#
चिकंमू(चिकंमूगल) टोल र त्यहाँका सम्पदा
पृष्ठभूमि
संघीय गणतान्त्रिक नेिालको राजधानी काठमाण्डौंको नामकरण संग जोडिएको ऐतिहासिक सम्पदा "काष्ठमण्डप"को सीमा क्षत्र संग जोडिएको काठमाडौ महानगरपालिका २० र २३ वडा अन्तर्गत भित्र परेको अनि दुबै वडाको साझा टोल बस्तीका रुपमा रहेको प्राचीन नेपाल निर्माणको प्रथम शहर मानिने मञ्जुपतनको उत्तर सिमाना, काष्ठमण्डको (मरुसतः)को दक्षिण, भिमसेनथानकोपूर्व तथा बुद्धिष्टहरुको बाहुल्यता रहि बहाः, बहीले परिपूर्ण क्षेत्र ॐकारको पुञ्ज शिवलिङ्ग बहाःको प्राङ्गणमा प्रतिस्थापित भएर नै ॐबहाल रहन गएको एवं जोरगणेशको पश्चिम क्षत्र सिमाना चिकंमू(चिकंमूगल) टोलमा रहेको विभिन्न पुरातात्त्विक सम्पदाहरु र यहाँका विभिन्न सांस्कृतिक यात्राहरु समेत यसै क्षेत्रबाट पार नगरी यात्रा वा जात्रा सम्पन्न नहुने भएकाले यश चिकंमू क्षेत्रको ऐतिहासिकता र सांस्कृतिक महत्व धेरै देखिन्छ । त्यसोतः काठमाण्डौ नगरका सबै स्थानहरुको आ-आफ्नै विशेष महत्त्व रहेको पाईन्छ नै तर पनि यहाँ रहेका उल्लेखित सम्पदाहरु हेर्दा अन्य स्थान भन्दा यहाँ अलि फरक महत्त्वपूर्ण ऐतिहासिक हुन सक्ने सम्भावनाहरु निकै नै देखिन्छन् ।
चिकंमूको नामकरण कसरी भयो ?
अहिले हामीले ब्यक्तिगत घट्ना दर्ता गर्ने पञ्जिका अधिकारीको कार्यालय जस्तै प्राचीन कालमा पनि त्यस्तै नै ब्यक्तिगत सामाजिक घट्ना दर्ता गर्ने स्थलका रुपमा मान्यता रहेको स्थानीय इलाका च्छ्वास अजिमा(कलःगाः)हरुको चार इलाका च्छ्वास अजिमा सिमाना क्षेत्रले जोडिएको यश क्षेत्रमा तात्कालिक अवस्थामा नेपालमण्डल भित्र जहाँ जति चिकं(खाने तेल) उत्पादन हुन्छ व उत्पादन गरिए तापनि उत्पादित खाने तेल बजारमा ल्याउन वा भनौ तेलको बजार भाउ तोक्न वा मूल्य नीरधारण गर्न सबै तेल उत्पादकहरु तेल सहित यश क्षत्रमाअनिवार्य उपस्थित हुनु पर्न।बाध्यता रही चिकंमूनेगु( तेल संकलण) हुने स्थल भएकै कारण नेवार भाषा शैलीमा यश ठाउँको नामकरण "चिकंमू" हुन गएको र पछि नेवार भाषालाई खसकरण गर्दै "चिकंमूगल" रहन गएको हो भन्ने कथन र मान्यता रहेको पाइन्छन् । यश चिकंमू क्षत्रको उत्तर तर्फ रहेको ऐतिहासिक सम्पदा काष्ठमण्डप(मरुसतः) को निर्माण तथा सतःको प्राण प्रतिस्था(बुसा दँः) गर्ने किम्बदन्ति कथा संग चिकंमूनेगु भन्ने नामकरण तर्क संग मिल्न आएको देखिन्छ ।
चिकंमू टोल र मरुसतः( काष्ठमण्डप) संग जोडिएको सन्दर्भ -
कल्पबृक्षको काठबाट १२ सय वर्ष अघि तान्त्रिक साधना विधि अनुसार तेत्तीसकोटी देवता बास गराउन मिल्ने ठूल सतः(सतल)का रुपमा काष्ठमण्डप निर्माण सम्पन्न भएपछि सतः निर्माण गर्ने तान्त्रिक आचार्यज्युले सतःको प्राण प्रतिष्ठा गर्न तेत्तीसकोटि देवतालाई आह्वान गरि त्यस काष्मण्डपमा बास गराएर प्राण प्रतिष्ठा गर्ने शुभ साइतको दिनका रुपमा नुन र खानेतेलको भाउ एकसमान हुन्छ त्यसैदिन शुभ साइत मानेर सतःको प्राण प्रतिष्ठा गर्ने र विधिवत् प्राण प्रतिष्ठा सम्पन्न नभए सम्म सतः छोडेर देवताहरु फिर्ता प्रस्थान गर्न नपाउने सत्य कबोल बाचा गराएर चतुर आचार्यज्यूले बाचाबन्धनमा बाधेर तेत्तीसकोटि देवताहरुलाई सतःमै राखे । नुन र तेलको भाउ बुझ्न प्राण प्रतिष्ठा गर्न मकर(माघ) संक्रान्ति दिन तोकिए । स्वभावतः नुन र खाने तेलको भाउएक समान हुने कुरै भएन त्यसैले जनविश्वास र लोकजनको कथन अनुसार काष्ठमण्डपको प्राण प्रतिस्था हुन नसक्दा आज सम्म पनि तेत्तीसकोटि देवता सो सतः(सतल) मै बस्न बाचा बन्धनले बाँधिएर बसेका छन् । काष्ठमण्डपको प्राण प्रतिष्ठा(बुसा दँः)गर्ने प्रकृयाका सांस्कृतिक पर्मपराका रुपमा आज पनि नुन र तेलको भाउ बुझ्न प्रत्यक वर्ष माघे संकान्ति(घ्यःचाकु सल्हु)का दिन काष्ठमण्डपको दक्षिण पश्चिममा रहेको सिंल्यँ दबुमा कलश स्थापना गरि तान्त्रिक साधना विधिबाट पूजा हवन आदि गर्ने सांस्कृतिक पर्मपरा चलिनै आएको छ ।
प्राचीन नेपालको तात्कालिक अवस्थामा खाने तेल उत्पादकहरु सबै उत्पादित तेल सहित नुनु र तेलको भाउ बुझ्ने स्थल नजिक हालको यस चिकंमू(चिकंमूल) क्षेत्रमा भेला भएर सबैको सहमतिले तेलको भाउ दर तोकिएर काष्ठमण्डप(मरुसतः)मा जाने गर्ने गरेको हुनु पर्दछ। त्यसै कारण चिकंमू अर्थात खाने तेल संकलन हुने क्षेत्र भएर नै त्यस क्षत्रको नामकरण चिकंमू रहन गएको हुन सक्ने प्रवल सम्भावना देखिन्छ ।
सांस्कृतिक जात्रा तथा यात्रा क्षेत्र :-
काठमाण्डौं नगरक्षत्र भित्रको विभिन्न सांस्कृतिक जात्रा पर्वहरुमा जिवित देवी श्रीकुमारीको क्वने रथ यात्रा, सेतो मच्छिन्द्रनाथको रथ यात्रा, गाईजात्रा, सनातनी नेपालीको वर्षको सबै भन्दा ठूलो चाड पर्वका रुपमा रहेको मोहनि नखः/ दशै पर्व दुर्गापक्षको पञ्चमि/ पचिमह्रका दिन श्री पचली
भैरब, नकीं(नई ) अजिमा र पचिमह्र गणेद्यः( च्याउखल नायः समाजको नायेखिंमा शिद्ध भएको भनिएको गणेश) तथा गूर्जुको पल्टन सहितको पचिमह्रः जात्रा लगायत अन्य सांस्कृतिक जात्राहरु समेत यश चिकंमू क्षत्र समेतबाट यात्रा नगरि सांस्कृतिक जात्रा सम्पन्न नहुने सांस्कृतिक यात्रा क्षत्रका रुपमा रहेको छ ।
सांस्कृतिक
१. श्री पचलि भैरब देवगणको बास बस्ने -
चिकंमू मायबिली चोक भित्रको मायबिली चुक ११ घर नं. लेखिएको घरमा श्री पचली भैरबको १२ वर्षे जात्रामा सबै देबगण बाँस बस्ने र घर धनीले देवगणलाई एउटा बोका चढाउने एवं देवगणले चुक भित्र गणनाच नचाउने परम्परा रहेकको तर अहिले भैरब गणनाच रोकिएको भन्ने चुकमा बस्नुहुने स्थानिय गुरुजुको भनाईरहेको ।
२. पचिमह्र जात्राका दिन काठको श्री पचली भैरबको मूर्ति राखेर पूजा गर्ने :-
यश क्षेत्रमा रहेका निम्नलिखित सम्पदाहरु मध्यका सम्पदा नं. ३. को सम्पदा सतः / सतल / पाटीमा मोहनि नखःको पचिमह्रका दिन / दशैको पञ्चमिका दिन काठको श्री पचली भैरबको मूर्ति राखेर पूजा गर्ने सांस्कृति रहेको छ । धेरै पहिला अघि पचलि भैरबको जात्रा गर्ने क्रममा श्री पचली भैरब रुपि घ्यम्पो यसै पाटी अगाडि खसेको र जनविस्वास अनुसार यसरी भैरब रुपि घ्याम्पो खसेको स्थानमा भैरबले बास गर्नु हुने विस्वास रहि आएको छ ।
४..कृष्ण जन्माष्टमिमा श्री कृष्णको मूर्ति राखेर पुजा गर्ने :-
भगवान श्री कृष्ण जन्म भएको पर्वका रुपमा सनातनीहरुले मान्दै आएको भाद्रकृष्णपक्ष श्रीकृष्णजन्माष्टमीका दिन चिकंमूको मोहनिको पचिमहरका दिन / दशैको पञ्चमीको दिन हाथा हायेके गर्ने पाटीको बिच कवलमा श्रीकृष्णको मूर्तिल्याएर राखे पूजा गरि कृष्णजन्माष्टमी पर्व मााउने सांस्कति रहेको छ ।
५. पचलि भैरबको १२ वर्षे जात्रामा भैरब नाच नचाउने सांस्कृति :-
चिकंमू २३ दबुमा रहेको श्रीकुमारी माजुको अगाडि पचलि भैरबको १२ वर्षे जात्रामा पचलि भैरब नाच नचाउने सांस्कृतिक परम्परा अाज सम्म चलि आएको छ । त्यस्तै चिकंमूकै सत्यनारायण मन्दिर अगाडि पनि पहिला पहिला पचलि भैरबको नाच नचाउने गर्दथियो तर त्यस्को धेरै वर्ष अगावै देखि बन्द रहेको भन्ने स्थानिय सम्पदा संरक्षण अभियन्ताहरुको भनाई रहेको छ ।
६. श्री पचलि भैरब देवगणको बास बस्ने -
चिकंमू मायबिली चोक भित्रको मायबिली चुक ११ घर नं. लेखिएको घरमा श्री पचली भैरबको १२ वर्षे जात्रामा सबै देबगण बाँस बस्ने र घर धनीले देवगणलाई एउटा बोका चढाउने एवं देवगणले चुक भित्र गणनाच नचाउने परम्परा रहेकको तर अहिले भैरब गणनाच रोकिएको भन्ने चुकमा बस्नुहुने स्थानिय गुरुजुको भनाईरहेको ।
७. चिकंमू दबुमा दैत्य नाच नचाउने-
माथेमा सतलमा पुजा सामान पसल व्यवसाय गरिरहनु हुने हिराबहदुुर खड्गी ज्यूको भनाई अनुसार दशैमा तलेजु भित्र देत्य नचाउन निकालिने दुई दैत्य मध्य एक दैत्य ॐबहाल बाट निकालिने दैत्य फेर्न यश दबुमा राति गुप्त नाच हुने गर्थे तर एक दशक अघि देखि दैत्य निकाल्ने बन्द भएको छ ।
८. तकती अजिमाको पायः(खड्ग) जात्रा -१
मोहनि नखःको चालं/ बिजया दशमीका दिन क्वने तकती अजिमा(निलबाराहीको देव गृह) द्यःछेंबाट निकालिएको पायः( खड्ग) जात्रा क्वने भिमसेनथान, चिकंमू गल्ली र चिकंमू , मजिपात मार्ग हुँदै क्वने देवगृहमा प्रवेश गरि पायः न्हयाकेगु जात्रा/ खड्ग जात्रा सम्पन्न गरिने सांस्कृतिक रहि आएको छ ।
९. गथामुगः जात्रा -
दिल्लागा गथामुगचःह्रे / श्रावणकृष्णपक्ष अौंसीका दिन चिकंमू सडक , जोरगणेश गल्ली र चिकंमू गल्लीको दोबाटोमा गथांमुग बनाएर गथांमुग जात्रा गर्ने सांस्कृतिक रहेका छन् ।
१०. काँजुशी ब्वाकिगु -
हरि बहादुर खड्गीकै भनाई अनुसार मोहनी नखःको चौथी(पचिमह्रः) का दिन क्वनेका थकुजुजु आई चिकंमू अट्को नारायण मन्दिर अगादि सडकपारी बसेर अट्को नारायण तर्फ हेर विशेष पुजा गरि जोशीलाई च्छालीको मसाल बालेको मसाल समाउन लगाई मरुसतः घुमेर आई चिकंमू गल्ली हुँदै भिमसेथान बाट मरु तर्फ हुँदै पुनः चिकंमूको बाटो गर्दै पचली पिथमा दगुराउने सांस्कृति रहेको भन्ने रहेको छ । यसै संस्कृतिलाई काँजुशी ब्वाकिगु भन्ने रहेछन् ।
यश क्षत्रमा रहेको सम्पदाहरु :-
१. चिकंमू मायबिलि चोक भित्र
क) एक शिवालय भित्र शिवलिङ्ग समेत,
ख) कलात्मक शिलाका लक्ष्मीनारायण दूईजोर प्रस्तर मू्र्ति, र
ग) एक सानो बौद्ध स्तूप समेत रहेको छ ।
२. श्री पचलि भैरब देवगणको बास बस्ने गृह -
चिकंमू मायबिली चोक भित्रको एउटा निजिमा घर मायबिली चुक ११ घर नं. लेखिएको घरमा श्री पचली भैरबको १२ वर्षे जात्रामा सबै देबगण बाँस बस्ने र घर धनीले देवगणलाई एउटा बोका चढाउने एवं देवगणले चुक भित्र गणनाच नचाउने परम्परा रहेकको तर अहिले भैरब गणनाच रोकिएको भन्ने चुकमा बस्नुहुने स्थानिय गुरुजुको भनाईरहेको ।
३. कृष्ण मन्दिर सहितको सतः(सतल) घर-
जैसीदेगल मजिपाः ( साविक मञ्जुपतन शहर) बाट काष्ठमण्डप तर्फ जाने क्रममा मायबिली चोक
पस्ने प्रवेश द्वार अगाडि कामपाले वितरण गरेको गुनकामदेब मार्ग घर नं ५५५ लेखिएको तीन ल्लाको कृष्ण मन्दिर सहितको सतः(सतल) रहेको छ । सांस्कृतिक सम्पदाकारुपमा रहेको श्री कृष्ण भगवानको प्राचीन मूर्ति रहेको यो सतःछें / सतल घर धेरै अगावै देखि एक निजि ब्यक्ति विशेषको स्वामित्वमा रहि भोगचलन समेत गरि आएको सार्ववनिक सम्पदालाई कानूनी रुपमा सार्वजनिक सम्पदा कायम गर्न स्थानीय सम्पदा प्रेमि तथा सम्पदा संरक्षणका अभियन्ताहरुले निकैनै ठूलो संघर्ष गरि कानूनी लडाइँ नै लड्नु परेको थियो ।
४. श्री पचली भैरब -
मायबली चोक प्रवेश द्वारको दाया पति को घरको बलेसि मुनि प्रस्तर शिला मूर्तिको श्री पचली भैरब ।
५. दक्षिण तर्फको् च्छ्वास अजिमा -
मायबली चोक प्रवेश द्वार र श्री पचली भैरब देवताको दायाँ तर्फ कामपाले प्रदान गरेको ग २- ४२४ घर नं. को घर र हाल नयाँ बनेको दाँछि ईताले सजाएको घरको संध्यारमा बलेसि मुनि घरको भित्ता संगैको जमिनमा साविक परम्परा देखि नै नेवार संस्कृति पर्वको भोज तथा जन्म, विवाह र मरण घट्ना एवं अन्य संस्कारहरु लगायतको आफ्ना इलाका च्छ्वास अजिमाका जनाउ दिने संस्कारका रुपमा कलः वाय् तथा च्छ्वास वाय् गर्दै आएको सांस्कृतिक सम्पदा जो हाल अहिले अतिक्रम हुँदै च्छ्वास (कलगाः)।को नामो निशान नै मेटिसकेको अवस्था छ ।
६. चिकंमू सतः, फल्चा/ पाटी -
चिकंमूबाट भिमसेनथान जाने गल्लीको कुना समेत परेको कामपबाट प्रदान गरेको ...... नं. को फल्चाः(सतः) / सतल(पाटी) ।
७. वाःस्याःद्यः/ दाँत दुखेको पार्ने दवता -
माथि ४ नं. पाटी सम्पदामम नै रहेको वाःस्या द्यः(दाँत दुखेको निको पार्ने) देवताका रुपमा
रहेको बाङ्गो रुखको मुडामा किल्लै किला ठोकिएको देवता ।
८. बेताद्यः / बेताल भैरब -
चिकंमूबाट भिमसेथान जाने गल्ली बाटोको मुखैमा भुईमा तेर्सिएर रहेको बेताद्यःका रुपमा रहेको ढुङ्गालाई स्थानियहरु बेताद्यःकम रपमा पुज्दै ऋएका छन् ।
९. बज्रजोगिनि देवी -
माथि ४ र ५ नं को सम्पदा फल्चा पछाडि रहेको
राजभन्दारीहरुको कुलदेवी बज्रजोगिनि दे वी रहेको छ। कामपाले बितरण गरीएको धर नं . प्लेतमा बज्रयोनि चोक नामकरण गरिराखेको छ ।
१०. बज्रजोगिनि चोक भित्रको कुमारी माजु -
बज्रयोगिन देवी रहेकै चोकबाट भित्र अर्को एक चोकमा कुमारी माजु विराजमा रहेको देखाएक सानो संरचना सहितको सम्पदा रहेको छ । स्थानिय लोकजनको भनाई अनुसार यी कुमारी कडाछीन् ।
११. बज्रजोगिनि चोक भित्रको शिव मन्दिर -
माथि सम्पदा नं. ८ मा लेखिएकै चोक भित्र सानो प्यागोडा शैलीको शिव मन्दिर र मन्दिर भित्र
शिवलिङ्ग रहेको छ ।
१२. न्हूँबहाः
१३. गणेश-
चिकंमू गल्ली न्हुबहाःको प्रवेश द्वार अगाडि रहेको गणेश ।
१४.पश्चिम तर्फको च्छ्वास अजिमा -
चिकंमूबाट भिमसेनथान जाने चिकंमू गल्लीको बायाँ तर्फ घरहरु मध्य नौकेब जाने मुहानैमा रहेको ( दायाँतर्फ रहेको गणेश र शिवालयको ठिक अगाडि को चिकंमू गः गल्ली ४५ घर नं. घरको मोहडाको पश्चिकुनामा सानो आकारमा बनाएर राखेको पुजा गर्ने ठाउमा रहेको च्छ्वास अजिमा रहेको छ ।
१५. गणेश -
१६. शिवालय् -
१७. कुन देवताको हो नचिनिएको शिला प्रस्तर मूर्ति -
चिकंमू दबुमा रहेको गौरिशंखर मन्दिर कै पछाडि एक चिन्न नसकिएको र मूर्तिको अनुहार अलि
बिग्रिएको अवस्थामा उभिएको प्रस्त ढुङ्गाको मूर्ति रहेको छ । सो मूर्तिको रुप हेर्दा त्यहाँ कुनै समय
ढुङ्गे धारा थियोकि भन्ने आभास दिने गरेको मूर्तिले देखाई रहेको छ । यश दबुमा मोहनि नखःको समयमा ॐबाहला बाट निकालिने दैत्यनाच हुने सांस्कृतिक रहेको छ।
१८.चिकंमू दबु (डबली)-
गौरीशंकर मन्दिररहेको डबली रहेको छ । यश दबुमा मोहनि नखःको समयमा ॐबाहला बाट निकालिने दैत्यनाच हुने सांस्कृतिक रहेको छ।
१९. गौरीशंकरको मन्दिर -
चिकंमू दबुमा रहेको गौरीशंकर उभिरहेको प्रस्तर मूर्ति तथा त्यस्को दायाँ रहेको सानो खालको ...... प्रस्तर मूर्ति र बायाँ अर्को सानो खालको ........,र ........ देवताको प्रस्तर मूर्ति समेत रहेको छ।
गर्भवती महिलाको गर्भमा रहेको बच्चाको लिङ्ग पत्तालगाउने देवताका रुपमा गौरीशंकर -
यश गौरीशंकरका बारेमा पहिलाका मानिसहरुमा जति धार्मिक आस्था थियो त्यतिनै गर्भवती महिलाको गर्भमा छोरा या छोरी के छन् भन्ने अनुमान गर्ने वा बुझ्ने एक धार्मिक प्रविधिका रुपमा पनि लिन्दै आएको समेत देखिएका छन् । अहिले २१ अौं शताब्दीमातः गर्भवती महिलाको पेटमा पलिरहेको बच्चाको लिङ्ग पत्ता लगाउने बैज्ञानिक प्रविधि आईसकेका छन् तर पहिलेका हाम्रा आमा हजुर आमाहरुका समयमा त्यस्तो प्रविधि थिएनन् । त्यसबेला गर्भवती महिलाको गर्भमा छोरा या छोरी छन् भनेर बु्झ्न वा पत्ता लगाउन यश स्त्रिपूरुषरुपि गौरीशंकरको मूर्तिको शिरमा तेल हालेर हेर्ने गरेको कुरा हाम्रा हजुरआमाहरु भन्नू हुन्छन् । हजुर आमाहरुको भनाई अनुसार गर्भवती रहेका छोरीब बुहारीहरुको गर्भमा रहेको बच्चाको लिङ्ग थाहा पाउने कामना लिएर गौरीशंकरको शिरमा तेल खन्याएर हेर्दा तेल गौरीको अ्ङ्ग तर्फ हुन्दै बगेमा छोरी र शंकरको अङ्ग हुन्दै तल बगेमा छोरा रहेको छ भन्ने थाहा हुने गरेको रहेका देखिन्छन् ।
२०. ग्वारचा महाद्यः -
चिकंमू दबुमै गौरीशंकर मन्दिरकै अगाडि जलाधार नदेखिएको ग्वाराचा महादेव(शिवलिङ्ग) रहेको छ । सप्पदा संरक्षण अभियन्ताले जानकारी दिनु भए अनुसार यो ग्वारचा महाद्यः वाःद्यः रहेको फल्चा( सतल) अगाडिको सडकमा थियो । कुमारी तथा जनमाद्यः( मच्छिन्द्रनाथ) को रथ यात्रा गर्ने क्रममा रथको पाङ्ग्राले यो महादेवलाई कुल्चिने भएकाले दबुमा स्थानान्तरण गरीराखेको हो ।
२१. निल सरस्वती -
चिकंमू दबुकै उत्तर तर्फ घर न. ..... को निजि घरको भित्तामा बिणा र पुस्तक धारण नगिरिएको
निल सरस्वतीको सानो ढुङ्गाको प्रस्तर मूर्ति रहेको छ ।
२२. हराएको गणेशको प्रस्तर मूर्ति रहेको रिक्त स्थान -
निल सरस्वती विराजमान रहेको घरको बलेसि मुनि दबुको सिमानमा आज भन्दा तीन दशक अघि चोरी भएको १८ अौं शताब्दीमा निर्माण गरिएको अनुमान गरिएको अतिसुन्दर कलात्मक गणेशको मूर्ति विराजमान थियो भन्ने दर्शाउने अवशेष देखिएको अवस्थाका ढुङ्गाहरु हेको छ । यसरी त्यहाँको कुनै मूर्ति हराएर अहिले सो स्थान रिक्त रहिको अवस्था देखिन्छ ।
स्थानीय सम्पदा प्रेमि तथा सम्पदा संरक्षणका अभियन्ता युवा राम रन्जितका अनुसार गणेशको मूर्ति चोरि भएर रिक्त रहेको स्थानमा अहिले सबैको प्रयासमा पुनः नयाँ गणेशको प्रस्तर मूर्ति स्थापना गर्ने कार्यमा हाल कृयाशिल रहेको बताउनु हुन्छ।
२३. फसो गणेश -
चिकंमू दबुको अग्रभागको ईशान कोणमा फसोगणेशका रुपमा चिनिने बिघ्नहरणकर्ता तथा अग्रज पूजाका अधिकारी श्री गणेश विराजमान रहेको देखिन्छन् । यश गणेशलाई चिकंमूगल क्षैत्रका स्थानिय रैथानेहरुले थान गणेशका रुपमा पुज्दै आएका छन ।
फसो गणेशले चिनिने स्थानियहरुको थान गणेशका बारेमा एउटा किम्बदन्ति छ त्यो किम्बदन्ति यश प्रकार रहेका देखिन्छन् :-
स्थानिय भगवान कपालीले आफ्नो फेशबुक पाटीमा राखिए अनुसार - यो गणेश मूर्तिको किंवदन्ती अनुसार यो मन्दिर अगाडि जो कोहिले पनि दहि बोकेर मन्दिर अगाडि पुगे पछि दहि पोखिन्दो रहे छ यसले गर्दा मानिसहरु हैरान हुन्ध्यो कसरी यो भयो भन्ने कुरा बुझ्न तान्त्ररीक बिध्या बाट हेर्दा त्यो दहि पोखाउने गणेश भगवान रहेको बुझियो । त्यो स्थान रहेका गणेशलाई दहि असाध्य मन पर्ने रहेकोले दहि घोप्ट्याउने रहेछ । यसरी थान गणेशका कारण जनाताले दुख पाएकाले तान्त्ररीकहरुको सल्लाहले उक्त मूर्तिलाई मुख भिता तिर फर्काए राखिएको र त्यस उपरान्त कसैले ल्याएको दहि पनि नपोखेको भनाई छ ।
त्यस्तै ने सुन्नमा आएको अर्को किंवदन्ती अनुसार एक किशान आफ्नो खेतमा जान खम्मु( खर्पन) मा आवस्यक सामान तथा दिऊसो खाने खाजा समेत राखेर त्यस गणेश भएको बाटो हुँदै जानेक्रममा केही नभए तापनि फर्कने क्रममा गणेशको अगाडि पुग्ना साथ जति सुकै सचेत भए तापनि खर्पन पल्टेर खेतमा दिउँसो खाजा खाई बाँकि खर्पनमा रहे भएको खाजा जे छ सबै नै पोख्ने गर्दथ्यो एकदिन हैन दुईदिन हैन सधै त्यहि क्रम दोहरिन्दै गर्दा किशाालाई अति नै रिस उठेछ र पक्कै पनि यो बिघ्न काम गणेशकै हुनु पर्नेछ भनेर रिसले चूर भएर गणेशको मूर्तिलाई फनक्क फरकाए राखेर गए छ । र त्यसको भोलि पल्टको दिन देखि त्यहाँ गणेशको अगाडि त्यस्तो कुनै घट्ना घटनन् । यसरी किशानले गणेशको मुख फरक फरकाएर राखेको गणेश भएर नै पछि सो गणेशलाई फस्व गणेश याने फरकेर बसेको गणेश भन्ने गरेको भन्न पाईन्छ ।
यस्तै अर्को एउटा जनश्रुति अनुसार यश गणेशलाई घोप्ते गणेश भन्ने गरेको पनि पाईन्छ । किन घोप्ते गणेश भन्यो भनियोतः सम्बन्धमा जनश्रुति अनुसार यश गेशले लोकजनलाई अतिनै दुखःदिने गरेकाले यसलाई घोप्ताएर राखेको हो त्यसैले यश गणेशलाई घोप्ते गणेश भन्ने गरेको भन्ने जनस्रुति समेत रहेको देखिन्छन् ।
अहिले हामी सो गणेशको अूमर्त मूर्तिलाई नियालेर हेर्ने हो भने मूर्तिको अवस्थाले पनि त्यस्तैनै दर्साईरहेको जस्तै देखिन्छन् । तर सानो एउटै डबलीमा दशहात वर परमानै दुई गणेश कसरी रहन गयो यो अति सोचनिय छ । त्यसोतः स्थानिय सम्पदा संरक्षण अभियन्ता राम रन्जित ज्यूको यश विषयमा व्यक्त गर्नु भएको आफ्ना विचर मत अनुसार जब
किम्बदन्ति अनुसार जब गणेशलाई फर्काइ मुख पछाडि पर्नेगरी राखे पछि मुख फर्केर बस्ने गणेशको पूजा गर्न नमिल्ने देखिएकाले त्यसैको पछाडि १८ शताब्दी तिर अर्को प्रस्तर मूर्तिको श्री गणेशको मूर्ति विधिवत् स्थापना गरि पूजा गर्ने गरि आएकाले चिकंमू दबुमा दुई गणेश रहन गएको हो यसमा अन्था हुन सक्दैनन्।
२४. अरिंचा द्यः/अरि अजिमा -
डबलीको अग्रभागको आग्नेय कोणमा बच्चाहरु रुन्चेलाग्दा निको पार्नेका रुपमा अरिंचा द्यः जसलाई केही जेष्ठहरुले अरिं अजिमाका नाममा पुज्ने गरेको तर पनि त्यस ठाउँमा कुनै देवीदेवताको अस्तित्व भने देखिन्दैनन् । सुन्नमा आए अनुसार यश अरिं अजिमारहेको स्थानको जलले रुन्चेलागेका कच्चालाई मुख ढोइदिएमा रुन्चे नलाग्ने भन्ने भनाई रहेको छ।
२५. २३ वडामा पर्ने दबुमा रहेको कुमारीको सानो मन्दिर -
चिकंमू दबुको अगाडि सडक पारीको २३ वडा अन्तर्गत पर्ने दबुमा कुमारीको सानो मन्दिर र मन्दिर भित्र अमूर्त कुमारीमाजुको मूर्तिरहेको छ । यसै कुमारी रहेको दबुमा १२ वर्षे पचलि भैरबको जात्रामा पचलि भैरबको नाच हुने सांस्कृतिक परम्परा रहि आएको छ ।
२६. पूर्व तर्फ जोरगणेश गल्लीको च्छ्वास अजिमा -
सम्पदा नं. १८ को कुमारीको पछाडिको घरको बलेसि मुनि जोरगणेशजाने गल्लीमा एक च्छ्वास अजिमा रहेको छ । यहाँ च्छ्वास अजि,रहेको छ भन्ने दर्साउने कुनै निशान भने देखिने अवस्थामा छैनन् ।
२७. पलाँचोक भगवती -
चिकंमू दबुको अगाडि उत्तर तर्फ पहिला मुनिज आर्ट स्तूडियो रहेको घर भित्र चोकमा राजबंशीहरुको प्यागोडा शैलिको तीन छाना रहेको पलाँचोक भगवतीको मन्दिर र मन्दिर भित्र कलात्मक सौन्दर्यको भगवतीको ढुङ्गाको प्रस्तर मूर्ति रहेको छ भने मन्दिरको अगाडि सानो खाल्डामा कुमारीका रुपमा पुज्ने गरेको गोलाकारको ढुङ्गाको मूर्ति रहेको छ । त्यस्तै नै भगवतीको मन्दिर पछाडि दक्षिण भागमा शिव वाहण नन्दि सहित शिवलिङ्ग रहेको छ ।
२८. श्री सत्यनारायणको मन्दिर -
चिकंमूमा साविक नेपाल बैंक रहेको घरको उत्तर पछाडि प्यागो शैलीमा रहेको तीन तह तायल इता छानाभएको श्री सत्यनारायणको मन्दिर र मन्दिर भित्र प्रस्तरमूर्तिमा ढुङ्गाको सत्यनारायण लगायतका मूर्तिहरु रहेका छन् ।
२९. सत्यनारयण मन्दिर संगैको शिव मन्दिर -
सम्पदा नं. २१ को सत्यनारायणको मन्दिर संगै गुम्बज आकारको एउटा शिवमन्दिर र मन्दिर भित्र शिवलिङ्ङ्गग रहेको छ ।
३०. उत्तर पूर्व तर्फको च्छ्वास अजिमा -
सम्पदा नं. २१ र २२ को सत्यनारायण र शिवमन्दिर कै पछाडि ..... गल्लिको दायाँ तर्फ ..... घर न. घरको कुनामा पनि एक च्छ्वास अजिमा रहेको छ तर यहाँको च्छ्वास अजिमा रहेक छ भने। देखाउने कुनै निशान सम्म पनि यहाँ देखिन्दैनन् ।
३१. जलेश्वर महादेवको सानो मन्दिर -
सम्पदना २२ नं. को गुम्बज आकारको शिवमन्दिरको अगाडि दायाँ सडक संगै जोडिएको सानू खाल्डामा जलेश्वर महादेवका रुपमा पुज्दै आईको अमूर्त मूर्ति रहेको सानो मन्दिर रहेका छन् । यश सानो मन्दिर भित्र मूख्य देवताका एउटा रुपमा जलेश्वर को प्रस्तर मूर्ति र अन्य तीन जलाधार नदेखिएको शिवलिङ्गहरु तथा एक नन्दिको शिलामूर्ति रहेको छ । यश देवतालाई जोरोअाई बारामी पर्दा अौषधिले निको नभएमा यहाँको मूल महादेबलाई जल भढाएर त्यो जल थापेर बिरामीले मुख धोइदिएमा बीरमी सँन्चो हुने भन्ने जन विस्वास रहरेको पाइन्छन् ।
३२. निजि घर भित्र छिडिमा शिवलिङग -
सम्पदा २१ नं. को सत्यनारायण मन्दिरको ठिक सडक पारीको कामपाले प्रदान गरिएको ....नं. घर भित्र सानू सानो छिडिमा एउटा शिवलिङ्ग सारै नै बिजोग अवस्थामा रहेको छ ।
३३. शिला रुपि श्री पचली भैरब -
सम्पदा २५ नं. शिवलिङ्ग भएकै घरको सडक मोहडामा दायाँ तर्फ बलेसि मुनि श्री पचलि भैरबका रुपमा मान्दै आएको एक तेस्रिएर रहेको अवस्थाको शिला रहेको छ । सो शिला ढुङ्गा श्रीपचलि भैरबका रुपमा मान्ने गरेको देवमूर्ति नै हो भन्ने भनाई यहाँका स्थानियहरुको भनाई रहेको छ । तर सो शिलामा पूजा गरिएको वा देवता जस्तो देखिने कुनै निशान समेत नदेखिएकाले सायद कमै मात्र मानिसलाई थाहा हुन सक्छ कि यो शिला पचलि भैरबका रुपमा मान्ने हो भनेर । स्थानिय सम्पदा संरक्षण अभियन्ता राम रन्जितज्यूले जानकारि दिनु भए अनुसार सो शिला श्री पचली भैरबका रुपमा मान्ने भएकै कारण पहिला पहिला पचली भैरबको १२ वर्षे मेलामा यसै शिलाका रुपमा रहेको भैरब अगाडि पनि भैरब नचाउने सांस्कृतिक परम्परा रहेका थिए तर तर अहिले परम्परा टुटेको देखिन्छ ।
३४. उमामहेश्वरको मन्दिर -
सम्पदा २५ नं शिवलिङ्ग र पचलि भैरब भएको घरको उत्तर पछाडिको गल्लीमा सडक बाटै देखिने सानो गुम्बजकार मन्दिर रहेको छ यो मन्दिरमा उमामहेश्वरको शिलाको प्रस्तर मूर्ति पहिला रहेको थियो त्यो शिला मूर्ति धरै अगावै नै चोरी भएकाले देवीदेवता विहिन मन्दिरमा हाल स्थानिय पसलेले आफ्ना सरसान थन्क्याएर राख्ने प्रयोजन गरेका देखिन्छ ।
३५. सतः(फल्चा), सतल/ पाटी -
देविबिहिन मन्दिर रहेको २७ नं. सम्पदामा जाने गल्लीको मुखैमा रहेको कामपले प्रदान गरेको ... घर नं. उल्लेखित जमिन तल्लत समेत गरि एकतल्लाको सानो पाटी र सो पाटी भित्र भित्ताको खोपामा सानो लिल सरस्वती अनुमान गरेको एउटा प्रस्तर मूर्ति समेत रहेको ।
३६. अट्को नारायण -
प्रशिद्ध चार नारायणहरु मध्य एक चाँगु नारायणका रुपमा यश चिकंमू टोलको २३ नं. वडा अनतर्गत भित्र प्यागोडा शैलीमा तीन तल्ले अट्कोनारायणको मन्दिर रहेको छ । यो चाँगुनारायणको नाम अट्को नारायण किन रहन गयो सम्बन्धमा जनस्रुति अनुसार कसैको कुनै काम नबनेर रोकिएरहेको काम यस नारायणलाई श्रद्धाले पूजा अर्चना गरेमा अड्किरहेको काम फते हुने भएकाले अट्को नारयण रहेको भन्ने छ ।
३७. अानन्दरादी लोकेश्वर -
अत्कोनारायण मन्दिर प्राङ्गण अगाडि एउटा सानो मन्दिरमा चोभारको अानन्दरादी ( आदिनाथ) लोकेश्वरको प्राचिन प्रस्तर मूर्ति रहेको छ । यहाँ चोभारको आदिनाथ लोकेश्वर यहाँ कुन प्रसङ्गमा कसरि रहनुभयो भन्ने विषय भने अलि प्रस्त हुन सकिरहेको छैन् ।
३८. माथेमा सतः -
अट्को नारायणकै प्राङ्गन क्षेत्रमा सडक तर्फ जमिन तलेला समेत गरी एक तल्ले माथेमा समाजको सतः( सतल) रहेको छ । सतलको जमिन तल्लामा पसल भाडामा प्रयोग गरिएको छ ।
३९. भैरब -
माथेमा सतःको उत्तर तर्फ खाल्डामा भैरबको अमूर्त शिला मूर्ति रहेको छ ।
४०. शिव मनेदिर -
माथेमा सतः कै उत्तर तर्फ नै अर्को एक गुम्बज आकारको मध्यम खालको शिव मन्दिर र मन्दिर भित्र शिव लिङ्ग रहेको छ।
४१. गणेशको सानो मन्दिर -
चिकंमूबाट फल्चासाः गल्ली(पोडे गल्ली) जाने तर्फ जलेश्वरमहादेबको पछाडिको घरैमा टासिंएको अवस्थामा रहेको श्रिगणेशको सानो मन्दिर ।
४२. थुसा ननीको थुसा देवता =
थुसा ननीमा ढुङ्गे मूर्तिका रुपमा एउटा धेरै पुरानो बसाहा/साँढे रहेको छ । बसाहा /साँढे/ नन्दि लाई नेवार अर्थात नेपाल भाषाको थेत शब्दमा थुसा भन्छन् । बसाहा महादेबका वाहन तथा सेवक हुन । बसाहालाई शिवालय तथा शिव मन्दिरहरुमा मन्दिर कुरेर बसेको हामी यत्र तत्र शिव मन्दिरहरुमा देख्न सक्छौ । यसरी शिवालय वा शिव मन्दिरहरुमा रखवालाका रुपमा शिवजीको वा शिवालय एवं शिव मन्दिरहरको सेन्टरी बसेका बसाहा अलि सजकताका साथ बसेको अनुभुती हामीले हेर्न सक्छौ तर शिवालय , शिवलिङ्ग पा शिवमन्दिर लगायत कुनै पनि देवीदेेवता नभएको स्थानहरुमा बसेका बसाहा अलि सामान्य अवस्थामा बसेको र सजकता भनेको देखिन्दैनन । थुसा ननीमा बसेको थुसा/ बसाहाको अवस्थाको रुप हेर्दा पनि मूर्तिमा सजकताको कुनै अंश देखिन्दैनन् । सायद कुनै मन्दिर रखवालाको सेन्टरी नबसेकोले होला भन्ने अनुमान गर्दा फरक नपर्ला ।
यो थुसा यश ननीमा कहिले देखी र केकालागि बसेका होला भन्ने कसैलाई कुनै जानकारी हाल सम्म नभए तापनि यो बसाहा भने अचम्मित नै छन् भन्ने कुरा स्थानीय सम्पदा संरक्षण अभियन्ता श्री राम रन्जित ज्यूका अनुसार त्यहाँका सबै जेष्ठहरु भन्ने गरेकुराई सम्झन्दै यसो भन्छन् - यो थुसा / बसाहा पहिला पहिला यत्रो ठूलो आकारको थिएनन् सानै नै थियो समयको अन्तराल संग संगै यश थुसाको आकार पनि बढ्दै गएको र राती कहिले काहीँ कराउने समेत गरेको पाएको बताउनु हुन्छन् । यश थुसा / बसाहालाई सबैले पुज्दै आएको समेत बताउनु भएको छ ।
४३. नासः चुकको नासःद्यः -
यश चिकंमूमा दुई नासःद्यः रहेकोमा एउटा नासःद्यः यश थुसा ननी नपुग्दै को बायाँ गल्ली भित्रको नासः चुकमारहेको छ ।
४४. चिकंमूगः गल्लीमको नासःद्यः -
भिमसेनथान बाट भिकंमू गल्ली हुँदै चिकैमू आउने क्रममा बायाँ तर्फको सानो गल्ली भित्र पसेर पुनः बायाँ अर्को गल्लीमा अर्को एक नमसः द्यः रहेका छन् ।
४५. नौकेबमा नारायणको प्रस्तर मूर्ति र शिवलिङ्ग तथा एक चैत्य आकारको एउटा चिवा समेत रहेको छ ।
४६. न्हुबहा :-
चिकंमू गल्लीको दायाँ चोक भित्र न्हुबहा रहेको छ । वहाँ भित्र एउटा प्राचीन चिवा द्यः र एक चैत्य आकारको अलि बिशेश ठूलो आकारको चैतेहरु रहेका न्। त्यस्तै एक जिर्ण अवस्थाको देखिने बहि जस्तो देखिन भवन रहेको देख्न सक्छौ ।
४७. चिकंमू कःमि चुकमा -
कःमिचुकमा मध्यम खालको तीन वटा चिवा । एउटा सानो सरस्वतिको प्रस्त्रर मूर्ति पनि रहेको देखिएको अवस्था रहेको देखिन्छन । त्यस्तै यसैकमा एउटा निजिघरको मोहको ख्वपलाई पुजारीका रुपमा पुज्न भएर घरको नाम नै कुमारी छेै भन्ने गरेको रहेछ । यश कमारी छेंमा श्री पभचली भैरबको १२ वर्षे जात्रामम चिकंमूमा गथुप्यखं नचाउदा देबगणले पोशाक फेर्ने गरेको परम्परा रहे छ ।
४८. कःमि चुकबाट अर्को सानोचोकको लाखेननीमा एउटा महादेब -
चोकमा एउटा राानै प्राचीन खालको शिवलिङ्गका रुपमा महादेव रहेछ । त्यसै चोकमा घर भएका स्थानीय गोपिचन्द्र रन्जितकार भनाई अनुसार केही वर्ष अगा यो महादेब हराए खोजि गर्दा जाँदा छावनी म्यूजियममा राखिएको भेटाए फछि रितपुरेयाई फर्कायर राखेको हो र यो प्राचिन शिव लिङ्ग भएता पनि कहिलेको के नामको महादेब भन्ने कुनै ज्ञान नभए बताउनु हुन्छन् ।
४९. मजिपा गणेश -
गुणकामदेव मार्गको चिकंमू टोल प्रवेश हुने मुहानमै लाखे गल्ली पेरवेश गर्ने द्वारको अगाडि दायाँ लाईनका एक गणेश
रहेको छ ।
५०. चिकंमू जोरगणेश गल्लीको दायाँ तर्फ थानबहा रहेको छ ।
५१. चिकंमू दबु र गौरीशंकर मन्दिर पछाडिको एक निजि घरमा पनि एक महादेब रहेको भन्ने कुरा छ तर हेर्न भने पाएको छैनन् ।
अन्त्यमा
चिकंमूगल २० र २३ वडाको साझा सिमानाका रुपमा रहेको चिकंमू / चिकंमूगल टोलमा रहेका विभिन्न सम्पदाहरु तथा चिकंमूको नामकरण संग काष्ठमण्डप संग जोडिएका सन्दर्भलाई हेर्दा यश क्षेत्रमा रहेको सम्पदाहरुलाई गहण अध्यन अनसुन्धान तथा सम्पदाका शिलालेखहरु उतार गरि अध्यन गरीएमा चिकंमू टोल एवं चिकंमू दबुको ऐतिहासिकताका रहस्यहरु उजागर हुने सम्भावना धेरै देखिन्छन् । भए रहेका सम्पदाहरुको अध्यन अनसुन्धान गरेर सम्भार संरक्षण गरेर राख्नू सबैको दायित्व नै भने साविक परम्परा देखि नेवार संस्कार तथा परम्परा अनुसार भोजभतेरमा, विवाह, जन्म र मृत्यु लगायत ब्यक्तिगत घट्नाहरुको जानकारी दिने प्रकृया अनुसार आफ्ना ईलाका च्छ्वास अजिमा( कलगाः) मा कलः वाय् तथा च्छ्वास वाय् गरेर आएको च्छ्वास अजिमाहरुो अस्तित्वलाई जिवन्त पारि नेवार संस्कार बचाउन च्छ्वास अजिमाहरुको स्पस्त पहिचान हुने गरि राखि हामीले हाम्रो नेवार संस्कार र हाम्रो सम्पदाको संरक्षण गरि नयाँ पुस्तालाई हस्तान्तरण गरेर जानू पर्छ । अहिले हामीले च्व्छासा अजिमा को संरक्षण गरेर राखेन भने भोलि हाम्रो नेवार संस्कार भन्दा बाहिरका वा नयाँ मान्छे त्यहाँ बस्न आएमा त्यहाँ हाम्रो संस्कार अनुसार कलःवाये र च्छ्वास वाय् गर्न हामीलाई निषेध गर्नेछन् । त्यसैले पनि च्छ्वास अजिमाहरु भएको सम्पदास्थहरु संरक्षण गरेर राख्नु भनेको नेवार संस्कार संस्कृति बचाउनु पनि हो । हाम्रो सम्पदा हामीले नै संरक्षण नगरे अरु कस्ले गर्ला ?
फोटोसंग्रह https://shilpakarpm.blogspot.com/2020/10/blog-post_12.html?m=1
#प्रकाशमानशिल्पकार (((मईले यसमा कामपा २० र २३ वडाको साझा चिकंमू टोलमा हुने सांस्कृतिक तथा सम्पदाहरु कहाँ कुन अवस्थामा रहेको छ सोको संक्षिप्त जानकारीका रुपमा पस्किने प्रयास गरेको सम्म गरेको छु । यसविषयमा म त्यति जानकारक नभएको तर अोझलमा पर्दै गएका हाम्रा सांस्कृतिक सम्पदाहरुलाई मेरो सानो प्रयासमा अगाडि ल्याई पस्किने क्रममा जानी नजानी तलमाथि भएको पनि हुन सक्छन् यदि हुन गएमा सुधार गर्न मौका दिनु हुने नै छन् भन्ने मईले आशा गरेको छु । मईले कहिले नदेको सम्पदाहरुका बारेमा मलाई देखादिनु भएर मेरो कार्यमा सहयो तथा हौसला दिनुहुने स्थानिय सम्पदा संरक्षण अभियन्त श्री राम रन्जित तथा हाल पाटमा बस्नु हुने श्री सरोज श्रेष्ठ ज्यू समेतलाई हार्दिक नमन गर्दछु ।)))
#प्रकाशमानशिल्पकार
No comments:
Post a Comment