सनातन धार्मिक कार्यमा " गोदान "
प्रकशमान शिल्पकार
याने गाई सनातन धर्ममा महत्वपूर्ण स्थान ओगटेको पाईन्छ । सनातन धर्म भन्नाले पृथ्विको शृष्टिकाल देखि नै मानी आएको धर्मलाई सनातन धर्म भनिन्छन । यो सनातन धर्म अन्य धर्महरु जस्तो कुनै महान व्यक्ती विषेशले प्रतिपादन गरिएको धर्म नभै पृथ्विको सृष्टि संगै चली आएको धर्म हो । ब्रम्हस्वपिणी कामधेनु गाई पनि पृथ्विको शृष्टिकाल देखि नै सृष्टि भएको हो भन्ने बेदको स्लोकहरुमा रहेका छ भनी बेदका ज्ञाताहरु बताउँन्छन । पृथ्विको शृष्टिको धेरै काल पछि क्षिरसागर मन्थन हुँदाका समयमा सागर वाट अ्रितको साथसाथै यी नै कामधेनु गाईका सन्तानहरु - नन्दा, सुभद्रा, सुरभि, सुशिला र बहुला नामक पाँच गाईहरु उत्पन्न भएका थिए । यी पाँच गाईहरु देव दानवको सहमतीमा जमदग्नी, भारद्वाज, बषिष्ठ, असित र गौत्तम ऋषिलाई जिम्मा दिएका थिए । पृथ्विमा जति पनि गाईहरु छ्न ती सवै यिनै पाँच गाईका सन्तती हुन भन्ने शासस्तृय कथन रहेको पाईन्छन ।
गाईको पूरा शरीरमा तेतिस कोटि देव देवताहरु आशृत हुने भन्ने धार्मिक मान्यताका कारणले यिनको दर्शन मात्रले पनि सवै देव देवताको दर्शन मिल्द छ भन्ने शास्तृय भनाई छ । गाईको दूध र घ्यू जति स्वास्थ्य बर्दक छ त्यति नै धार्मिक तथा पित्री कार्यमा त्यति नै पवित्र र महत्व्पूर्ण मानिन्छन । त्यति मात्र हैन गाईको मल ( गोबर ) र मुत्र ( गौत ) ले अनेकौ रोगका कीटाणु तथा रोग समेत नाश हुन जान्छ । गोबर र गौत धार्मिक तथा पित्री कर्य लगायत सनातन संस्कारहरुमा अती आवश्यक्ताका साथ प्रयोग गर्दै आएको छ । त्यसैले गाईलाई लोकमाता अर्थात गौमाता भनी अति श्रध्दा र भक्तिका साथ पुज्दै आएका छन । हाम्रो देशले त गाईलाई राष्ट्रीय सम्मान नै दिई राष्ट्रीय जनावरका रुपमा सम्मान गरिराखेका छन । लोक परलोकमा अति पुजनिय गाई ब्राम्हणलाई वैदिक निधिपूर्वक दान गरिएमा आफ्नो जिवनमा जानी नजानी भए गरिएका समस्त पाप कर्महरु नाश हुन गै शरीर शुध्दिकरण भै अन्त्यमा बैतरणी समेत पारहुने छ भन्ने सनातन धार्मिक मान्यता र विश्वासका साथ गाईदान अर्थात गोदान गर्ने धार्मिक पम्परा र संस्कृती रहेको पाईन्छन ।
धार्मिक शास्त्रहरुमा उल्लेखित भएअनुसार दैनिक गरिने पुजा बाहेक अन्य कुनै पनि धार्मिक कार्य गर्नु अगादी र पछादी गरिने गोदान समेत गरि विभिन्न अवस्थामा गोदान गर्ने गरिएको पाईन्छन । धार्मिक कार्य गर्दा सर्व प्रथम जजमानले आफ्नो तन, मन र वचनलाई शुध्दिकरण गरि आफुले गर्न लागिएको धार्मिक कार्य गर्न आफुलाई पवित्र गरि आफुलाई योग्य बनाउन आवश्यक हुन्छ्न । आफुलाई शुध्दिकरण नगरी गरीयका कार्यले पूर्णता पाउन सक्दैनन अर्थात गरीयका कार्य फलदायी हुन सक्दैनन भन्ने शास्तृय कथन रहेको पाईन्छन । त्यसैले आफुले गर्न खोजेको कार्यले पूर्णता पाउन भन्ने उद्देश्यका साथ आफुले जिवनमा जानी नजानी गरीयका गल्ती, त्रुती एवं पापकर्महरुको प्रायश्चित गरि आफ्नु तन , मन र वचनलाई शुध्दिकरण गर्न सनातन धार्मिक मान्यता अनुसार ब्राम्हनलाई विधिपूर्वक गाईदान गर्नु नै " गोदान " हो ।यस कार्यलाई प्रायश्चित गोदान भनिन्छ्न ।
गोदान गर्ने जजमान नुहाई धुवाई गरि चोखोनित्य भै गोदान गर्न आवश्यक सामाग्रीहरु - गाई अथवा गाईको मूल्य कल्पना गरि रुपैयाँ र सो रुपैयाँ राख्न एउटा दुनो ( बोहोता ) , जौ, कालो तिल, कुश( भाद्र कृष्ण आमावस्यका दिन विशेष मन्त्र उचस्रण गरि काटेर ल्याई राखेको तृणा जातिको एक प्रकारको पवित्र घाँस ) , कर्म पात्र(तामाको पात्र), सामान्य पुजा सामाग्री सहितको थाली र आवश्यक दक्षिना लगायतको व्यवस्था गरि एकजना गोत्रावली समेतको राम्रो ज्ञान भएको कर्मयोगी ब्राम्हण बाट वैदिक मन्त्र उचारन गराई सर्वप्रथम ब्राम्हणले कर्म पात्र ( तामाको पात्रम जल र कुश राख्ने ) बनाएपछी जजमानले कर्म पात्रमा पुजा गरि कुशको औथी लगाउने अनि क्रमस दुनामा पवित्र जल र गाईको मूल्य कल्पना गरि रुपैयाँ राख्ने, गाईको पुजा गर्ने, ब्राम्हणलाई टीका लगाई दिने , गाईको पुच्छर संझेर तरपण गर्ने, गाईको कल्पना गरि राखियको रुपैयाँको दशभागको एक भाग रुपैयाँ भुईमा राखी दान प्रतिस्था गर्ने अनि जलले गाईलाई परिक्रम गरि ब्राम्हणलाई गाई हस्तान्तरण गर्ने( गाईको प्रतिक रुपैयाँ राखेको दुना ब्राम्हण तर्फ सार्ने ) र अन्त्यमा दुनामा रहेको जलले शान्ती वाचन सहित जजमानलाई ब्राम्हणले अभिषेक गरीए पछि गोदान वा प्रायश्चित गोदान गर्ने कार्य समाप्त भएको मानिन्छ्न ।
अघि गोदान गर्दा सजिव गाई नै दान गरीने परम्परा भएता पनि अहिले गाईको सट्टा गाईको मूल्य कल्पना गरि यथासक्य दुनामा रुपैयाँ राखी गाईका रुपमा दान गर्ने चलन चलेको देखिन्छन । अहिले कुनै जजमानले सजिव गाई नै दान गर्न खोजिएता पनि ब्राम्हण सजिव गाई दान लिन अनकनाउन्छन । गाई नै दान लिन्दा गाईलाई पाल्नु पर्ने भएकाले झन्झत बाट अनुभवी जजमानहरुलाई गोदान किन र केकालागी गरीन्छ भन्ने जानकारी रहेतापनी आजका नयाँ पुस्ताहरुलाई खासै जानकारी भएको देखिन्दैनन । गोदान किनर केकालागी गरेको भनी सोढ्दा व्रत बस्दा गोदान गर्नु पर्छ भन्छ्न सबैले गर्छन त्यसैले हामिलेनी गरेको भन्ने जवाफ बाहेक अन्य जवाफ दिन सकेको देखिन्दैनन । कुनै पनि धार्मिक कार्य वा संस्कार गर्दा त्यस्को महत्व र विषेश्ता बुझेर गर्नु नै उपयुक्त हुन्छ । परम्परा र संस्कृती धान्न मात्र गरीने धार्मिक कार्य वा संस्कारले धर्म संस्कृतिमा पछी बिकृती नल्याउला भन्न सकिँनन ।
आफ्नो कुल धर्म र संस्कृतिलाई राम्रो संग बुझ्नेहरु दशौ वर्ष सम्म बिदेषमा परधर्मको संगतमा रहेर आफ्नु जन्म भूमिमा फर्कना साथ प्रायश्चित गोदान गरि आत्मा शुध्दी गरी आफ्नो सनातन कुल धर्म र संस्कृतिको रक्षा गर्छन । तर नेपालमै बसि सनातन धर्म संस्कृतिको संरक्षनमा बसेर पनि परधर्ममा बिकेर धर्मान्तर हुनेहरु ले हाम्रो सनातन धर्म संस्कृतिमा बिकृती ल्याउने होडबाजी चलिरहेको वर्तमान अवस्थामा सनातन धर्म संस्कृतीमा आस्था र विश्वास राख्ने हामी जो कोहि नेपालीले आफ्नो धर्म संस्कृति बारे बुझ्ने, अरुलाई पनि बुझाउन प्रयास गर्नु उपयुक्त नै हुने छन । किन र केका लागि भन्ने नबुझिकन परम्परा धान्नलाई मात्र पुर्खाले गर्दै आएको धर्म संस्कारको अनुसरण मात्र गर्दै जाँदा धर्म नाश हुन जान सक्छन । " धर्म एव हातो हन्ती धर्मो रक्षती रक्षित: " अर्थात धर्मको नाश भएमा वा धर्मलाई हानी गरेमा हामीलाई नै हानी गर्दछ । तसर्थ आफ्नो र आफ्नो सनातन धर्म संस्कृती तथा संस्कार रक्षाका लागि महत्व र विषेस्ता बुझेर धार्मिक कार्य गर्नु नै उपयुक्त हुनेछन ।