सहकालका देवता रातोमछिन्द्रनाथ नेपालामण्डलमा ल्याउन राजा नरेन्द्रदेवलाई बरदान सहित निर्देशन दिनु हुने नारायण भगवान लिखानारायण
~~~ ००० ~~~
सहकालका देवता मानेका रातो मछिन्द्रनाथ ( बुङ्गद्य:) लाई कामारुकामाक्ष बाट प्राचीन नेपालको नेपालमण्डलमा ल्याई वर्षा गराई धानभित्र चामल फलल्ने वातावरण गर्न र अनिकाल बाट यहाँका जनतालाई राहत दिन तात्कालिन नेपालमाण्डलका राजा नरेन्द्र देवलाई निर्देशन सहितको सुझाब दिनु हुने नारायण भगवान यी नै लिखानारायण हुन् ।
राजा नरेन्द्र देवले लिखानारयण भगवान संग कुन अवसरमा कसरी दर्शन भेत भयो भन्ने सम्बन्धमा जनस्रुती र किम्बदन्ती अनुसार तात्कालिन समयमा वर्षायामा पनि वर्षा नभएर जनताले जतिसुकै जुक्ती लगायर खेतमा धान रोपे तापनी आकाशबाट वर्षा नभएकाले हुरिबतास र मुसलधारे वर्षा संग सामना गर्दै खेतका धानबालि हुर्कन नपाएकाले धानका बालाहरु कम्जोर हुन गै धाना भित्रहुनु पर्ने अन्न चामल उत्पादन गर्ने प्राकृतिक शक्ति कम्जोर भै धानभित्र चामल नबनेर किसानहरुको मेहत खेर गै जनता खान नपाएर भोकको महामारी भै अनिकाल परिरहेको थियो । चामल हएको धान फलाउन राजा र जनताले अथक प्रयास गर्दा पनि भर्षा नभएका कारन सफल हुन सकिरहेको थिएन ।
राजदरवारमा नरेन्द्र देवका रानीको कोखबाट सुकन्या जन्म लिए पछि बालीका राजकुमारी रुन्दा जति फकाउन्दा पनि नमाने पछि राजाले तिमी रोयो भने स्याललाई दिएर पठाउछौ है भन्दै फकाउने र सो कुरा भने पछि राजकुमारी शान्त हुने गर्द थियो। यहि क्रम चल्दै राजकुमारी रोय पछि त्यही कुरा दोहोरायर भन्दै राजकुमारीलाई शाम्त पार्दै जब राजकुमारी शुक्ल पक्षको चन्द्रा जस्तै बढदै गएर बैष्क अवस्थामा पुगे पछि दरवारमा दैनिक रुपमा एउटा घट्ना हुँदै गयो त्यो के भने एउटा स्यालहरुको जठा कताबाट कताबाट आई कराउने थाले । दरवारका सिपाहिहरुले जति धपाए पनि स्याल आएर कराउन नछादे पछि राजा र जनता अचम्म मान्दै अतालिएर राजज्योतिषको सरणमा गएर ज्योतिष शास्त्र र बास्तु शास्त्र लगायतका आधरमा सुस्मरुपमा ज्योतिषले हेर्दा अचम्म मान्दै राजालाई सोध्नु भए छ , तपाईले स्याललाई केही दिन्छु भन्नू भएको थियोकी , राजाले पनि अचम्म मान्दै राजकुमारी सानो हुँदा रोएको शान्त पर्न भनेको कुरा सम्झेर ज्योतिषलाई भताउनु भयो । राजाको यो कुरा सुनेर राजत्योतिषले मनन गर्दै वास्तिक गुह्य कुरा बुझेर राजालाई भन्नू भएछ तपाईले स्याललाई आफ्नो छोरी दिन्छु भन्नू भएको रहेछ अब स्यालले त्यही राजकुमारीलाई माग्न आएको हो । राजकुमारी नलगे सम्म स्यालहरु कराउन आउन रोकिने छैन बन्दा ।अचम्म मान्दै यो कुरा कसरी सम्भब हुन्छ मैले त: राजकुमारीलाई तर्साउन र फकाउनलाईपो त्यसो भनेको हो । अबमैले आफ्नो राजकुमारीलाई स्याल संग बिवाह गरि दिने कु हुँदैन भन्दा राजज्योतिषले राजालाई सम्झाउँदै भन्नू भएछ । स्यालहरुको बिचमा एउटा सेतो स्याल हुने छ त्यो सामान्य स्याल हैनन् भेषधारि स्याल हो तपाईले धन्दा नमानुस तपाईं र देसकै कल्याण हुनेछ राजकुमारी त्यो सेतो स्याल संग शुभदिनमा बिवाह गरिनु भनी बारम्बार सम्झाए पछि देश र जनताको कल्याण हेतु स्याल संग छोरी बिवाहगरी विदादिई पठा छ । छोरी राजकुनारी स्याल संग बिवाह गरि पठाएको केहि दिन पछि जारारानी छोरी ज्वाईलाई भेत्न स्यालको वास्स्थनमा पुग्दा एटा सानू ओदारभित्र प्रबेष गर्दै जाँदा भित्र विशाल आलिसान दरवारमा स्याल र छोरी त: लक्ष्मिनरायणको राजश्रीको रुपमा दर्सन पाउनु भएछ। छोरी ज्वाईले पनी राजारानीलाई अतिथी सत्कारगरी सके पछि नारायणले अति प्रसन्न हुनु भै राजालाई वरदान माग्न भन्दा राजा नरेन्द्र देव हर्षले गदगद भै आफ्नो जनताले चामल भएको धान फलाउन नसकेको र अनिकाल भोगिरहेको दुख: बिसाउनु हुँदै धान भित्र चामल हुने बरदान माग्नु भएछ ।
राजाको कुरा सुनेर नारायण भगवानले यसो भन्नू भएछ जब सम्म वर्षा हुँदैन तब सम्म धान भित्र चामल हुँदैनन् । आकाश बाट पानीको वर्षा गर्ने नागहरुदेखि कारण बंस रिसाएर सबै नागलाई आसन बनाएर गोरखनाथ तपस्यामा बसेको छ । जब सम्म गोरखनाथ तपस्या बाट जागृत हुनु भएर आफ्नु आसन बाट उथदैनन् तब सम्म नागहरु स्वतन्त भएर आकाशमा जान सकिन्दैन तब सम्म वर्षा हुँदैन र वर्षा नभए सम्म चामाल भएको धान फल्ने छैनन् । त्यसैले हामिले गोरखनाथलाई तपस्याबाट जागृत गरि आसन बाट उथाउने उपाए गर्नु पर्छ तर गोरखनाथलाई उथाउने क्षमता कसै संग छैन । गोरखनाथलाई तपस्याबाट जागृत गरि आसन बाट उथाउने एउटै मात्र उपाए छ । त्यो के उपाए भने गोरखनाथको गुरुलाई कामारु कामाक्ष बाट यहाँ ल्याउने । जब कामारु कामाक्ष बाट मछिन्द्रनाथ आईपुग्नु हुनेन्छ तब आफ्नो गुरु आए पछि अनिवार्य नै गुरुको दर्शन गर्न जान गोरखनाथा तपस्याबाट जागृत भै आसन बाट उथ्नु हुने छ तब आसनमा बसेका सवै मागहरु स्वतन्त्र भै आकाशमा जानेछ अनि वर्षा भै कृषि बाली राम्रो भै हुरि बतास र वर्षा संग संघर्स गर्दै चामल भएको धान पल्ने क्षमता धानबालिमा शक्ति संचार हुनेछन् अनि अनिकाल बाट राहत पाउनेछन् भनी नारायण भगवान बाट बर्दान स्वरुप चामल फल्ने उपाए नरेन्द्र राजालाई बताउनु भएछ । र राजा नरेन्द्र देबले पनि जसरी पनि मछिन्द्रनाथलाई नेपालमणलमा ल्याईछाद्ने संकल्प गर्दै लक्ष्मिनारायण रुपि छोरिज्वाईसंग बिदा लिई दरावर फर्किनु भै दरवारमा रहेका आफ्ना हितेसी गुरुजनहरु संग सल्लाहा साहुती गरि कान्तिपुरका बन्धुदत आचार्य पाटनका किसान रथचक्र लाई साथमा लिनु भै हालको भारतको आसाम भन्ने ठाउँमा रहेको कामरूपा कामख्यामा जाने क्रममा बाटामा भेतिएका करकोट्क नागराजा समेतलाई साथमा लिनु भै अनेकौ दुख: कस्त झेल्दै आसामको कामरूपा कामख्याबाट बाट पातनको क्वदुवाको मार्ग हुँदै नेपालमण्डलमा मछिन्द्रनाथालाई तन्त्रशक्ति बाट मछिन्द्रनाथलाई भमराका रुपमाइ कलशभित्र राखी यहाँ ल्याउन सफल हुनु भएको हो भन्ने किम्बदन्ति सहितको मछिन्द्रनाथको लोक कथा रहेको पाईन्छ । सहकालका देवता मछिन्द्रनाथालाई नेपालमण्डलमा ल्याउन बरदान सहित निर्देशन दिनु हुने नारायण नै लिखानारायण हुन् भन्ने किम्बदन्ती रहेको छ ।
लिखानारायण भगवान भक्तपुर सूयबिनायक नगरपालिकाको वडा नं ७ अन्तर्गत सूर्यविनायक( इनारे गणद्य:)विराजमान भएको जङ्गल ( काँग्ँ)मा सूर्यबिनायकको दखिण पूर्व पछादी अलि तल जङ्गलको सुनसान स्थानमा बिराजमान हुनु हुन्छ । यहाँ कार्तिक पूर्णेमा (कछलागा सकिमना पुन्हिं) का दिन मेला लाग्ने गर्छ ।
लिखानायणको मन्दिरमा जान सूर्यबिनाकको आमाको मन्दिर जाने खुड्किला हुँदै माथी आमाकहाँ नगै कन दायाँ तर्फ खुड्किलो झर्दै जाँदा पिछ सडक भएर वा सूर्यबिनायक मन्दिर रहेको जङ्गललाई देब्रे पारी दायाँ बाट पिच सडक हुँदै माथी उकालो चर्दै पानी त्याङ्की नाघेर माथी उकालो चर्दै अलि माथी पुगे पछि अलि सानू समर बाटोमा पुगेपश्यात ओरालो झर्नु पर्ने दुईवटा ( हाल कच्ची अवस्थामा रहेको) मोटर बाटो मध्यको दयाँ तर्फको ओरालो बाटोबाट तल झर्दै गएमा सूर्यबिनायक मन्दिरको तलको मूल ढोका बाट लगभग बिसमिनटमा नै पैदलमा नै सहजै पुग्न सकिन्छन् ।
No comments:
Post a Comment