Friday, November 23, 2018

न्वाई चाड पर्व

न्वाई चाड पर्व

प्रकाशमान शिल्पकार
       विभिन्न जातिय  बर्ग समुदायका सनातनी नेपालीलेले आ आफ्नै मौलिक पहिचान अनुसार तिनसय पैसठ्ठी दिनभित्रका विभिन्न तिथिमितिमा विशेष दिनका रुपमा वार्षिक चाड पर्वकारुपमा मनाउदैँ आ-आफ्नो जातिय बर्ग समुदायको मौलिक पहिचान मात्र हैन देशकै विशेष पहिचान देखाउँदै अएका चाड पर्वहरु मध्य एक पर्व न्वाई  चाड पर्व पनि एक हो । ठाउँ र जातिय बर्ग समुदाय र भाषा अनुसार यस न्वाइ चाडलाई नुवागी, न्वागी र छौवा तथा पान्देई घ्यासा, साकेला, भुमे, चासोक, तङनाम जस्ता नाम दिएर पनि मनाउँदै आएको देखिन्छन् । खेतबारीबाट भर्खरै घरमाभित्र्यायको नवान्न ( नयाँ अन्न) धानको चामलमा दही, केरा लागायत मिश्रणगरि देवता तथा पितृहरुलाई चढाई आफुले प्राशन गर्ने ( खाने ) मिस्थान भोज नै न्वाइ हुन् । न्वाइ शब्द नवान्न बाट आएको शब्द हुन् ।
       खासगरी कृषकहरुले मनाउने परम्परा रहेको यो पर्व कृषकरुको मुख्य खाद्यान्न  अन्नबाली पाकेपछी घर भित्र्याउनु अघि अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउने र आफ ूले खानुअघि अन्न दिने भूमि र देवताहरुलाई पुजा तथा हवन गरि विशेष प्रकारको चोखो भोजन  चढाउनु नै यस चाडको मूल उदेस्य हो । नेपाली जातिका धानहरु मध्यका छ मासको चन्द्रको छायाँ परेको जडन जातिको धानबाली पाकेपछी ढिकीमा कुटेर बनाएको जडन धानको चामल दहीमा भिजाई, केरा सिलाम, चिनी, तिल , नरिवल, दाख उत्यादि किसमिस आदि मिष्ठान्न सामाग्रीको समिश्रणबाट तयार पारिएको स्वादिष्ट न्वाइ शुभसाईतमा सर्वप्रथम देवीदेवता तथा पितृहरुलाई चढाएरमात्र आफुहरुले सगुनकोरुपमा प्राशन गरि प्रयोग गर्ने प्रचलन र परम्परा रहेको देखिन्छ । यो पर्व कहिले मनाउने भन्ने विषयमा पञ्चाङ्गमा कहिं कतै केहि उल्लेखित गरिएको नदेखियता पनि  खास गरेर कार्तिक शुल्क हरीबोधनी एकादशी (कछलाथ्वयाको एकादशी) पछिको द्वादशिका दिन देखि कार्तिक कृष्ण पक्षिय पञ्चमी सम्म साईतै नहेरिकन नै शुभसाईत मान्ने त्यसपछी मङ्गसिर महिना सम्म अग्नि जुडायर मात्र हवण आदि गरि मनाउने परम्परा रहेको यहाँ देखिए तापनि मङ्गसिर महिना भरी नै शुभ साईतका रुपमा पनि मा यो पर्व मनाउँदै आएको यहाँ देख्न पाईन्छ ।
       गोरखा जिल्लाको उत्तरी भेगमा पर्ने सुन्दर बस्ती ताकुकोट कोटथोकमा अवस्थित प्रसिद्ध भगवती मन्दिर परिसरमा हरेक वर्ष धुमधामका साथ न्वाइ(न्वागी) पर्व मनाउने गरिन्छ सो न्वागी पर्वमा  भगवती मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । न्वागी पर्वमा अघिल्लो दिन निराहार बसी रातभर मन्दिरमा पूजा अर्चना तथा बत्ति बाल्ने गरिन्छ भने भोलि पल्ट बिहान शुभ साइत हेरेर न्वागी प्राशन याने खाने काम गरिन्छ । प्रत्येक वर्ष कात्तिक महिनाको १५ गते भन्दा पछि उपयुक्त दिन हेरी  भगवती मन्दिरका पुरोहितले कात्तिके पुजा गर्ने गर्दछन् र सोहि पुजाको दिनमा मुट्ठी लिने तथा न्वागी खाने साईत जुराउने गरिन्छ । मुट्ठी लिने भन्नाले किसानले खेतमा फलाएको धान बालिको एक गाँज पुजा गरी उक्त धानको गाँज बाला सहित काटी घरमा ल्याउने चलन हो । यसरी विधिवत रुपमा मुट्ठी लिएपछि मात्रै खेतको धानबाली  काट्ने गरिन्छ । यसरी काटिएको नयाँ धान ढिकिमा कुटेर सो धानको चामलमा दहि, केरा, तिल, नरिवल आदि मिसाइ मिस्थान बनाई देवीलाई चढाई प्रशाद खाने गरिन्छ । यसरी खाइने दहि चामललाई न्वाई वा न्वागी खाने’ भन्ने चलन छ । दहि चामल खाने दिन दिउसो मन्दिरमा बोकाको बलि सहित विशेष पुजा एवं होम गर्ने तथा ठुलो मेला लाग्ने गर्दछ । यो पर्व गोरखाला लगायत बागलुङ, गुल्मी, प्यूठान, , लगायत देशका बिभिन्न भागहरुमा पनि भव्यताका साथ मनाईने गरिन्छ । यस पर्वमा आफनो जग्गा नहुनेहरुले पनि जडन चामलको न्वाइ खाएर न्वाइ पर्व मनाउने गर्छन । यस अवसारमा आफना छरछिमेकी नातागोता र ईष्टमित्रहरुलाई निम्ता गरेर न्वाइ खुवाएर भोजभतेर गर्ने चलन रहेको छ ।
     बागलुङ्का पाँदेलीहरु यो न्वाइ पर्वलाई आफ्नो जातिय पहिचान कै रुपमा बर्षे्नि   कृषिमेला समेत गरि भव्यताका साथ महोत्सवकोरुपमा मनाउने गरिन्छ ।
      प्रकृति पूजक आदिवासी  किरात समुदाय भित्रको राई र लिम्बु समुदायले साकेला, भुमे, चासोक, तङनाम जस्ता नाम दिएर यो पर्वलाई मनाउदै आएका छन् । उनीहरुले नया बाली भित्रयाउने तथा आफ्नो ----कुलपित्रलाई----- पुजा गर्ने  छन् । उनीहरुले मंसिरे पूणिर्माको यही समयलाई उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएका छन् । लिम्बु संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम सुरु भएको मानिन्छ । नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ । चासोक तङनामलाई लिम्बुजातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ ।
  उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरि खान पुगोस् भन्ने कामना गर्दै आपसमा खुसी साटासाट गरेर  हरेक वर्षको भदौ २२ गते देशभरका चेपाङ समुदायले छोनाम अर्थात न्वागी पर्व मनाउँदै आप्फ्नो जातिय पहिचान दिन्दै आएकाछन । चेपाङ समुदायले पान्देई घ्यासा भन्ने यो पर्वमा मुख्य गरि नयाँ बाली देउतालाई चढाएर खुसी मनाउने चलन रहेको छ ।
     नेवा: समुदायले भने मार्गशीर्ष शुक्ल पूणिर्माका दिन नयाँ धान कुटेर बनाएको चामलको पिठो बाट बनाएको विशेष आकारमा  चाकु र तिल मिश्रण राखेर विशेष प्रकारको रोति य:मह्री बनाएर देवी देवतालाई चढाएर योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदै नेवा: समुदायको आफ्नो विशेष मौलिक पहिचान दिन्दै आएका छन् । अन्य समुदायले मनाउने न्वाई चाड र नेवा:समुदायले मनाउने य:मह्री चाड पर्व मनाउनुको मूल उद्देस्य एउटै देखिएता पनि यसको मौलिक्ता भने आ-आफ्नै जातिय पहिचान अनुसार फरक रहेको देखिन्छन् । नयाँ धान आएपछी त्यसको चामलको पिठोको विशेष आकार भित्र चाकु र तिलको मिश्रण बनाई राखिएर बनाईएको य:मह्री धान भकारिमा धनका राजा कुबेर र धनका देवी लक्ष्मिलाई चढाई पुजा गरि मनाउँदै आएको यो:मह्री नख: ( चाड) हाल मङ्गसिर पूर्णेमा( थिल्लामा) मनाउँदै आएको भएता पनि आज भन्दा चार सय वर्ष अगादी सम्म भने पुस महिनाको पूर्णे( मिल्लापून्हिं)मा मनाउने गर्द्थ्य पछि हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणनाका कारण  प्रत्यक तीन तीन वर्षमा आउने मलमासका कारणले सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरु परक पर्दै गएको यथार्थतालाई चारसय वर्ष अघिका नेवा: बिज्ञहरुले महसुस गर्दै य:मह्री चाडलाई एक महिना आगादी याने मङ्गसिरको पूर्णेमा सारी पर्व सुधार गरि मनाउँदै आएको भन्ने यहाँ जनस्रुती रहेको पाइन्छन् त्यसैले य:मह्री पुन्हिंका दिन देखि दिन लामो हुने भन्ने नेवा: समुदायमा कथन रहेको पाईन्छ जबकी प्रचलित पञ्चाङ्ग अनुसार पुषको ७ गतेतिर मात्र दिन लामो हुने गर्छन् ।
     यसरी सनातनी नेपालीहरुले आ-आफ्नो जातिय समुदायको परम्परा र संस्कार अनुसार  आ–आफ्नै संस्कार संस्कृति अन्र्तगत रहेर यो पर्वलाई मनाउने गरेका छन् विभिन्न नाम बाट यो पर्व मनाउनुको मूख्य कारण कृषकरुको मुख्य खाद्यान्न  अन्नबाली पाकेपछी अन्नबाली भूमिबाट पाकेको र आउने सालमा पनि यसरी नै फलाएर हाम्रो भोक टरोस भनि घर भित्र्याउने र आफ ूले खानुअघि अन्न दिने भूमि र देवताहरुलाई पुजा तथा हवन गरि विशेष प्रकारको चोखो भोजन  चढाउनु नै यस न्वाई( न्वागी) चाडको मूल उदेस्य हो ।


  

Monday, November 19, 2018

खोकनाको दे पुखु जात्रा

खोकनाको दे पुखु जात्रा

~~~ ००० ~~~


खोकनाको परिचय
    संघिहशशय गणतान्त्रिक नेपालको ३ नं प्रदेश  ललितपुर जिल्लाको प्राचीन बस्ति जितापुरको नाम खोकना कसरी रहन गयो भन्ने संबम्बन्धमा खोतलेदै जाँदा  - देहान्त भई उनकि पत्नि समेत सति जान चितामा बसि दागवति दिएको आगोले ज्वालाकोककक रुप लिन नपाउँदै घनघोर हुरि बतास र मुसल धारे पानी परेकाले  मलामि लगायतका सवै आफन्तहरु चीतालाई त्यसै नै छादेर गए पश्चयात दैवसंजोक मरि सकेका भनिएका लासले पूनरजन्म लिइ जिवित भई उठेको अवस्थामा नदीमा वाद आई मरेर पनि जिलित भएका आफ्ना पति परमेस्वरलाई बादिले बगाएर लगे पछि नदीको किनारै किनार रुन्दै( ख्व ख्वं) पछि पछि लाग्गै जाँदा हाल सिकाली ख्य: रहेको क्षेत्रमा पुनः दुबै दम्पतिको पूनर मिलन भई  त्यसै क्षेत्रको अलि तल आफ्नो आवास बनाएर जीवन निर्वाह गर्दै गएको । जुन ठाउँलाई स्थानियहरु मानिस मर्यो भनेर अन्तिम संस्कार समेत संम्पन्न भईसकेका मनु( मनुवा) जिवित भएकाले ती दुबै दम्पतिलाई मनु नभनि कु=मनु भन्ने गरेको र कुमनुको आवास क्षेत्रलाई कुगां भन्ने गरेको र पछि त्यहि परिवार जितापुर देमा आएर वसोवास गरे पछि ख्व ख्वं ( रुनदै आएका)  आएका महिलाका परिवार वस्ने जितापुर दे क्षेत्रलाई सबैले ख्वना र ख्वनाबाट पछि खोकना भन्न थालेको जनस्रुति रहेको स्थानियहरुको भनाई रहेका छन् ।
      त्यस्तै अर्को एउटा  जनस्रुति अनुसार काठमाण्डौको पचलिभैरब संग गांसिएको जनस्रुति र किम्बदन्ति  अनुसार फर्पिंका तंन्त्र शक्तिका राजा काशिनाथका दर्शन गएका आफ्ना राजा फर्केर नआए पछि खोज्दै जाँदा टेकु पचलिको नकिं ( नई अजिमा )अजिमाको पीठमा शिला भई सिध्द भएर बसेको देखेर विलाप गर्दै तंन्त्रशक्तिका रानी बागमति खोलाको किनारै किनार रुन्दै गएर जितापुर देश देशमा वसोवास गरेकाले सो जितापुर देशलाई पछि ख्वना वा खोकना भनेके भन्ने समेतका यहाँ जनस्रुति तथा किम्बदन्ति रहेको पाईन्छन् ।

देय् पुखु -
     जितापुर (खोकना ) देको ठीक मध्य भागमा अवस्थित पुखु( पोखरी) नै खोकनाको प्रसिध्द दे पुखु हुन् । यसै पोखरीलाई खोकना वासिले ऐतिहासिक  पोखरी मान्दै आएका देखिन्छन् । त्यसो तः जितापुर दे ( खोकना) वासिको अधिस्थात्रि देवी रुद्रयणी देवस्थलको परिसर क्षेत्रमा मै रहेको यस  पोखरीको ऐतिहासिक्ताका बारे यहि नै हो भनेर भन्न सक्ने कोहि छ जस्तो देखिन्दैनन् । तर पनि खोकना वासिको कथन अनुसार प्राचीन कालमा रुद्रायणीको देवस्थल( मन्दिर) बनाउन आवस्यक माटो लिएको ठाउँ नै पछि पोखरि बनेको हो ।

 देय् पुखुको जात्रा
       दे पुखुमा रुद्रायणी देवस्थल बाट वा देब गणबट  पोखरीमा रहेको भनिएका मान्छे खाने तन्त्र शक्तिका भ्यागुता  वा अन्य कुनै नरभक्ष जन्तु लाई मानिसलाई कुनै नोक्सान नगर्नु बरु वर्षको एउटा पाठि  दिने छौ भनी पोखरी भित्र बस्ने मान्छे खाने तन्त्र शक्तिका जन्तुलाई रिझाई सन्तुस्त पारि मान्छे नखाने कबुल गराई खोकना वासि र रुद्रायणी देवस्थल बाट पनि बर्षेनि गुंलागाः दुतियाका दिन अर्थात रुद्रायणी देबगणको ख्वापा: ( मुखौता) लाई तन्त्र सिध्द गर्नु पूर्व  पोखरीमा एउटा पाठि खसालेर दिने कबुल गरिएको र कबुल गरे अनुसार सायः जात्रा / गाई जात्राका दिन साँझ ( स्मरन रहोस उपत्यका वासिले गुंलागा पारु/ श्रावण शुल्कपक्ष पारु/ परेवाका दिन गाई जात्रा गरिने परम्परा छ तर खोकना वासिले दुतियाका दिन मात्र गाई जात्रा गर्ने परम्परा रहेको छ। ) रुद्रायणी देवस्थल बाट एउटा पाठी पोखरिमा खसाल्ने कार्य गर्दै आएको र कालान्तरमा आएर सो कार्यले खोकनाको सांस्कृतिक जात्राका कै रुपमा रुपान्तरित भई  परम्परा वस्दै आएको हुन सक्छन् भनेर अनुमान गर्दा अन्यथा नपर्ला ।
देय् पुखु जात्रामा फर्सी र काँक्रो महत्व  -
          अहिलेको अवस्थामा दे पुखुमा पाठी खसाल्ने त्यो जात्रा ह्रेर्दा पौदिबाज युवाहरुले पोखरिमा पाठी खसाल्नु अघि रुद्रायणी देवस्थल बाट पठाएको फर्सी र काँक्रो( फसि व तुसि) खसालेको केही छिनमा पाठी खसालेको देख्दा अहिलेको अवस्थामा सोसरिरको पाठी पोखरीमा खसाल्ने सम्बन्धमा रुद्रायणी देवस्थल वा रुद्रायणी देवगण संग कुनै सम्बन्ध अथवा सरोकार छ जस्तो देखिन्दैनन् ।
      प्राचिन कालका हाम्रा नेवाः अाचार्य तथा देबगण बन्नेहरु तन्त्र सिध्दिमा निपूर्ण हुन्थिए भन्ने धेरै नै आख्यानहरु हामिले सुन्दै आएका छौ । तन्त्र शक्तिका पुजक पुर्खाहरुले तातकालिन अवस्थामा  आफ्ना मनोकामना पूरा गर्न आफनो तन्त्र विद्याले कालो धतमास, कालो तिल, तथा मूला फर्सी लगायतलाई आफुले वा जसलाई भोग ख्वाउने हो उस्को इछ्याा अनुसारको जीव स्रृस्ति गर्दै शक्तिसाली देवीदेवता तथा भूत, प्रेत, वीर, महाविरहरुलाई पशु पन्छिको भोग  चढाउथे वा बलि दिन्थे भन्ने किम्बदन्ति सहितका आख्यान सुन्दै आएका छौ । हुन सक्छन् तत्कालिन प्राचीन कालमा खोकना वासिले वा रुद्रायणी देवस्थल बाट पनि आफ्नो तन्त्र शक्तिले फर्सी र काँक्रोलाई पाठि/बाख्रिका रुपमा स्रृस्ति गरि त्यो देय् पुखुमा खसालल्ने परम्परा बसाल्दै आएकोमा समयको अन्तराल संगै तन्त्र शक्ति पुजकहरुमा तन्त्र शक्ति ह्रास हुँदै गएका कारणले काँक्रो र फर्सिलााई बाख्रिमा सृस्ति गर्ने क्षमता नभएकाले रुद्रायणी देवस्थल बाट पोखरिमा खसालिएको फर्सी कै रुपमा सवैले देख्ने र त्यस फर्सिलाई फोर्न लगाएर रुद्रायणी देवस्लबाट दे पुखु भित्र रहेका भनिएका कुनै राक्षसि जन्तुलााई गरिएको कबुल पूरा गर्दै परम्परालाई निरंन्तता दिएर परम्परा चलाउँदै आएको देखिन्छ। देय् पुखु भित्र रहेको भनिएका मान्छे खाने जन्तुलाई कुनै समयमा प्रत्यक वर्षको गुंलागाः दुतियाका दिन पोखरिमा बाख्रिका प्रतीक काँक्रो र फर्सी खसाल्दै खोकना बाँसिले आाफुले गरेका कबुल पूरा गर्दै सांस्कृतिक रुपमा मनाउदै आएको देखिन्छ । फर्सिलाई सजिव प्राणी सरह  आज एकाइसौ शताब्दिमा सम्ममा पनि हाम्रो समाजले मान्दै आएकै छ । यो कुरा महिलाले फर्सी चिर्नु वा कात्नु हुन्न भन्ने हाम्रो समाजको अधिकांस घर घरमा आज पनि रहेको तथ्य बाट प्रष्ट हुन्छ ।
दे पुखु जात्रा बाख्री डुबाउने जात्राका रुपमा परिभाषित किन भए ?
          तात्कालिन कुनै काल समयका सामन्ति स्वभावका ठूलाबदाले आफ्नो  खर्चमा बाख्रि नै व्यवस्था गरेर पोखरिको पानीमा खसाल्ने र ( पोखरिमा रहेका भनीएका राक्षसि जन्तु पनि समयको अन्तराल संगै लोप भई सकेको अवस्थामा पोखरिमा खसालिएको बाख्रि स्वभाव तः पानीमा  दुब्दा आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्दा हुन अनि त्यो सामन्ति स्वभाका ठूलाबदाले युवाहरुलाई उक्साएर जीवन रक्षाका लागि संघर्सिल बख्रिलाई जस्ले पानी भित्रै मारि लान सक्छ उसले नै खान पाउछ भन्ने उर्दि बाट पानीमा रहेको बाख्रिलई मार्ने हो होडबाजी चलेको र त्यसलाई  सामन्ति स्वभावका मानिसले मनोरन्जनका रुपमा लिन्दै परम्परागत संस्कृतिमा विकृति समावेसण हुन गई त्यसलाई खोकनाासिले अनजानमा नै जात्राका रुपमा अंगालि आएको हुन सक्ने देखिन्छ । यसरी दे पुखुको सांस्कृतिक जात्रामा विकृति छाय पछि जात्रा हेर्न आउने खोकना बाहिरका जात्रालुहरुका मन मस्तिसमा दे पुखुको त्यो जात्रा बाख्री डुबाउने जात्राका रुपमा परिभाषित गर्दै गए । नेवाःको सामाजिक संरचना तथा संस्कार अनुसार  हरेक जात्रा पर्वहरुमा अनिवार्य जाँड रक्सि हुने हुनाले स्वभावत जात्रामा अधिकांस सवैले जाँड रक्सि सेवन गरि जात्रामा सहभागी हुने भएकाले जाँड रक्सि रुपि जङ्ग बहादुरको घोडा चदेका मताहा अनि मदहोस भएका युवा समुहले दे पुखु जात्रामा पोखरिमा खसालिएको बाख्रिलाई सवैले तानातान तथा लुछाचुद गर्ने क्रममा खोकनाको दे पुखु जात्रा हेर्न जाने खोकना बाहिरका जात्रालुहरुको दृष्टिमा नराम्रो छाप पर्दै गएको यथारथता अहिलेको सामाजिक संजालहरुमा छताछुल अवस्थामा देखिन थालेका छन् ।  

कुनै पनि चाडपर्रव तथा संस्कारहरुमा बाहिरिया समाजले हस्तछेप गर्नु हुन्न
          हरेक जात जाति तथा ठाउँका आ-आफ्नै मौलिक्ता सहितका चाडपर्व तथा संस्कार रहेका हुन्छन् । जितापुर खोकनाका नेवार समाजको पनि आफ्नै किसिमको अन्य स्थानका नेवाः समाजको भन्दा फरक किसिमको चाडपर्व रहेका छन् । नेपालका समग्र नेवाःको सवै भन्दा प्रमूख तथा ठूलो चाड भनेको मोहनि नखः चाड हो । खोकना प्राचीन नेवाः वस्ति हुन तर पनि यहाँका वासिन्दाले नेवाः समुदायको प्रमूख ठूलो चाडका रुपमा सर्व मान्य रहेको मोहनि नखः  मान्न नपर्ने आफ्नै किसिमको फरक मोलिक पहिचान राख्दै आएको छ । त्यस्तै समग्र नेवाः समुदायले गुंलागा पारु/ श्रावण शुल्कपक्ष परेवाका दिन गाई जात्रा मनाउँदै आएका छन् भने खोकनाका नेवाः समुदायले भने त्यसको भोलिपल्त अर्थात दुतिका दिन मात्र गाई जात्रा मनाउने मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन् । त्यस्तै नै फरक मौलिक पहिचान प्रस्तुत गर्दै आएक एक साैस्कृतिक जात्रा खोकनाको दे पुखु जात्रा हो । यस  जात्रामा विकृतिका रुपमा समाबेस भई चल्दै आएको बाख्री डुबाउने भन्ने जात्रामा अमानविय तरिकाले बाख्रिको बध गरि जात्रा गरियो यस्तो जात्रामा प्रशासनले नै बन्देज लगाउनु पर्छ भन्दै खोकना बाहिरका कुनै व्यक्ति   अथवा सुहले सामाजिक संजाल तथा सडकमा नै विरोध प्रदर्शन गर्ने गरेको देख्न पाईन्छ ।
         यदि एउटा जातिय समुदायको परम्परागत जात्रापर्व वा संस्कार अन्य समुदायलाई चित्त बुझेन भन्दै अथवा एकठाउँका केही व्यक्ति विशेष वा समुहहरुलाई चित्त बुझेन त्यस्तो जात्रापर्व अथवा संस्कारमा रोक लगाउनु पर्छ भन्दै एक समुहले अर्को समुहको   चाडपर्व तथा संस्कारमा हस्तक्षेप गर्ने नयाँ परम्परा बस्दै गएमा हाम्रो गाउँ समाज अनि देशको परिस्थितिले कस्तो बिकराल रुप लिन ससक्छन् भन्ने तर्फ पनि सवैको ध्यान जान आवश्यक छ ।

खोकना वासिले पनि आफ्नो देय् पुखु जात्रा परम्पागत सांस्कृतिक जात्रा भन्दा बाहिर  त: गएको छैन भन्नेमा ध्यान दिनु आवश्यक छ
     खोकना वासिले आफ्नो देय् पुखुको जात्रामा रुद्रायणी देवस्थल बाट पोखरिमा खसाल्न लगाएको फर्सी र काँक्रो गुह्यता बारेमा बुझ्न सकेमा सोसरिरको बाख्रि/ पाठि पोखरिमा  खसालि जबरजस्ति डुबाएर वध गरि परम्परागत सांस्कृतिक देय् पुखुको जात्रा बारे खोकना वासिले आलोचनाको सामना गर्नु पर्ने थिएन ।
वध गर्नु र बलि दिनुमा   अन्तर छ
    शब्दकोश अुसार बध गर्नु र बलि दिनुको शाब्दिक अर्थ एउटै भएता पनि फरक फरक अवस्थामा फरक दृस्तिकोणमा प्रयोग भई आएको  छ । जस्तो कि कुनै व्यक्तिलाई संबोधन तँ, तिमी, तपाईं र हजुर आदि शब्द प्रयोग एउटै व्यक्तिलाई संबोधन गर्न सकिने भएता पनि साधारण व्यक्तिलाई हेपाहा दृस्ति बाट " तँ " सामान्य सिस्त भाषा र शैलिमा " तिमि " अलि सम्मानका साथ भन्नू पर्दा " तपाई "  अज अलि उच्च ससम्मानका साथ भन्नू पर्दा " हजुर " भन्दै संबोधन गर्ने चलन भए जस्तै जीव जन्तु बध गर्दा पनि सामान्य अवस्थामा जिवको हत्यालाई बध भनिन्छन् भने बलि दिने जीव जन्तुको पुनर जन्म नहोस धर्म शास्त्रले देखाएको स्वर्गलोकमा बाँस होस भन्ने सहितको कामना सहित बैदिक वा वैदिक तन्त्रविधि पुजा गरि देवीदेवताका नाममा भोग चढाउन गरिने वधलाई बलि भन्ने गर्दै आएको छ ।
       निश्चय नै " बलि " प्रथालाई  केही बैदिक सनातनि जो तः सतिदेवीले  आफुलाई दक्षको यज्ञमा आहूति दिएर प्राण त्यागे पछि महारुद्र क्रधित भएर दक्षको सिर काटि दक्षले नै यज्ञमा बलि दिनका लागि राखिएका बोकालाई बध गरि त्यस्को टाउको दक्षको सरिरमा प्रत्यारोपन गरि दक्षलाई छागः मुख बनाएको  शिव पुराणलाई स्विकार गर्ने तर पनि धर्म शास्त्रले बलि स्विकार गरेको छैन भन्दै बलि प्रथा बिरुध्द फलाक्दै हिड्ने तथा डलर पचाउन पशुअधिकार वादि भन्दै बलि प्रथा बिरुध्दमा लागेका अभियन्ता मित्रहरुले बलि पुजा र बलि प्रथा स्विकार गर्दैन र मईले माथि " वध गर्नु र बलि दिनुमा   अन्तर छ " भनिएका वाक्य पनि  स्विकार्ने छैनन् । खोकनाको देय् पुखुमा जात्राका नाममा पोखरिमा दुबाएर बाख्रि/ पाठि लाई  बध गरिएको हो तर बलि दिएको भने हैन ।
      देय् पुखुको जात्रामा परमपरा देखि चल्दै आएको रूद्रायणी देवस्थल बाट  पोखरिमा फर्सी र काँक्रो खसाल्ने संस्कृतिको रहस्य खोकनावासिले अलि गहिरिय हेरेर जात्रा गरेमा देय् पुखुको जात्रा र खोकना वासिले कसैको आलोचनाको  सामना गर्न नपर्ला कि ?

                     ~ ~ ~ अस्तु ~ ~ ~


      



   
       

पृथ्वी जयन्ती र छ्याक: लोहँ

                               सन्दर्भ                                सन्दर्भ
पृथ्वी जयन्ती र छ्याक: लोहँ
                          ~~~ ००० ~~~

       गोरखाका खस राजाले यहाँ आक्रमण गरेर नेवार राज्य शासन नस्त गरेकोमा यहाँका समस्त नेवारहरुको मनमस्तिसको एउटा कुनै कुनामा पृथ्वी नारायण शाह प्रती  आक्रोसको स्थान रहनु स्वभाविक नै हो । तर आक्रोश हुदा हुँदै पनि एउटा तितो सत्य यो पनि छ कि - आज हामी नेपाली भनेर विश्व सामु जुन गौरबताका साथ भन्न पाईरहेका छौ सायाद  पृथ्वी नारायणाले त्यो बेलामा हामिलाई पराजित नगरेको भए आज हामी नेपाली भनेर गौरब गर्न सक्ने अवस्था रहथ्यो वा रहनन् होला ।
          युध्दका बिजयी शासकले पराजित राज्यका   जनताका राजनैतिक, सामाजिक संस्कारमा आफ्नो प्रभुत्व जमाउनु र आफ्नो नीति निएयम लगायत लाड्नु पनि स्वभाबिक नै मान्नु पर्छ ।  तर पनि बिजयी राजाले पराजित राज्यको राजा र जनताका जिबित देवी श्री कुमारीको पाउमा नै ढोग गरेर पराजित राज्यको रितिरिवाज बिजयी शासक पृथ्वी नारायण शाहले स्विकारेको जिवन्त ईतिहास पनि बिर्सनु हुन्न ।
         २७ पुस लाई  एउटा नेपाली बहुसंख्यक समुहले पृथ्वी जयन्ती एवं राष्ट्रीय एकटा दिवसका रुपमा मनाउने गर्दै आएका छन् भने अर्को एउटा जनजाती समुहले  पृथ्वी नारायणलाई अपराधिकारुपमा मान्दै कालो दिनका रुपमा लिन्दै आएका छन् । यसै क्रममा २७ पुषमा किर्तिपुरका केही जनताले पृथ्वी नारायण शाह कामै नलाग्ने व्यक्तिका रुपमा लिन्दै किर्तिपुरको एउटा छिया छिया परेर कामै नलाग्ने  ढुङ्गा (छ्याक लोहं) लाई पृथ्वी नारायण शाहको प्रतिकमा लिन्दै त्यसलाई सामुहिकरुपमा थुक्ने परम्परा चलाउँदै आएका छन् । गोरखाका राजा पृथ्वी नारायणले आफुहरुलाई दिएको त्यो घाउलाई सम्झदै छ्याक लोहंमा आक्रोश पोखेर राजालाई थुक्ने किर्तिपुरवासिले किर्तिपुर राज्यलाई बचाउन युध्दमा साहदत प्राप्त गर्ने वीर योध्दाहरु प्रती एक शब्द श्रध्दाँञ्जली दिएर स्मरण गरेको देखिनदैनन्।

Thursday, November 8, 2018

हिन्दुकरणमा विद्या तथा शिल्पको देेवता सःस्यू द्यः महामञ्जुश्री

हिन्दुकरणमा  विद्या तथा शिल्पको देेवता सःस्यू द्यः महामञ्जुश्री

-प्रकाशमान शिल्पकार
      तथागत गौत्तम बुध्दले यस धर्तिमा अवतरण गर्नु भन्दा धेरै काल अघिका बुध्दहरु मध्यका विपस्वि बुध्दले रोप्नु भएको कमलको विउबाट दिब्य कमलको फूल हालको स्वयम्भुमा फुलेको खबर सुने पछि ल्हासामा विराजमान रहनु भएका  बोधिसत्व महामन्जुश्री (प्राचीन नेपाल निर्माता) आफ्ना अनुयायीहरु अनि शक्तिदायिनि पत्निहरु मोक्षदा र वरदा सहित अलौकिक ज्योति दर्शन गर्न भूमिगत मार्ग हुँदै ल्हासा बाट प्राचीन नेपामा आगमन हुँदा भक्तपुर थाकलमाठ अर्थात् महामण्डप गिरि (ल्हासा पाक्व/निस्यांङ गुरथाङ) हालको चांगुनारायण नगरपालिका वडा नं ८ सुडाल स्थित सुरुङ्गको द्वार गुफाबाट निस्किएको ऐतिहासिक तथा पुरातात्विक स्थल काठमाण्डौ उपत्यकाका  बौध्द मार्गि एवं सनातनिहरुको आस्थाको पवित्र तिर्थस्थलका रुपमा रहि सो पुण्य तिरतिर्थस्थललाई विद्या तथा शिल्पको देेवता सःस्यू द्यः महामञ्जु्श्रीकारुपमा आदिकाल देखि नै अत सम्मानका साथ पुजनिय हुँदै आएका हुन् ।
     विद्या तथा शिल्पको देेवता बोधिसत्व महामञ्जुश्री यहाँ आगमन भई विभिन्न स्थानहरूमा बास बस्दै कालीदहमा रहेको पानीको बिच भागमा उत्पन्न भैरहेको त्यो अलौकिक ज्योतिरुप श्री स्वयम्भू धर्मधातु दर्शन  गर्दै महामञ्जुश्रीले दुवै हात जोडी नमस्कार गर्दै “ॐ मणि पद्मे हुँ” भनी मन्त्र उचारणगरी श्रीस्वयम्भू ज्योती दर्शण गरीसके पछि स्वयम्भूको टाकुरामा बसी कालीदह अवलोकन गर्दा यदी यो दहको सबै पानी हताउन सकेको खण्डमा यो उपत्यका एउटा मानव वस्ती निर्माण गर्न अनुकुल र उपयुक्त हुन सक्छन भन्ने गहण मनन गरेर उपत्यकाको चारैतर्फ घेराहाली बसेको डाँडाहरु जामाचो पर्वत (नागरजुन डाँडा) फूचो पर्वत (फूलचोकी डाँडा), ध्यानचो पर्वत (चम्पादेवी, चन्द्रगिरी डाँडा) व सिधिफूचो पर्वते (शिवपुरी डाँडाये) (यो चार  पर्वतलाई चार दिदिबहिन पनि भन्ने गरेको पाईन्छन् )मा गएर अती गहण दृश्यावलोकन गरि सकेपछी क्रमश:क्वदुवा: न्हसिकाप(ग,िउउििययययषवययउपल्छी), गोकर्ण न्हसिकाप गोकर्ण, आर्यघाट न्हसिकाप पशुपती र अन्तमा विशेष गरी क्वयना न्हसिकाप चोभार गल्छीको दायाँ बायाँ रहेको पहाडमा बरदा र मोक्षदा लाई राखी चोभार गल्छीलाई मामञ्जुश्रीले आफ्नो दिव्य अस्त्र " चन्द्रहास खड्ग "ले प्रहारगरि पानी बाहिर जाने मार्गा खोली दिई प्राचीन नेपाल निर्माणमा श्रीगणेश गरेका थिए भन्ने कुरा स्ययम्भू पुराणममा उल्लेखित छन् ।
     स्ययम्भू पुराणममा उल्लेखित भए अनुसार   महामञ्जुश्रीले आफ्नो दिव्य " चन्द्रहास खड्ग "ले विभिन्न स्थानको पहाड पर्वत डाँडाहरुलाई फोर्दै यहाँको कालीदहको पानी सवै बाहिर पठाई यहाँ मानववस्तीको उपयुक्त वास्थान निर्माण गरेर प्राचीन नेपालको पहिलो मानववस्ती काठमाडौँमा (वर्तमान काठमाडौंको महानगरको २१ वडा अन्तर्गतमा पद्म सुगन्ध मार्गमा पर्ने मञ्जुश्री टोलको मजिपात मञ्जुपत्तनको अपभ्रंश रहेको) मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू  हरेक बसंन्त पञ्चमिमा पुनः यहाँ आउने कबुल गि चीनतर्फ लागेका थिए ।
      महामज्जुश्री यहाँ आगमन भएक‍ो दिन  वसन्त पञ्चमिका दिन परेको र यो दिन श्रीपञ्चमिका नामले पनि स्वभायमान भएका दिन बिद्याकि देवी हंसबाहिणि बिणा  पुस्तकधारिणि सरस्वतिको जन्म दिन समेत भएकाले पनि यो दिनको महिमा अपरम्पार भै हंसबाहिणि बन्दनिय दिन हुँदा हुँदै पनि त्यस दिन यहाँ बोधिसत्व महाँमञ्जुश्री आागन भएको शुभ दिनका रुपमा लिई तात्कालिन समय देखि नै यहाँका मानिसले यस   पावन बसंन्त पञ्चमि ( श्रीपञ्चमि) दिनलाई मञ्जुश्री जयन्तिका रुपमा मनाउँदै आएका यहाँको संस्कृतिले देखाउ छ ।
      महाँमन्जुश्री बोधिसत्वलाई बिद्या वा ज्ञान, धन र श्वास्थका एवं शिल्पि ज्ञानका लागि  नेपाल लगायत जापान चिन आदि बौद्ध धर्मावलम्बीहरुको देशमा विभिन्न नाममा पुज्ने गरेको छ । उनै महामन्जुश्रीको सम्मानमा स्वयम्भूको पश्चिम तर्फको सानो थुम्कामा मन्जुश्री चैत्यको निर्माण काठमाण्डौ उपत्यकाका पुर्खाहरुले गरेर । प्रत्येक बर्ष महँमन्जुश्री उक्त स्थानमा आउने र बोधिसत्वको करुणा प्राप्त हुने हुँदा श्रीपंञ्चमीको दिन उक्त स्थानमा गै मन्जुश्रीको  दर्शन गर्ने प्रचलन आज सम्म पनि कायम नै छ।श्रीपंञ्चमीको दिन स्वयम्भु स्थित मन्जुश्री पहाडमा अवस्थित मन्जुश्री चैत्य लगायत यहाँका विभिन्न स्थानमा विराजमान रहनु भएका सस्यूढद्यः महाँमञ्जुश्रीको दर्शन गर्नाले मुर्ख बिद्वान हुने ढ,कंगाल धनी हुने र महारोगी समेत निरोगी हुन्छ भन्ने विश्वास गरिन्छ।
        विशेषगरी विद्यार्थीलाई यस श्रीपञ्चमिका दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू तथा बीध्द धर्मावलम्बीको विश्वास छ ।
         महाँमञ्जुश्री ल्हासा देखि आउनु पर्ने भएकाले लामो यात्राका कारण थकित हुनु भएका होलन् भन्ने मनसाये श्रध्दालु भक्तजनहरुले उपत्यकाका विभिन्न स्थानमा विराजमान रहनु भएका सस्यूद्यः महाँमञ्जुश्रीका मूर्तिलाई तेल मालिस गरिदिने धार्मिक संस्कृति समेत यहाँ रहेका छन्  ।
         भक्तपुर सुडाल स्थित थाकलमाठमा रहेको निस्यांङ गुरथाङ ल्हासापा मञ्वुश्री गुफा द्वारलाई सःस्यू द्यः मान्दै प्रत्यक वर्षको श्रीपञ्चमि आउनु अघि देखि नै हरेक…….   वार भक्तपरका श्रध्दाफुहरु मञ्जुश्रीको यात्राको थकान दूर गर्न तेल लगाउनेको मेला नै लाग्नै गर्दै आएको छ । समयको अन्तराल संगै भक्तजनहरुको जनजिब्रो र बोलिमा सःस्यूद्यःलाई ससुद्यः हुँदै ससुमाजु गए ।
       दुखको कुरा समयको अन्तराल तथा हिन्दु शासका उदय भई उनिहरुको बर्चसोको बिगबिगि संगै हरेक धार्मिक र धार्मिक पवित्र पुण्यस्थहरुमा हिन्दुकरण गर्दै आएका छन् । त्यसको  प्रत्यक्ष उधारण हुन - स्पयम्भूको मञ्जुश्री लाई सरस्वति, लेलेको मञ्जुश्री कुण्डलाई सरस्वति कुण्ड र ल्हासापा सःस्यूद्यः लाई सरस्वति स्थल नामकरण हुँदै आएका हुन्। ल्हासापा सःस्यूद्यःमा हिन्दु अतिक्रमणको सिमा नै नाधिईको  २०७१ सालमा आए प्रस्तै देखियो जब ल्हासापा सःस्यूद्यः( महाँमञ्वुश्री) परिसर मै हसबाहिणि सरस्पति लगायत अन्य हिन्दु देवीका मूर्ति प्रतिस्थापना गर्दै हिन्दु मन्दिर निर्माण गरिए ।
        हुन तः हामि सनातनि हिन्दु र बुध्दिस्त बिच एक आपसमा सदियौ देखि नै धार्मिक सद्भाव कायम भई आएका छन् जसका कारण एकले अर्को धर्म सम्प्रदायको देवदेवीको श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन् । जसले गर्दा ल्हासापा सःस्यूद्यः परिसरमा हाल स्थापना गरिएका हंयबाहिणि बिणा पुस्तक धारिणि सरस्वति र विष्णुका दस अवतारका देवीदेवता लगायतमा महाँमन्श्री ल्हासापा सःस्यूद्यः पुज्नु हुने समस्त श्रध्दालुहरूको पनी नतमस्तक नै छन् तर पनि बुध्दिस्थ तिर्थ स्थलमा हिन्दु देवी देवता प्रतिस्थापना गर्नु भनेको धार्मिक अतिक्रमण तथा हिन्दुकरण नै हो।

Friday, November 2, 2018

विस्का जात्रा पर्व

विस्का जात्रा पर्व

प्रकाशमान शिल्पकार


             सनातनी नेपालीले वर्षको ३६५ दिनका विभिन्न तिथिमितिलाई विशेष दिनका रुपमा सानो वा ठूलो  चाडपर्वका रुपमा मनाउँदै आएका छन् । वर्षको चाडपर्व मनाउने सवै जात जातिको आ-आफ्नै मौलिक विशेस्ता रहि आएको पाईन्छन् । गैह्र नेवा:हरुले मनाउने चाडपर्वहरु भन्दा नेवा: समुदायले मनाउने चाडपर्वहरु आफ्नै जातिय पहिचानको विशेस्ता रहेको पाईन्छन् ।  नेवा: समाजमा ठाउँ अनुसार आ-आफ्नै विशेष प्रमूख चाडपर्वहरु रहि आएको पाईन्छन् । काठमाण्डौका नेवा:हरुको प्रमूख चाडपर्व पाहाँ चह्रे हुन् जसलाई पासा चह्रे पनि भन्ने

न् त्यस्तै पाटनका नेवा:हरुको प्रमूख चाद पर्व हो रातो मछिन्द नाथको रथ जात्रा जसलाई स्थानिहरु बुङ्ग द्य: ख जात्रा बन्ने गर्छ्न् ।  त्यस्तौ नै भक्तपुरका नेवा:हरुले मनाउने मोहनी नख: पछिको प्रमूख चाडपर्व हो विस्का जात्रा । विस्का जात्रालाई विश्वजात्रा पनि भन्ने गरेको पाईछन् ।

विस्का पर्व
        प्राचीन नेपाल / नेपालमण्डको राजधानि भक्तपुरका नगरबासिहरुको प्रमूख चाडपर्व " बिस्का " हुन् । यश विस्का जात्रालाई बङ्याएर हाल बिस्केत जात्रा भन्दै भक्तपुरको मौलिक संस्कृतिक जात्राको मौलिक नाम नै भ्रमित पार्ने काम भईरहेका छन् यहाँ ।
        बिस्का जात्रा नाग वा सर्प मारेर अथवा तान्त्रीक राजगुरु नागको रुप धारण गरि मृत्यु वरण गरेको संम्झनामा अथवा राजालाई मृत्युवरण गराउन राजकुमारीका नाँक बाट निस्कने नागलाई मारेको खुसियालिमा अर्थात नाग वा सर्पलाई नेवार भाषा( नेपाल भाषा)मा " विइ " भनिने र मरेकोलाई " सिका " भनिने भएकाले विइ याने नाग वा सर्प  सिका याने मरे पछि हुन गएको वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  यो जात्रा  नाग वा सर्प मरे पछि  मनाउने किम्बदन्ती संग गासिएकोले विइ र सिका  दुई शब्द समायैजन (विइ + सिका = विसिका) हुँदै आएको होस वा विषुवत् दिनमा शुभ दिनका रुपमा मनाउने  जात्रा भई विषुवत् कालमा मनाउने यो जात्रालाई समयको अन्तराल संगै  बिसिका मा रुपान्तरण भएको होस्   यो जात्रा  विस्का पर्व आठ दिन नौरात सम्म मनाउने यो विस्का जात्रा  प्रत्यक सौर्य वर्षको बशन्त ऋतुमा मनाउँदै आएको छ ।यो पर्व सूर्यमासका आधारमा मेष संक्रान्ती (मेष संक्रान्तिलाई नेवा: भाषामा खाइसन्हु वा खायुसन्हु भनिन्छन् ) आउनु भन्दा  चार दिन अर्थात सौर्य वर्ष शुभारम्भ हुनु चार दिन अघि देखि नै जात्रा स्रुरु भई संक्रान्तिको अघिलो दिन लिङ्गो ठ्ड्याइ संक्रान्तिका दिन लिङ्गो ढाल्ने जात्रा नै मूल त: विइ-सिका विस्का जात्रा हो । लिङ्गोलाई स्थानिय मौलिक भाषामा योसीं द्य: भन्छ्न् । योसीं द्यः मा झुण्डाउने एकजोडा हलिंपत नाग नागनिको जोडिका प्रतिकका रुपमा रहेको विश्वध्वजा हो। यही विश्वध्वजा फहराउने विश्व जात्रालाई विश्वकेतु जात्रा पनि भनिन्छ। विश्व केतु जात्राको अप्रभंश रुप विसक्यात वा विस्का हुँदै अहिले गैह्र नेवा:हरुले विस्केत भन्न थालेका छन् । यो जात्राको बारेमा जनमासमा चल्दै आएको किम्बदन्ति हेर्ने हो भने यो जात्राको मौलिक नाम विस्का नै हो भन्ने देखिन्छन् ।
        युवा इतिहासविद ओम धौभडेलले विस्का जात्राका सम्बन्धमा आफ्नो " ऐतिहासिक टिपोटहरूमा बिस्केट " टिपोट) मौजदुर दैनिक) मा प्रकाशित लेखमा उल्लेखित गरिए अनुसार परापूर्व कालमा बिस्केट जात्रा खायुसन्हु अघिलो दिन (चैत्र शुक्ल मसान्त) र खायुसन्हु अर्थात मेष संक्रान्ती ( वैशाख संक्रान्ति ) दुई दिनमात्र हुन्थ्यो । त्यसमा पछि भद्रकालीको जात्रा थपियो। विश्व मल्लको पालादेखि काशी विश्वनाथ भैरवनाथको समेत जात्रा गर्ने परिपाटी बसेपछि बिस्केटमा भैरवनाथ भद्रकालीको जात्रा गरी योसीं द्यः समेतको जात्रा बिस्केट जात्रा बन्न पुग्यो। वर्तमान बिस्केट जात्राको विकासमा जर्गज्योति मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्लको योगदान रह्यो ।
         ओम धौभडेलले आफ्नो सो टिपोट लेखमा उल्लेखित गरिए अनुसार भक्तपुरका राजा प्राण मल्लले भद्रकाली गुठियारलाई लेखिदिएको ताम्रपत्रअनुसार नकिंगु अजिमाको जात्राको क्रममा गर्नु पर्ने पुजाहरु :-
१. नित्यपुजा,
२. गुप्तरात्री पञ्चोपचार पूजा,
३. गणेश बलि पूजा,
४.  केराइरा पूजा,
५. तुकंछा पूजा,
६.  निमन्त्रणा पूजा,
७. स्वान छा बली पुजा,
८. भदांरस भैरव पूजा,
९.  रमसान भैरव पूजा, र
१०. देव कोहां बिज्याक भण्डारस पञ्चोपचार पूजा  र
११. पिठस महिषबलि पूजाजस्ता पूजापर्वहरू बिस्केट जात्राको क्रममा गर्नुपर्ने विधानहरूबारे उल्लेख छ। काश्यव (काशी) गोत्र र मानवगोत्रका हरसिंह, धलामु माधवसिंह कृष्णसिंह, हरिदेव, नरपति, विष्णुदेव, जक्षेराम, जयनर गरी नौ जना गुठियारहरूको नाममा विभिन्न कार्यहरू गर्न थुपै्र जग्गा आयस्तासमेत राखिएको उक्त ताम्रपत्र ( धौभडेलजीले दो टिपोट्मा लेखुनु भए अनुसार ) दैवज्ञ गम्भीरसिंहले लेखेको हो। यस अर्थमा प्राचीन काल देखि चल्दै आएको विस्का जात्रामा नकिंजु ( खुसिं) अजिमा भद्रकालीको द्य:ख: ( रथ) जात्रा समेत थप गरे पछि पनि पुन: पछि फेरि काशी विस्वनाथ भैरबको जात्रा समेत समाबेस गरि विस्का जात्रा संचालन गर्दै भक्तपुरवासिले मोहनी नख:( पर्व ) पछिको प्रमूख चाडपर्वक रुपमा मनाउँदै आएको देखिन्छ ।  
       चन्द्रमासको तिथिहरुमा नै आफ्ना चाडपर्वहरु मनाउने परम्परागत संस्कृती र संस्कार भएका भक्तपुरका नेवा: समाजले सौर्यमास संक्राती अर्थात बैशाख १ गते नै किन यो विस्का नख:  जात्रा पर्व मनाउँदै आयो त: भन्ने सम्बन्धमा बैशाख संक्रान्ति ( खायुसन्हु)को महिमाका बारे खोतलेर हेर्ने नै हो भने पृथ्विले सूर्यलाई परिक्रमा गर्दा एक वर्ष भित्रमा सूर्यले  बाह्रै वटै राशिलाई क्रमश: पार गेको हुन्छ । जब पहिलाको राशिलाई त्याग गरि अर्को राशिमा प्रवेष गर्छ त्यसलाई ज्योयिसिय तथा पञ्चाङ्गिय भाषामा संक्रान्ती भन्छ । संक्रान्ती नै प्रत्यक मासको पहिलो दिन हो । प्रत्यक मासको पहिलो दिनलाई सौर्य वर्ष मासको पञ्चाङ्गले १ गते मान्छ ।सनातनी धार्मिक मान्यता र विस्वास अनुसार प्रत्येक संक्रान्तिको आफ्नै विशेष महत्व रहेको पाईनछन् । सवै संक्रान्ती मध्यमा पनि मेष संक्रान्ती र मकर संक्रान्तिको  विशेष महत्व रहेको धर्म शास्त्रीय मान्यता रहेका छन् ।
 साथै यसैदिन वर्षभरिको दिनहरु मध्ध्यमा दिन र रात बराबर भएको विषुवत् दिन समेत मानिने खगोल शास्त्रीय मान्यता रहेको छ ।
पृथ्वीको गति अनुसार पृथ्वीले सूर्य ग्रहलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको सतहमा उत्तरी ध्रुव एवं दक्षिणी ध्रुव बाट सामान दूरी मा स्थित एउटा समान रेखाले  पृथ्वी को उत्तर दक्षिण गोलार्ध मा विभाजन गर्ने काल्पनिक रेखालाई खगोलशास्त्र तथा ज्योतिषीय शास्त्रले विषुवत् रेखा नामकरण गरेको छ । विषुवत् रेखा परेको दिन रात र दिनको समय् बरबबर हुनेछन्  त्यसैले यश दिनलाई विषुवत् दिन भनी ज्योतिषीय शास्त्रले परिभाषित गरि मान्यता दिएको छ । 
       पृथ्वीको गति अनुसार एक वर्षमा मेष संक्रान्ति र तुला संक्रान्तिमा समेत गरि दुई दिन विषुवत् दिन पर्ने गर्छ । दिनमान अनुसार  सूर्य उदाएदेखि सूर्य अस्ताउन्जेलको समय अर्थात् पूरा दिनको समय करिब करिब बरबर नैे हुने गर्छन् ।
    सौर्य वर्षको आधारको बिक्रम सम्बतको पहिलो दिन अर्थात वैशाख महिनाको खाइसन्हु(मेष संक्रान्ति) र कार्तिक महिनाको तुला विषुवत् संक्रान्तिलाई " विषुवत् संक्रानति पनि भनिन्छ । यश दिन  रात र दिन वरावर हुनछन् । 
      २०७६ सालको पात्र/ पचाङ्ग अनुसार रात र दिन वरावर देखिएको विषुवत् दिन भनेको कार्तिक १९ गते तथा चैत ४ गते  देखिन्छन । कार्तिक १९ गतेका दिन सूर्यदय ०६:१६ र सूर्यास्त १७:१७ त्यस्तै चैत ४ गतेको सूर्यदय ६:१३ र सूर्यास्त १८:१३ देखाएको दुई दिन बाहेक अन्य कुनै पनि दिन रात र दिन वरावर रहेको देखिन्दैनन । अतः यस ०७७ सालको विषवत् सहितको मेष संक्रान्ति  भने कै ०७६ साल चैत ४ गतेका दिन हुन् भन्ने पचाङ्गले प्रष्टै देखाएको छ । 
        पचाङ्ष निर्णायक समिति कै निर्णायक पचाङ्गकै ज्योतिषीय गणना अनुसार तुला संक्रान्ति पछिको  दोस्रो विषुवत् सहित दिन २०७६ चैतकै २ गते परिसकेको पचाङ्गमा देखाईसकेको अवस्थामा तुला संक्रान्ति पछिको क्रमशः अाउने संक्रान्ति मध्यको मेष संक्रान्ति( खाइसन्हु) भनेको यसै ०७६ को चै ४ गतेमा नै परेको भन्ने खगोल  तथा ज्योतिषीय शास्त्र मान्यरहेको हुनु पर्ने प्रष्ट छ । 
        यसै कारणले २०७७ सालको पहिलो शुभ दिन( विश्वकेतु- विषुवत् दिन- मेष संक्रान्ति) भनैकै २०७६ चैत ४ गते नै हो भन्ने प्रष्टै देखि सकेको  अवस्थामा विषुवत् मेष संक्रान्तिको पूर्व सन्ध्यामा लिङगो( यःसिं द्यः) ठड्याएर विषुवत् मेष संक्रान्तिका दिन लिङ्गो( यःसिं द्यः) ढाल्ने भक्तपुरको विस्का (विश्वजात्रा-विश्वकेतु) जात्रा लगायतका हामी  सनातनी नेपाली जात्रा पर्वको समय पचाङ्गमा लेखिएको पर्व समय भन्दा लगभग एक महिना नै अघि सरिसके देखिन्छन् ।
 
          चन्द्रमा र सूर्यबिचको देशान्तरिय कोणको १२ डिग्रीको वृद्धी हुने समय मापलाई तिथी भनिन्छ, सामान्यतया १९ देखि २६ घण्टासम्मको एउटा तिथी हुन्छ ।पक्ष भन्नाले १५ वटा तिथीहरु हुन र कृष्ण र शुक्ल पक्ष गरि दुईवटा पक्षहरु हुन्छन् ।दुईवटा पक्षहरु मिलेर लगभग २९ दशमलव ५ तिथीको एउटा मास हुन्छ । नयाँ चन्द्र उदाएपछी कृष्ण पक्षको अध्यारो निष्पट्ट समय सम्म पक्ष एक मास हो ।
      सौर्य वर्षको प्रत्येक मासको पहिलो दिन सूर्यले  एउटा राशिलाई छादी अर्को राशिमा प्रवेश गर्छ । मिन राशिलाई छोडेर मेष राशिमा प्रवेश गर्ने दिनलाई मेष संक्रान्ती भनिछ ।
मेष  संक्रान्तिमा सूर्य भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्छ। ग्रहमध्येको राजा सूर्य मेष राशिमा उच्च भएर बस्ने तथा उत्तरायणमा प्रवेश गर्ने भएकाले यो दिनलाई शुभ ठानिएर  नै पूर्खाहरुले यसै समयमा विस्का पर्व मनाउने परम्परा बसालेको हुनु पर्छ । विषुवत् दिनको पूर्व सन्ध्यामा ठड्याउने दुईवटा हात सहितको लिङगोले  दिन र रात बराबर छ है भन्ने सन्देश तथा सूर्य भु–मध्यरेखाको ठिक माथि बिच बिन्दुमा छ है भन्ने सन्देश समेत यश बिस्का जात्राले दुनियाँलाई सन्देश प्रदान गरिने गर्छन् भनी प्रबुद्ध वर्गहरुको भनाइ र मान्यता रहेका छन् ।
                प्रचलित पञ्चाङ्गमा बैशाख १ गते मेष संक्रान्ती परेको देखाउन्दै आएको छ तर सनातनी जनसाधारण नेपालीले ब्रम्ह वाक्य सरह नै मान्दै आएको प्रचलित बिक्रम सम्बतको पात्र बिगत २ हजार बर्ष देखि सुधार नगरिएको र अयन चयनको प्रभाव बाट ६४० बर्ष देखि नै पञ्चाङ्ग(पात्र)को तिथिमिती बिग्रदै आएको र हरेक ७२ बर्ष पछि १ दिन घट्ने भन्ने खगोलिय शास्त्रीय गणना  अनुसार अहिले सम्म २४ दिन पछि पर्न गै लगभग एक पूर्णिमा अगाडि सरिसकेको कारण पञ्चाङ्गमा उल्लेखित पर्वहरुको तिथिमिती फरक परिरहेको छ भन्ने यथार्थता बारे खगोलिय शात्रबिद लगायत सबै ज्योतिषिहरु एवं नेपालको पञ्चाङ्ग निर्णायक समिती तथा राज्यले समेत स्विकार गरि प्रचलित पञ्चाङ्गमा पर्वका तिथिमिती सुधार गर्नु पर्ने खड्किरहेको आजको अवस्थामा २४ दिनको ज्योतिषिय गणना अनुसार बिक्रम सम्बतको नयाँ बर्ष प्रचलित पात्रमा उल्ल्लेखित भए अनुसार बैशाकमा १ मा नभै चैत ७ गते पर्न गैसकेको अवस्थामा पनि बैशाख १ लाई नै मेष संक्रान्ती / विषुवत् दिन ( विषुवत् काल) / खायुसन्हु मानेर शुभ दिन र समय सम्झदै सर्वसाधारणहरुले असमयमा विस्का पर्व मानाउन बाध्य छन् ।
        नेवा:समाजले अधिकांस साना ठुला चाद पर्वहरु चन्द्रमासका आधारामा मनाउने परम्परा र संस्कार रहिआएको भएतापनी विस्का नख:( विस्का जात्रा) र घ्य:छाकु सन्हु / हाम्व संक्रान्ती / मकर संक्राम्ती ( घ्यूचाकू खाने  पर्व ) भने सुर्यमाषका आधारमा संक्रान्तिका दिन मनाउँदै आएका छन्

आठ दिन नौरात सम्म मनाउने विस्का जात्रा निम्न अनुसार मनाउने परम्परा रहि आएको छ  :-
. पहिलो दिन याने बैशाख संक्रान्तिको ( खाइसन्हुको )चार
    दिन अगादी काशिनाथभैरब तौमढि टोल स्थिता भैरब
     मन्दिर बाट र भद्रकाली
   ..........  टोल स्थित देवघर बाट  तल राज हुनु भै
    आआफ्नो रथमा  बिराजमान हुन्छन् । भद्रकाली( खुसिं
    अजिमा) बिराजमान हुने रथलाई नकिंजू ख: भनिन्छन् ।
     रथमा बिराज हुनु भए पछि माथिल्लो टोल ( थ:नय् ) र
     तल्लो टोल ( क्व:नय् ) रथ तान्ने परम्परा रहि आएको
     छ । रथ  सुरुमा माथी टोलमा तान्ने र तल्लो टोलमा तान्ने
     भन्ने विषयमा एक आपसमा होडबाजी नै चली रथ
    तान्नेहरु नियन्त्रण भन्दा बाहिर गएमा माथिल्लो टोल र
    तल्लो टोलका जात्रालुहरु बिच अक्सर संग्राम नै हुने
    गर्छन् यस
   जात्राको नराम्रो पक्षमा यो एउटा प्रमूख कारण हो ।
   त्यसदिनको रथ यात्रलाई रथ ग:हिटिमा पुर्याई रथ तान्ने
   विश्राम लिइन्छन यस लाई स्थानिय भाषामा   
    द्य:थातेलाकेगु
   भनिन्छन् । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ-
   आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन्
  यसलाई स्थानिय न्हाषामा द्य:क्वहाँ बिज्याकेगु भन्ने
  गरिन्छन् ।
.  संक्रान्तिको दुईदिन अगादी अर्थात मसान्तको अघिल्लो
     दिन सबै देवगणहरु आ-आफ्नो पिथ याने
    देवालयहरुमा ( मन्दिर) मा लागि विशेष पुजा गरिन्छन्
    र पुन: आ-आफ्नो देवगृह( द्य:छें) मा लगेर राखिन्छ ।
. मसान्तको दिन देखि टोलवासिको .......
    पुजा सुरु हुन्छ । सोहिदिन साँझ भैरब र भद्रकालिको रथ
    लाई भैल खेल( लिङ्गो उठाउने स्थास्न)मा पुराइन्छ र रथ
    त्यहाँ पुगे पछि लिङ्गो उठाउने जात्रा सुरु हुन्क्छ । लिङ्गो
    उठे पछि टोल टोलमा तिप्वाजात्रा( छ्वाली बालेर गर्ने
    जात्रा  सुरु हुन्छ । तिप्वा जात्रामा देवगणलाई आआफ्नो
     खतमा राखी बाजागाजा सहित आआफ्नो पिठ लगेर
     राख्छ । यसै दिन तालाक्वमा हात नभएको लिङ्गो
      उठाइन्छन् ।
.   संक्रान्ती १. गते (खाईसन्हुका) दिन बिहान य:सिंखेल(
      लिङ्गो ठडायेको
     स्थल क्षेत्रको चुपिंगालको हनुमन्ते खोलामा
     जात्रालुहरुले स्नान गरेर भौरब, भद्रकाली र य:सिंद्य:को
     दर्शन गर्ने मेला लाग्छ । दिउँसो पिठ पिठमा पुजा हुन्छ ।
     त्यसै दिन इन्द्रायणि ( इलमा अजिमा )को जात्रा हुन्छ ।
     इन्द्रायणिको जात्रा सकायर इन्द्रायणिको फुल प्रशाद
     लगेर लिङ्गोमा चढाए पछि  लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नु
      अगादि
     ठडिरहेको लिङ्गोलाई दुबईतर्फ तानेर लिङ्गो हलाइन्छन्    
     यसलाई स्थानिय् भाषामा यःसिं द्यः न्हयलं ब्वाकेगु  भन्ने
     गरिन्छ । लिङ्गो ढालिए पछि भैरब र भद्रकालीको रथ   
     तानेर ग:हिटि लगेर रथ
     जुताउने जात्रा गरिन्छ यसलाई स्थानिय भाषामा
    ख::ल्वाकेगु भनिन्छ । र त्यसपछी अजिमाको जात्रा गरि
    टोल टोलमा घुमाई स्थानिय टोलवासिको पुजालिने
    जात्रा हुन्छ यसलाई न्हसत्वामा घुमाउने भनिन्छन् ।
.  संक्रान्तिको भोलिपल्त याने २ गते महाकाली ( मसां
     अजीमा ) र महालक्ष्मी ( भोती अजिमा) को खतजात्रा
     गरिन्छन् ।
.  संक्रान्तिको दोस्रो दिन अर्थात ३ गते नगर भरिका
     बिभिन्न देवी देवताको जात्रा गरिन्छ ।
.  संक्रान्तिको चौथो दिनमा अर्थात ४ गते नगरका सवै देवी
     देवतालाई नगरवासिहरुले सगुन चढाउने जात्रा नै लाग्छ
     यसलाई स्थानिय भाषामा द्य:सगंबिइगु भनिन्छ्न् ।
.   मेष संक्रान्ती ( खाई सन्हु )को अघिलो दिन अर्थात चैत्र
     मसान्तमा तालाक्वमा उठाएर राखेको हात नभएको
     लिङ्गो लिङ्गो ५ गते ढालिन्छ । त्यही दिन भैरब र
     भद्रकाली( खुसिं अजिमा) को रथ माथिल्लो टोल
   ( थ:ने) र तल्लो टोल ( क्वने) परिक्रमा गरिटौमढी(तमारी)
     टोलमा विस्का जात्रा विसर्जन गरि भैरब र भद्रकाली
    आ-आफ्नो देवगृहमा माथी विराजमान हुन्छ विस्का
    जात्राको अन्तिम दिनलाई द्य: थहाँ बिज्याकेगु भन्ने
    परम्परा रहेको छ । यसरी विस्का जात्रा सम्पन्न हुन्छ