घण्टा
सामान्यतः घण्टा भन्ना सात हाम्रो मस्तिष्कमा समय अर्थात दिनरातको चौबिस भागको एक भागको हो भन्ने घण्टी बज्ने गर्छ । धर्मिक स्वभावका मानिसलाई भने घण्टा भनेपछि कुनै धार्मिक स्थलमा बज्ने टाङ, टाङको सुमधुर स्वर कानमा गुञ्जन थाल्छन् । यहाँ मैले भन्न र गनगन गर्न खोजेको पनि धार्मिक स्थलमा बज्ने अनि बजाउने त्यही घण्टानै हो । धार्मिक स्थलमा बज्ने र बजाउने त्यही घण्टाको ध्वनीङ्गको तरङले धार्मिक वातावरण सृजना गर्ने घण्टालाई पनि राजनैतिक करण गर्दै घण्टी नामकण गरेर राजनैतिक नभमा तरङ्गीत पारीएको अवस्था पनि हाम्रो देशमा छ, यहाँ अहिले ।
घण्टा , वेदशास्त्रका ज्ञाताहरुको भनाई अनुसार वेदमन्त्र पाठ गर्ने विधि " घण" शब्दबाट आएको भन्ने कथन रहेको छ । यदि यो कथन सत्य हो भने धार्मिक स्थलमा सुमधुर स्वरले तरङ्गित गर्ने घण्टा तन्त्र, मन्त्र सम्बन्धित पनि हुनै पर्छ । ध्वनी तरङ्गित गर्ने साधन तन्त्र, मन्त्र संग आवद्ध भएपछितः घण्टा तन्त्र मन्त्रकै आधारबाटै निर्मित एक यन्त्र भैहाल्यो । देदमन्त्र र तन्त्र संग सम्बन्धित यो घण्टा सबै मठ, मन्दिर, चैत्य, बहाः, बही र विहार एवं देवमूर्ति रहेको स्थानमा स्वागत सम्मानका निम्ति र मन्दिर प्रवेषमा अनुमतिका लागि पनि बजाउने यो घण्टा कुनै पनि पूजा शुभारम्भ र परिसमाप्त गरिने अवस्थामा अनिवार्य घण्टा बजाउनै पर्ने सनातनी धार्मिक परम्परा र विस्वा रही आएको पाइन्छ ।
मठ, मन्दिर, चैत्य र विहार अथवा देवस्थानको आसपास वा अगाडिनै कुनै श्रद्धालु भक्तजन दाताको आफ्नै आर्थिक हैसियत र क्षमताले ठूलो सानो विविध आकार प्रकारमा बनाएर राखेको हुन्छ। शुभ लक्षणयुक्त गरेर शिल्पकला अङ्कित गरेर ठाउँठाउँमा माङ्गलकारी लक्षण भावनाका संकेत सुसज्जित गरेर उत्तखालको धातुको घण्टा निर्माण गरि बनाएको उत्तम प्रकारको कलात्मक देखि लिएर, मध्यम अलिअलि कलात्मक देखिने गरि तथा सामान्य आकार सम्मको ध्वनी तरङ्ग सम्म आउने घण्टा बनाएर राखेको पनि पाइन्छ ।
नेपाली समाजमा मुख्यतया चार प्रकारको घण्टा धार्मिक व्यवहारमा प्रयोग भै आएको देखिएको छ । व्यवहार चली आएका ति चार घण्टाहरुमा - १. पूजा घण्टा, २. ठूलो घण्टा( तग्वः गं), ३. हावाले बज्ने घण्टा( फय् गं) र ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्ट) समेत हुन् ।
१. पूजा घण्टा( पूजा गं) - पूजा कर्ममा आा
चार्य, पूजारी वा सामान्य पूजा गर्ने श्रद्धालु भक्तजनले बजाउने पूजा घण्टा हो । गुह्य अभ्यन्तर पूजादि कर्ममा आचार्यले बजाउने पूजा घण्टाको गर्भगृहमा वीजाक्षर सहित शुभलक्षणल युक्तको माङ्गलिक चिन्ह भएको घण्टा बजाएर देवी देवताको पूजा आराधना गर्दा वहाँहरु प्रसन्न हुनु भई विघ्न वाधा हट्ने आस्था र विस्वासले पूजमा घण्टा बजाउने परम्परा चली आएको छ ।
२ . ठूलो घण्टा( तग्वः गं) - नामै ठूलो घण्टा यो देगल, बहा बहि, बिहार प्राचीन राजदरवार( लायेकू) एवं तिर्थस्थल आदि स्थानमा दुई खम्बाको बिचमा फालमाको सिक्रीले तानेर राखेको हुन्छ । ठुलो घण्टाको माथि टुप्पोमा अर्थात गजुरमा आ आफ्ने धर्म सम्प्रदाय अनुसार बज्र, त्रिशूल, पद्म, षट्कोण, भैरब शक्तिका प्रति खड्ग आदिको आकार अङ्कित गरी शोभायमान गरी राखेको हुन्छ । कुनै मन्दिरमा चेप्टो गोलाकार घण्टा पनि राखिएको पाइन्छन् । काठमाण्डीको शंखमूल तीर्थ स्थित जगतनारायण मन्दिरमा चेप्टो गोलाकार घण्टा झुन्डाएको छ ।
३. हावाले बज्ने घण्टा(.फय्गं) - खास गरेर प्यागोडा शैलीको मन्दिरको छानामुनी किनारमा झल्लर संगै लहरै, रथ, देवखत तगा मन्दिरको मूलद्वार माथी लहरै राखिन्छ । कहिं कहिं प्राचीन राजदरवारको छानामा एवं विहारहरुमा समेत यो घण्टा देख्न पाइन्छन् । यस घण्टाको रालोमा पितल वा तामाको पिपलको पात आकार झुण्डाएर हावाले फिरफिर चलाई घण्टा लङ्गुरलाई हलाएर हावाको झोकामा घण्टा बजेको हुन्छ।
४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्टा) - यो घण्टा खास गरेर आगममा र मन्दिर भित्र पूजा गर्ने स्थानमा मात्र राखेको हुन्छन् । त्यस्तै देवीगण नाँचमा ( गथु प्याखँमा) भैरबको दायाँ बायाँ बस्ने सिंघिनी , व्यांघिनीले यो ज्वाय् गं बजाउँदै भैरबलाइ स्वागत नाच गर्ने गर्छन् ।
माथी वर्णन गरीए अनुसारका चार प्रकारका घण्टा बाहेक पनि व्यवहारीकरुपमा अन्य केहि घण्टाहरु समेत यहाँ रहेको हामी देख्न सक्छौ ।
व्ववहारमा रहेका देखिन आएका विभिन्न घण्टाहरु -
१. मङ्गले अङ्गले गं -
पाटन मंगलबजार स्थित प्राचीन राजप्रसाद भवनको सुनकोझ्याल माथि चारकुने मन्दिर शैली बुर्जाको भित्तामा( अङ्गले) झुन्डिएको जुन घण्टा हो त्यस घण्टालाई मंगले अङ्गले गं भनिएको पाइन्छ । मङ्गले अङ्गले गं अर्थ हो - मंगलमा भित्तामा घण्टा हो । यो साधना सिद्ध तान्त्रिक घण्ट मानिन्छ । जनश्रुति अनुसार देशमा अनबृष्टि भएमा स्वर्गका राजा देवराज इन्द्रलाई जलबुष्टिका लागि घण्टा बजाएर आव्हान गर्न तन्त्र सिद्धगरी राखेको भन्ने कथन रहेको छ । यो घण्टा १९९०.सालको महाभुकम्पमा नष्ट भएको भन्ने छ ।
२. खिचाखो गं -
खिचाखो गं - |
भक्तपुर दरवारभित्रको तलेजु भवानीको नित्य पूजा गर्ने समयमा मात्र बजाउने दरवारको सवर्णद्वार अगाडि, ठूलो घण्टा पछाडि रहेको शिखरशैलीको बत्सला देवीको मन्दिर अगाडि सिँढी संगैको मझौखालको ठूलो घण्टा बजाउने बेलाका घण्टाको आवाज सुनेर कुकुहरु रुने भएकाले यस घण्टलाई खिचाखो गं भन्ने गरेको छ । भक्तपुरको इष्टदेव तलेजु भवानीको नित्यपूजा समय अतिरिक्त कसैले घण्टा नबजाउन् बजाउन सकिने गरी घण्टाको लण्डकार लङ्गुरमा सिक्रीले बाधेर तल भूमिमा जोडेर ताल्चा लगाई राख्ने गरिन्छ ।
३. विशेष ठूलो घण्टा (तःग्वः गं)
विशेष ठूलो घण्टा (तःग्वः गं) |
-
काठकाण्डौ उपत्यकाको तिनै शहरको ऐतिहासिक राजप्रसाद लाय्कू( दरबार) सामुन्ने शानदार पूर्वक सुप्रतिस्थित गरी राखेको सुप्रसिद्ध दिव्यघण्टा हो । यो घण्टा पनि जथाभावी समयमा बजाउन निषेध छ । मल्ल शासनकालमा राजाको आज्ञामा मात्र यो घण्टा बजाउने गर्थे । काठमाण्डौको हनुमानढोका स्थितको विशेष ठूलो घण्टा तलेजु भवानीको विहान नित्य पूजा समय ठीक नौ बजे मात्र आजभोली पनि दबैटोलका बालकृष्ण महर्जनले बजाउने जिम्मा लिएर बजाउँदै आएको छ ।
४. घण्टाघोषण घण्टा ( घण्टाघोषण गं) -
लिच्छविकाल र मल्लकालमा राज सन्देश वा राजआज्ञा जनता सम्म पुर्याउन ग्राम ग्राम टोल टोलमा गएरर घण्टा बजाउँदै राज सन्देश सुनाउने तात्कालिक घण्टा हो, घण्टाघोषण गं । शाह शासनको उदय पछि यो घण्टाघोषण गंको स्थानमा नायःखिं बाजा बजाएर राज सन्देश सुनाउन प्रारम्भ गरीयो, जसलाई नायःखिं।च्वेकेगु भन्ने गरिन्छ । शाह वंशीय राज्यकालको राणाकाल सम्म नायःखिं च्वेकेगु गरेर राज सन्देश सुनाउदै आएकोका राणाकाल अन्त्य पछि यसको स्थान रेडियो नेपाल लिन थालेका हुन् ।
५. देशान्तरजाने घण्टा ( देशान्तर वनेगु गं).-
बौद्ध धर्मका अनुयायी शाक्य र बज्रचार्यहरुको आ-आफ्नो वही विहारमा चूडाकर्म गर्न जाने बेलामा मार्गमा बजाउँदै जाने घण्टालाई देशान्तर वनेगु गं भनिन्दो रहेछन् । यरी वही , विहारमा चूडाकर्म गर्न जाने परम्परा र संस्कारालाई देशान्तर वनेगु भन्ने गरेको र सो समयमा बजाउने घण्टा भएरै सो घण्टालाई देशान्तर वनेगु गं भन्ने गरेको पाइन्छ ।
६. आवेश गं -
नेवाः संस्कृति र परम्परा अनुसार गुह्यपूजा पद्धतिमा एवं देवीनाचमा देउता बन्ने मानिसको शरिरमा प्रवेश गराई नृत्य गर्ने बेलामा " ॐ बज्रावेशहो " भन्दै घण्टा बजाउँदै गर्दा यो शब्द सुन्नासाथ देवीनाच गर्ने मानिस कम्पन गर्ने गर्छ।
७. माजंवनेगु गं -
नेपालमण्डलको प्रमुख विहारमा दिनमा चार प्रहरमा हुने पूजा मध्य बिहानको ८-९ बजे गर्ने पूजामा विहारको इलाका क्षेत्रमा घण्टा बजाउँदै पूजाको सन्देशका रुपमा बजाउँदै जाने कार्यलाई माजंवने भन्ने गरेकाले सो कार्यमा बजाउने घण्टालाइ माजंवनेगु गं भन्ने गरेको देखिन्छ ।
८. द्यःगं( देवघण्टा) -
देवीगणनृत्यमा विशेष आचार्यलेहरुले बजाएको घण्टाको स्वर सुनेर देवीगणहरु कम्पन्न भएर आउने घण्टालाई द्यःगं( देवघण्टा) भन्दो रहेछ ।
९. जयमांद्यःया गं (जजमानको देवको घण्टा) -
नेपालमण्डलमा बुद्ध धर्म अनुसार सम्यक् आयोजना गर्नेबेलामा जतिपनि सम्यक् देवताहरु हुन्छन् , त्यसमध्य सम्यक् आयोजना गर्ने जजमान प्रतिनिधि स्वरुपले एक सम्यक् देवता अलग बसिरहेको हुन्छन् , त्यहि जजमादेवताको हातमा एउटा घण्टा झुन्डिएको हुन्छ । सो घण्टा बजाएर ३३ कोटी देवदेवतालाई आह्वान गरेको भन्ने विस्वास रहेको छ । त्यसै घण्टालाई जजमांद्यःया गं भन्ने गरेको छ ।
१०. गम्भासिं गं ( गाम्भाकाठको घण्ट) -
गम्भासिं गं ( गाम्भाकाठको घण्ट) |
नेपालमण्डफका मूलविहारहरुको क्वापादेवता( भगवान बुद्ध)को स्थानमा चार प्रहरको पूजा हुने गर्छ । बौद्ध चरित्रअनुसार भिक्षुसंघहरुलाई दिनको चारपटक गम्भासिं(धर्मगण्डी/ धर्मगन्धी) बजाएर आमन्त्रण गर्ने पूजा पद्धति रहेको छ । यस्तो धर्मगण्डी बजाउने बेलामा पाइला चाल्न नहुने विधि समेत रहेको छ । यसरी सिं अर्थात एक प्रकारको गोलो लामो काठमा अर्को एक सानो काठको डन्डाले ठोकेर गाम्भासिं गं( काठको घण्टा) बजाउने गरीन्छ ।
नेपालमण्डलमा धार्मिक कार्य गर्दा र विविध समय परिस्थितिमा बजाउने घण्टाहरु अझ गहिरिएर हेर्ने हो भने घण्टामा विभिन्न मन्त्रहरुको विज अक्षेर रहेको विषयमा गहिरिएर अध्ययन गरीएमा धेरै गुह्यता उजागर् गर्न सकिने छन् ।
लेखन स्रोत सामाग्री ~ नेपाल - संस्कृतिया मुलुखा , हेमराज शाक्य।।
~ ० ~
No comments:
Post a Comment