्रृङ्गारीयो  । पञ्चकुमारीले वस्त्र लगाई श्रृङ्गा भै सके पछि ११:११ बजे क्षमा पूजाको पूजा मचाकाजी महर्जन दाईको घरबाट डमरू बजाउदै  निस्केर  ११:१६ बजे मन्दिर प्रवेश भयो ।


गुह्य आगंम पूजा समयमा दिक्षित व्यक्ति पनि  अनिवार्य न्यास लिएर मात्र  मन्दिर भित्र प्रवेश गर्नु पर्न व्यवस्था
        १२:२५ बजे दिक्षित व्यक्तिहरु  मात्र बसेर  आगंम पूजा  सुरु भयो आगंम पूजा तथा अन्य तान्त्रि गुह्य पूजा समयमा दिक्षित बाहेक अन्यलाई प्रवेश निषेधित गरिएक‍ थियो । विशेष तान्त्रिक पूजाहरु विशेषता नै गुह्य हुने भएकाले अन्यले हेर्न नसक्ने गरि मन्दिरको चारै र ढोकामा रातो कपडाको पर्दा राखिएको थियो ।   गुह्यआगम पूजाको  भइरहेको समयमा दिक्षित व्यक्ति मन्दिर भित्र प्रवेश गर्दा  अनिवार्य न्यास लिएर मात्र प्रवेश गर्नु पर्ने व्यवस्था  तान्त्रिक पूजा व्यवस्थापनले गरेको थियो । मन्दिरको चारै तर्फ पर्दाले घेरेर आगंम पूजा सम्पन्न भए पछि   हवन सुरुगरी करीब  .... बजे  आयोजक तर्फबाट  कोपशान्तिका लागि क्षमायाचना र सदैव कृपा र वात्सल्य बक्सनुहुने अभीष्ट राखी क्षमापूजा  गरिएको थियो ।
पञ्चकुमारीबाट माताको खत जात्रा गर्न नमिल्ने निर्देशन
      पञ्चकुमारीबाट गोला निकाल्न लगाउदा पहिलो र दोस्रोले माताको खत जात्रा गर्न हुन्छ भन्ने निकाल्नु  भयो भने तेस्रो, चौथो र पाँचौं कुमारीले माताको खत जात्रा गर्न हुन्न भन्ने लेखिएको गोला निकालेर माताको खत जात्रा गर्न नमिल्ने निर्णय सहितको  श्री श्री श्री कलंकी माताको आज्ञा भयो ।  त्यस पछि करीब ... बजेतिर  उपस्थित सबै भक्तजन समेतबाट पूर्ण आहुति दिई पूजा सम्पन्न  गरिएको थियो  । उक्त पूजा आचागजु गुरु जयबागीश्वरीका पुजारी श्री हंसराज कर्माचार्य, त्यस्तै भक्तपुर तलेजुका आचाजु पुजारी गुरु  श्री यज्ञमान कर्माचार्य  र बाग दरबार तलेजुका पुजारी गुरु श्री ..... कर्माचार्य समेतबाट क्षमा पूजाको अनुष्ठान  सम्पन्न  भएको थियो ।
        
अन्तमा : गर्ने गराउने उनै भगवती शक्तीश्वरी हुनुहुन्छ, हामी त निमित्त मात्र हौँ । उहाँकै कृपाले यो सबै भयो, उहाँकै इशारामा हामी नाचिरहेछौँ । उहाँको पाउमा नै यो सबै कर्म चढाउँछु । उहाँकै प्रेरणाले यो सबै गर्न सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद टक्राएँ । श्री श्री श्री भगवती देवी जननी जयति। श्रीशक्तिंवन्दे जगत्गुरुम् । रक्ष रक्ष कृपां कुरु !

                                     ~ प्रकाशमान शिल्पकार















Wednesday, August 7, 2024

"गुंला पर्व " को संक्षिप्त परिचय

 

"गुंला पर्व " को संक्षिप्त परिचय

      नेपाल सम्वत अनुसारको दशौ  महिना ( श्राष्णकृष्ण पक्ष) मा काठमाण्डौ उपत्यका भित्रका बौद्ध धर्मालम्बीहरुले महिनादिन भरी चैत्य दर्शन गर्न नामसंगिित पाठ गर्दै पदयात्रा गर्ने पर्वलाई " गुंला पर्व" भनिन्छ । विक्रम सम्वत अनुसार हेर्ने हो भने यो पर्व श्रावण शुक्ल प्रतिपदाको दिनबाट सुरु भइ भाद्र शुक्ल प्रतिपदाको दिन समापन हुने नेवाः समुदायको  एक प्राचिन विशेष पर्व हो ।
गुंलाको शाब्दिक अर्थ
      चान्द्रमास अनुसारको नेपाल सम्वतको १० अौं महिनाको नामनै  गुंला हो । नेपाल भाषा( नेवाः भाषा)मा "गुं"को शाब्दिक अर्थ नवौं तथा जङ्गल हो भने " ला" को अर्थ महिना हो । यसरी "गुं" शब्द र " ला" शब्द मिलेर "गुंला" बनेको हो । यश गुंला महिना भरी बौद्ध धर्मावलम्बीहरुले भगवान बुद्धको विहार, चैत्य, वहिहरुमा पुजा, स्तुति गरी मनाउने पर्व भएर नै यश पर्वको नाम नै " गुंला पर्व " रहन गएको हो भन्ने प्रष्ट नै देखिन्छ  ।
गुंला पर्व सुरुवाट
        यो गुंला पर्व राजा बिक्रम देवले शुरु गरेका थिए भन्ने मान्यता रहेको छ ।
इतिहास तथा सांस्कृतिक पक्ष
       परापुर्वकालमा नेपाल मण्डल एक दह थियो । जसको नाम "नागदह" थियो । यस दहमा बिपासु बुद्ध आउनु भएर कमलको फूलको बीउ छर्नु भएको थियो । यस दहको बिचमा एक सुन्दर कमलको फूल फुले जुन एकदम सुन्दर तथा बिचित्रका थिए । यस कमलको फूलबाट धर्मधटु ज्योति  निस्केको थियो । यो दृश्य हेर्नेहरुको घुइचो नै लाग्ने गर्थ्यो । यो एक त्रेतायुग मै सृष्टि भएको स्वयम्भूनाथको(सिंगु महाचैत्यको) अलौकिक शक्ति थियो । तथागत बिश्वभू आएपछि महामञ्जुश्री तिब्बतको ल्हासाबाट करिब ५००० जना शिष्य सहित सुरुङ्ग मार्ग भै नेपाल आएका थिए । त्यहाँबाट आफ्नो दुई श्रीमतीहरु बरदा र मोक्षदासंग हालको चोभारमा गई उहाँले आफ्नो चन्द्रहाँस खड्कले चोभारको डाँडो काटेर सम्पुर्ण पानी बाहिर पठाए । जुन कमलको फूल बिस्तारै पश्चिम तिर सर्दै हालको स्वयम्भूमा गै स्थापित भए । तसर्थ स्वयम्भू सिंगु)नै नेपाल मण्डलको पहिलो भू स्थान हो । स्वयम्भू भन्नाले "स्वयम" र "भू" मिलेर स्वयम्भू भएको हो जस्को अर्थ स्वयम् सृष्टि भएको भूमी हो । यसरी सृष्टि भएको भूमिको नाम मञ्जुपाटन रहन गयो भने धर्माकर भन्ने ब्यक्तिलाई पहिलो राजा बनाए । यसरी बनेको मञ्जुपाटनमा अवस्थित ज्योतिरुप स्वयम्भूमा आफ्नो धर्म "धम्म"को शुरुवात गर्नु भयो । जसलाई "चैत्य सेवा" भनिन्छ । यसै चैत्य सेवालाई नै गुंला धर्म भनिए ।
         भक्तपुरमा रहेको १७ वटा विहारहरुमा गुंला पर्वका दिन एक महिना गुंला बाजा बजाइ प्रार्थना गर्ने गर्दछ भने महिनाको चार बुधबार चार बुद्ध चिन्ने भनेर चार बुद्ध भूमी (नम बुद्ध, बज्रयोगिनी, स्वयम्भू र रातो मच्छिन्द्रनाथ) को समेत दर्शन गर्ने गर्दछ । यो महिना पानी पर्ने भएकोले यस झरीलाई गुंला झरी भनिन्छ । GR Ranjit
         गुँला   अविधिमा विशेष गरि स्वयम्भू महाचैत्यमा १ महिना मेला लाग्ने गर्दछ। गुँला धर्म भरी काठमाडौका मुख्यत ३२ टोलबाट विभिन्न बाजागाजा सहित हरेक दिन स्वयम्भू महाचैत्यको दर्शन गर्न आउने प्रचलन रहेको छ। यस बखत विशेष गरि गुँला बाजा बजाइन्छ, अर्थात् धाँ बाजा बजाइन्छ।यस महिनामा पर्ने विभिन्न तिथीहरुमा काठमाडौबाट मात्र नभइ उपत्यकाको विभिन्न ठाउँबाट पनि बाजा सहित स्वयम्भू दर्शन गर्न आउने प्रचलन रहेको पाइन्छ।पाटनबाट स्वयम्भूमा नौबाजा सहित दर्शन गर्न अझैपनी आउने गर्दछन् भने गुँला बेला धाँ बाजा सहित मुहाली, न्यकु ( सिङ्गबाट बजाइने एक किसिमको बाजा) आदि पनि बजाउने गरिन्छ।यसै गरि ज्यापू समुदायले भने धिमे बाजा र दाफा बजाउने गर्दछन्। यसरी स्वयम्भूको दर्शन गरिसकेपछी, सेतो मछिन्द्रनाथको पनि दर्शन गर्नपर्ने मान्यता रहेको पाइन्छ।
गुँला दान धर्म गर्ने महिना पनि
         गुँला धर्मको अविधिमा मनाइने एक मुख्य पर्व भनेको पञ्जरा हो। पञ्चदानको नामले पनि चिनिने यस पर्वमा बज्राचार्य तथा शाक्य समुदायका व्यक्तिहरुले दान लिने गर्दछन्।यस पर्वमा धान, चामल, गहुँ, केराउ, मकै, नुन, पैसा, फलफूल आदि दान गरिन्छ। उपत्यकाको तीनै सहरमा यो पर्व मनाइएता पनि ठाउँ अनुसार फरक दिनमा मनाइने गरिन्छ।

स्वयम्भू महाचैत्यको छायाँ हेर्ने रात गुँलामा पर्छ

         काठमाडौमा स्वयम्भूमा छायाँ हेर्ने रात पनि यहि गुँलाकै अविधिमा हुने गर्दछ।  पञ्जराको ठिक अगाडि भाद्रकृष्णपक्ष द्वादशिको रात विशेष गरि दक्षिण ललितपुरका मानिसहरु आफ्नो घरमा सो वर्ष कसैको मृत्यु भएको छ भने स्वयम्भूमा बत्ति बाल्न आउने प्रचलन छ, र रातभरी त्यहिँ बस्ने चलन छ।  यश रातलाई जुगः चाः भनिन्छ । यश दिन युग पल्टने दिन भएकाले नेवाः समाजले जुगःचाः भनिन्छ । यश रात म‌ौसमले साथ दिएमा आकाशमा स्वयम्भू महाचैत्यको छायाँ दर्शन गर्न सक्ने छ ।
गुँला महिनामा मनाउने अन्य पर्व

         गुँला धर्मकै अविधिमा मनाइने अर्को पर्व भनेको ` बहि द्य: ब्वयेगु´ हो। यो पर्व गुँलाथ्व पुन्हीको (जनै पुर्णिमा/ क्वाती पुन्ही) भोलिपल्टबाट ३ देखि ८ दिन सम्म मनाइन्छ। यस अवसरमा विभिन्न बहालमा अरु बेला नदेखिने गरि राखिने दिपंकर बुद्धका ठूला मुर्तिहरु, विभिन्न देवी देवताका मुर्तिहरु, पौभा तथा थाङ्का चित्रहरु र हस्तलिखित ग्रन्थहरु सर्वसाधारणलाई अवलोकन र दर्शन गर्नका लागि राखिन्छ। यसरी राखिएको मुर्तिहरु दर्शन गर्न विभिन्न समुदायबाट बाजागाजा सहित जाने गरिन्छ भने यसको दर्शन गर्न प्रत्यक्ष देवी श्री कुमारी माजुलाई पनि लाने गरिन्छ। यस बेलामा विशेषतः काठमाडौको भग्वानबहालमा सुनको अक्षरले लेखिएको सतसहस्रिका प्रज्ञापारमिता र इतुमबहालमा सुनको अक्षरले लेखिएको अष्टसहस्रिका प्रज्ञापारमिता पनि दर्शनको लागि राखिन्छ। जनश्रुती अनुसार यी पुस्तकको दर्शन गरेमा स्वर्ग जाने बाटो खुल्ने विश्वास गरिन्छ।

गुँला पर्व प्राचीन पर्व
       गुँला धर्म नेपाल मण्डलमा मनाइने प्राचीन पर्व मानिन्छ भने यसलाई विशुद्ध नेवा: पर्व मानिन्छ। नेपालभाषामा गु को अर्थ नौ, हुने भएकोले प्राय: मानिसहरु गुँला नवौं महिना हो भनेर झुक्किने गर्दछन्। यस पर्वलाई गुँला किन भनियो भन्ने बारेमा धेरै मतभेद तथा अख्यानहरु रहेको पाइन्छ। विभिन्न इतिहासकारका अनुसार गुँ भनेको नेपालभाषामा डाँडा हो, र ला भनेको महिना हो। यस समयमा भारी वर्षाका कारण बाढी, पहिरो आउने भएकोले त्यसो नहोस् भनी प्रकृतिको पूजा गरिने भएकोले गुँला भनिएको बताउँछन्। यसै कुरामा संस्कृतविदहरुका अनुसार श्री स्वयम्भू महाचैत्यको सेवा गर्ने प्रचलन आदिकाल देखि नै चल्दै आएकोले यस्तो तर्क नमिल्ने बताउँछन्।
      गुँला धर्मको अर्थ जे जस्तो भएता पनि गुँला धर्म नेवा: समुदायमा मनाइने विभिन्न पर्वहरु मध्ये एक अति नै महत्वपूर्ण रहेको छ। यसलाई बौद्ध नेवा:हरुले मात्र नभइ सबैले मनाउने गर्दछन् र यो धार्मिक सहिष्णुताको एक अनुपम नमुना पनि हो ! Frannkey Franz
गुँला धर्मको मर्म नबुझ्ने , मर्म बुझ्न नचाहने र बुझेर पनि नबुझे झै गर्नेहरुले गुँलाको अर्थमा अन्यथा अर्थ लगाउदै  नेवाः धर्म र पर्वमा खीसी गर्नु सामाजिक अपराध हो ।
@ लेखन स्रोत सामाग्री GR Ranjit र Frannkey Franz को फेशबुक वाल।

Wednesday, March 27, 2024

" हर हर भेडा घाँस खा " र भ्याःचा द्यः)

 " हर हर भेडा घाँस खा " र भ्याःचा द्यः

       


काठमाण्डौ उपत्यकाको परम्परागत वस्तीहरुको बाटो, दोबाटो चोबाटोमा लाम्चो ठेच्चो गरि विभिन्न आकार प्रकार ढुङ्गाहरु हामी देख्न सक्छौ  । टोल सुधार तथा विकासको क्रममा बाटोमा आधुनिक ढुङ्गा, इँटा बिछाउने वा कालोपत्रे गरे तापनि ती पुराना ढुङ्गाहरु यथावत नै राखेका देख्न सक्छौ । कारण हुन तन्त्रबाट निर्मित नेपालमाण्डल वासीले ती ढुङ्गाहरुलाई विभिन्न भैरवनाथ( आजु)तथा अन्य देवीदेवताका रुपमा अति आस्था र विस्वासले  पुज्दै आउनु हो ।  बाट‍मा भएका कतिपय त्यस्ता भुईदेवताहरु सडक विस्तार र सडक विकसले खाईसकेका  अवस्था पनि छ । तर पनि कयौ त्यस्ता भूईदेवताका रुपमा रहेका विभिन्न देवताहरु आज पनि बाटो बाटो, दोबाटो चौबाटोमा देख्न सकिन्छ ।

        यहाँका रैथानेहरुले भुइँ  देवताका रुपमा पुज्दै मान्दै आएका ती भुई देवताहरु मध्य एक " हर हर भेडा घाँस खा "वाक्य संग सम्बन्धित एक तान्त्रिक देवता हुन् " भेडासिं देवता जसलाई रैथाने नेवाःरु भ्यांःचा द्यः भनेर पुज्ने भूईदेवता पनि एक हो ।

        नेपालमण्डल कान्तिपुर नगर भित्र मध्यभाग/ काठमाण्डौ महानगरको  साविक २५ को हाल २४ वडा  अन्तर्गत पर्ने पूर्वमा जनबहाल( केलटोल)., पश्चिममा किलगाल(किलाघः) टोल, उत्तरमा ख्यूलँ- थायेमदू ( बाङ्गेमुढा) र दक्षिणमा  इराकी मस्जिद( इराकी बजार) तथा वँघः( ईन्द्रचोक) यति चार किल्ला भित्रको भेडासिं भन्ने नामकरण रहेको स्थानको ठीक चौबाटो सडकको खाल्डो भित्र रहेको भेडाको शिर आकारमा रहेको ढुङ्गाको मूर्ति नै भेडासिं देवता अर्थात  भ्पांःचा द्यः हो । यसै भूई देवताको नाम बाट नै सो स्थानको नामकरण भेडासिं भनिएको हो । आज पनि रैथाने नेवाःहरु सो ठाउँलाई भ्यांःचा त्वा भन्ने गरिन्छन्। नेपालभाषा( नेवाःभाषा)मा भ्याःचाको अर्थ हुन्छ, भेँडा र ‘द्यः’ को अर्थ देवता । 

भेडासिं देवता( भ्यांःचा द्यः) को किंवदन्ती -

       यश भ्यांःचा द्यःको दुईवटा किंवदन्ती कथा रहेको देखिन्छन् -

पहिलो किंवदन्ती 

      । एउटा किंवदन्ती अनुसार प्राचीन कालमा कान्तिपुर नगरमा एक दुष्ट तान्त्रिकले नगरवासीलाई अति नै हैरानी गर्दै आएका रहेछन् । दुष्ट तान्त्रिकको ह‌ैरानीबाट लोकजनलाई मुक्त गराउन राजाबाट आफ्नो तन्त्र सिद्ध भएका गुरुलनई तन्त्र बाटै त्यस दुष्ट तान्त्रिकलाई दण्डित गराए । राजगुरुले पनि राजज्ञा मुताविक एउटा मरेको भेडाको शरिरमा प्रवेश गराएर राजाले उक्त मृत भेँडाको शिर छेदन गर्न लगाए ।  उक्त छुट्याइएको शिरभाग सहरभरि घुम्दै सहरवासीलाई त्रसित बनाए । तान्त्रिक राजगुरुले पनि त्यो धड बिहिन शिर पछ्याउँदै गएर जहाँ अहिले भ्यांःचा द्यः(ढुङ्गाको भेडाकोसिं)रहेको स्थानमा पुगे पछि अभिमन्त्रित अक्षताले हानी त्यहीं जमिनमा स्थिर गराए छन्  । अभिमन्त्रित अक्षताले हानेका कारण दुष्ट तान्त्रिकको शक्ति छिन्न भएर आत्मा पोले छन् र कायल भएर तान्त्रिक गुरु संग अभिमन्त्रित अक्षताको शक्तिबाट मुक्त गराईदिनु , आइन्दा कसेैलाई कष्ट दिने छैन भन्दै अनुनय गर्दै बिलाप गरे ।  दुष्ट तान्त्रिकको अनुनय सहित बिलाप देखेर दया लागि अबउपरान्त दुनियाँलाई दुःख नदिनु तिमीलाई लोकजनले देवता सरह पुज्ने छन् भन्दै अभिमन्त्रि अक्षताको प्रभावलाई केही कम गरि दिए । 

दोस्रो किंवदन्ती कथा 


     माथी उल्लेखित चार किल्ला भित्र अति जिर्ण अवस्थामा रहेको  पुरानो गुम्बज शैलीमा शिव पञ्चायन माहाद्यःया देगः(श्री भवानी शंकर महादेव मन्दिर) छ । यस  मन्दिर भित्र   मन्दिरको ढोका भित्र दायाँ पश्चिम लक्षिण(नैऋत्य) कुनामा श्री गणेश,भित्र जानेबेलामा बायाँ उत्तर पश्चिम( वायव्य) कुनामा श्री महालक्ष्मी, उत्तर पूर्व(ईशान) कुनामा श्री नारायण त्यस्तै षट्कोण र पूर्व दक्षिण( आग्ने) कुनामा श्री सूर्य भगवान त्यसको मध्य भागमा श्री श्री शिव पञ्चायन महादेव विराजमान रहेको छ । यश मन्दिरको पुजारी दर्शनधाराी(कपाली) रहने परम्पर रहि आएको छ ।

          यश श्री भवानी शंकर महादेव मन्दिरको खुट्किलो अन्तिम तिर विराजमान रहेको ढुङ्गाको बसाहा मूर्तिका विषयमा संकृतिबिद तथा पर्व समय सुधार समाजका पूर्व अध्यक्ष श्री महेश्वर जुजुं ज्यूले सुनाउनु भएको सानो किंवदन्ती कथा अनुसार परापूर्वकालमा पुजारीले शिव पञ्चायन महादेवको नित्य पूजा पछि त्यो ढुङ्गाको बसाहालाई तन्त्र शक्तिले जुरुक्क उचालेर माथि मन्दिर भित्र लगेर महादेवलाई ढोगाएर पुनः यथास्थानमा राख्ने गर्दथ्यो । पुजारी सहयोग गर्ने सेवक पनि सधै पुजारीको पछि पछि लाग्ने गरेको । त्यत्रो ठूलो ढुङगाको बसाहहालाई पुजारीले सधै जुरुक्क उचालेर लग्ने गरेको देखेर अचम्म मान्दै आफुले पनि बसाहा चाल्ने धेरै पटक प्रयास गर्ने गर्थ्यो तर सधै नै असफल भएकाले एक दिन आफ्नो गुरु पुजारी संग गरुले कसरी उचाल्नु भयो भनेर सोध्नु भए छ । पुजारीले तन्त्र शक्तिबाट उचालेको हो भनेर जवाफ दिए पछि हैन गुरु त्यो तन्त्रमन्त्र मलाई सीकाई दिनेहोस् म पनि  बसाहा उचाल्छु भनेर गुरु संग जिद्दी नै गरे।। आफ्नो चेलाले जिद्दी गरेको देखेर आफ्नो चेलालाई झुठो मन्त्र दिने विचार गरेर " हर हर भेडा घाँस खा " ल यो मन्त्र हो भनेर भने सुनाए । चेलाले पनि गुरु बचनलाई शिरोपरा गरि हरेक दिन बिहान बेलुका  मन्त्रको रुपमा " हर हर भेडा घाँस खा " भन्दै जप्दै गए छ । त्यसरी दैनिक रुपमा " हर हर भेडा घाँस खा "भन्दै जप्दै जाँदा केही दिन पछि चेला मन्दिर परिसरमा पुग्ना साथ एउट भेडा  चेलाको अगाडि आउन थाले।छन् । योक्रम दिन बित्दै गए पछि।सो कुराको जानकारी आफ्नोे गुरबरलाई दिएछ।


      आफ्नो चेलाले दिएको जानकारी सुने पछि अचम्म मान्दे गरुले आफ्नो चेलोलाई भने छ , त्यसो भने भोलि  त्यसरि नै भेडा आयो भने दुबै हातले भेडाको दुईटै सिं समाएर तन्त्र शक्ति देउ।भनेर जिद्दी गर । यदि भेडाले तिमिलाई तन्त्र शक्ति दिएमा तिमी।पनि म जस्तै बलवान् भै त्यो ढुङ्गाको बसाहा उचाल्न सक्नेछ भनेछन्  । साँचङ नै भोलि पल्ट आफ्नो  अगाडि  भेडा देखा पर्ना साथ दुबै हातल दुईटै सिं समाए मलाई तन्त्र शक्ति देउ भन्दै भेडालाई लछारपछार गर्दै कराउन थालेछन् ।   सिं समाएर  आफुलाई लछारपछार  गरेको देखेर सिं सहितको शिर त्यहिं छाडेर शरीर भने लोप हुनेगरी भागेछन् । यसरी भेडालाई लछारपछार गर्दा सिं सहितको शिर मात्र बाकि हुने गरि शरीर अलप भएको स्थान नै अहिले ढुङ्गाको भेडाको टाउको भएको ठाउँ  हो  भने महेश्वर जुजु ज्यूले भन्नू  भयको थियो। वहाँले यो कथा शनिवार १३ असार २०७७ /  ११४०  दिल्लाथ्वका दिन हामी शिव पञ्चायन माहाद्यःया देगः(श्री भवानी शंकर महादेव) मन्दिर अवलोकन गर्न जाने क्रममा भन्नू भएको हो । 

           पर्व समय सुधार राष्ट्रिय कार्यदलका सदस्य सचिव    ई. भाजु हरीनारायण मल्ल ज्यूको भनाईमा भने यो भेडासिं(भ्याँचा द्यः) देवता मेष संक्रान्ति संग अन्तरसम्बन्ध रहेको छ भन्ने छ । मेष संक्रान्ति भन्नाले विसुवत्त दिन संग सम्बन्धित छ । विसुवत्त दिन भनेको दिन र रात बराबर हुने दिन हो । जुन प्रकृति ले अहिलेको अवस्थामा चैतको ६ वा ७ गते पर्न आउछन् तर प्रचलित पात्रमा भने प्रकृतिले देखाउदै  आएको दिन भन्दा २४-२५ दिन पछि मात्र बैशाख १ गतेलाई मेष संक्रान्ति भन्दै   सनातनीहरुलाई मेष संक्रान्ति विसुवत्त( विस्का जात्रा) पर्व मनाउन लगाउदै आएको छ । भेडासिं( भ्यांःचा द्यः) देवता मेष संक्रान्ति संग के कसरी अन्तरसम्बन्ध छ त्यो भने अझै बुझ्न सकिरहेको छैन । यी विषमा ई. हरीनारायण मल्ल ज्यूले निश्चय नै प्रष्ट पार्नु हुनेनैछन् ।


          मेलम्ची आयोजनाले खन्ने क्रममा उक्त ऐतिहासिक तथा धार्मिक ढुङ्गाको  भेडासिं( भ्याँचा द्यः) देवतालाई माटो संगै उठाएर लगिसकेको अवस्थामा  स्थानीयहरुको प्रायसले गाडीमा।राखि सकेकोलाई निकालेर पुन:  विधिवत यथास्थानमा स्थापना गरिएको छ । फोटो स्रोत - सामाजिक सञ्जाल 

 

                          ने.सं. ११४४ चिल्लागाः द्वितीया, बुधबार

                                १४ चैत २०८०

Tuesday, August 8, 2023

तान्त्रिक शक्ति उपासनामा बली अपरिहार्य

. तान्त्रिक शक्ति उपासनामा बली अपरिहार्य

     पृष्ठभूमिमा 
      काठमाण्डौ उपत्यका भित्रका सप्तमती नदीहरु वरपर रहेका नेपालमण्डलका नेवाःहरु नै यहाँका मूलवासी हुन् । नेवाःको आदिमस्थल भनेकै यहाँको बागमती, विष्णुमती, इक्षुमतीः, रुद्रमती, मणिमती, हनुमती, र प्रभामती लगायत सप्तमती नदीहरुको वरपरका प्राचीन बस्तीहरु हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ । नेवाः भनेको नेपाःमी ह‍ो । नेपालमण्डका मूल वासी नै नेपाःमी हो । पछि गएर नेपाःमीलाई नेवाः भन्न थालेको । नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवाःहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ । त्यसैले पनि नेवाःलाई एउटा जातिय समुदाय मात्र भन्न गलत हो । नेवाः भित्र बाहुन, क्षेत्री, तामाङ्, मुसलमान लगायत विभिन्न जातजाति उपजाति रहेको छ ।                
 तान्त्रिक शक्ति उपासनामा नेवाः अग्रपंक्तिमा                
     नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक जनाउने नेवाःहरुको धर्म नै नेवाः धर्म हो । नितिगत संस्कारिक विधि व्यबहार र लोकहितका लागि परम्परागत रुपमा नेवा:हरुले अङ्गाली आएको बिधिकर्मको धर्म नै नेवाः धर्म हो । नेवाः धर्मभित्र अधिकांश शैवतन्त्र र बज्रयानतन्त्रका अनुयायी छन् । केहि वैष्णवी धर्म तथा अन्य धर्म्मका अनुयायी पनि छन् । शैवतन्त्रका शक्ति पूजक तथा साधकहरुको धर्म शैव नेवाः धर्म र बज्रयानतन्त्रका शक्ति पूजक तथा साधकहरुको धर्म बौद्ध नेवाः धर्म एवं वैय्णवी धर्मलाई वैष्णव नेवाः धर्म भन्दा फरक नपर्ला । किनभने शैव धर्म, वैष्णव धर्म र बौद्ध धर्म मात्र भन्दा नेपाल उपत्यका बाहिर एवं नेपाल बाहिरका अन्य शैव , वैष्णव र बौद्ध धर्म संगको पूजापद्धति, साधनापद्धति, संस्कार, संस्कृत र विधिव्यवहार संग यहाँको शैव, वैष्णव र बौद्ध धर्मको पद्धतिमा कुनै पनि मेल खान्दैनन् । उपत्यका भित्र तथा नेपाल बाहिरका शैवधर्म, वैष्णव धर्म र बौद्ध धर्मको मूलधार एउटै भएता पनि पूजापद्धति, साधनापद्धति, संस्कार, संस्कृति एवं विधि व्यवहार आ-आफ्नै मौलिकता र पहिचान छ । नेवाः धर्म संस्कृति किरात धर्म संस्कृतिको अवशेष काठमाण्डौ उपत्यका भित्रका शैव नेवाः, वैष्णवी नेवाः र बौद्ध नेवाः धर्मको पद्धति संग उपत्यका भन्दा बाहिरका शैव र बौद्ध धर्म समुदायको पद्धति संग मेल नखानुमा मूलतः नेवाः धर्म संस्कृति किराती कालको किरात धर्म र संस्कृतिको अवशेष भएका कारण हुन सक्छन्( हुनतः किराँतहरुको उपस्थिति वेदको रचना हुनुभन्दा पहिले देखिन नै नेपालमा भएको धर्म  मानियता पनि किराँतहरु बौद्ध धर्मबाट प्रबर्जित थिए भन्ने मान्यता रहेको पनि पाइन्छ) । किनकि नेवाः धर्म संस्कृतिका अध्ययता बलदेव जुजुको भनाई अनुसार - काठमाडौं उपत्यकाका नेवाः समाजमा किरात इतिहाससँग सम्बन्धित किंवदन्ती र संस्कृति उत्तिकै जीवित भेटिन्छन् । 
       किंवदन्तीअनुसार, नेपाल (काठमाडौं) खाल्डो जङ्गलको अवस्थामा हुँदा किराती सिकारीहरू प्रवेश गरे । तिनैमध्येका ‘यलम्बर’ ले वंघः टोलमा राजघर (दरबार) बनाएर बसे र ठूलो पुरुषार्थ देखाए । त्यही भएकाले वंघः टोलको आजुद्यःलाई यलम्बरको प्रतीक मानिन्छ । प्राचीनकालमै वंघः टोलको चोकपट्टि आजुद्यःको अगाडि) द्यःघर बनाएर पछाडिपट्टि घर बनाई बसेका ज्यापूहरू यलम्बर वंशका हुन् (बलदेव जुजु, वंघत्वाया आजुद्यः व येँदेय्, २०६७) । टेकुस्थित पचली( पचली आजु) भैरवसम्बन्धी किंवदन्तीले पनि नेवाः धर्म संस्कृति किरात धर्म संस्कृतिको अवशेष हुन सक्ने देखाएको छ । पचली भैरबको किंवदन्ती अनुसार फर्पिङका किराती राजा पचली भैरव भेष बदलेर हरेक दिन सानेपास्थित राजतीर्थमा पूजा गर्न आउँदा ‘नै’ नामकी अजिमाको सौन्दर्यबाट विमुग्ध भए । अजिमालाई हेर्न उनी हरेक दिन टेकु दोभानमा घुम्न थाले । उनीहरूबीच देखादेख भयो, प्रेममा पनि परे र वाग्मती नदीको किनारैकिनार डुलिहिँड्न थाले । एक दिन स्थानीयहरूले थाहा पाएपछि ‘फर्पिङको राजा भएको भेद खुले बेइज्जत होला’ भन्ने डरले पचली भैरवले अजिमालाई छाडेर गोप्य स्थानमा लुके । त्यही ठाउँमा अहिले पचली भैरव मन्दिर बनाइएको तथा जुन ठाउँमा ‘नै’ अडिएकी थिइन्, त्यही ठाउँमा अजिमा मन्दिर बनाइएको जनविश्वास छ । र, फर्पिङमा पुरानो दरबारको अवशेष छ, जसलाई स्थानीयहरू पचली भैरव राजाको निवास मान्छन् (सुदीप श्रेष्ठ, ‘प्रेमिका भेट्न लुकीछिपी काठमाडौं आउने फर्पिङका किराती राजा हुन् पचली भैरव’, सेतोपाटी डट कम, २०७८ कात्तिक ७) । इतिहासकार शान्ति सुरभले नेपाली त्रैमासिक, २०३४) मा प्रकाशित किरातकालीन सांस्कृतिक अवशेष : एक चिन्तन’ लेखमा लेखेका छन् - किरातराजा ह्तिले बालबालिकाको संरक्षिकाका रूपमा अजिमाको मन्दिर स्थापना गरेका कारण हारती अजिमा भनिएको हुन सक्ने सम्भावना औंल्याएका छन् । उनले काठमाडौं उपत्यकामा प्रचलित आजु–अजिमा पूजालाई किरात संस्कृतिको अवशेष मानेका छन् । उनको नजरमा पचली भैरवको खड्ग साट्ने संस्कृति र प्रत्येक १२ वर्षमा प्रदर्शन गरिने भैरव नाट्य पनि किरातकालीन संस्कृतिकै अवशेष हुन् । अनि, गथु–प्वाखं/प्याखं पनि भनेर चिनिने पचली भैरव नृत्य अझैसम्म जोगाइरहेका गथुहरू अन्तिम किरात राजा गस्ती/गस्थीका सन्तान हुन्, जसलाई जयस्थिति मल्लले मालाकार बनाए । यदि शान्ति सुरभको विश्लेषण सही हो भने खड्ग साट्ने संस्कृति किरात र लिच्छवि वंशबीचको शक्तिसंघर्ष र शान्ति सम्झौताको सांस्कृतिक अवशेष हुनुपर्छ । (किरातकाल, जो थियो माघ ८, २०७८भोगीराज चाम्लिङ- कोसेली, कान्तिपुर । यहाँका अन्य मूलवासीहरुको धर्ममा नेवाः मुस्लिम र केही नगन्यरुपमा नेवाः इसाई रहेका छन् । उपत्यकाका शैव नेवाःहरुले आजभोलि आफनो परम्परागत सनाती शैव तथा वैष्णव धर्मलाई शैव र वैष्णव नभनिकन हिन्दु भन्न थालेका छन् । हुनतः ॐकार परिवार भित्रका सबै धर्म सम्प्रदायलाई साझा रुपमा हिन्दु धर्म भन्न थालेका छन् । ॐकार भित्रका धर्म भन्नाले शैव, किराती, वैष्णवी, ब्रम्हकुमारी, कृष्णप्रणामी, ॐशान्ति ईत्यादी तथा बुद्ध धर्म समेत पर्छ । नधातिकन साँचै भन्ने हो भने सैव धर्म, किराँती धर्म र बज्रयानी बौध्द धर्म बाहेक अन्य ब्रम्हकुमारी( ॐ शान्ती) र कृष्ण्प्रणामि सबै आयातित धर्म हो भन्दा फरक नपर्ला । किनभने। यीनीहरु नेापलको सनातनी धर्म नै हैनन् । यीनीहरुतः सन १०५० तिर हिन्दुस्तानमा मुलमानहरुको आक्रमणबाट डराएर नेपालमा भागेर आएका केही नयाँ धर्म सम्प्रदायमा विकशित भएका हुन् ।
       नेवा: भित्रका शैव धर्मालम्बि, वैष्णवी धर्मालम्बीहरु र बुध्दिस्तहरु आजभोलि विस्तारिं नेवा: धर्म छाडेर अन्य धर्ममा प्रवेश गर्ने गरेको देखिन्छ । अर्को धर्म भन्नाले ओमकार भित्रकै विभिन्न धर्म र ओमकार बाहिर परेका आयातित कृश्चियन(इसाई) कुनै कुनै इस्लाम धर्ममा पनि धर्मात्नर भएर जानेहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ । यहाँका शैव नेवाः र बज्रयान नेवाः तन्त्र पुजक हुन् नेपालमण्डलमा पौराणिक देवदेवता भन्दा तान्त्रिक देवदेवताको अति महत्व रही आएको छ । पौराणिक देवताहरुमा महादेव र नारायण लागायतलाई तिथि पर्वमा मनसुवा रुपमामात्र पूजा गर्ने गर्छन , अनिवार्य भने छैनन् तर यहाँका तान्त्रिक देवीदेताहरुको पूजाआजा यहाको सामाजिक र संस्कार र चाडपर्वहरुमा अनिवार्य छ । तन्त्रप्रधान नेपालमण्डलको राज्यसत्ता तान्त्रिक देवीदेवताको निकटता यहाँको राज्यसत्ता र यहाँका तान्त्रिक देवीदेवताको परापूर्वकाल देखिनै राजनैतिक र सांस्कृतिक सम्बन्ध नजिक रहि आएको छ । त्यसैले पनि राजनैतिक दृष्टिकोणले नेपाललाई तान्त्रिक देवी श्री कुमारी माजुको देश पनि भन्ने गरिन्छ । यस्तो दृष्टिकोण हुनुमा हरेक वर्षको आश्विन कृष्ण चतर्थी(ञँलागा चौथी) दिन राष्टप्रमुखले बशन्तपुरको कुमारी घरमा विराजमान रहेकी जिवित देवी श्री कुमारी माजुको हातबाट तिका थाप्ने पर्ने परम्परा हो। यहाँ महालेखापरीक्षण कार्यालय स्थापना हुनु भन्दा अघि सम्म पनि नेपाल सरकारको सबै कार्यलयहरुको लेखा हेर्ने कार्यालयको नाम नै " कुमारी चोक " थियो । यसबाट पनि प्रष्ट देखिन्छ यहाँ तान्त्रिक देवी श्री कुमारीको नामबाट शासन हुन्थ्यो ।
       यहाको राज्यसत्ता संग नजिक सम्बन्ध रहेको एउटा अर्को सांस्कृति परम्परा हो , श्री पचली भैरब र श्री भद्रकालीको खड्ग सिद्धि जात्रा । प्रत्येक वाह्र वर्षको एक पटक तान्त्रिक देवी श्री भद्रकाली( लूमरी अजिमा) को मुकुट लगाएर देवी बनिरहेका मानिसको हातबाट मखनको सिंह दुवातमा बसेर, त्यस्तै नै वाह्र वर्षको एक पटक श्री पचली भैरब( पचली आजु) को मुकुट लगाएर भैरब बनेका मानिसको हाटबाट काष्टमण्डप अगाडिको भुतिसतमा बसेर राजाले खड्ग साटासाट गरेर खड्ग सिद्धि गर्नु पर्छ । यो सांस्कृति परम्परा शाहबंशीय राजतन्त्र अन्त्य भई संघिय गणतन्त्र उदय भएपछि राज्यसत्ता संगको राजनितीक नजिकता सम्बन्धको यो सांस्कृतिक परम्पराको अन्त्य भएको छ ।
      नेपालको प्राचीन इतिहास बंशाबलीमा लेखिए अनुसार लिच्छवि राजा गुणकामदेवले आफुलाई सपनामा महालक्ष्मीले दिनुभज्ञको आज्ञालाई शिरोपरी गर्दै कलिगत सम्वत ३८२७ ने.सं. मा यहाँको बिष्णुमती, बागमती, इक्षुमती( तुकुचा), रुद्रमती(हिज्याःखुसी- धोविखोला)को किनारामा दक्षिण मञ्जुपतन यंगाल कोलिग्राम र उत्तरको यम्बु कोलिग्रामका दुई कोलिग्रामनामका प्राचीन बस्तीलाई एकै ठाउँमा समायोजन गरि। एकातर्फ स्वयम्भू र अर्कोतर्फ भिरालो भूमि पर्ने गरि महामञ्जुश्री तथा शक्तिका प्रतीक रहेको खड्ग आकार भूमिको कान्तिपुर शहर निर्माण गरेको भन्ने बंशाबली इतिहासमा रहेको भन्ने छ । 
    बंशाबली इतिहासमा लेखिए अनुसार राजा गुणकामदेवले खड्ग आकार कान्तिपुर नगर भूमिलाई तन्त्र साधना विधिबाट नगरका विभिन्न आठ कुनामा आठ अजिमायुक्त शक्ति पिठ(पिगंः) र भैरब शक्तिका तान्त्रिक सुरक्षा घेराका रुपमा अजिमायुक्त शक्ति पिठ(पिगंः)ले घेरिएर राखेको छ ।

 गुणकामदेवले स्थापना गरीएका खड्गाकार भित्रका अष्टमातृका अजिमाहरुमा-

 १. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल २. कंग अजिमा ( चामुण्डा) - कंकेश्वरी,३. म्हयपी अजिमा ( ज्ञानेश्वरी -योगाम्बर)- म्हयपी,४. मैती अजिमा( पञ्चकुमारी- मैती,५. ङ्यतमरु (ङ्यतभुलु र)अजिमा (स्वयतकाली)- नरदेवी,६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती, ७. लुतिमरु अजिमा (इन्द्रायणी) - ढल्को र८. टकटी अजिमा ( निलवाराही) - टंकेश्वर समेत हुन् । 

     कान्तिपुर नगरभित्र खड्गकारमा भने तापनि यी अजिमाहरु मध्य मैती अजिमा र वत्सला अजिमाका पिठ र देवगृह समेत कान्तिपुर नगरभित्र एवं खड्गाकार भित्र परेको अहिलेको अवस्थमा नदेखिए तापनि अष्टमातृका गणका बंशजका रुपमा मान्यता पाएका आठै अजिमाहरुको द्यःपाला द्यःला (पुजारी)हरुको परम्परागत वस्ती खड्गार भित्रको ढल्कोमा रहेको छ ।
      गुणकामदेवले स्थापना गरीएका भनिएका उक्त आठ अष्टमातृका अजिमा पिठहरु बाहेक पनि यहाँ अन्य अष्टमातृका पिगं( पिठ) अजिमा ३१ छन् भने पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ ।
       प्राचीन नेपालमण्डलको कान्तिपुरमा अहिले सम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरु मध्य पिगं( पिठ) अजिमा ३९ छन् भन पिगं(पिठ) मा नपरेका २१ अजिमाहरु रहेको देखिएको छ ।

 पिगं(पिठ)मा परेका ३९ अजिमाहरु निम्न अनुसार रहेका छन्

 - १. लुमधी अजिमा(भद्रकाली)-टुंडिखेल २. कंग अजिमा( चामुण्डा) - कंकेश्वरी ३. म्हयपी अजिमा( ज्ञानेश्वरी-योगाम्बर)- म्हयपी ४. मैती अजिमा( पञ्चकुमारी- मैती ५. ङ्यतमरु(ङ्यतभुलु )अजिमा (स्वयतकाली)- नरदेवी ६. वत्सला अजिमा ( वत्सलेश्वरी)- पशुपती ७. लुतिमरु अजिमा( इन्द्रायणी)- ढल्को ८. टकटी अजिमा( निलवाराही) - टंकेश्वर { उपरोक्त अष्मातृकाहरु कलिगत सम्वत ३८२७ मा राजा जुणकामदेवले कान्तिपुर नगरलाई खड्गाकार अष्टकातृकाको घेराले सुरक्षा गर्न स्थापना गराएको भन्ने वंशावलीमा लेखिएको छ} ९. कुलांभुलु( कुलांमरु) अजिमा( रक्तकाली) - कुलांमरु त्यङ्घः १०. भमूलु अजिमा - कुनांटोल कमलाक्षी् १३. हाकु अजिमा( कुमारी) - यटखा चोखाछें गल्ली, पूर्व मन्त्री भूवनमानको घर कम्पाउण्डमा १४. साम्हा अजिमा( चुलिं अजिमा) ( पासान चामुण्डा - ठमेल समसारा बुटिक कम्पाउण्ड भित्र १५. फुसिंख्य अजिमा/मनमैजु अजिमा( इन्द्रायणी मनमैजु तारकेश्वरनपा १६. फुसिंख्य अजिमा( इन्द्रायणी)- ठमेला भगवान बहालको उत्तर पूर्व सडकको अलि भित्र १७. पोर्पा अजिमा(चामुण्डा)- पोर्पाजङ्गल, सामले, रानीवारी १८. नकिं अजिमा( नै अजिमा- पचली अजिमा)- पचली भैरब पिठमै १९. ख्वना अजिमा( सिद्धिकाली) - पचलीबाट राजतिर्थ सानेपा जाने।बाटो छेउ २०.कुलः अजिमा(कुलेश्वर अजिमा)- कुलेश्वर महादेव रहेको स्थान २१. कल्खु अजिमा( बालकुमारी- कलंकी माई) न्हेपंखा( कलंकी).( काठमाण्डौ उपत्यकाको पिगं( शक्ति ) पिठहरु मध्यमा बढी देविदेवता रहेको देखिएको पिठ । यस पिठको मन्दिरभित्र मात्रै पनि ६० वटा अमूर्त प्राचीन मूर्तिहर रहेका छन । २२. चन्द्रलखु अजिमा - हिटिपुखु नक्साल क्षेत्रको चल्खु भन्ने ठाउँ जहाँ पछि कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार भत्काएर नायणहटी राजदरबार निर्माण भए पछि राजदरबार क्षेत्रभित्र पर्न गयो । यो म अजिमा मन्दिर स्वरपमा विराजमान भएको नभई पोखरीको पानी भित्र वास्तविक मूर्त या अमूर्तमूर्त रहेको छ भन्ने भनाई रहेको छ , पोखरी अगाडिको दिलमा दुईतन ढुङ्गाहरु अस्तिरर अवस्थामा रहेको देखिन्छ , त्यसै ढुङ्गालाई नै पूजा तथा दर्शनढोग गर्ने गरी आएको छ । यस अजिमा पिठमा नियमित नियम पूजा सम्मको कुनै व्यवस्था छैन २३. चन्द्रलखु अजिमा ? - हिटीपुखुको( नारायणहिटी पोखरीको) उत्तर तर्फरहेको नाराण मन्दिर प्राङ्गणमा रहेको कौमारी केहि समुलायको कुलदेवत भनेको एक दुईजनाले यो पनि चन्द्रलखु अजिमा हो भन्ने गर तर यसको पुस्ति भने भएको छैन ( हाल सम्म यो कुमारीलाई पनि चन्द्रलखु अजिमानै भन्छ भन्ने पुस्ति भएको छैन) २४. तुसिमरु अजिमा ( स्वयटकाली) - बालुवाटार २५. त्वरद्यः अजिमा( तुदाल देवी)- बालुवाटार २६. जमः अजिमा( भद्रकाली) - जमल, राष्ट्रिय णनाचघरको ढोका संगै २७. पासिक्व अजिमा - तिनधारा पाठशाला बाट कमलपोखरी जाने।बाटोमा २८. कमलादी अजिमा(कमारी)- कमलादी गणेश मन्दिर भित्र २९. फिब्व अजिमा( कुमारी) - सैनिक मुख्यालयबाट माईतिघर मण्डला फिब्वख्यः जाने पुरानो बाटोमा ३०. द्वला अजिमा(कुमारी) - राष्ट्र बैंकको ढोकाको बायाँ तर्फ माथि उचाईमा ३१. छक्कु बक्कु अजिमा( छक्कु बक्कु भगवती) - नयाँबानेश्वर अन्तर्राष्ट्रिय भवनको बायाँ सडक भित्र ३२. घन्यवन्तरीअजिमा( धनन्तरी वाराही) - हाडीगाउँ ३३. द्वय अजिमा( दुई अजिमा) - खुल्लामञ्चको ढोकाको दायाँ रत्नपार्क ३४. पिङ्गला अजिमा ? ( बज्रेश्वरी)- तिलगङ्गा पशुपति ३५. पिगं अजिमा - इनबहाल ३६. पिगं अजिमा - ( इन्द्रायणी) - किलाघः रहेकोस्थान किलाघः ३७. पिगं अजिमा (नवदुर्गा) - गंगाहिटी चाबहिल ३८. पिगं अजिमा - मागः( मालीगाउँ) र ३९. पिगं अजिमा - सुन्धारा समेत हुु्न्।

 पिगं(पिठ)मा नपरेका २० अजिमाहरु निम्न अनुसार रहेका छन् - 

१. असंभुलु अजिमा( अन्नपूर्ण) - असन २. ज्वाला अजिमा( ज्वाला माई) - त्यर ३. न्हेकंतल्ला अजिमा(उग्रतारा) - न्हेकंतल्ला ४. अरिंचा अजिमा - चिकंमूगल दबुकोपश्चिम कुनामा जहाँ अहिले टेलिफोनको बक्स रहेको।छ ५. बाबरी अजिमा( खुसिं अजिमा) - वण्डे ६. हारती अजिमा - स्वयम्भू ७. जातीका अजिमा - ठमेल भगवान बहालको उत्तपूर्व सडक भन्दा पश्चिम भित्र ८. हारती अजिमा - श्रीघः ९. बिज्यासः अजिमा( बिजेश्वरी) १०. - चुलीं अजिमा( चुनी अजिमा) चुनदेवी - बिजेश्वरी मन्दिर पछाडि उत्तर तर्फ अलित तल ११. श्री महामाया अजिमा - कर्णदिप स्वभाभगवती १२. चुलीं माजु अजिमा - ताहाचल क्पाम्पस संगै छाउनी जानेबाटोमा १३. आजुअजिमा ( गन्धुरीदेवी) - खुसीबही ताहाचल टंकेश्वरी १४. स्वकिं अजिमा - टकटी अजिमा पिठ संगै टंकेश्वर १५. प्याथ्व अजिमा( सितलामाई) - बाईसधारा उद्यान बालाजु १६. प्राचीन अजिमा (छसकामुनी- हारती माता) बौद्धस्तुप संगै उत्तर तर्फ १७. म्वम्वता अजिमा( ममता अजिमा) भाटभटेनी ,हाडीगाउँ १८. योगाम्बर अजिमा( म्हयपि अजिमा) -कुटुबहाः पिङ्गलाबिहार चाबहिल १९. माछिन्द्र अजिमा ताहाचल ? तथा २०. स्वा अजिमा( स्वाहा / स्वभा भगवती) ? २१. छ्वास अजिमा - टोलको आ-आफ्नै इलाका छ्वास अजिमा (सामाजिक संस्कार र व्यक्तिगत घट्नाका लेखाजोखा राख्ने काम छ्वास अजिमा र कलःगाः देवताले स्थानीय अधिकारी गर्छ स्थानीय अधिकारीका,रुपमा काम गर्छन् भन्ने मान्यता छ ) परम्परागत नेवाः बस्तीको हरेक टोटोलमा आ-आफ्नै इलाका थान गणेश, छ्वास अजिमा, कलगाः, क्षेत्रपाल भैरब तथा पिगंरहेको हुन्छ । काठमाण्डौ महा नगर सिमाना भित्रका अजिमा संज्ञामा नपरेका प्रमुख देवीहरु - १. संकटमोचन भगवती थँबही(ठमेलमार्ग), २. पलाँचोक भगवती भौकेब मरुढोका, ३. पलाँचोकभगवती लगन ग्वफल, ४. पलाँचोक भगवती चिकंमू, ५. बज्रयोगिनी चिकंमू, ६. नवदुर्गा मचली मतुली टेकु, ७. दक्षिणकाली त्रिदेवी ठमेल, ८. कामारकामक्ष त्रिदेवी ठमेल, ९. ज्वालामाइ त्रिदेवी ठमेल, १०. महालक्ष्मी जनसेवा जुद्धसडक, ११. गुह्येश्वरी जनसेवा जुद्धसडक, १२. पुरानो गुह्येश्वरी फुलवारी गोलढुङ्गा, १३. गुह्येश्वरीश्लेष्मान्तक वनको पाशुपाट क्षेत्र देवपतन पशुपति, १४. साकुना माजु(निलसरस्वती) नक्शाल, १५. नक्शाल भगवती नक्शाल, १६. थँहिटी स्वभा भगवती थँहिटी, १७. कुसां( कुन्साँ) भगवती जैसिदेगल ह्यूमत, १८. स्वभा( स्वाहा)भगवती बिष्णुमती,स्वाहा)भगवती बिष्णुमती, १९. निलबाराही हनुमानढोका, २०. संकटा देवी(स्त्रि पूरुष रुपमा रहने) टेबहाल, २१. जयबागेश्वरी(ग्वल) (-), २२. भुवनेश्वरी देवपत्तन(ग्वल) पशुपति, २३. राजराजेश्वरी भष्मेश्वरीघाट देवपत्तन(ग्वल) पशुपति, २४. मनमानेश्वरी भपानी टङ्गाल हारेगाउँ, २५. सम्रातेश्वरौ भवानौ भष्मेश्वरीघाट देवपतन पशुपति, २६. तारणी भवानी मखन, २७. दिगु तलेजु हनुमानढोका, २८. कँडेलचोक भगवती हनुमानढोका, २९. मसानकाली हनुमानढोका, ३०. तलेजु भवानी हनुमानढोका, ३१. बाघदरवार तलेजु भवानी बाघदरवार ३२. कालीकादेवी कालिकाथान डिल्लीबजार र ३३. त्रिपुरासुन्दरी भष्मेश्वरीघाट देवत्तन(ग्वल) पशुपति ३४. गंगामाता आर्यघाट (ग्वल) देवत्तन पशुपति ३५. देवपत्तन आमलकोट तलेजु(ग्वल) जयबागेश्वरी देवत्तन, ३६. मनकामना देवी शेषमान्तबन गोरक्षपीठ देवत्तन(ग्वल) पशुपति ,३७. सेतोमच्छिन्द्रनाथ(जनबाद्यः)को आमा( माजु सिमा) लगन, ३८. धुम्बाराही ..., ३९. बशुंन्धरामाँ( बसुपु माजु)(बशुंन्धरादेवी) स्वयम्भू, ४०. असंन बालकुमारी असन, ४१. . उग्रचण्डी(तमःद्यः) कैलासचौउर (धोविचौउर) लाजिपम्पाट, नारायणहटी दवार उत्तर ढोका ४२. शिवपार्वती( तारकेश्वर महादेव) मन्दिर भित्ररका नवदुर्गा योगीनीहरु(..१.श्री मंगलादेवी, २. पिंगलादेवी, ३. धान्यादेवी, ४. भ्रामिणी देवी, ५. उल्कादेवी, ६. सिद्धादेवी, ७. संकटादेवी र ९ विकटादेवी समेत नवदुर्गा योगिणीहरु हुन् । तर देगलको मूलदेवता भने तारकेश्वर महादेव हुन् ।),४३ मोहनकाली( दक्षिणकाली) मोहनकाली चोक , हनुमानढोका दवार भित्र, र ४४ त्रिपुरासुन्दरी हनुमानढोका दरवार भित्र ?, ४५. द्वयमाजु हनुमान ढोका दरवार भित्र र ४६. क्वंचा माजु पकनाजल गणेश, ४७. स्वभा भगवती थँहिटी-क्वाबहाः, ठमेलमार्ग र ४८. क्वचा माजु पकनाजल, ४९. जिवित देवी श्री कुमारी माजु कुमारीघर बशन्तपुर आदि प्रमुख देवीहरु समेत रहेका देखिन्छ । 
      यहाँ रहेका अजिमा देउटा र आजु देउटालाई देश रक्षा गराउन तान्त्रिक विधि विधानबाट स्थापना गरी राखेकाले नेपालीहरुले आज सम्म पनि विशेष श्रद्धा भक्तीले पुजा गर्दै आएको छ । नेपालमण्डलमा जति पनि मृत्यु संस्कारको सीगुठी तथा अन्य गुठीहरु छन् त्यसमा पनि हरेक वर्ष वर्षमा आलोपालो गरेर हरेक वर्षमा त्यस्तो तान्त्रिक देवीदेवतालाई तान्त्रोक्त विधबाट बलि पूजा गरी सबै गुठीयार बसेर सामुहिक प्रशाद ग्रहण गरी सीकाःभू गरी गूठी मान्दै आएको छ ।
     पशुपतिमा हरेक महिनाको पुर्णेका दिनमा हुने महास्नाका दिन पशुपति महादेवलाई भुजा पकाएर, सात्विक भोक चढाएर पूजा गर्नुका साथै त्यसै पूजा द्धतिको एक अङ्गको रुपमा रहेको कीर्तिमुख भैरवलाई राङ्गो र बोका बलि पूजा गर्नु पर्छ । पूजाको क्रममा आचाजुले तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई राँगो, बोका बलि दिएर पूजा गरिन्छ। यसरी पूजा गरिसकेपछि तान्त्रिक महास्नानको विधि सकाइन्छ। 

 बलि पूजा के हो ?

      बलि भन्नाले देवीदेवतालाई अर्पण गरीने वा भोग दिने चारपाया र दुईपाया पशुपन्छी हो । हुनतः पूजा र हवनमा देवीदेवतालाई अर्पित गरिने भोग्यवस्तु, नैबेद्य, क्षेत्रपाललाई चढाइने अन्न तथा हामीले भोजन गर्नु भन्दा पहिले देवपितृलाई चढाइने अन्न अौसानी समेतलाई बलि नै भनिन्छ । यहाँ भन्न खोजिएको बलि तान्त्रोक पूजामा देवीदेवता लाई अर्पण गरीने चउपाया राङ्गा, बोका, भेडा, र दुईपाया कुखुरा , हाँस लगायत पन्छी तथा हाँस र कुखुराको फुल (अन्दा) हुन् । 

 बलि परम्पराको सुरुवात कहिले बाट ?

    सनातनी नेपालिले सनातनको कुन समय देखि बलि परम्पर सुभारम्भ गरे भन्ने एकिन कतै बाट प्रस्त नदेखिए तापनी वास्तवमा बलि परम्परा सुरुवात याने श्री गणेश कहिले र कसरि भय त: भन्ने बारेमा खोतल्दै हेर्ने नै हो भने । महादेवका प्रथम शक्तिदायिनी पत्नी सतिदेवीले आफ्ना पिता दक्षेप्रजापतिको यज्ञमा आत्मादाह गरि प्राण परित्या हुन गई अकल्पिनिय दुर्घटना भएपछी क्रुध हुनुभएका महादेवले बिरभद्र , महाकाली , नन्दिभृन्दी लगायत आफ्ना गणहरुलाई दक्ष र उनको ….यज्ञ धोस्त गर्न आदेश दिए । सो आदेशानुसार बिरभद्र लगायत शिवगणले यज्ञ धोस्त गर्दै दक्षलाई समेत वध गरि उनको सिर यज्ञमा होमि दिए । ततपश्चात दक्षकी पत्नी विरणी र समस्त देवको स्तुति प्राथना बाट शिवजी शान्त हुनुभई युध्दमा मारिएका सवैलाई अमृत वर्षा गराई जिवित गराई दिए । तर दक्षको सिर यज्ञमा होमिसकेका कारण सिरविहिन अवस्थामा दक्ष यता उटा भौतारिएकाले यज्ञमा बलि दिनकालागी राखिएका बोकालाई वध याने बली दिएर त्यो बलिदिएको बोकाको सिर सिरर्बिहिन दक्षको घदमा प्रत्यारोपण गरेर दक्षलाई जीवन दानदिएको भन्ने उल्लेखित छ । त्यसबाट के प्रस्त नै देखिन्छ भने दक्ष प्रजापतिकै समय कालमा नै पशुको बली दिने चलन चलिसकेको देखिन्छन् । महादेव स्वयमले पनि सिरविहिन दक्षको घदमा सिर प्रत्यारोपण गर्न बोका बली दिन लगायको प्रस्त नै देखिन्छन ।
      त्यस्तै वैदिक सनातनी र वैदिक तान्त्रीक नेपालिले धार्मिक कार्यका अग्रज पुजाका अधिकारीका रुपमा लिन्दै पुज्दै आएका गौरी शङ्कर नन्द, गणणायक, बिघ्न हरण कर्ता, रिध्दी सिध्दी पति एवं शिध्दिदायक भगवान श्री गणेशको जन्मका बारेमा पौराणिक कथाहरुमा उल्लेखित आख्यानलाई पनि स्मरण गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ । देवादिदेव महादेब र हिमालय पर्वतका चेलि जगत जननी माता पार्वतिका सुपुत्रमा सनिदेवको कुदृष्टि परेका कारण स्वयम महादेबकै हस्त बाट पुत्रको सिर छेदन गरि वध हुन गएको। सो दुर्घटना पश्यात आफ्ना अर्धाङ्नी गौरीको बिलाप र समूर्ण देव गणकै ईछ्या मुताबिक सिरबिहिन पुत्रलाई सिर प्रत्यारोपन गर्न आफ्ना वाहान नन्दी भृन्दिलाई आषितोष भोलेनाथले विशेष अवस्थामस( उत्तरवतर्फ फर्के रहेको) कुनै पनि पशुलाई वध गरि त्यसको सिर छेदन गरेर ल्याउन आदेश दिए । महादेवको आदेश अनुसार उत्तर तर्फ फर्किएर बसेको सानो सेतो हात्तिको वध गरि त्यसको सिर छेदन गरि ल्याई सिरबिहिन मृतक पुत्र बालकको घदमा सिर प्रत्यारोपण गरि मृत्यु संजिविनी विद्या शक्तिले पुनर्जिवन दिएको आख्यान छ । सो पुराणकथा बाट देवादिदेव महादेवले आफ्ना पुत्र जिवित गर्ने उद्देसले हात्तिको बद गरि बलि दिने कार्य गरेको समेत देखिन्छन् 
      त्यसपछि देवासुर संग्राममा जगत जननी माता पार्वतीदुर्गा बाट महिसासुरको बद गरेपछी सम्स्त भूमण्डलावासिले खुसियालिमा दुर्गालाई राङ्गा, बोका, पशु बलि दिएर बिजयको हर्षउल्हास मनाएको समेत पुराणहरुमा उल्लेखित देखिन्छन् । 

       धर्म शास्त्रमा अहिंसा परम धर्म भने हिंसालाई पाप भनिए तापनि नेवाः धर्ममा देवीदेवतालाई अर्पण गरीने बलि भोग धर्म नै तन्त्रप्रधान नेपालमण्डलमा शक्ति र सिद्धि प्राप्त गर्न गर्न तन्त्र विधि अनुसार बलि पूजा गर्नै पर्छ । त्यसैले धर्म शास्त्रमा अहिंसा परम धर्म भनेर हिंसालाई पाप भनिए तापनि शैव नेवाः धर्ममा देवीदेवतालाई अर्पण गरीने बलि भोग धर्म नै हो भनेको छ । तन्त्रविधि अनुसार गरीने पूजामा बली अपरिहार्य भएकै कारण यहाँ सनातनी परम्परा देखि बलि परम्परा चलि आएको छ ।

  - बली परम्पका विषयमा  संस्कृति अध्यताहरुको भनाई -

        संस्कृति अध्यता जगमान गुरुङ आदिमकालदेखि बलि चढाउने परम्परा रहेको बताउँछन्। ‘पशुलाई मुक्ति मार्गमा जा भनी पशु दीक्षा मन्त्र सुनाएर एकै मारमा छिनाएर बलि दिइने परम्परा आदिमकालदेखि चल्दै आएको हो। यसरी बलि दिनु अघि विधिवत् रूपमा खड्गको पूजा गरिन्छ,’ उनले भने। दसैँको मुख्य दिन नजिकिँदै जाँदा पशु बलिको पक्ष र विपक्षमा बहस गर्ने क्रम वर्षेपिच्छे दोहोरिन्छ। गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। ‘राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ। प्रभुशक्ति राज्यको कोष वृद्धिसँग सम्बन्धित छ। राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्र शक्तिको आवश्यकता पर्छ। राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साह शक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ,’ उनले भने। दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ। दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात भएको प्रा डा गौतम भनाई रहेको भन्ने विभिन्न पत्र पत्रीका समय समयमा पढ्न पाईन्छ । महाकाली शक्तिकी अधिष्ठात्री देवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता छ। राज्य सञ्चालन गर्ने क्षेत्रीले बलि दिनै पर्ने मान्यता छ। सात्विक, राजस र तामस गरी तीन प्रकारका बलि हुन्छन्। चन्दन, अक्षता, फूल, अर्घ्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्विक भनिन्छ। पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस भनिन्छ। सात्विक र राजस दुवै विधिसहित रक्सी समेत चढाएर गरिने पूजा विधिलाई तामस भनिन्छ। गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ। पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिइन्छ। शाकाहारीले बलि दिएर सुँघेर छोड्ने परम्परा छ। केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयाग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिएका घटना अझै चर्चामा छ। 
      अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ। हाल शाक्त र तान्त्रिक सम्प्रदायमा बलि प्रथा प्रचलनमा छ। दुवै सम्प्रदायमा परम्परागत रूपमा बलि प्रथा थिएन। इच्छा पूर्तिका लागि पछि यो परम्परा सुरू भयो। बलि प्रथा कहिले र कसरी सुरू भयो भन्ने यकिन छैन। पशु अविवेकशील प्राणी हो। उसले मुक्तिको चाहना गरेको हुन्छ। विवेकशील प्राणी मानवले मुक्ति पाउन अनेक तीर्थ, व्रत, दान, धर्म, उपकार जस्ता अनेक साधना गर्न सक्छ। तर, अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ। ‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुन बलि हुन पाउनु पशुको अहोभाग्य हो। अदालतले जस्तोसुकै आदेश गरेपनि यो परम्परा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ,’ प्रा गौतमले भनाई रहेको देखिन्छ । कालिका पुराणमा भनिएको छ –यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा ।अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।। अर्थात् पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन्। म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन। बलिअघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ। संस्कृतिविद् प्रा डा दीर्घराज घिमिरे मासु खानेले देवतालाई चढाएर खान बलि प्रथाको सुरूआत भएको हो भन्ने भनाई रहेको भन्ने सुन्नका आउछ । ‘खाने कुरा आफूले उपभोग गर्नुअघि देवी देवतालाई चढाएर खानुलाई बलि भनिन्छ। हामी खाना खानुअघि दाल, भात, सब्जी आदि खाद्य सामग्री चढाउँछौँ। यसैले अग्रभागलाई बलि भनिन्छ, मासु खानेले पनि पहिले चढाएर खाने परम्परा बसेको हो,’ उहाँ भनाइ रहेको पाईन्छ । (बलि बारे उपरोक्ति विभिन्न विद्वानशरुको भनाई अनलाई विभिन्तन पत्रपत्रिकाहरबाट लिएको हो) 

नेवाः समाजमा पशु पन्छिको बली

      नेवाः समाज अपवाद बाहेक शाहाकरी हैनन् पूर्ण त मांम्साहारी नै हुन् । यस कुरा नेवाः समुदायका खानाका परिकार हेरिएमा प्रस्त हुन्छन् नै । नेवाः समुदायका परिकारहरुमा चयेपेत्ता घासा र ला व लापी भन्ने सु प्रसिध्द परिकारहरु मध्यमा मासुबाट बन्ने परिकारहरुमा ला व लापी पर्छन् । नेवाः समुदायको कुनै पनि पतम्परागत पर्व र संस्कारहरुमा ख्येँ सगं र सम्हे सम्हे भन्नाले चिउरा, फुलदानी( स्या:बजि),भुतेको सित्रा माछा, पोलेको वा उसिनेर बनाएको छोयला ( छोयलाका लागि राङ्गाको मासु नै अनिवार्य नै हुन्छ), मांसको बारा, भुतेको कालो भतमास, अदुवा र मध्यपान याने जाँर वा रक्सी सहित हुने गर्छन् । सम्हेमा प्रयोग हुने माछा मासु र माछा र राङ्गा वध नगरी पाउने कुरै भएन यसै बाट पनि प्रस्त हुन्छ कि नेवाः समाज शाहाकारी हैनन् माम्साहारी नै हुन् । नेवाः समाज माम्शाहारी नै भएता पनि उनिहरुले मासु खान भने चाड पर्व नै कुर्नु पर्ने परम्परारहेता पनि आजको युगमा त्यो अवस्था रहेन । मासु खान चाड पर्व नै कुर्नु पर्ने परम्परा भएका कारणले नेवाः समाजले आफुले मासु खान स्थानिय शक्ति पिठ वा थान गणेश, भिमसेनको मन्दिरमा अलिबली पुजा गरि परम्परागत तन्त्रबिधी पूरा गर्दै पशु पन्छिको भोग याने बली दिएर देवीदेवतालाई भाग लगाई आफुले त्यसको प्रशादका रुपमा ग्रहण गर्दै मासु खाने परम्परा रहेको पाईन्छन् । 
       नेवाःहरुले देवी देवतालाई दिईने पशु पन्छिको बली दिने कार्यलाई चलन चल्तिको बोलिचालिको भाषामा ” बांहां स्यायेगु ” भन्दै आएता पनि त्यसको मौलिक्ता भने ” प्वस: ” बिईगु हो । नेवाः समाजको परम्परा र संस्कार अनुसार पशु पन्छी प्वस: दिन प्वस: याने बलि दिईने पशु पन्छीलाई आफुले पालेकै हुनु पर्ने परम्परा रहेको देखिएको छ । त्यसैले पहिला पहिला चाड पर्व आउनु भन्दा महिना दिन अघी नै प्वस: दिन कै लागि भनी पशु पन्छी घरमा ल्याएर हेरविचार गरि पाल्ने गर्दछन् । तर हाल समय परिस्थिले महिना दिन बली दिनका लागि पशु पन्छी पाल्न सक्ने थाउँ अभाव हुँदै कारण एक दुईदिन अगादिमात्र ल्याएर राखिन्छन् । 
      मध्यमांस ग्रहण नगर्ने मन्दिर र चैत्य स्थल क्षेत्रमा रहेका भैरबहरुलाई पनि बलि दिने परम्परा
     नेपालको आराध्य देवका रुपमा रहेको अनि १२ ज्योतिर्लिंङ्ग मध्य एक केरादनाथ मन्दिरको आधी भाग मानिने श्री पशुपतिनाथ मन्दिर परिसर मै रहेको किर्तिमुख भैरबलाई हरेक महिनाको पुर्णेका दिनमा हुने महास्नाका दिन पशुपति महादेवलाई भुजा पकाएर, सात्विक भोक चढाएर पूजा गर्नुका साथै त्यसै पूजा द्धतिको एक अङ्गको रुपमा रहेको कीर्तिमुख भैरवलाई राङ्गो र बोका बलि पूजा गर्नु पर्छ । पूजाको क्रममा आचाजुले तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई राँगो, बोका बलि दिएर पूजा गर्ने परम्परा।रहेको छ । 
     श्रीकरुणमय लोकेश्वर( रातोमच्छिन्द्रनाथ)को जात्राको शिलशिलामा हुने लगं छोयेलाभूको दिन रथको चार भैरबस्वरूप रथको पांग्रामा महाबलि (बौ बिइगु पुजा)पुजामा पनि अनिवार्य बलि पूजा गर्नै पर्ने परम्परा रहेको छ । सो महाबलि पूजा नसकुन्जेल सम्म उक्त समयमा बलि पूजामा करुणामयको दृष्टि नपरोस् भनेर लोकेश्वरको अगाडि सेतो कपडाको पर्दा राखेर छोप्नु पर्ने र महाबलि पूजा सम्पन्न नभए सम्म करुणामयको पूजा स्थगित राख्नु पर्ने परम्परा समेत रहेको छ । 
      स्वयम्भूनाथ परिसरमा पाटनको रातो मच्छिन्द्रनाथको सन्दर्भमा लिएर दुईपटक बोकाको बलि चढाएर तान्त्रिक पूजा गर्ने पर्ने परम्परा हेको छ । स्वयम्भूनाथ महाचैत्यको पश्चिम उत्तर तर्फ रहेको ...... लाई एक पटक र त्यसपछि लगनखलमा मच्छिन्द्रनाथको आमा मानिएको माजुसिमाको रथले परिक्रमा पूरा गरिसकेपछि भोली पल्ट बेलुका महासचैत्यको पश्चिम दक्षिण अवस्थित वायुपुर भन्ने गरेको सानु मन्दिर भित्रर रहेको भैरबलाई कालो बोका बलि चढाएर तान्त्रिक पूजा गर्नु पर्न परम्परा रहेको छ ।यस तान्त्रिक पूजालाई फय्कु प्वाः तिईगु भन्ने गरेको पाईन्छ । त्यस बलि पूजाको प्रशाद स्वरुप बलि दिएको बोकाको शिरको अङ्गको पाँचजना बुद्धाचार्यहरुको जेष्ठता क्रम अनुसार क्रमशः थाकुली, निकुलि, स्वकुलि प्यकुली र न्याकुलीलाई सी समेत दिनु पर्ने चलन छ ।बलि दिएको बोकाको मासु प्रशादका रुपमा सबैले सक्काउ नै पर्ने परम्परा समेत रहेछ । 

      नेवाः समाजको बलि दिने विधि आफ्नै तन्त्रविधी नेवाः परम्परा र संस्कार अनुसार देवदेवी समक्ष पशु पन्छिको प्वस: दिन्दा आफ्नै परम्परागत तन्त्रबिधी प्रक्रुया रहेको पाईन्छन् । घर बाट पुजा बाहिर ल्याउन अघि प्वस: दिने पशु पन्छिलाई पुजा गरिन्छ । त्यसपछि घरको मूलढोका अगादिरहेको पिखालखु द्य:(कुमार) पुजा गर्दै सनातन धर्म संस्कारमा अग्रज पुजाका अधिकारिका रुपमा रहेका आ आफ्ना थान ( इलाका) श्री गणेश मन्दिरमा घरको एक महिला पूजा गर्न जान्छ । थान गणेशको पूजा सकाएर महिला घर प्रवेश पश्चात् घरका मूलिले क्वत: याने पुजा थाली र बलेको सुकुन्दा लिएर घर बाट पुजा बाहिर निस्केर मन्दिरमा पूजा गर्न गइन्छ । मन्दिमा पुगे पछि पुन: त्यहाँ पिठ वा मन्दिरमा रहेको गणेशलाई पुजा गरि पछि अन्य देवदेवीलाई पुजा गरिन्छ । त्यसपछि मोहनी थाप्न मोहनी माकःचामा तेल र कपास वा काँचो धागोबाट बनाएको बत्ती राखिन्छ, अनि एउटा सलिभित्र तेलले हल्का दलेर सलिको पिठमा सात्तु, अथवा, चिउरीको धुलो, चिउरा अथवा फुलदानी( स्याःबजि)लाई फिजाई मुछेर कलश(गजूर) अथवा चैत्यको आकार बनाइएर राखेको पूजा सामाग्री । हिमालय पर्वतको स्वरुपमा प्रयोग हुने तथा धुप घोचेर राख्न समेत प्रयोगमा ल्याउनफे पूजा सामाग्री । तान्त्रिक पूजापद्धति अनुसार पूजा गर्दा सर्व प्रथम यसै ग्वःजा चढाएर वा राखेर यसमा देवीदेवतालाई आह्वान गरेर पूजा गर्ने गरिन्छ ।) पूजा गरेर मोहनी माकःचामा बत्ती बालेर त्यसामाथी पुजा गरेको सलिले घोप्टो पारे छोपेर राख्छ । त्यसपछि प्वस:(बलि) दिनकालागी तन्त्रशास्त्रमा आजुद्यः/ भैलद्यः याने भैरबका रुपको एक अङ्ग मानिएको खड्ग स्याःचुपी( वध गर्ने चुपी) पुजा गरि प्वस: दिने पशु वा पन्छी जे छ त्यसलाई पुन: पुजा गर्दै मो: हाकेगु ( पर्साउने/ पन्छाउने/ पर्छाउनु / मनाउने) कार्य गरेर प्वस: दिने पशु संग स्विकृतिका लागि याचना गरिन्छन् । देवता सामु आफुलाई प्वस: याने बली दिएमा स्वीकृति छ भन्ने संकेत ती पशुले आफ्नो सिर सहित आङ्ग्लाई एक विषेश प्रकारले कम्पन्नको फन्को मारेर देखाए पछि स्वीकृति दिएको मानी पुजा गरेको खड्गले घाँटी रेतेर प्वस: दिने गरिन्छन् । यदि पुजा कार्यमा कुनै त्रुती वा कमि कम्जोरी हुन गएमा प्वस: दिन ल्याएको पशुले सिर सहित आङ्ग कम्पन्नको फन्को नमारिएने र कम्पन्नको फन्को नमारेसम्म स्वीकृति नदिए सम्म ती पशुलाई प्वस: दिने परम्परा समेत नेवार संस्कारमा छैन् । तर बलि दिन ल्याएको पशुले त्यसरी सिर सहित आङ्ग कम्पन गरि फन्को मारेकोलाई बलि परम्परालाई स्विकार नगर्नेहरुले भने पशुले आफुलाई बलि दिन लागेको देखेर बिरोध गर्दै इन्कार गरेको हो स्वीकृति दिएको हैनन् भन्दै होच्याएर भन्ने गरेको पाईन्छन् । पूजा विधि र पूजा प्रकृयामा कारण बंश कुनै त्रुटि भएमा वा बलि दिने वाहांमा कुनै घाउ चोटको खोट भएमा कुनै हालतमा वाहां नपर्सने मान्यता तान्त्रिक बलि पूजा गर्ने क्रममा चोखीनितिमा कुनै तलमाथि भएमा वा पूजा सामाग्रीमा समावेश गर्नु पर्ने पूजासमान र दक्षिणा भूलबंश छुट्न गएमा अथवा बलि दिने बाहां (पशुपन्छी)को शरिरमा कुनै घाउ चोटको खत भएमा पनि बाहांले स्विकृतिको रुपमा देखाउने आङ्ग्लाई एक विषेश प्रकारले कम्पन्नको फन्को मारेर देखाउने प्रकृया भनौ वा पसर्ने कृया गर्दैन भन्ने यहाँ मान्यता रहेको मात्र हैन त्यस्तो नपर्सेको घट्नाहरु यहाँ धेरै छन् ।

 बलिको बोका नपर्सेका घट्नाहरु - हालै मात्र पाटनको यस वर्षको श्रीकरुणमय लोकेश्वर( रातोमच्छिन्द्रनाथ)को जात्राको लगं छोयेलाभूको दिन रथको चार भैरबस्वरूप रथको पांग्रामा महाबलि (बौ बिइगु पुजा)पुजामा गर्न ल्याएको निख्खर कालो बोका दुई घण्टा सम्म मु महा( नपन्छे पछि) अर्को बोको ल्याउन परेको थियो । महाबलिका लागि ल्यएको बोका नपर्सनुको कारण भने थाहा हुन सकिएन । विषयको फोटो र सानो भिडियो क्लिपहरु सामाजिक सँञ्जालको राजु नापीटले पोष्ट गरेको-बौ बिगु पुजाय भैरब आसांद्या र हाम्रो मठमन्दिरले पोष्टमा करुणामयको रथमा महाबलि पूजा भैरहदा समेत फेशबुक सामाजिक सञ्जालका आएका थिए । मच्छिन्द्रनाथको रथमा बलि लिने र नलिने देवगणहरू पनि विराजमान हुने भएकोले उक्त बलि चार भैरबस्वरूप रथको पांग्रामा भैरबहरुलाई सन्तुष्ट गर्न छाग बलि चढाउने परम्परा अनुसार बलि चढाएर महाबलि पूजा गरेको हो । उक्त समयमा करुणामयको दृष्टि नपरोस् भनेर लोकेश्वरको अगाडि सेतो कपडाको पर्दा राखेर छोपिएको थियो । महाबलि पूजा सम्पन्न नभए सम्म करुणामयको पूजा स्थगित राख्नु पर्ने परम्परा समेत रहेको छ । बलिको बोका नपर्सेको अर्को एक घट्ना- काठमाण्डौ यटखाटोलको नासःद्य भएको मन्दिरको तल हस्तकला सामाग्री बेच्ने पसलेले भने अनुसार यही गएको ........ महिनाका नासःद्यः संगै रहेको कंग अजिमाको देवगृह( द्यःछें)मा सर्वसाधारणले पूजा गर्दै आउने गरेको सधै बन्द रहने ढोकामा एक परिवारले  बलीपूजा गर्ने क्रममा चार घण्टा अथक प्रयास गर्दा पनि बोका नपर्सीरहेको अवस्थामा बाटो आउने एक ट्याक्शि चालको दृष्टि बोको शरिर एक भागमा घाउको खत देखेर खुन भएको बोका पनि कहिले पर्सिन्छ भन्दै पुजा गर्नेलाई भनेर गएको घट्ना ताजै छ । त्यस्तै अर्को स्मरण गर्न लायक एक घट्ना सुने - केहि वर्ष अगाडि कुनै एक परिवारको मन्दिरमा बलि पूजा गर्ने क्रममा घण्टौ सम्म बोका नपर्सिरहेको अवस्थामा घरबाट एकजना मानिस आएर ल तिमिहरुेले देउटालाई चढाउन पन्छाई राखेको दक्षिणातः नलिइकन आएछ भन्दै दिन आएछ । घरबाट ल्याएको त्यो दक्षिणा देउटालाई चढाए पछि बोकाले आफ्नो आङ्ग फन्को मार्ने गरी कम्पन्नको फन्को मारेर देखाए पछि मात्र पर्स्यो पर्स्यो भन्दै बालि दिएर पूजा सम्पन्न गरेको घट्ना सुन्नमा।आएको थियो। अथक प्रयास गर्दा पनि नपर्सेको बहांलाई मन्दिरमा त्यसै छड्न् परम्पर रहेको छ । बलि दिने स्याचुपि(खड्ग) आजुद्यःको प्रतिक तन्त्रप्रधान नेपालमण्डल वासी पुज्दै आएको तान्त्रिक देवताहरु मध्यमा एक देवता आजुद्यः पनि हो । आजुद्यः भन्नाले देश तथा ग्राम टोलको सुरक्षाका लागि बिभिन्न दिशा विदिशामा बसेका अति बलसायी देवताहरु हुन् । नेवाः समाजमा आफ्नो कुलका र मावाली तर्फका बाजे बराजुलाई अजा, आजु भन्ने गरीन्छ। सम्भवतः यो अजा आजु शब्द किराती भाषाबाट आएको हुनु पर्छ । किनकी यहाँ संस्कृति किराँत कालीन संस्कृतिको अवशेष मानिन्छन् ।
     नेपालमण्डलवासीले पूज्दै आएका अजिमाद्यः र आजुद्यःहरु आफ्नै कुल पुर्खाका अजा आजाजु र अजिहरुलाई आजुद्यः र अजिमाद्यःका रुपमा मान्ने परम्परा समेत रहेको देखिन्छ । आजुद्यः तन्त्रका देवता भैरव शिवको एक रूप हो जसलाई देवताको सबैभन्दा डरलाग्दो र खतरनाक रूप पनि मानिन्छ। तन्त्रका विभिन्न पक्षमा प्रभुत्व प्राप्त गर्नका लागि अन्य देवी-देवताहरूको पनि पूजा गरिन्छ, तर तान्त्रिक अनुष्ठानको केन्द्रमा भैरवको ठूलो महत्व रहेको छ । तन्त्रशास्त्रमा प्रमुख देवता भनेर मान्दै आएको आजुद्यः(भ‌ैरब, भैराद्यः वाय् भैलद्यः)को एक अङ्ग खड्गका रुपमा पनि लिएको छ । आजुद्यः( भैरब)को डरलाग्दो मुखबाट बाहिर निस्केको डरलाग्दो दाह्राका रुपमा खड्ग लिएको देखिन्छ । यस कुराको प्रमाण हामी हेर्न र देख्न सकिन्छ, बालिपूजा ग्रहण गर्ने मन्दिर अथवा आगममा पशुपन्छिलाई बलि दिन्दा बलि दिनु भन्दा अगाडि खड्गकै एक अर्को रुप स्याचुपि( वधगर्ने चुपि)लाई देवता मानेर पूजा गर्ने गरेको । तान्त्रिक परम्परा अनुसार बलि दिन ल्यएको चौपाया वा दुईपायाले पर्सेर आफु बलिको लागि तयार भएको भन्ने संकेत सहित पर्सेर स्विकृति दिइ,सके पछि जसले वध गर्ने हो उसले पूजा गरीसकेको चुपिलिएर आजुद्यः( भैरब)लाई श्लोक " तीक्ष्णदँष्ट्र ! महाकाय ! कल्पान्तदहनोपम ! भैरवाय नमस्तुभ्यं ममाज्ञां दातुमहंसि । वाचन गरेर चुपिलाई ढोग्छन । श्लोक अर्थ अनुसार -"तिखो दाह्रा स्वरुपको, भयकंर शरिर भएको, कल्पको अन्त्यको जाजुअग्नि स्वरुप हे आजुद्यः(भैरब) हजुर प्रभुलाई नमस्कार छ, मलाई आज्ञा दिनुहोस् " भन्दै यस प्रकार श्लोकबाट प्राथना गरेर चुपिलाई ढोगेर मात्र बलि दिन तयार पशुपन्छीको वध गर्ने परम्परा रहेको छ। अहिले पनि श्लोक परेर प्राथना नगरे तापनि चुपिलाई अनिवार्य पूज गरेर चुपिलाई ढोगरे मात्र वध गर्ने गरिन्छ । यसले बलि वध गर्ने स्याचुपि(खड्ग) आजुद्यःको प्रतिक हो भन्ने प्रस्त देखाउछ । 👉️( खड्ग, सुरक्षाको प्रतिक- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) बलिपूजा पद्धति नेवाः समाजको तान्त्रिक बलिको पूजापद्धतिमा यसरी लेखिएको पाईन्छ - " पूर्वजन्मकृत कर्म पशुजन्म च जायते। सर्वपाप विनिर्मूक्तः स्वर्गलोके महीते ।।" बाहां बध गर्न पूजारीले बाहांलाई यो श्लोक पढेर सुनाएर पूजा गर्नु पर्छ । यस श्लोको अर्थ " पहिलाको जन्मको कर्म पशुजन्म लियो, अब सबै पापबाट मुक्त भएर सर्गलोकमा जान्छ " भन्ने हो । श्लोक पढेर ज्ञान दिएर बाहांको दायाँ कानमा छागगायत्री भन्ने मन्त्र सुनाउछ । त्यस मन्त्रको अर्थ के छ भने " छाग(बोका" को शिर बध गर्न ध्यान गरें, त्यसकारण बाहां(छाग) प्रेरित होस् "। त्यस पछि शिरमा पानीको धारो झारेर ।संकल्प गर्छ। त्यसपछि पशुजन्मले मुक्त हुने ज्ञान प्राप्त गरेर बाहां मर्न मञ्जूर भै जिउमा छर्किएको पानी टकटक्याएर पर्से (मूहाल कि) पछि त्यसलाई बध गरे पनि भयो । त्यसैले बहां( छाग) बध गर्न पर्साउनु नै हो। नपर्सेको भेडा, बोका,, हाँस कुखुरा बलिदिन (बध गर्न) हुन्न । बाहां पर्सिएन भने सानै बलिभए( चवां) पनि बध गर्नै भनेर फुल(अण्ड) एउटा देवतालाई चढाएर आउने गरेको छ । त्यसपछि बाहा बध गर्ने पनि भैरब( आजुद्यः)ले नै हो । किनभने देवगण नाचमा बलि( प्वःसः) लिनेबेलामा भैरब( आजुद्यः)ले नै भेडा बोका,हाँस कुखुराको घाँटी रेटेर रक्तपान खाइरहेको छ । त्यसै कारण आगम घरमा पूजारी हुने गुरुले बाहां बध गर्नपरेमा पनि तन्त्रको विधिले भैरब देवताको प्रतिक बाहां बध गर्ने चुपि स्थापना गरी पूजा गरेर भैरब देवता( आजुद्यः)संग आज्ञा लिएरमात्र बाहा् बध गर्छ । बध गर्ने चुपि ढोगेर घाँटी रेट्नेबेलामा बाहांको घाँटीको रुद्रघण्टीइमा पर्नेगरी रेट्नु पर्छ । यसमा यसरी भनि राखेको छ - सृका कृक्का द्वयोर्मध्ये छुरिंका च निवेदयेत् । यसको भनाइ के भने सृका र कृक्का भनेको दुई हड्डीको बिचमा अथवा जोर्नीमा चुपि राख्ने हो । यसरी भैरब देवताले बाहां बध गर्ने गर्दै आएका हुनाले देवताले बध गरेको बाहां( पशुपन्छी) त्यसै स्वर्ग जानेनै भयो भनेर विस्वास गरेको छ । त्यति मात्र पनि हैन बाहां बध गरेर देउतालाई रगतले छ्यापि सकेपछि बाहांलाई स्वर्ग पठाउने वा देउतामा नै लिन गरेर पठाउने भनेर बाहांको शिर देउताको सामुन्ने राखेर पूजागरेर बाहांको आत्मा स्वरुप अन्तर्ज्वोति र बहिर्ज्योति एक रुप गर्ने उद्देश्य ले कपूर बालेर देउतालाई बत्ती दिएर बाहांको शिरमा।राखेर रक्सी खन्याश्रन्छन् । यसको अभिप्राय पनि।बाहांको आत्मारुप कपूरको ज्योतिइ रक्सी खन्याएर बत्ती ठूलो बालेर बाहांको आत्मा देउतामा लिन गराउने हो । ( बलदेव समेतको सीकाःभू लेख- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) देवीदेवतालाई बलि दिए पछि गर्नु पर्ने तान्त्रि विधि मो:हायेक प्रकृया बाट बोकाले स्वीकृति पाएपछी प्वस:(बलि) दिएर सिरछेदन गरिसके पछि पुच्छरको सानो एक टुक्रा काटेर मुखमा कोचेर राखिन्छ । त्यस्तै नै बोकाको शरिरको गरदन भागमा परेको केही मासु तुक्रा तुक्रा कातेर एक एक तुक्रा मोहनी सलिमा अरु टुक्रहरु एक टुक्रा सबै देवीदेवतालाई अर्प्ण गर्न्छ र टाउकोमा एकजोर बलेको बत्ती राखेर प्वस: दिने प्रकृया पूरा गर्न्छ्न् । यसपछि प्वस: दिएको पशुको सरिरलाई खड्गले तीन धाप नमारे सम्म प्वस: दिएको सिरबिही न शरीर शान्त हुन नसक्ने भन्ने परम्परागत प्वस: दिने प्रकृयाकै एक अङ्ग भएकाले खड्गले तीन धाप दिई प्वस: दिने प्रकृयालाई पूर्णता दिइन्छन् । यता सिरमा राखिएको बत्ती न निभेसम्म टाउको त्यहाँ बाट हताउन याने उठाउन नहुने परम्परा समेत नेवार संस्कार रहेको पाईन्छन् । त्यस्तै मोहनी थापी राखेको बत्ती ननिभेसम्म मोहनी सल्लि निकाल्न हुँदैन । बोकाको टाउको र मोहनी बत्ती निभे पछि मोहनी थापेबो सलि, बोकाको टाउको, फूलप्रशाद समेत क्वतःमा राखेर घर प्रस्था गर्छ ।

सीकाःभू
       नेवाः समाजमा देवदेवीलाई पशु पन्छिको प्वस: दिएको बाहांको प्रशादका रुपम मासु सहितको भोज खांन्दा अनिवार्य सीकाभू:( प्वस: दिएका बांहाँको सम्मान स्वरुप गरिने दुई प्रकृया मध्यका एक प्रक्रुया) गर्नु पर्ने भएकाले त्यो बाहांको सिर क्वत:याने पुजा थालीमा राखेर घर लगिन्छन् । (नेवाः समाज भित्र ठाउँ अनुसार बलि पूजामा केहि केहि फरक हुने गर्छ ।) सीकाःभू अहिंसा परम धर्म भनेर हिंसालाई पाप भनिए तापनि नेपालमा देवीदेवतलाई पशुबलि दिइने कामलाई पाप नभनिकन धर्म नै भनिराखको छ । तान्त्रिताकप्रधान नेपाल देशमा शक्ति व सिद्ध प्राप्त गर्नका लागि तन्त्रको विधिले बलिपूजा गर्नु पर्छ ।अनि देवता पूजा गर्नेबेलामा थापीराखेको मोहनी सिन्ह र बलि दिएको बाहाँको रक्त तिलक लगाएर रातो क्वखा लगाएर सम्हय् प्रशाद खाईसके पछि बेलुका भ्वज खानेसमयमा सी लिएर सीकःभू गर्नु पर्छ । यो भ्वजलाई मूःभ्वय् पनि भनिन्छ । यो सबैभन्दा ठूलो भोज हो । देवतालाई पूजा गरेर बाहां बलि दिएपछि हाम्रो थिथिअनुसार बाहांको शिरको सी अनिवार्य लिनै पर्ने हुन्छ । बिरामी परेर थल्ला परेर बसेको भए पनि सी लिनै पर्छ भनेर सीकाःभूको भ्वजको लाईनमा राख्न ल्याऊन्छन् । यदि कुनै कारणले कहिं कतै टाढा गईरहेको भए पनि सी दिनु पर्छ भनेर बाहिररहेका ब्यक्तिका नाममा सी भाग छुट्टाएर हड्डिमात्र हुनेगरी भए पनि दलिना झुण्ड्एार राख्ख्नु पर्छ । सी भाग हराएर लिन पाएन भने खराब लक्ष्ण भएको भनिन्छ । गुठिमा सी कै कुरामा तः ठूलै झैझगडा भै टाउको नै फुट्ने फुटाउने गरी पनि झगडा गर्ने सजन गुठियार पनि छ । केही गरी सी भाग हराएमा अर्को बाहाँ बलि दिन लगाएर भए पनि सी लिएरै छाड्छन् । त्यसकारण सी लिनु कतिसम्मको उच्च भाव लिईराखेको रहेछ, धार्मिक दृष्टिकोणले मात्र हैनकि सामाजिक दृष्टिकोणले पनि यसको धेरै महत्त्व छ । कुनै कुरामा झगडा भएर छुट्टाछुट्टै भिन्न बसेका लाजुभाई फुकि खलकसंग सी लिन नमान्नु हुन्न भनेर संगै जोड्न आई सीकाःभू गर्न आउने गर्छन् । त्यसै कारण झगडा भै रिसाएर बसेका पनि रिस हराएर फेरी मिलिजुली जानेगर्छन् । दाजुभाइ फुकी खलकेहरु चाहिन्छ भन्ने ज्ञान दिएर झैझगडा गर्ने छाड्न पर्छ भन्ने भावना सृजना हुने यसको एउटा ठूलो विशेषताको कुरा हो । प्राणीहुको शरीरमा ज्ञान ग्रहण गर्ने अंग पाँच वटा छ। त्यसलाई पञ्चज्ञानेन्द्रिय भनिन्छ । आँखा, कान, नाक, जिब्रो , छाला यति पञ्चज्ञानेन्द्रियहरु हुन् । कुनै वस्तुवारे आँखाले हेरेर, कानले श्रवण गरेर, नाकले सुँगेर, जिब्रोले स्वाद लिएर र छालालले स्पर्शले ज्ञान लिने काम गर्लछ । यो पाँच ज्ञानेन्द्रिय मध्य आँखा दुईवटा , कान दुईवटा , नाक( थुतुनो ) एउटा , जिब्रो एउटा र छुने ( स्पर्श ) गर्ने इन्द्रियलाई प्रततिकका।रुपमा बङ्गारोलाई दुइ टुक्रा गरेर आठ सी थकालीदेखि (जेष्ठतानुसार) आठवनाले ग्रहण गर्ने जर्छ । पञ्च ज्ञनेन्द्रियको सबैभन्दा उत्तम ज्ञान लिने आँखा हो ,ञ त्यसलाई उच्चको सीका रुपमा लिएर सवैभन्दा जेष्ठ ( नायः) लाई आँखा, सी दिन्छ । त्यस पछि न्वकुलाई( दोस्रो जेष्ठ)लाई बायाँ आँखा, स्वकुयात ( तेस्रो जेष्ठ )लाई दायाँ कान, प्यकुयात( चौठो जेष्ठ) लाई बायाँ कान, न्याकयात ( पाँचौ जेष्ठ) लाई थतुनो, खुकुयात (छैठालाई)जिब्रो , न्हय्कुयात(सातौ जृष्ठ)लाई दायाँ बङ्गारो र च्यकुलाई( आठौ जेष्ठलाई) बायाँ बङ्गारो गरी जेष्ठता कर्म मिलाएर सी दिन्छ । सी लिने पूरुष आठजना नभएकाहरुको महिलालाई पनि सी भाग पार्छ । त्यस पछि पनि सी बाँकी भएमा बाँकी भएको सी सबै थकालीलाई नै दिएर पठाउछ । यो  आ- आफ्नो कुलको कुल परम्परानुसमर गर्ने गरिन्छ । आगम घरको पूजामा गुरुलाई सवै भन्दा माथी राखेर दायाँ आँखाको सी गुरुलाई नै दिनु पर्छ । देवाली पूजामा, गुठीमा आचाजुले( कर्माचार्यले) जोशीले, देवता पूजा गरेमा भने उनिहरुलाई थुतुनो दिने चलन गरीएको छ, अर्को सीहरु जेष्ठता अनुसार माथी उल्लेख गरेनुसार क्रमशः दिन्छ , राङ्गोको सी भने नलिने पनि छ । हाँस कुखुराको शिर एउटा मात्र,सी दिएर नपुग्नेहरुको प्वाँख दुईटा र खुट्टा दुईटा गरी पाँचसी जेष्ठतानुसार पाँचजनालाई माथी उल्लेखित गरेअसार क्रमशः दिन्छ । शिर एउटा मात्र सी लिनेगर्ने गरेकाहरुले प्वाँख र खुट्टा सी लिइरहन नपर्ने गरी प्वाँख र खुट्टा एउटा एउटा टुक्रा गरेर देउतालाई अर्पण गर्छन् । सीकाःभू गर्ने कामाण्डौमा जेष्ठक्रमानुसार आठजानालाई दिने चलन भएतापनि भक्तपुरमा भने बोकाको पुच्छर समेत गरी नौजनालाई सी देने चलन रहेको छ । यसरी ठाउँ अनुसार चलन केहि फरक हुने गरेको छ । सीकाःभू गर्ने अन्तिममा खाने भ्वज हो । यो तन्त्र विधि विधानले खान पर्ने भ्वज भएकाले यसमा नियम पूरा गररेर भ्वज खाएर अन्त्यमा सी लिइसकेपछि भ्वज अन्त्य गर्नु पर्छ ।

 तान्त्रोक्त।भ्वज खाने नियम भनेर देव ब्राम्हणहरुको एउटा हस्तलिखित पुस्तकमा यसरी उल्लेभएको छल - " ।।प्रथम भोजनको नियम ।। सर्वप्रथम भूइ पोटेर लहरै बस्ने, १. लप्पे( भोजखाने पात) राख्ने, २. भ्वजको ब्यञ्जन(घासा) राख्ने, ३. चिउरा राख्ने, ४. पकाएको मासु राख्ने, ५. हरियो साग राख्ने, ६. अौसानी चढाएर खान सुरु गर्ने, ७. छ्वय्ला राख्ने, ८. फर्सि राख्ने र ९. बोडी राख्ने । इति प्रथम भोजन ।। ।। द्वितिय भोजनको नियम ।। १. थप बजि राख्ने, २. भुतेको मासु राख्ने , ३. सिमी राख्ने ४. केराउ राख्ने , ५. चना राख्ने । इति द्वितिय भजन ।। ।। तृतिय भोजनको नियम ।। १. थप बजी राख्ने, २. पाउँ राख्ने । इति तृतिय भोजन ।। ।। चतुर्थ भोजनको नियम ।। १. बजि राख्ने, २. दही राख्ने, ३. सख्खर राख्ने, ४. दहीच्यूरा खाइसके पछि माथि उल्ले गरेको क्रमनुसार सी दिने हो ५. त्यस पछि सलाद ( सिसाबुसा) राख्ने । त्यसपछि ६. ७ . सिन्का(खौका) राख्ने, ८..बाता राख्ने, ९. मुख चुठ्न पानी हाल्ने, १०. उच्छिष्ठ संकलन गर्ने, ११. अनि गोबरले जुठो भएको ठाउँमा लिपेर त्यहाँ उच्छिष्ठ संकलन गरेर राखेको बाटा राखेर कलंक पूजा गरेर बत्ती बालेर बातामानै राख्ने , १२. च्छासमा कलंक विसर्जन गर्न पठाउने, कलंक वाय् गर्न जाने कसैसंग नबोलिकन दुबाटो वा जहाँ च्छास अजिमा रहेको छ त्यहाँ कलंक वाय् गर्न जान्छ १३. च्छास अजिमामा कलंक विसर्न गरी कलंक( कल) वाय् गरेर फर्किए पछि सबैलाई जल प्रशाद दिने, १४. पानसुपारी दिने, १५. त्यसपछि कलंक वाय् गर्न लगेको बाता घोप्टाएर त्यसमा पूजा गरेर बत्ती बालेर बिदा माग्ने र १६. आआफ्नो घरतर्फ लाग्ने । भ्वज खाने नियम भए जस्तै भ्वजको पात गाँस्ने नियम पनि छ । एउटा पात तल राखेर माथि दुईवटा अर्को पात राखेर गाँस्ने अनि अर्को छ वटा पातले चारैतर्फ दायाँ तर्फबाट सिन्का भन्दा माथि पात गाँस्नु पर्छ । तल एउटा पात नराखिकन गाँसेको भ्वज लप्ते राखेर भ्वज खान हुन्न । यस्तो लप्तेलाई यकसरा लप्ते भनिन्छ । भूत प्रेतलाई पन्छाउन मात्र यकसरा लप्तेमा राखिन्छ । छ्वासमा बौ राखेरेर पन्छाउन ल्याउने लप्ते, दोनाहरु यकसरा नै हुन्छ । एउटा पात तल राखेर अर्को आठवटा पातले भ्वजको लप्ते गाँस्नुको अर्थ आजकालको चलन अनुसार अष्टमातृका देउताको रुप हो भनेर भनिएको छ । तल एउटा पात राख्नु देउताको आसन हो भन्ने गर्छन् । व्यञ्जन परिकार पस्किनुमा पनि आ आफ्नै नियम छ । पाँच प्रकार, आठप्रकार, बाह्रप्रकार व्यञ्जन परिकार राखेर भ्वजमा पस्किने गरेको देखिन्दैनन् । पाँचप्रकार व्यञ्जन परिकार पस्किनेहरुको पञ्चबुद्धको प्रतिक धनेर राखिन्छ, आजभोलि आठप्रकारको व्यञ्जन पस्किनेहरु अष्टमातसकाको प्रतिक भनेर, त्यस्तै नै बाह्रप्रकारका व्यञ्वजन परिकार पस्किनेहरु गणेश, भैरब, सिंगिनी, व्यागिनी चारजना र आठ अष्टमातसका भनेर बाहेरजना गणदेवको प्रतिकमा राखिन्छ । पञ्चबुद्धको प्रतिकमा पाँच व्यञ्जन परिकार राख्नेहरु पाँचजना बुद्धहरु - वेरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताम्भ र अमोधसिद्धि हो । अनि आठ व्यञ्जन परिकार राख्नेहरु मासको बारा ब्रम्हायणी, सकिमना .... रुद्रायणीयणी, कंघासा( सानो केराउको अचार) कुमारी, वाउँचा वैष्णवी, नलिघासा( फर्सिलाई सानो लाम्चोकारको उसिनेको परिकार) बाराही, गुलिघासा इन्द्रायणी, खयेपि( उसेनेको फर्सिलाइ चारबकुने गरी तयार पारेको परिकार) चामुण्डा, चयपि(फर्सिलाई सानो सानो टुक्रा पारेर बनाए परिकार ) महालक्ष्मी भनेर अष्टमातसका देउताहरुको प्रतिक गरेर राखिन्छ । यस आठ व्यञ्जन परिकारको नियम डेढ शताब्दीभन्दा पुरानो एउटा भिमसेन देवताको सीगुठी ( मृृत्यु संस्कार)को आधार लिएर यहाँ उल्लेख गरेको हो । त्यस्तै नै हामीकहाँ देश बनाएर गएको बारे हेर्दाखेरी पनि कान्तिपुर देशको चारै तर्फ अष्टमातृका भनिएका अजिमाहरु स्थापना गरी राखेको छ । पाटन, भक्तपुरदेशमा पनि चारैतर्फ अष्टमातृका देवीदेवताहरु स्थापना गरी राखेको छ । न्यतमरु।अजिमा( नरदेवी)को देवीगणनाच, लुमरी अजिमा( भद्रकाली), पचली भैरबको देवगणनाचमा अष्टमातृका देवीदेवताको कस्तो क्रममा बस्ने हो, त्यहि क्रमबाट पनि व्यञ्जन परिकार ( ब्वघासा) राख्ने गर्दछ । आ आफ्नो ठाउँमा के अजिमाहरु छ त्यसैको क्रम अनुसार पनि राख्ने गर्दछ । जुनसुकै नै क्रमले राखे पनि जुनसुकै वस्तु राख्ने परिकार पनि परिकार भनेको देवीदेवताको रुप हो। आजभोलि विधि विधान पूरा गरेर सीकाःभू गर्न नसक्ने भैसकेको छ । तन्त्रको विधिविधान थाहा नभएर जथाभावी गर्दै सीकाःभू गरिरहेको छ । पुरानो पुरानो एउटा दुइटा सीगुठी( मृत्युसंस्कार गुठी), देवीनाच खलकहरुमा कहीं कहीं मात्र तन्त्रोक्तविधिले सीकाःभू गरेर आएको देखी जस्तो लाग्छ । यसो गरेर सी लिन सकाए पछि भ्वज समाप्त हुन्छ । तन्त्रको विधिले पूजा गरेर बलि दिएर सीकाःभू गर्नु पर्छ । यसरी वध गरेका पशुपन्छी पशुजन्मबाट मुक्त भएर स्वर्गलोकमा जान्छन् भन्ने मान्यता छ । सीकाःभूको महत्व र त्यसको गुह्यता सीकाःभूको महत्व र त्यसको गुह्यताका बारेमा " मल्लकालीन देवगण नाच" भन्ने पुस्तक( सफु)मा यसरी लेखेको छ - छ - बत्ती राखेर कलं वायेगु( उच्छिष्ठ विसर्जन ) गर्ने भनेर नबोलिकन उच्छिष्ठ संकलन गरेर।राखेको बाता समाएर दुबाटोमा विसर्जन गर्न लगिन्छ। यसबारे " मल्लकालीन देवगण नाच" भन्ने पुस्तक( सफु)मा यसरी लेखेको छ - छ - " नृत्यगणहरु सबैले दिउसो स्नान गरि सकेपछि पंचताल नाइके (नायः)को घरमा भोजन राम्रो संग हुन्छ । नृत्येश्वरलाई छाग बलि दिएको पुजाको प्रशाद ( कोकाको मांसटाउको भाग बन्दा गरी) ज्ञान लिई( ज्ञान प्राप्त गरी) सीकाःभू पंचबाजा खलक।सहित बसेर समाप्त गर्छ । खाएर बाँकी भएको उच्छिष्ठहड्डी तलदेखि संकलन गरेर ल्याइ एउटा भाँडामा राखेर माथि गुरुको सामाुन्ने राखिन्छ । गुरले हिंसा गरेको पाप नलाग्ने राम्रो चिन्तना याना उग्रचण्डी स्वरुप पूजाया गरेर तल बसेर भोजन गर्ने ब्यग्रिणीले उच्छिष्ठ भाँडो समाएर छ्वास अजिमा भएको ठाउमा शेषबलि भनेर कलं विसर्जन( फाल्न) गर्न पठाउँछ "। तन्त्रको विधानले सीकाःभू गर्नुको अभिप्राय तन्त्रोक्त माँसाहुति होम गर्नु हो । मांसाहुति हवन भनेको आगोमा मांस( मासु) आहुति गरेर हवन गर्ने हो । त्यस्तै नै सीकाःभू गर्नेबेलामा पनि शरिरभित्र अग्निकुण्डमा हवन गर्ने रुपमा तान्त्रिकविधिले मांस भोजन गर्छन् । सीकाःभू गर्ने विधान र हवन विधान त्यहि नै हो। हवन गर्ने बेलामा अग्नि कुण्डमा चरु आहुति गरेर देवताको नाम लिन्दै आहुति गर्दै देवताहरुलाई ख्वाउने हो। जुन देवताको नाम लिएर स्वाहा भन्दै चरु आहुति गरेको हो त्यहि देवीदेवताको मुखमा पर्न जाने हो । त्यसैले संस्कृत भाषाले अग्निलाइ देवमुख भनिन्छन् , होम गर्नेबेलामा देउताक‍ो नाम लिएर अग्निमा स्वाहा भनेर चरु आहुति गरे जस्तै सीकाःभू गर्नलाई पनि अौसानी चढाइ सकेपछि हाम्रो शरिर भित्ररहेका वायु देवताहरु पाँचजनाको नाम लिएर स्वाहा भनेर न्याप्यः खाने गर्छ, बुढीअौला र ...साहिंली.... अौलाले एकगाँस लिएर " प्राणाय स्वाहा" भनेर बुढी।अौला र कान्छी।अौलाले "अपानयः स्वाहा" भनेर बुढी अौला र माझी अौलाले पनि "व्यानाय स्वाहा" भनेर , बुढी अौला र चोरअौलाले "उदानाय स्वाहा" भनेर, अनि पाँचैअौलाले पनि एकगाँस लिएर " समानाय स्वाहा" भनेर खान्छ । यसरी खानेलाई पञ्चग्राम लिने भनिन्छ । यति सकेपछि पानी खाए पछि मात्र भ्वव खाने गर्छ। त्यसैले यो सबै होम नै भन्नु पर्छ।। होम पनि धेरै प्रकारको छ । बाहां( देउतलाई भोग चढाएको पशुपन्छी )को मांस आहुती गर्नु पर्ने होम पनि छ । दक्षप्रजापतिले बृहस्पतिसत्र भन्ने होम गर्दा खेरी महादेवको हेला गरेको भएर दक्षप्रजापतिको शिर छेदनगरी यज्ञमा होमिदिएकाले पछि यज्ञमा बलिदिएको बोका( छाग) को शिर दक्षप्रजापतिको शिरविहिन शरिरमा प्रत्यारोपण गरी जीवनदान दिएको कुरा स्वस्थानी कथामा छ । त्यस्तै अस्वमेध यज्ञमा रामचन्दर र पध्चपाण्डहरुले गरेर आएको कुरा पुराणमा उल्लेख भईरहेको छ । अहिले पनि कंग अजिमालाई पाहाँचःह्रेको पूजामा राङ्गो बलि दिएर शिर होमिदिए ( आहुती दिएर) होम गरेर आएको छ । बाला चतुर्दशीमा लुति अजिमाको मन्दिरमा सर्प, चरा,परेवा आहुति गर्नु पर्छ । पचलि भैरबको जात्रा हुनेदिन बिहान मन्दिरमा हवन गर्दा बोका बलि दिएर मासुले होम गरेर हवन सिध्याउन शिर समेत होमिदिएर मांसाहुति होम गर्नु पर्छ । कुनै मानिस मर्दा बुधवारका दिन बाह्रदिनको कार्य( घःसु) पर्न गएमा रगतले घेर्नु पर्छ भनेर हाँस मारेर मासु र टाउको आहुति दिएर होम गर्नु पर्छ । यसरी होममा बध गरेको जीवजन्तूको (बाहांको) शिर ह‍ममा नै आहुति गरिन्छ। सी लिन्दैनन् हाम्रो पेट पनि अग्निकुण्ड भएर नै भएर मन्दिरमा बलि दिएको बाहांको( पशुपन्छीको) मासु र शिर सीकाःभू गर्नेेबेलामा जठाराग्निइ होम गर्ने भावलेभावले खाने गर्छन् । खाने गर्छन् । त्यस्तै नै हामीले श्राद्ध गर्दै आएको पनि एक प्रकारको यज्ञ हो । यसलाई पितृयाग भनिन्छ ।अग्निमा देउतालाई स्वाहा भनेर चरु होमिन्छ, श्राद्ध गर्नेबेलामा पितृहरुलाई स्वाहा भनेर पिण्ड तर्पण गरिन्छ । हाम्रो तन्त्रको विधानले श्राद्ध गर्न मांस नभइकन नै हुँदैनन् । श्राद्ध गर्नेबेलामा गैडाको मासु भित्र राखेर पिण्ड तर्पण गर्न पर्छ । त्यसपछि आगंभाग( आगंब्व) भनेर भ्वजभाग( पञ्चमकार सहितको व्यञ्वजन परिकार) पनि पिण्डमा चढाउनु पर्छ । कतिपयको पाकश्राद्ध भनेर श्राद्ध गर्नेबेलामा बाहांको रगतले रेखा तान्दै( हिं खुया) पात्रमा बस्ने प्रोहितहरुलाहरुलाई शिरको सी दिएर शिर पिण्डमा नै राख्छन्। अरुबेलामा श्राद्ध गर्ने बेलामा निसलाः ( एक किसिमको सिदादान) एउटा मात्र भए पनि प्रोहितलाई दिने गरीराखेको छ । कतिपयको चारदिनको दिननै रगतले रेखा कोर्नु पर्छ भनेर गणेश पूजा गरी बाहां बलि दिएर त्यसको एक टुक्रा मासु पिण्डभित्र राखेर पिण्ड तर्पण गर्नु पर्छ । त्यसैले चारदिनको दिन कुनै मन्दिरमा बाहां बलि दिएको भएमा पनि चिला( बलिदिएको बाहांको गर्डनको सानो टुक्रा मासु) राखेर पिण्ड दिनु अति उत्तम यज्ञ हो भनेर भनेर गर्दै आउने पनि छ । तन्त्रको विधानले सीकाःभू गर्ने बेलामा पनि चुथिसकेपछि न्यास गर्नु पर्छ पितृयागो मया देव, कृतः सर्वार्थसाधक । अस्मे यज्ञस्य कर्ता त्वं, भोक्ता त्वं परमेश्वर ।। " यहाँ पितृयाग भनेको यज्ञको कर्ता र भोक्ता परमेश्वर हो । सबै भ्वजमा खान सकाएर बाँकी भएको शिरको सी हातका थापेर लिएर तिन पटक गरी टोकेर खानु पर्छ । यज्ञ गर्नेबेलामा पनि सिधिने समयमा बाँकी रहेको चरु सबै, सी तिन पटक खाए जस्तै गरी तिन गाँस गरी आहुति गर्नु पर्छ । अनि होम गर्दा हात जुठो भएको सम्झेर बातामा हात ध्वयर धोयर आचमन( नसला कया)गरी न्यास गर्नु पर्छ। त्यस्तै नै तन्त्रको विधानले सीकाःभू गर्ने बेलामा पनि चुथिसकेपछि न्यास गर्नु पर्छ । यज्ञ गर्नेबेलामा अष्टमातृका देवीलाई आह्वान गरी स्थापना गरे जस्तै सीकाःभू गर्नलाई पनि भ्वजको बेलामा अष्टमातृका देउताहरुको प्रतीक व्यञ्जन परिकार पस्किनु(राख्नु) पर्छ । त्यसले ठूलठूला यज्ञहरु गरेको पुण्यले मानिसहरु स्वर्गलोक जान्छन् भने जस्तै नै तन्त्रको विधिले पूजागरेर बलि दिएको पशुपन्छी(बाहां)को शिरको पनि तान्त्रोक्त विधानमा नै सीकाःभू गर्न सक्ने अवस्थमा त्यसरी नै ठूलो फलले अष्टसिद्धि प्राप्त गरी देवता भएर जान सक्ने छ । यसरी देवता भएर जाने तान्त्रिकहरु नेपालमा धेरै छन् । हामीले भ्वज खाएको देखेर भ्वज खानुको अर्थ नबुझ्ने मानिसहरु हामीलाई रोग लाग्छ नभन्ने कोही पनि हुँदैनन् । त्यस्तै नै एकजना विदेशको डाक्टरले हामीले भ्वज खाएको देखेर , नेपालमा बस्यो भने धेरै पैसा कमाउन सकिन्छ भन्ने विचार गरेर यहाँ बसेको बेलामा पछि हामीले खाने भ्वजमा वैज्ञानिकता देखेर हिस्स भएर भागेर गयो रे भनेको कुरा सुनेको छु । हुन पनि हो चामल जस्तो चिउरा, भटमास, अदुवा, हाकुछ्वयेला( कालोपोलेकोमासु), काँचो मासु, जँला( साँधेको काँचोछाला), साँधेको आलु, चतांमरी( चामलको पिठोको रोटी, मासको बारा, केराउ, बोडी, तःखा(पकाएर बासीगरी बनाएको थलथल्ली मासुको एक परिकार) त्यस्तै संन्याखुना(ससानामाछा समेत राखेर पकाएर बासी गरी जमाएको थलथली मासुको परिकार) र हेर्दै गरी शरिर सिरिक जाने खाद्य वस्तु राखेर बनाएको हुरुक्क आगो बल्ने रक्सी खाएर भ्वज खाने गर्दा पनि हामीलाई केही नभए पचीरहेको छ । किनभने हामी खाने भ्वज परिकारमा तान्त्रिकता छ । तान्त्रिक मान्यतामा हामीले भ्वज खाने पेटको अग्निकुण्डमा होमिने हो । त्यसैले अग्निलाई उत्तेजित गरेर तान्त्रिक विधानताको क्रमले भ्वज खाने गर्दै आएकाले नै पेटभित्र रहेको अग्नि प्रभावित पाचन शक्तिले सबै पचीरहेको छ । त्यसै कारण हामीले अभिप्राय बुझेर तन्त्रको विधिविधानबाट सीकाःभू गर्नु पर्छ । यसको फल पनि हुन्छ भन्ने विस्वास पनि गर्नु पर्छ। यो नेवाःहरुको ठूलो महत्त्वपूर्णको संस्कृति हो । यसलाई मास्न दिनु हुन्न । ( बलदेव समेतको सीकाःभू लेख- नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा) अन्त्यमा ~ ० ~