मोहनि र दशै एउटै तिथिमा मनाउने दुई भिन्न पर्व हुन्
नेवाः संस्कृति अनुसार वर्षभरिमा केहिन केहि नखः चखः, जात्रा पर्व आदि इत्यादि क्रमशः आईने रहेका हुन्छन् । अनि हामीले आफ्नो गाउँ ठाउँ र रितिरिवाज अनुसार पर्वहरु मनाइ रहेका हुन्छन् । वर्ष भरिनै यसरी आईरहने नखः चखः , जात्रा, पर्वहरु यहाँका वासस्थानको भौगोलिक स्थिति, सामाजि स्थित र गरमयाम अथवा जाडोयामको मौसमी समय अनुसारको आफुलाई अनुकुल गर्दै लग्न अथवा वातावरणीय अनुकुल गर्न सुहाउने गरि शरिरलाई चाहिने किसिमको खान पिन अथवा खुराकका रुपमा नखः चखः पर्वहरु मनाउदै आएका छन् । त्यस्तै नै यहाँका नेवाः सामाजिक जिवनमा महुसुस गरेर वा महसुस नगरेरै पनि अथवा प्रत्य अप्रत्यक्ष विभिन्न किसिमबाट आफुलाई सहयोग गर्दै आएका वस्तुभाउ, जिव जन्तु लगायतलाई वर्ष दिनमा एक दिन मात्र भए पनि स्मरण गर्ने वा उनिहरुलाई कदरगर्ने पर्वका रुपमा मान्ने सांस्कृतिक रही आएका छन् ।
सनातनी तथा बुद्धिस्ट समेत समस्त नेपाली मान्दै आएको पर्व मध्य नेपाल भित्र र देश बाहिर नेपालीले एकै तिथिमा वर्षको विशेष ठूलो पर्वका रुपमा मान्ने पर्व भनेको मोहनि र दशै नै हो । नेवाः समाजले मोहनि नखः मान्छन् भने गैह्र नेवाःहरुले दशै मान्छन् । आजकल अपवादका रुपमा दशै बहिष्कार गर्ने केही समूह बाहेक सबैको वर्ष दिनको मूल ठूलो पर्व भनेको मोहनि र दशै नै हुन् । नेपाल संवत् अनुसार कौलाथ्व पारु / वि.सं. अनुसार आश्विन शुल्क प्रतिपदाका दिन देखि कतिंपून्हि / कोजाग्रत पूर्णिमा सम्म एउटै तिथि र एउटै समयावधि सम्म मनाउने दुई भिन्ना भिन्नै पर्व मध्य " मोहनि " नखः नेवाः समाजले मनाउछन् भने " दशै " गैह्र नेवारहरुले मनाउने पर्व हुन् । एउटै तिथिमा मनाउने यी दुबै पर्वको आ-आफ्नै छुट्टाछुट्टै पूजा विधि, पुजागरि मान्ने शक्तिस्वरुपा मातृहरु छुट्टाछुट्टै , मूल्यमान्यता लगायत सबै आ-आफ्नै किसिमका छन् । मोहनी र दशैमा निम्न अनुसार भिन्नता रहेका छन् ।
मोहनि नखः
नेवाः समाजले मनाउने मोहनि देव देवताको आचरण जस्तै आफुमा पनि त्यस्तै आचरण र शक्ति होस भनि दैविक शक्ति सञ्चय गर्न नेवारहरुले सनातन देखि शक्तिको उपासना गरि शक्ति स्वरुपा देवीहरुलाई तन्त्र साधना गरि पूजा आरधना गरि “मोहनी” नखः मनाउँदै आएको पर्व हो ।
आश्विन शुक्ल प्रतिपदा (कौलाथ्व पारु)का दिन जमरा रोपी नला -स्वना_ सो दिन देखि नवरथा भरि जम्मा नौ वटा तिर्थस्थलमा स्नान गरि शक्ति पीठहरुमा पूजा आरधना गरिन्छ ।
मोहनी मान्नेले फुलपाती भित्र्याउनु पर्दैन -
नवरातको सातौ दिन -सप्तमीमा जमरा कोठमा पूललपाती भित्रयाउनु पर्देन ।
कुछिभ्वय् -
अष्टमीको बेलुका सबै घरपरिवार भेला भइ कुछि भ्वे -दुईमाना चिउरा राखि खाइने भोज कुछि भ्वय् खाइन्छ ।
स्याक्वत्याक्व-
नवमीका दिन जमरा कोठामा एउटा सानो कलस आकारको भाँडा (थापैचा)मा रक्सी वा जाँडले भरेर त्यस माथि केराको पातमा राँगाको मासु राखेर स्थापना गरि दुर्गा भवानी र अष्टमातृका आराधना गरि महाअष्टमी पुजा सम्पन्न गरि कालो तिकाको लागि माटोको पाला -सली_ मा विशेष प्रकारले बत्ती बाली तन्त्र साधना गरि पूजा गरिन्छ । यस बत्ती बाल्ने कार्यलाई मोहनी स्वनेगु भनिन्छ । साथै यसै आफ्नो जिवनमा जिवयापनमा प्रयोग भए गरेका अौजार तथा यन्त्रहरू समेतलाई स्थापना गरि विस्वकर्माका रुपमा पूजा गर्ने गरिन्छ । यस दिन लाई “स्याक्वत्याक्व” भनिन्छ । यसरी महानवमी पूजा सम्पन्न गरिन्छ ।
नवरथ भरी लिईने तिर्थ र शक्तिपिठहरु :-
(१) शंखमूलको शंकर तिर्थ - महालक्ष्मी पीठ, (२) स्वभाभगवती भच्चाखुसीको निर्मल तिर्थ - ढलकोको लुति अजिमा पिठ, (३) गोकर्णको पूण्य तिर्थ - चास्को अजिमा(इन्द्रायणी) पिठ, (४) त्रिपूरेश्वरको कालमोचन तिर्थ - थापाथलीको दोला अजिमा पिठ, (५)पचलीको पञ्चानल तिर्थ - नकिं/ नई अजिमा र पचली भैरब पिठ, (६) तोखाको मनोरम तिर्थ - इन्द्रायणी पिठ, (७) पशुपति आर्यघाट - बच्छला अजिमा पिठ,(८) टेकु दोभानको चिन्तामणि तिर्थ - पचलीको ख्वना( सिकाली ) अजिमा पिठ र (९) दोकाधः ईनाटोलको भवानी तिर्थ - कंग अजिमा, कंकेश्वरी तथा गुह्यश्वरीको शान्ति तिर्थ र गुह्यश्वरी पिठ समेत।
मोहनीमा पुजीने नवमातृ शक्तिहरु /नव दुर्गा भवानी
१. ब्राम्ही(ब्रम्हायणी) (२) रुद्रायणी (माहेश्वरी). (३) कौमारी(कुमारी), (४) नारायणी (वैष्णवी), (५) वाराही, (६) ऐन्द्री(इन्द्रायणी), (७) चामुण्डा(काली), (८) महालक्ष्मी र (९) त्रिपुरासुन्दरी हरु हुन्
चालं -
दशमीको दिन लाई चालं भनिन्छ । यस दिन दुर्गा भवानी र नवमातृकाको विशेष पूजा आरधना गरि महानवमीको दिन स्थापना गरिएका जाँड वा रक्सीले भरिएको थापैं घरको मुली बाट महिला मुलीले हस्तान्तरण गरि लिई महानवमीका दिन पूजा राखिएको खड्ग तथा ज्यावलहरु मुली परिवार सदस्यहरुलाई हस्तान्तरण गरिन्छ । यसलाई पायः न्ह्यकेगु भनीन्छ । यस पश्च्यात रातो तुल जमरा रातो टिका र कालो टिका “मोहनी” ग्रहण गरि चालं सम्पन्न गरिन्छ । आगं देवता हुने नेवारहरुले आगं छैंमा पनि चालं गरि पायः न्ह्यकेगु कार्य हुन्छन् ।
मोहनीको नखःत्या नबोलाए सम्म मोहनीको टीका थाप्न जान नहुने :-
नबोलाईकन छोरी चेली माइतिमा तथा आफन्तहरु कसैको घरमा टीका थाप्न जान नहुने परम्परा रहेको छ ।
कतिंपून्हिमा मोहनी विसर्जन :-
कतिपून्हिका दिन मोहनीमा स्थापना गरेका नलस्वाँ रोपेको बालुवा लगायत सबै घरको मूल ढोका अगाडि विराजमान रहेको कुमार देवता तथा गंगाका प्रतिकका रुपमा रहेको पिखालखुमा विर्सजन गरि समाजलाई मोहनीश नखः समाप्त भएको जानकारी दिइने गरन्छ ।
दशै
गैह्र नेवाःहरुले मनाउने यो दशै पर्व त्रेता युगमा राजा रामचन्द्रले रावण माथी बिजय प्राप्त गरि असत्य माथी सत्यको बिजय भएको खुसियालीमा गैह्र नेवारहरुले बिजय उत्सवका रुपमा मनाउँदै आएको पर्व हो ।
दशैमा आश्विन शुक्ल प्रतिपदाको दिन मातृ शक्तिका प्रतिक नव दुर्गा आराधना गरि घटस्थापना -जमरा राप्ने_ देखि नवरात सम्म जमरा कोठामा प्रत्येक दिन भिन्न भन्न शक्ति स्वरुपा मातृ देवीहरुलाई बिशेष पूजा आराधना गरिन्छ ।
फूलपाती भित्र्याउने -
नवरातको सातौ दिन 'सप्तमी'मा दशै कोठमा पूलपाती भित्रयाइन्छ ।
दशैमा पुजीने नवदुर्गाहरु क्रमशः -
१. शैलपुत्री,२. ब्रम्हचारिणी, ३. चन्द्रघण्टा, ४.कुस्माण्डा, ५. स्कंदमाता, ६. कात्यायणी, ७. कालरात्री,८. महागौरी र ९. सिद्धिदात्री
बिजया दशमी -
दशमीको दिन दशै कोथामा बिशेष पूजा सम्पन्न गरि टिका साइतमा जमरा र रातो टिका ग्रहण गरि बिजया दशमी मनाईन्छ ।
टिक थाप्न जाने चलन -
दशै मान्नेहरु आफन्त मान्यजनहरुकहाँ मात्र हैनन् गोरु बेचेको साइनो सम्मको आफनतकहाँ समेत नबोलाए पनि आफुखुसि टीका थाप्न जाने परम्परा रहेका छन् ।
#प्रकाशमानशिल्पकार
Sent from my Huawei Mobile
No comments:
Post a Comment