Sunday, May 28, 2023

गजूर

 गजूर



       



मन्दिरका गजूर : आकार, प्रकार, परम्परा र किंवदन्ती*  



 गजूर के हो? परिचय


नेपालभित्र रहेका अधिकांश मठ-मन्दिर, देवगृह, गुम्बा, विहार तथा चैत्यहरूको शिरमा शोभायमान हुने गरी कलश आकारको चुच्चो धुरीमा *सुवर्ण, पित्तल, तामा वा बज्रबाट निर्मित सुन्दर संरचना* राखिएको हुन्छ। यही कलश आकारको लाम्चो संरचनालाई *गजूर* भनिन्छ।


मन्दिर *प्यागोडा शैली*को होस्, *गुम्बज शैली* वा *शिखर शैली*को होस् — हरेक मन्दिरको शिखर र चैत्यमा गजूर राखेकै हुन्छ। आजभोलि त *पवित्र जलाशय, पोखरी र तीर्थस्थलका प्रवेशद्वार*हरूमा समेत आकर्षक गजूर राख्ने चलन बढ्दै गएको छ।


"गजूर" शब्दको उत्पत्ति


"गजूर" शब्द नेपालभाषाको *"गजु"* बाट आएको हुन सक्ने देखिन्छ। नेपालभाषाको व्याकरणअनुसार जाति अथवा व्यक्तिवाचक संज्ञाको पछाडि *"जु"* प्रत्यय जोडिँदैन। खासगरी आदरणीय, सम्मानित, वन्दनीय व्यक्ति विशेष अथवा जाति पछाडि मात्र *"जु"* प्रत्यय लाग्छ। जस्तै: *गुरु > गुरुजु, ब्रम्हु > ब्रम्हजु, शाक्य > शाक्यजु, जोशी > जोशीजु*।


साधारण सम्मानका लागि एउटामात्र *"जु"* प्रयोग हुन्छ। अलि बढी सम्मान गर्नुपर्ने राजा-महाराजालाई *"जुजु"* भन्ने गरिन्थ्यो। यसरी नेपालभाषाको *"गजु"* शब्द नै खस नेपालीमा *"गजूर"* हुन गएको हुन सक्ने सम्भावना छ।


 गजूरको आर्थिक-सामाजिक पक्ष


नेपालभित्रका देवालयहरूमा हेर्ने हो भने देवालय स्थापना गर्नेको आर्थिक हैसियतअनुसार *स्वर्ण, पित्तल, तामा, ढुङ्गा, इँटा वा बज्र*को भए पनि गजूर राखेकै हुन्छ। यद्यपि विविध कारणवश गजूर नभएका देवालय पनि केही छन्।


 गजूर नभएका मन्दिर र तिनका किंवदन्ती


क) काठमाडौंको अशोक विनायक (मरु गणेश) 

काष्ठमण्डपसँगै रहेको यस गणेशलाई *मरु गणेश* भनिन्छ। गजूर नहुनुका दुई लोकमान्यता छन्:


स्वर्ग-यात्राको बाधा:* अशोक वृक्षको फेदमा विराजमान गणेश भगवान् दिनको तीन पटक आफू बसेको ठाउँबाट सिधै स्वर्ग जानुपर्ने भएकोले गजूर राख्दा स्वर्गलोकको यात्रामा रुकावट हुने र यदि कसैले राखेमा गजूर खस्ने जनश्रुति छ। गजूर नभएको गणेश भएरै नेवाः भाषामा *"मरु गणेश"* भनिएको हो।


गणेश नरहेको स्थान:* कुनै समय पाटन गोदावरीका एक व्यक्ति काठमाडौं दरबारमा भारदार हुँदा आफ्ना इष्टदेव गणेशलाई ल्याएर अशोक वृक्ष भएको स्थानमा स्थापना गरे। पछि ती व्यक्ति भक्तपुर दरबारमा सरुवा हुँदा गणेशलाई पनि लगेर *भोलाछें टोलको पापनी*मा स्थापना गरे। काठमाडौंको स्थानमा गणेश नभएकाले नेवाः भाषामा *"गणेद्यः मरु"* — गणेश छैन — भन्दाभन्दै *मरु गणेश* हुन गयो। उता भक्तपुरको गणेशलाई *"याँय् छेँ दुम्ह गणेद्यः"* — काठमाडौंमा घर भएको गणेश — भन्दाभन्दै *"याँछें गणेश"* हुन गएको मान्यता छ।


ख) पाटन चापागाउँको बज्रवाराही मन्दिर*  

श्रीनिवास मल्लले स्थापना गरेको मानिने यस मन्दिरमा गजूर नहुनुका पनि छुट्टै किंवदन्ती छन्:


नौ दिपको सर्त:* मन्दिर परिसरका *नौवटा दिप (चिता)* मा एकै समयमा लास जलिरहेको बेला मात्र गजूर राख्न *बज्रवाराही*को आदेश भएको, तर आजसम्म ती सबै दिपमा एकै समय लास नजलेको जनश्रुति छ।


आहाल र भाले बासेको कथा:* किंवदन्तीअनुसार बज्रवाराही भएको ठाउँमा पहिले *आहाल* थियो। एक दिन एउटा राँगो आएर आहालमा बस्यो। त्यही राँगोले देवीको रूप लिएपछि आहाल पुरेर मन्दिर बनाइयो। मन्दिर बनाउँदाबनाउँदै बिहान भई भाले बासेपछि गजूर हाल्न नभ्याइएको कथन छ। पछि गजूर राख्न खोज्दा विघ्नहरू हुन थाले।


सपनाको आदेश:* मन्दिरका पूजारीलाई सपनामा *श्रीमाई बज्रवाराही*ले बुलुगाउँका मानिस मरी मन्दिर अगाडिको चितामा जलाउन ल्याएको खण्डमा मात्र गजूर राख्नू, अन्यथा राख्नेको मृत्यु हुने खबरदारी गरेको किंवदन्ती पनि छ।


यसरी *मरु गणेश* र *बज्रवाराही मन्दिर*मा परम्परागत रूपमै गजूर नहुनुका छुट्टाछुट्टै कारण र विषय छन्।


गजूरका विविध आकार-प्रकार*


*अष्टमंगलयुक्त गजूरहरू* पनि विभिन्न आकार-प्रकारका हुन्छन्। तीमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत, पाटनको प्रसिद्ध *२१ गजूर भएको कृष्ण मन्दिर* प्रमुख उदाहरण हो। यो मन्दिर *१०८ वटा थाम* प्रयोग गरी निर्माण गरिएको छ।


साधारण मन्दिरहरूमा पनि गजूरको बनोट फरक-फरक पाइन्छ:  

कुनैमा *चार कुनामा साना र बीचमा लामो गजूर*।  


   *तलेजु भवानीको मूलचोक मन्दिर*मा *लहरै पाँच वटा गजूर*।  


   *विशालनगरको मनमानेश्वरी भवानी मन्दिर*मा *लहरै तीन वटा

     गजूर*।  

     *हनुमानढोका*स्थित *मोहनकाली (दक्षिणकाली)*सँगैको     

     *पञ्चमुखी हनुमान मन्दिर*मा फरक किसिमको गजूर —

      प्यागोडा शैलीको शिखरमा *सानो मन्दिर बनाएर त्यसमाथि

      मात्र गजूर*।


मन्दिर मात्र होइन, *काठमाडौंको घण्टाघर*, *भीमसेन थापाले बनाएको पुरानो धरहरा*, २०७२ को महाभूकम्पपछि भग्नावशेषका रूपमा रहेको *धरहराको ठुटो*, र अवशेषलाई यथावत् राखी पुनर्निर्माणका नाममा बनाइएको *नयाँ धरहरा (झिल्के टावर)* मा समेत गजूर राखिएको छ।


 गजूर स्थापना विधि र महत्त्व


गजूर मन्दिर शोभाको प्रमुख अङ्ग तथा लक्षणगुणले भरिपूर्ण हुन्छ। मन्दिर निर्माणकार्य सम्पन्न भएपछि मात्र *"सुवर्णकलश ध्वजारोहण विधि"* अनुसार तान्त्रिक विधिपूर्वक गजूरारोहण गर्ने परम्परा छ। यो विधि लेखिएको प्राचीन पाण्डुलिपि *नेपाल-राष्ट्रिय अभिलेखालय*मा रहेको जनाइन्छ।


तन्त्रप्रधान नेपालको सांस्कृतिक परम्पराअनुसार देवताको तन्त्रसाधना गर्ने परिपाटीअनुरूप नै हाम्रा पूर्वज गुरु-आचार्यहरूले गजूरको आकार-प्रकारमा व्यञ्जना अभिव्यक्त गरेका छन्।


मन्दिर निर्माणको अन्त्यमा मात्र राखिने भए पनि *सर्वोपरि स्थानमा सुप्रतिष्ठित हुन पाउनु नै गजूरको विशेषता र सौभाग्य* हो।


सायद त्यसैले होला, अरूले गरेको राम्रो काममा पछि आएर जस लिन खोज्नेलाई नेवाः उखानमा भनिन्छ —  


"छुं याय् म्वाः, गजू तवःलका"* अर्थात् _केही नगरी गजूर समात्ने_।  

अथवा, *"गजू छये जश काये"*, *"ज्या क्वचाइथें च्वंका ल्हाः तये"* - काम सकिनै लाग्दा हात हालेर जस लिने।


कलश र चुडामणि*


कलश *अष्टमंगलयुक्त* हुन्छ। सबैभन्दा माथि *नारिवल* राख्ने गरिन्छ, जसलाई *चुडामणि* पनि भनिन्छ। *चुडा*को अर्थ शिखा, टुप्पो वा शिर हुन्छ। शिखाझैं सबैभन्दा माथि रहने मणिस्वरूप नारिवल भएकाले नै *चुडामणि* भनिएको हुनुपर्छ।




लेखन-सहयोग स्रोत सामग्री : हेमराज शाक्यको _नेपाल संस्कृतिया मूलुखा_ समेत ~*


                                    ~०~

Sunday, May 21, 2023

घण्टा

 




घण्टा   
       सामान्यतः   घण्टा  भन्ना सात हाम्रो मस्तिष्कमा  समय  अर्थात दिनरातको चौबिस भागको एक भागको हो भन्ने  घण्टी बज्ने गर्छ । धर्मिक स्वभावका मानिसलाई भने घण्टा   भनेपछि कुनै धार्मिक स्थलमा बज्ने टाङ, टाङको सुमधुर स्वर कानमा गुञ्जन थाल्छन्  । यहाँ मैले  भन्न र गनगन गर्न खोजेको पनि धार्मिक स्थलमा बज्ने अनि बजाउने त्यही घण्टानै हो । धार्मिक स्थलमा बज्ने र बजाउने त्यही घण्टाको ध्वनीङ्गको तरङले धार्मिक वातावरण सृजना गर्ने घण्टालाई पनि राजनैतिक करण गर्दै घण्टी नामकण गरेर राजनैतिक नभमा तरङ्गीत पारीएको अवस्था पनि हाम्रो देशमा छ, यहाँ अहिले ।
      घण्टा , वेदशास्त्रका ज्ञाताहरुको भनाई अनुसार वेदमन्त्र पाठ गर्ने विधि " घण" शब्दबाट आएको  भन्ने कथन रहेको छ । यदि यो कथन सत्य हो भने धार्मिक स्थलमा सुमधुर स्वरले तरङ्गित गर्ने घण्टा तन्त्र, मन्त्र  सम्बन्धित पनि हुनै पर्छ । ध्वनी तरङ्गित गर्ने साधन  तन्त्र, मन्त्र संग आवद्ध भएपछितः घण्टा तन्त्र मन्त्रकै आधारबाटै निर्मित एक यन्त्र भैहाल्यो । देदमन्त्र र तन्त्र संग सम्बन्धित यो घण्टा  सबै मठ, मन्दिर, चैत्य, बहाः, बही र विहार एवं देवमूर्ति रहेको स्थानमा स्वागत सम्मानका निम्ति र  मन्दिर प्रवेषमा अनुमतिका लागि पनि बजाउने यो घण्टा कुनै पनि पूजा शुभारम्भ र परिसमाप्त गरिने अवस्थामा अनिवार्य घण्टा बजाउनै पर्ने सनातनी धार्मिक परम्परा र विस्वा रही आएको पाइन्छ ।
     मठ, मन्दिर, चैत्य र विहार अथवा देवस्थानको आसपास वा अगाडिनै कुनै श्रद्धालु भक्तजन दाताको आफ्नै आर्थिक हैसियत र क्षमताले ठूलो सानो विविध आकार प्रकारमा  बनाएर राखेको हुन्छ। शुभ लक्षणयुक्त गरेर शिल्पकला अङ्कित गरेर ठाउँठाउँमा  माङ्गलकारी लक्षण भावनाका संकेत सुसज्जित गरेर  उत्तखालको धातुको घण्टा निर्माण गरि बनाएको उत्तम प्रकारको कलात्मक देखि लिएर, मध्यम अलिअलि कलात्मक देखिने गरि तथा  सामान्य आकार सम्मको ध्वनी तरङ्ग सम्म आउने घण्टा बनाएर राखेको पनि पाइन्छ ।
      नेपाली समाजमा  मुख्यतया चार प्रकारको घण्टा धार्मिक व्यवहारमा प्रयोग भै आएको  देखिएको  छ । व्यवहार चली आएका ति चार घण्टाहरुमा -  १. पूजा घण्टा, २. ठूलो घण्टा( तग्वः गं), ३. हावले बज्ने घण्टा( फय् गं) र ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्ट) समेत हुन् ।
       १. पूजा घण्टा( पूजा गं) -  पूजा कर्ममा आा
चार्य, पूजारी वा सामान्य पूजा गर्ने श्रद्धालु भक्तजनले बजाउने पूजा घण्टा हो । गुह्य अभ्यन्तर पूजादि कर्ममा  आचार्यले बजाउने पूजा घण्टाको गर्भगृहमा वीजाक्षर सहित शुभलक्षणल युक्तको माङ्गलिक चिन्ह भएको घण्टा बजाएर देवी देवताको पूजा आराधना गर्दा  वहाँहरु प्रसन्न हुनु भई विघ्न वाधा हट्ने आस्था र विस्वासले पूजमा घण्टा बजाउने परम्परा चली आएको छ ।
       २ . ठूलो घण्टा( तग्वः गं) -  नामै ठूलो घण्टा यो देगल, बहा बहि, बिहार प्राचीन राजदरवार( लायेकू) एवं तिर्थस्थल आदि स्थानमा दुई खम्बाको बिचमा  फालमाको सिक्रीले तानेर राखेको हुन्छ । ठुलो घण्टाको  माथि टुप्पोमा अर्थात गजुरमा आ आफ्ने धर्म सम्प्रदाय अनुसार बज्र, त्रिशूल, पद्म, षट्कोण, भैरब शक्तिका प्रति खड्ग आदिको आकार अङ्कित गरी शोभायमान गरी राखेको हुन्छ ।  कुनै मन्दिरमा चेप्टो  गोलाकार घण्टा पनि राखिएको पाइन्छन् । काठमाण्डीको शंखमूल तीर्थ स्थित जगतनारायण मन्दिरमा चेप्टो गोलाकार घण्टा झुन्डाएको छ ।
      ३. हावाले बज्ने घण्टा(.फय्गं) -  खास गरेर प्यागोडा शैलीको मन्दिरको छानामुनी किनारमा झल्लर संगै लहरै, रथ, देवखत तगा  मन्दिरको मूलद्वार माथी लहरै राखिन्छ ।  कहिं कहिं प्राचीन राजदरवारको छानामा एवं विहारहरुमा समेत यो घण्टा देख्न पाइन्छन् । यस घण्टाको रालोमा पितल वा तामाको पिपलको पात आकार झुण्डाएर हावाले फिरफिर चलाई घण्टा लङ्गुरलाई हलाएर हावाको झोकामा घण्टा बजेको हुन्छ।
     ४. ज्वाय् गं( दुईभन्दा भन्दी बढीनै एकैठाउँका झुप्पा पारेर राखेको घण्टा) - यो घण्टा खास गरेर  आगममा र मन्दिर भित्र पूजा गर्ने स्थानमा मात्र राखेको हुन्छन् । त्यस्तै देवीगण नाँचमा ( गथु प्याखँमा) भैरबको दायाँ बायाँ बस्ने सिंघिनी , व्यांघिनीले यो ज्वाय् गं  बजाउँदै  भैरबलाइ स्वागत नाच गर्ने गर्छन् ।
     माथी वर्णन गरीए अनुसारका चार प्रकारका घण्टा बाहेक पनि व्यवहारीकरुपमा अन्य केहि घण्टाहरु समेत  यहाँ रहेको हामी देख्न सक्छौ ।
व्ववहारमा रहेका देखिन आएका विभिन्न  घण्टाहरु -
१. मङ्गले अङ्गले गं -
        पाटन मंगलबजार स्थित प्राचीन राजप्रसाद भवनको सुनकोझ्याल माथि चारकुने मन्दिर शैली बुर्जाको भित्तामा( अङ्गले) झुन्डिएको जुन घण्टा हो त्यस घण्टालाई  मंगले अङ्गले गं भनिएको पाइन्छ ।  मङ्गले अङ्गले गं अर्थ हो - मंगलमा भित्तामा घण्टा हो । यो साधना सिद्ध तान्त्रिक घण्ट मानिन्छ । जनश्रुति अनुसार देशमा अनबृष्टि भएमा  स्वर्गका राजा देवराज इन्द्रलाई जलबुष्टिका लागि घण्टा बजाएर आव्हान गर्न तन्त्र सिद्धगरी राखेको भन्ने कथन रहेको छ । यो घण्टा  १९९०.सालको महाभुकम्पमा नष्ट भएको भन्ने छ ।


२. खिचाखो गं -  

खिचाखो गं -


          भक्तपुर दरवारभित्रको तलेजु भवानीको नित्य पूजा गर्ने समयमा मात्र  बजाउने दरवारको सवर्णद्वार अगाडि, ठूलो घण्टा पछाडि रहेको शिखरशैलीको बत्सला देवीको मन्दिर अगाडि सिँढी संगैको मझौखालको ठूलो घण्टा बजाउने बेलाका घण्टाको आवाज सुनेर कुकुहरु रुने भएकाले यस घण्टलाई खिचाखो गं भन्ने गरेको छ ।  भक्तपुरको इष्टदेव तलेजु भवानीको नित्यपूजा समय अतिरिक्त कसैले घण्टा नबजाउन् बजाउन सकिने गरी  घण्टाको लण्डकार लङ्गुरमा सिक्रीले बाधेर तल भूमिमा जोडेर ताल्चा लगाई राख्ने गरिन्छ ।
३. विशेष ठूलो घण्टा (तःग्वः गं)
विशेष ठूलो घण्टा (तःग्वः गं)


         काठकाण्डौ उपत्यकाको तिनै शहरको  ऐतिहासिक राजप्रसाद लाय्कू( दरबार) सामुन्ने  शानदार पूर्वक सुप्रतिस्थित गरी राखेको सुप्रसिद्ध  दिव्यघण्टा हो । यो घण्टा पनि जथाभावी समयमा बजाउन निषेध छ ।  मल्ल शासनकालमा राजाको  आज्ञामा मात्र यो घण्टा बजाउने गर्थे ।  काठमाण्डौको हनुमानढोका स्थितको विशेष ठूलो घण्टा तलेजु भवानीको विहान नित्य पूजा समय ठीक नौ बजे मात्र आजभोली पनि दबैटोलका बालकृष्ण महर्जनले बजाउने जिम्मा लिएर बजाउँदै आएको छ ।


४. घण्टाघोषण घण्टा ( घण्टाघोषण गं) -
        लिच्छविकाल र मल्लकालमा राज सन्देश वा राजआज्ञा जनता सम्म पुर्याउन ग्राम ग्राम टोल टोलमा गएरर घण्टा बजाउँदै राज सन्देश सुनाउने  तात्कालिक घण्टा हो, घण्टाघोषण गं । शाह शासनको उदय पछि यो घण्टाघोषण गंको स्थानमा  नायःखिं बाजा बजाएर  राज सन्देश सुनाउन प्रारम्भ गरीयो, जसलाई नायःखिं।च्वेकेगु भन्ने गरिन्छ ।  शाह वंशीय राज्यकालको राणाकाल सम्म नायःखिं च्वेकेगु गरेर राज सन्देश सुनाउदै आएकोका राणाकाल अन्त्य पछि यसको स्थान रेडियो नेपाल लिन थालेका हुन् ।


५. देशान्तरजाने घण्टा ( देशान्तर वनेगु गं).-
         बौद्ध धर्मका अनुयायी  शाक्य र बज्रचार्यहरुको आ-आफ्नो वही विहारमा चूडाकर्म गर्न जाने बेलामा मार्गमा बजाउँदै जाने घण्टालाई देशान्तर वनेगु गं भनिन्दो रहेछन् । यरी वही , विहारमा चूडाकर्म गर्न जाने परम्परा र संस्कारालाई देशान्तर वनेगु भन्ने गरेको र सो समयमा बजाउने घण्टा भएरै सो घण्टालाई देशान्तर वनेगु गं भन्ने गरेको पाइन्छ ।


६. आवेश गं -
      नेवाः संस्कृति र परम्परा अनुसार गुह्यपूजा  पद्धतिमा  एवं  देवीनाचमा  देउता बन्ने मानिसको शरिरमा प्रवेश गराई  नृत्य गर्ने बेलामा " ॐ बज्रावेशहो " भन्दै घण्टा बजाउँदै गर्दा  यो शब्द सुन्नासाथ देवीनाच गर्ने मानिस कम्पन गर्ने गर्छ।


७. माजंवनेगु गं -
         नेपालमण्डलको प्रमुख विहारमा दिनमा चार प्रहरमा हुने पूजा मध्य  बिहानको  ८-९ बजे गर्ने पूजामा   विहारको इलाका क्षेत्रमा  घण्टा बजाउँदै पूजाको सन्देशका रुपमा बजाउँदै जाने कार्यलाई माजंवने  भन्ने गरेकाले सो कार्यमा बजाउने घण्टालाइ माजंवनेगु गं भन्ने गरेको देखिन्छ ।


८. द्यःगं( देवघण्टा) -
        देवीगणनृत्यमा विशेष आचार्यलेहरुले  बजाएको घण्टाको स्वर सुनेर देवीगणहरु कम्पन्न भएर आउने घण्टालाई द्यःगं( देवघण्टा) भन्दो रहेछ ।


९. जयमांद्यःया गं (जजमानको देवको घण्टा) -
        नेपालमण्डलमा  बुद्ध धर्म अनुसार सम्यक्  आयोजना गर्नेबेलामा जतिपनि सम्यक् देवताहरु हुन्छन् , त्यसमध्य सम्यक् आयोजना गर्ने जजमान प्रतिनिधि स्वरुपले एक सम्यक् देवता  अलग बसिरहेको हुन्छन् , त्यहि जजमादेवताको हातमा एउटा घण्टा  झुन्डिएको हुन्छ । सो घण्टा बजाएर  ३३ कोटी देवदेवतालाई  आह्वान गरेको भन्ने विस्वास रहेको छ । त्यसै घण्टालाई जजमांद्यःया गं भन्ने गरेको छ ।


१०. गम्भासिं गं ( गाम्भाकाठको घण्ट) - 

गम्भासिं गं ( गाम्भाकाठको घण्ट)


         नेपालमण्डफका मूलविहारहरुको क्वापादेवता( भगवान बुद्ध)को स्थानमा चार प्रहरको पूजा हुने गर्छ । बौद्ध चरित्रअनुसार भिक्षुसंघहरुलाई दिनको चारपटक गम्भासिं(धर्मगण्डी/ धर्मगन्धी) बजाएर आमन्त्रण गर्ने पूजा पद्धति रहेको छ । यस्तो धर्मगण्डी बजाउने बेलामा पाइला चाल्न नहुने विधि समेत रहेको छ । यसरी सिं अर्थात एक प्रकारको गोलो लामो काठमा अर्को एक सानो काठको डन्डाले ठोकेर गाम्भासिं गं( काठको घण्टा) बजाउने गरीन्छ ।
       नेपालमण्डलमा धार्मिक कार्य गर्दा र विविध समय परिस्थितिमा बजाउने घण्टाहरु अझ गहिरिएर हेर्ने हो भने घण्टामा विभिन्न मन्त्रहरुको विज अक्षेर रहेको विषयमा गहिरिएर अध्ययन गरीएमा धेरै गुह्यता उजागर् गर्न सकिने छन् ।

लेखन स्रोत सामाग्री ~ नेपाल - संस्कृतिया मुलुखा  , हेमराज शाक्य।।
                            ~ ० ~
 
        
           

Monday, May 1, 2023

नक्षत्र

 


नक्षत्र
परिभाषा र अर्थ
     ज्योतिषशास्त्र अनुसार चन्द्रमाको बाटोमा पर्ने र मानिसका स्वभाव, चरित्र आदिमा प्रभाव पार्ने ताराहरूको समूह हो नक्षत्र  । आकाशमा रहेको ताराहरुको समुह नै नक्षत्र हो । ज्योतिष शास्त्रमा नक्षत्रलाई महत्वपूर्ण अङ्ग मानिएको छ । यसले मानिसको जन्ममास, तिथि, वार, नक्षत्र फरक हुनाले व्यक्तिको  स्वभाव आदिमा पनि यसले फरक पार्ने काम गर्छ । नक्षत्रले आफ्नो प्रभावबाट मानिसको जीवनमा  मात्र हैन देशकै  अवस्था समेत उथलपुथल गरी परिवर्तन ल्याउने क्षमता राख्दछ । त्यसैले हाम्रो सनातनी परम्परा नक्षत्रको अवस्था हेरी प्रतिकूल अवस्थलाई  अनुकूल बनाउन नक्षत्र सम्बन्धित ग्रहको  शान्ति पाठ, पूजा, जप, यज्ञ अनुसन्धान तथा साधना व्रत उपासना आदि गर्ने विधि विधान सहितको परम्परा।रहेको छ । विभिन्न  ताराहरुको समुह  मिलेर सामान्यतः   २७ नक्षत्र र थप अभिजित नक्षत्र समेत  २८ नक्षत्र हुन्छ । उत्तराषाढा नक्षत्रको पछिल्लो पन्ध्र घडी र श्रवन नक्षत्रको पहिलेको चार घडीको अवधिलाई अभिजित नक्षत्र भनिन्छ ।
२७ नक्षत्र  क्रमशः यस प्रकार छन् -
        १.  अश्विनी, २. भरणी, ३. कृत्तिका, ४. रोहिणी, ५. मृगशिरा, ६. आर्द्रा, ७. पुनर्वसु, ८. पुष्य(तिष्य), ९. अश्लेषा, १०. मघा, ११. पूर्वाफाल्गुनी, १२. उत्तराफाल्गुनी, १३. हस्त, १४. चित्रा, १५. स्वाती, १६. विशाखा, १७. अनुराधा, १८. ज्येष्ठा, १९. मुल , २०. पुर्वाषाढा, २१. उत्तरषाढा, २२. श्रवण, २३. धनिष्ठा प्रवेश, २४. शतभिषा, २५. पूर्वभाद्रपद र २६.  उत्तरभाद्रपद र २७ . रेवती नक्षत्र समेत हुन् । हरेक नक्षत्रको  नौ ग्रहहरु मध्य क‌ै एउटा आफ्नै स्वामी ग्रह हुन्छ ।
ग्रह
       सूर्य र सूर्यका वरिपरि घुम्ने सौर्य परिवारका आकाश पिण्डहरु नै ग्रह हुन् । सौर्य परिवारका ९ आकाश पिण्डहरु हुन्छ जसलाई ज्योतिषिय शास्त्रमा प्रयोग हुने ९ ग्रह भनिन्छ । ९ ग्रहहरुको नाम क्रमशः यस प्रकार रहेका छन् :- १. सूर्य, २. चन्द्र, ३. मङ्गल, ४.  बुध, ५. गरु बृशस्पति, ६. शुक्र, ७. शनि, ८. राहु र ९. केतु ग्रहरु हुन् । यि नौ ग्रहहरु मध्यमा चन्द्रमा, बुध, गुरू एंव शुक्र ग्रहलाई शुभ ग्रह  सूर्य, मङ्गल, शनि, राहु एवं केतु ग्रहलाई अशुभ ग्रहका रुपका लिने गरिन्छन् ।धर्म शास्त्रीय मान्यतामा राहु , केतु दुई ग्रहको अन्य ग्रह झै वास्तविक रूप वा आकार हुँदैन । यी दुवै छाँया ग्रह हुन् । यी मध्ये राहु शीर हो भने केतु शरीर हो ।
नक्षत्रको स्वामी ग्रहहरु
      ज्योतिष शास्त्रमा प्रयोग हुने नक्षत्रका स्वामी ग्रहहरुक्रमशः  यस प्रकार रहेका छन् :- १. अश्विनीको स्वामी केतु, २. भरणीको स्वामी शुक्र, ३. कृत्तिकाको स्वामी सूर्य, ४. रोहिणीको स्वामी चन्द्र, ५. मृगशिराको स्वामी मङ्गल, ६. आर्द्राको स्वामी राहु, ७. पुनर्वसुको स्वामी गुर बृहस्पति, ८. पुष्य(तिष्य)को स्वामी शनि, ९. अश्लेषाको स्वामी केतु, १०. मघाको स्वामी केतु, ११.
पूर्वाफाल्गुनीको स्वामी शुक्र, १२. उत्तराफाल्गुनीको स्वामी सूर्य, १३. हस्तको स्वामी चन्द्र १४. चित्राको स्वामी मङ्गल, १५. स्वातीको स्वामी राहु, १६. विशाखाको स्वामी गुरु बृहस्पति, १७. अनुराधाको स्वामी शनि, १८. ज्येष्ठाको स्वामी बुध, १९. मुलको स्वामी केतु, २०. पुर्वाषाढाको स्वामी शुक्र, २१. उत्तरषाढाको स्वामी सूर्य, २२. श्रवणको स्वामी चन्द्र, २३. धनिष्ठाको स्वामी मङ्गल, २४. शतभिषाको स्वामी राहु, २५. पूर्वभाद्रपदको स्वामी गुरु बृहस्पति, २६. उत्तरभाद्रपदको स्वामी शनि र २७. रेवतीको स्वामी बुध ग्रह हुन्।
नक्षत्र अनुसार सौर वर्षको महिनाको नाम
      ज्योतिष शास्त्रका ज्ञाताहरुको मत अनुसार महिनाको पूर्णिमाको चन्द्रमा जुन नक्षत्रमा रहेको वा परेको हुन्छ त्यस महिनाको नाम त्यसै नक्षत्र अनुसार, हुन्छन् , जस्तोकि कार्तिक पूर्णिमा( कार्तिक महिनाको शुक्लपक्षको त्रिपुरोत्सवपुर्णे/ सकिमना पून्हि   ) चन्द्रमा कृत्तिका वा रोहिणी नक्षत्रबाट हुन्छ । त्यस्तै नै मंसिर पूर्णिमाको मृगशिरा वा आर्दा यसरी रहन गएको हुन्छ । वैदिक पञ्चाङ्गमा २७ वटा नक्षत्रहरु मध्य १२ वटा नक्षत्रको नामबाट १२ वटा महिनाको रहन गएको छ ।
जस्तोकि -
१. विशाखा नक्षत्रबाट वैशाख महिना, २. जेष्ठा नक्षत्रबाट जेठ महिना, ३. पूर्वषाढा या उत्तरषाढा नक्षत्रबाट असार महिना, ४. श्रवन नक्षत्रबाट श्रावन महिना, ५. पूरेवभाद्रपद या उत्तरभाद्रपद नक्षतरत्रबाट भाद्र महिना, ६. आश्विनी नक्षत्रबाट असोज महिना, ७. कृत्तिका नक्षत्रबाट कार्तिक मशिना, ८. मृगसिरा नक्षत्रबाट मंसिर महिना, ९. पुष्य(तिष्य) नक्षत्रबाट पुष महिना, १०. मघा नक्षत्रबाट माघ महिना, ११. पूर्वफाल्गुनी वा उत्तरफाल्गुनी नक्षत्रबाट फागुन महिना र १२. चित्रा नक्षत्रबाट चैत महिना नाम रहा गएको हो ।
       प्रचलित पात्रमा उल्लेखित महिना कुन नक्षत्रको थाहा पाउन पात्रको महिनाको पेजको तिथि महलमा १५ अङ्क लेखिएको पूर्णिमा( पूर्णचन्द्रमा)मा र त्यसै लहरको नक्षत्र महलमा  नक्षत्रको सुरु अक्षर जुन लेखिएको छ त्यसै अक्षर बाट हुने नक्षत्र नै त्यो महिनाको नक्षत्र हो ।
                             ~ ० ~