tag:blogger.com,1999:blog-5201298762769100853.post213095936824426758..comments2023-02-22T00:28:48.915-08:00Comments on हलिमलिं -लेख संग्रह: ✡ सावाःचपाः/ सामा सतःया ऐतिहासिकता ✡Prakash Man Shilpakar प्रकाशमान शिल्पकारhttp://www.blogger.com/profile/08838768252318949355noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-5201298762769100853.post-41113139329625194842020-11-14T05:49:33.504-08:002020-11-14T05:49:33.504-08:00✡ सहरी भिडभाडले लुप्त भएकी सम्हाः(सामा) अजिमाको
...✡ सहरी भिडभाडले लुप्त भएकी सम्हाः(सामा) अजिमाको
खोजिमा
खड्कार कान्तिपुर नगरलाई उत्तरी मोहडामा बसेर पूरै सहरमाथि नजर लगाएर चनाखो भएर बस्नु हुने एक अजिमा साम्हाः(सामा) अजिमा अचेलको सहरी भिडभाडले लुप्त भएको जानकारी सेतोपाटीमा सुदिप श्रेष्ठज्यूको " वैशालीबाट आएका लिच्छविहरूले बसालेको सहर " लेख पढेर जानकारीमा आए पछि खोजन्ने क्रममा भेटीएको मञ्जुश्रीको पादुका ।
सुदिप श्रेष्ठको सम्पदायात्राको आलेखमा खड्कार कान्तिपुर नगरलाई उत्तर मोहडामा बसेर नगरलाई सजकताका साथ नजर लगाएर बस्नु हुने साम्हाः अजिमा । अहिले कोलाहाल शहरको भिडभाडमा लुप्त भएको अवस्थामा रहेको भन्ने जानकारी पाएको । र खड्कारकै बारेमा गुगलमा खोजि गरि अध्यन गर्ने क्रममा कान्तिपुर नगरलाई खड्गाकार सुरक्षा घेरमा देखाएर कोरिएको एक नक्शा समेतमा उत्तर मोहडामा सामा अजिमा देखएको समेत भेटाएको थियो । केही वर्ष अघि देखि मलाई कान्तिपुर नगर भित्र जति पनि अजिमाहरु छन् ती सबैको नाम र ती अजिमाहरुका बारेमा केही जान्ने उत्सुकता जागिएकाले मईले अजिमाहरुको नाम संकलन गरिन्दै आएको छु । मेरो संकलित अजिमाहरुको तालिकामा साम्हाः( सामा) अजिमा थिएन । त्यसैले पनि म साम्हाः अजिमाका बारेमा जान्न चाहनु स्वभाविक थियो ।
संकलित अजिमाहरुको नाम बेला बेलामा मईले केही नेवाः पत्रिका त केही अन्य नेपाली पत्र पत्रिकामा कुनै लेखका माध्यमबाट सबैमा पस्किन्दै पनि आएको छु । हुनत सम्पदाका बारेमा अध्ययन अनुसुन्धानन गर्ने हैसियत नै ममा छ नत मेरो त्यस विषयमा पढाइ नै छ । तर पनि मलाई हाम्रो सम्पदा र संस्कृतिका बारेमा जान्ने बुझ्ने । अनि लोप हुन्दै गएका र हामीले बिर्सन्दै गएका अनि हामीले मान्दै आएका संस्कृति तथा संस्कारहरुका गुह्य कुराहरु किन र केका लागि भन्ने तथ्यगत विवरण सहितका कुराहरु सबै सामु पस्किनु नै मेरो चाहना हो । अध्ययन नभएका कारण त्यसरी पस्किने क्रममा मबाट टुर्टि नहोला म भन्न सकिन्न । तरपनि म भरसक सहि पस्किनेमा म प्रयासरत नै छु ।
लुप्त अवस्थामा रहेको साम्हाः ( सामा) अजिमा हुन सक्ने स्थानका बारेमा सुदिप श्रेष्ठले आफ्नो आलेखमा गोल्कुपाखा वा सामाखुसीतिर कतै हुनसक्ने आकलन गर्नु भएकाले मेरो दृष्टि उतैतिर थियो । त्यसैले अहिले सुबिधायुक्त संचार माध्यमलाई सदुपयोग गर्दै मईले आफुले चिने जानेका स्वजनहरूबाट फोन मार्फत जानकारि लिने काम गरें ।
तर धेरैबाट साम्हाः र सामा अजिमाको नाम नै आज सम्म नसुनेको भन्ने जवाफ पाएँ । मेरो एकजना हितैषी दाजु ठमेलमा धेरै अघि देखि टूरिस व्यापार व्यवसायी गर्दै आउनु भएका रत्नदाश शाही दाजुबाट भने केही आशालाग्दो खबर पाएँ । उहाँले दिनु भएको जानकारी अनुसार साम्हाः र सामा नामको कुनै अजिमाको नाम नसुने तापनि सामाखुसि कपुर धारातिर सामा सतः( पाट) रहेको छ भन्ने पाएँ । सामा सतः रहे पछित पक्कै पनि त्यसै वरपर कतै सामा वा साम्हाः नामको अजिमा पनि अवस्य हुनु पर्छ भन्ने विस्वासका साथ त्यता म स्थलग खोजिमा लागें ।
गल्कोपाखा, सामाखुसी , याक्पा तथा लाभाझु लगायतका सबै क्षेत्रहरुमा खज्दै गएँ तर कहिं कतै खोज्दै गएको अजिमा अहँ भैटिएन । अजिमा नभेटिए तापनि सामा सतः चाहिँ कपुरधारा चोकमारहेको याङिखेम फर्मा नाम गरेको अौषधि पसल रहेको सानो घर रहेको भन्ने जानकारी पाएँ । तर अौषधि पसल रहेको घर सतः नै थियो भन्ने कुनै लिखित निशान भने त्यहाँ भेटिएन तर पनि त्यहाँका मानिसले सामा सतः त्यहि अौषधि पसल भएकै घर हो भने पछि त्यहाँ पसलमा गएर बुझ्दा पसलमा कस्ने साहुनिबाट पनि पहिला पाटी भएको जानकारी पाएँ । अौषधि पसलको सनहुनीलाई मईले यतातिर कतै सामा वा साम्हाः नामको कुनै अजिमा वा देवी भएको सुन्नु भएको छ भन्नदै यो पसल भएको घर पहिला पाटी हो भने यहाँ कुनै शिलापत्र हुन सक्छन् भन्दा मलाई वहाँले पसलकै घरको उत्तर तर्फको बहिरी सडक तर्फ निस्केको भित्ता र तल रहेको केही मूर्ति देखाउदै यो होला भन्दै देखाउनु भयो । वहाँले देखाउनु भएको स्थानमा संगैरहेको फर्निचर पसलले बिक्रिकालागि राखीएको सामान यसो पन्छाएर हेर्दा त्यहाँ शिव लिङ्ग नभएको एक जलाहार शिलामाथि जोडिएको अवस्थामा नै एक जोड पाईतालाको निशान , त्यसै शिलामा पिखालखु जस्तै देखिने तिनवटा मण्ड, अमूर्त मूर्ति र भित्तामा बुद्धको प्रस्तर मूर्ति रहेको देखियो । हाम्रो प्राचीन नेपालमण्डल निर्माण संग जोडिएका यो सम्पदा सहि तरिकाले कसैले संरक्षण समेत गरिएको देखिएन ।
१५ वर्ष देखि फर्निचर पसल राख्दै आएको भन्नू हुने त्यहाँको युवा पसल साहुले सो पाईताला मञ्जुश्रीको रहेको । महामञ्जुश्री उपत्यकामा आउनुहुँदा त्यस पाटीमा पनि बाँस बसेको रे भन्ने तहाँका रैथाने जेष्ठहरुले भनेको सुनेको भन्ने जानकारी दिनु भयो । यश विषयमा सविस्तार बताउन सक्ने अन्य कुनै सजन भने मईले भेटिएन । यश विषयमा अझै पनि म खोजरत नै छु ।
११४० कौलागा१३ शुकेरवार / २८ कार्तिक २०७७
#प्रकाशमानशिल्पकारPrakash Man Shilpakar प्रकाशमान शिल्पकारhttps://www.blogger.com/profile/08838768252318949355noreply@blogger.com