tag:blogger.com,1999:blog-5201298762769100853.post6332834644233478908..comments2023-02-22T00:28:48.915-08:00Comments on हलिमलिं -लेख संग्रह: नेपाली समाजमा देववृक्ष पिपलPrakash Man Shilpakar प्रकाशमान शिल्पकारhttp://www.blogger.com/profile/08838768252318949355noreply@blogger.comBlogger1125tag:blogger.com,1999:blog-5201298762769100853.post-27135183261945821122016-02-28T07:07:08.553-08:002016-02-28T07:07:08.553-08:00सत्य युगमा मर्यादा पूरुष श्री रामचन्द्रको सुशासन क... सत्य युगमा मर्यादा पूरुष श्री रामचन्द्रको सुशासन कालमा एक दिन दुर्वासा ऋषि आफ्ना समस्त शिष्यहरु सहितलिई राजा श्री रामचन्द्रको राजदरवारमा बिनबोलाई मेहमानका रुपमा समुपस्थिती हुनु भै आफू लगायत सबै शिष्यहरुलाई कामधेनु , चिन्तामणी वा अग्नि वाट प्राप्त नभै अन्य कुनै माध्यम वाट प्राप्त हुने भोजनको यथा सिघ्र ब्यवस्था गर्नु भन्ने श्री रामचन्द्रलाई आदेस दिनु भए छ । दुर्वासाको आदेस सिरोपर गर्दै श्री रामचन्द्रजिले बिन्ती गर्नु हुँदै हवस ऋषिवर , हजुर नदिमा गएर स्नान गरि आउन्दा सम्म आज्ञा अनुसारको भोजन तयार हुने छ भनी भन्नू भयो । दुर्वासा ऋषि र श्री रामचन्द्रको कुरा सुनेर दरवारमा हल्ली खल्ली भए छ ।किनकी कामधेनु, चिन्तामणी वा अग्निवाट बाहेक अरु कुनै माध्यम वाट भोजन तयार हुने स्थिती कसैले अनुमान सम्म पनि गर्न सकिरहेका थिएन ।<br />दुर्वासा नदिमा स्नान गर्न गए लगत्तै श्री रामचन्द्रजिले आफ्ना अनुज लक्ष्मणलाई आदेश दिनु भयो " भाइ लक्ष्मन स्वर्गका राजा देवेन्द्रलाई तत्काल स्वर्ग वाट कल्प बृक्षका सन्तती पिपलको बोट र पारिजातको बोट ततकाल पृथ्विमा पथाउनु भन्ने आदेश सहित पत्र लेख्नु " लक्ष्मणले पनि आदेशानुसार ततकाल पत्र तयार गरि दाजुलाई दिएछ । श्री रामचन्द्रजिले पनि सो पत्र लिएर आफ्नु धनुषबाणको टुपोमा राखेर स्वर्ग तर्फ प्रहारगरी पठाए छ । श्री रामचन्द्रले पठायको उक्त बाण सिधा स्वर्गका राजा देवेन्द्रको राजसभामा पुगे छ । स्वर्गका राजा देवेन्द्र लगाएत सभामा उपस्थित समस्त देव देवताहरुले श्री रामचन्द्र भगवानले पठाउनुभएको पत्र सहितको बाण देखेर ततकाल उथेर श्रध्दा पूर्वक आभिभादन गरेर पत्र झिकेर खोलेर हेरेर पत्रमा उल्लेखित आदेशानुसार ततकाल पिपलको बोट पारिजातको बोट पृथ्विमा श्री राम्चन्द्रकहा पठाइदिए छन ।<br />श्री रामचन्द्रले पनि स्वर्गावाट पठाएको पिपलको बोट र पारिजातको बोट आफ्नु अगादी आउनासाथ दुबै बोटलाई आदर सत्कार गरि दुवासा ऋषि सहितका ऋषिहरुलाई भोजन गराउन आवसेक भोजनको बेवस्था गरिदिनका लागि पिपलको बोटलाई प्राथना गर्नुभएछ । यसरी श्री रामचन्द्रको प्राथना<br />सुनेर पिपल बोटले पनि आवस्यक संम्पूर्ण भोजनहरुको व्यवस्था गरि दिएकाले अग्नि, कामधेनु र चिन्तामणी लगायत वाट तयार नगरियको दुर्वासाको ईक्षानुसारको भोजन गराई दुर्वासालाई खुसी पारी आशिरवाद पाप्त गर्नु भए छ । स्वर्गा वाट आएको सो पिपलको बोट र पारिजातको बोटलाई श्री रामचन्द्रजीले आफ्नु पुष्प बिमानमा नै राख्ने बेवस्था गरिदिए छ । यसरी उक्त पवित्र बोटहरुलाई बिमानमा राख्दा विमान जहाँ जहाँ गयो विमान वाट पिपल र पारिजातको बिज सहितको फल तल झरेर ठाउँ ठाउँमा पिपलको बोट र पारिजातको नयाँ बोट उम्रन्दै गए छ । यसरी पृथ्विमा पिपलको र पारिजातको बोट सिरजना याने उत्पत्ती भएको हो । श्री रामको परम्मधाम प्रस्थान पछि द्वापर युगमा आएर उक्त स्वर्ग वाट आएको मूल पिपलको बोट र पारिजातको बोट पुन: देवेन्द्रले स्वर्गमा लगेको हो भन्ने धर्मिक शास्त्रहरुमा उल्लेखित छ । द्वापर युगमा श्री कृष्ण भगवानले अर्जुणलाई उपदेश दिनुहुन्दा भन्नू भएको छ - अश्वोस्थ सर्व वृक्षाणा सेर्वाषीन च नारद । , गन्धर्वनाम चित्र्त्ररथ सिध्दान कपिला मुनि: ।। अर्थात सर्व वृक्षहरुमा पिपल भनेको म हुँ ,देवर्षिहरुमा नारद हुँ , गन्धर्वका राजा चित्ररथ म हुँ ।( श्रीमद्भगवद गिताको १० औ अध्याय को स्लोक २६ ) Prakash Man Shilpakar प्रकाशमान शिल्पकारhttps://www.blogger.com/profile/08838768252318949355noreply@blogger.com